शिक्षा

ग्रेडिङ प्रणालीमा प्रतिशतको खाँचो

२०७३ असार ९ बिहिबार, काठमाडौँ । प्रवेशिकाको परिवर्तित परीक्षा प्रणालीले सबैमा अन्योल सिर्जना गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।  मार्टिन चौतारीले आजआयोजना गरेको अन्तरक्रियाका वक्ताले सरकारले लामो समयको तयारीपछि ल्याएको ग्रेडिङ प्रणालीमा प्रतिशतसमेत सार्वजनिक गर्न सुझाएका हुन् ।    शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले शिक्षाविद् तथा ठूला विश्वविद्यालयका पदाधिकारीका साथै विज्ञसँग छलफल गरी ल्याइएको ग्रेडिङ प्रणालीमा देखिएका केही त्रुटि सुधार ग ... बाँकी अंश»

विद्यालय भवन पुनर्निर्माण, हस्तान्तरणसंगै सामाजिक परिक्षण

२०७३ असार ६ सोमबार, काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले ‘भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण–मर्मत कार्यक्रम २०७२–०७३ अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका –१२ मकैबारीमा अवस्थित कुटीडाँडा उच्च माध्यमिक विद्यालयको दुई कोठे ट्रस भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय दोलखाका विद्यालय निरीक्षक अर्जुन बहादुर कार्की मार्फत नवनिर्मित भवन उद्घाटन, हस्तान्तरण एवम् सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । &nb ... बाँकी अंश»

अब नक्कली शिक्षक पनि फन्दामा

२०७३ असार ५ आइतबार, काठमाडौं । प्रहरीको अनुसन्धान व्युरोले नक्कली डक्टरविरुद्धको कारबाही तीब्र पार्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शिक्षकविरुद्धको कारबाहीलाई तीब्र बनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्रधारीविरुद्धको अभियानले यतिबेला चर्चा पाएको छ ।    केही दिन यता तराईका विभिन्न ठाउँबाट नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा थुप्रै डक्टर पक्राउ परेका छन् । यस्तै, तराईमै नक्कली शिक्षकविरुद्ध कारबाही चलेको छ । आइतबार मात्रै अख्तियारले धनुषाका शि ... बाँकी अंश»

कक्षा ११ का लागि साउन १५ भित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने परिषद्को निर्देशन

२०७३ असार ४ शनिबार, भक्तपुर । देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।    नतिजाको ग्रेडिङका आधारमा विद्यार्थी भर्ना लिन परिषद्ले उमाविहरुलाई निर्देशन जारी गरेको हो । कक्षा ११ का विद्यार्थीले भदौ मसा ... बाँकी अंश»

प्राविधिक स्वास्थ्यतर्फको अध्ययन गर्न ‘सी’ग्रेड अनिवार्य, इन्जिनियरिङमा ‘डी’र ‘इ’

२०७३ असार ३ शुक्रबार, भक्तपुर। प्रवेशिका परीक्षामा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ वा सोभन्दा बढी ग्रेड प्राप्त गरी समग्रमा कम्तीमा स्तरीकृत अङ्क औसत २.० ल्याउने विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न पाउने भएका छन् ।    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा स्वास्थ्यतर्फको विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि यस्तो व्यवस्था गरेको हो । सिटीइभिटीका सदस्य सचिव डा रामहरि लामिछानेले भने, &ldqu ... बाँकी अंश»

शान्ति शिक्षाद्वारा भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण

२०७३ असार ३ शुक्रबार, काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण–मर्मत कार्यक्रम अन्तर्गत ललितपुर जिल्लाको मानिखेल गाविसमा रहेको ज्ञानचक्षु प्राथमिक विद्यालय पुनःनिर्माण गरेको छ । अभियानले जिल्ला शिक्षा कार्यालय ललितपुरका सहायक जिल्ला शिक्षा अधिकारी खेमनाथ पोखरेलमार्फत नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण समेत गरेको छ । सोही क्रममा सो कार्यको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।    शान्ति शिक्षा अभियान न ... बाँकी अंश»

पार्टीको झण्डा बोक्ने शिक्षकलाई कडा कारवाही हुन्छ : शिक्षा मन्त्री

२०७३ असार ३ शुक्रबार, म्याग्दी। शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले कुनै पनि शिक्षकले विद्यालय समयमा राजनीति गरेको खण्डमा ती शिक्षकलाई कारवाही गरिने बताएका छन् ।  शिक्षक पनि राष्ट्रसेवक कर्मचारी भएकाले उनीहरु आफ्नो कार्यमा इमान्दारी पूर्वक लाग्नु पर्नेमा मन्त्री पोख्रेलले जोड दिए ।   जिल्लाका सरोकारवाला पक्षहरुसंग जिल्लाको शिक्षाको अवस्थाबारे प्रत्यक्ष छलफल गर्ने म्याग्दी पुगेका मन्त्री पोख्रेलले अन्र्तक्रिया कार्यक्रममा जुन सुकै शिक्षको काम अध्यापन ग ... बाँकी अंश»

