शिक्षा

शैक्षिक गुणस्तर सुधारको लागि हिरक महोत्सव, १२ लाख संकलनमा

२०७३ बैशाख ९ बिहिबार, गुल्मी। नेपाल राष्ट्रिय सर्बोदय उच्च माध्यमिक विद्यालय पौदीअमराई ५ गुल्मीको हिरक महोत्सव नजिकै गर्दा आर्थिक संकलनलाई तिव्रता दिएको छ।   हिरक महोत्सव नजिक आउदा विभिन्न ठाँउहरुमा गरि हिरक महोत्सव नजिकै आउदा हालसम्म करिव १२ लाख बराबरको चन्दा संकलन गरिएको विद्यालयका सचिवालय सचिव शिक्षक महलाल अर्यालले जानकारी दिनुभयो ।   विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि हिरक महोत्सव गर्न लागिएको  विद्यालयका प्राचार्य चिरिञ्जीवी थापाले जान ... बाँकी अंश»

पचास हजार विद्यार्थीको हातमा पुस्तक छैन

२०७३ बैशाख ७ मंगलबार, रुपन्देही । नयाँ शैक्षिक सत्र सुरु भए पनि यहाँ भने पचास हजारभन्दा बढी विद्यार्थीले पुस्तक पाएका छैनन् । जिल्ला शिक्षा कार्यालयले कोही पनि विद्यार्थी नछुटून् भनेर विद्यार्थी अभियानलाई तीव्रता दिइएको तर भर्ना भएकामध्ये ८० प्रतिशत विद्यार्थी पुस्तकविहीन छन् । रुपन्देहीमा सामुदायिक तीन सय ६२, संस्थागत (निजी) २८, धार्मिक एक सय १७ गरी सात सय ६३ विद्यालय छन् ।    शिक्षा कार्यालयका अनुसार कक्षा १० सम्म दुई लाख आठ हजार विद्यार्थी छन् । तीमध्ये सामुदा ... बाँकी अंश»

राजधानीका केही नीजि विद्यालयले नियम विपरीत पुष्तक बेचेको खुलासा

२०७३ बैशाख ५ आइतबार, काठमाडौं । राजधानीका नीजि विद्यालयहरुको ज्यादती कायमै रहेकामा सरोकारवालाले चिन्ता जनाएका छन् । कतिपय नीजि विद्यालयहरुले पुस्तक विक्रिवितरण गरेको भेटिएको छ । मनोमानी ढंगले मनोनी शुल्क लिई पुष्तक बेचेको पाइएको नेपाल पुष्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनाएको छ ।   महासंघले अनुगमनका क्रममा केही विद्यालयले नियम विपरीत पुष्तक बेचेको पाइएको जानकारी दिएको छ । महासंघको टोली आफैले राजधानीका विभिन्न नीजि विद्यालयहरुमा अनुगमन गरिरहेको छ । यसअघ ... बाँकी अंश»

ग्रामीण भेगका २० विद्यालयमा ‘बिहेवारि २० वर्षपारि’ अभियान

२०७३ बैशाख ३ शुक्रबार, बेनी (म्याग्दी)। पछिल्लो समय बिहे गर्ने उमेर नै नपुगी बिहे गरिदिने चलन बढ्दै गएपछि म्याग्दी जिल्लाका २० वटा विद्यालयमा ‘बिहेवारी २० वर्षपारि’ अभियान सञ्चालन भएको छ । किशोरावस्थामा गरिने विवाहका कारण शारीरिक, मानसिक तथा पारिवारिक समस्या देखिन थालेपछि कलिलो उमेर गरिने विवाह रोक्नलाई अभियान सञ्चालन गरिएको हो ।    जिल्लाको बाबियाचौर, अर्मन, दरबाङ, निस्कोट, ओखरबोट, देवीस्थान, विम, ताकम, मुना, मुदी, लुलाङ, गुर्जासहित २० वटा गाविसका सामुदायिक विद्य ... बाँकी अंश»

विएड प