नेपाललाई एजुकेशन हब बनाउनुपर्नेमा सरोकारवालाको जोड

२०७३ जेठ २९ शनिबार, काठमाण्डौ । नेपालमा शैक्षिक विकासका प्रशस्तै आयाम भएपनि यहाँ विदेशी विद्यार्थी भित्र्याउनका लागि राज्यले पर्याप्त ध्यान नदिएको शिक्षासँग सरोकार राख्ने संस्था तथा व्यक्तिले गुनासो गरेका छन् । शनिबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्याब्सन, एन प्याब्सन, हिसान, ईक्यान, अभिभावक संघ लगायत सम्बन्ध व्यक्तिहरुले नेपाललाई शैक्षिक पर्यटन विकासको बाटोमा लैजानुपर्नेमा जोड दिएका हुन् । उनीहरुले शैक्षिक शिक्षाको मात्रामा भन्दापन ... बाँकी अंश»

अर्थशास्त्र विषयको परीक्षाफल प्रकाशित

२०७३ जेठ २५ मंगलबार, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर-पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशन गरिएको छ । रासस  ... बाँकी अंश»

प्राविधिक शिक्षामा गरिएको संशोधन विधेयकप्रति विरोध

२०७३ जेठ २२ शनिबार, भक्तपुर। शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ मा प्राविधिक तथा व्यावसायिक शिक्षामा गरिएको संशोधनप्रति सम्बन्धित क्षेत्रमा सरोकार राख्ने विज्ञले विरोध गरेका छन् ।  शिक्षा ऐन २०२८ को आठौँ प्रस्तावित संशोधन विधेयकमा ‘प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षा अन्तर्गत शिक्षा मन्त्रालयले तोकेको विद्यालयमा मात्र अध्यापन गरिनेछ’ भन्ने उल्लेख छ ।      व्यवस्थापिका–संसद्बाट पारित हुने क्रममा रहेको शिक्षा ऐनले प्राविधिक तथ ... बाँकी अंश»

बिएड र बिबिएसको परीक्षाफल प्रकाशित

२०७३ जेठ १९ बुधबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणालीअनुरुप २०७१ सालको २०७२ साल माघ महिनामा सञ्चालित शिक्षा शास्त्र सङ्कायतर्फ एक वर्ष बिएडको परीक्षाफल आज प्रकाशन गरिएको छ ।    त्यस्तै, २०७२ साल असोज–पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातक तह तीन वर्षे बिबिएस प्रथम वर्षको (आंशिकतर्फ) परीक्षाको परीक्षाफलसमेत आजै प्रकाशन गरिएको छ । रासस  ... बाँकी अंश»

प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन अन्यौलमा

२०७३ जेठ १८ मंगलबार, काठमाडौं । नेतृत्वले पर्याप्त तयारी नगर्दा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो महाधिवेशन अन्यौलमा परेको छ । नेपाली काँग्रेस निकट प्राध्यापकहरुको संगठनको रुपमा रहेको संघको महाधिवेशन यही जेठ २७ र २८ गते पोखरामा गर्ने निर्णय भएपनि पर्याप्त तयारी नभएको प्राध्यापकहरुले बताएका छन् ।    महाधिवेशन तयारीका लागि संघको तर्फबाट कुनै समिति नबनाई संघका अध्यक्ष बासु घिमिरे र महासचिव जगत तिमिल्सीनाले आफै जिम्मेवारी लिएपनि तयारी नगरेका हुन् । ... बाँकी अंश»

पब्लिक क्याम्पस प्राध्यापक सङ्घमा पाण्डे

२०७३ जेठ १६ आइतबार, काठमाडौँ । पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले गोपालप्रसाद पाण्डेलाई अध्यक्षमा पनुः चयन गरेको छ ।  यही जेठ १४ र १५ गते काठमाडौँमा भएको अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय कार्यसमिति गठन गरेको प्रजातन्त्रवादी प्राध्यापक सङ्घका कोषाध्यक्ष डा विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।   नयाँ कार्यसमितिका उपाध्यक्षमा दुर्गादत्त शर्मा, महासचिवमा नरेन्द्र कोइराला, सचिवमा वसन्तराज लामिछाने र कोषाध्यक्षमा भवा ... बाँकी अंश»

सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

२०७३ जेठ १६ आइतबार, काठमाडौँ । विभिन्न सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत १८९ विद्यार्थीलाई आज छात्रवृत्ति वितरण गरिएको छ ।    जिविस काठमाडौँले आज  जनही रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान ग¥यो । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले नेपालको राजनीति, प्रशासन, व्यापारलगायत क्षेत्रमा सामुदायिक विद्यालयमा अध्ययन गरेकाहरु को वर्चस्व रहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनुपर्ने औँल्याइन् । उनले भ ... बाँकी अंश»

शान्ति शिक्षाले विद्यालय भवन पुनःनिर्माण गरी धमाधम हस्तान्त्रण गर्दै

२०७३ जेठ १६ आइतबार, काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले ललितपुरको आश्राङ गाविसमा रहेको विद्याधिश्वरी उच्च माध्यमिक विद्यालयको भवन पुनःनिर्माण गरी हस्तान्त्रण गरेको छ । भवन हतान्त्रण कांग्रेस सांसद उदयशमशेर राणाले गरेका हुन् । सोही अवसरमा नवनिर्मित भवनको सामाजिक परिक्षण कार्यक्रम समेत भएको छ ।    शान्ति शिक्षा अभियान नेपालले स्थापनाकालदेखि नै आफ्नो उद्देश्य अनुरुप भूकम्पले अति पीडित काठमाडौं ललितपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोकमा शैक्षिक गु ... बाँकी अंश»

सुप विश्वविद्यालयमा बबण्डर, रजिस्ट्रारको राजीनामा माग्दै मूलढोकामा ताला

२०७३ जेठ १६ आइतबार, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार द्विजराज भट्टको राजीनामाको माग गर्दै नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका विद्यार्थीले आज विश्वविद्यालयको केन्द्रीय क्याम्पसको मूलढोकामा तालाबन्दी गरी धर्नामा बसेका छन् ।    क्याम्पस प्रवेश गर्ने मूलढोकामै तालाबन्दी गरेर विद्यार्थी धर्नामा बसेपछि क्याम्पसको पठनपाठन पूर्ण रुपमा ठप्प रहेको छ । पठनपाठनका लागि क्याम्पस पुगेका विद्यार्थी मूलढोकाबाटै घर फिर्ता हुन थालेका छन् । क्याम् ... बाँकी अंश»

विश्वविद्यालयबारे समीक्षा गर्नुपर्नेमा जोड

२०७३ जेठ १४ शुक्रबार, काठमाडौं । मुलुकभरका पब्लिक क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकको छाता संस्था पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन शुक्रबार कीर्तिपुरमा सुरु भएको छ । देशभरबाट करिब ५०० प्रतिनिधि सहभागी महाधिवेशनमा पब्लिक विश्वविद्यालय स्थापनाका लागि छलफल गरिने छ ।   शनिबारसम्म चल्ने सो महाधिवेशनको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्दै सर्वाङ्गीण राष्ट्रको नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्न समयसापेक्ष श ... बाँकी अंश»

मनपरी शुल्क लिने विद्यालयलाई कारबाही गर्न १४ विद्यार्थी सङ्गठनको माग

२०७३ जेठ १३ बिहिबार, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले मनपरी शुल्क लिने विद्यालयमाथि कारबाही गर्न माग गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाएको छ ।    विभिन्न १४ विद्यार्थी सङ्गठन सम्मिलित उक्त सङ्गठनले तीनदिनभित्र छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेको छ ।    विद्यार्थी नेता आरसी लामिछानेले मन्त्रालयले गठन गरेको अनुगमन समितिको काम कारबाही आफूहरुलाई चित्त नबुझेको बताउँदै अझै विद्यालयले मनपरी ढङ्गले शुल्क असुली गरिरहेको ज ... बाँकी अंश»

मातेर विद्यालय आउने दुई शिक्षक पक्राउ

२०७३ जेठ १३ बिहिबार, दोलखा। रक्सीले मातेर विद्यालय आउने दुई शिक्षकलाई पक्राउ गरिएको छ ।  दोलखाको भुसाफेदा गाविस–३ मा रहेको ताप्केडाँडा प्राविमा कार्यरत दुई शिक्षकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको हो ।    प्रहरीले उनीहरुलाई मादक पदार्थ सेवन गरी विद्यालयमा पठनपाठन नगरेको स्थानीय अभिभावक र विद्यार्थीले व्यापक गुनासो गरेपछि उनीहरुलाई मातिरहेकै अवस्थामा बुधबार समातिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताए ।    ... बाँकी अंश»

कक्षा ११ र १२ को परीक्षा सम्पन्न

२०७३ जेठ १३ बिहिबार, भक्तपुर। गत जेठ २ गतेदेखि देशभर एकैसाथ सुरु भएको कक्षा ११ को परीक्षा सम्पन्न भएको छ ।    उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख ३१ गते कक्षा १२ को परीक्षा सम्पन्न गरेलगत्तै जेठ २ गतेदेखि कक्षा ११ को परीक्षा सुरु गरेको थियो । बुधबारदेखि सम्पन्न परीक्षामा देशभरबाट तीन लाख ६९ हजार ४२६ परीक्षार्थीले परीक्षा दिएका थिए ।    देशभरको ९२१ परीक्षा केन्द्रमा परीक्षा अवधिभर ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक् ... बाँकी अंश»

नयाँ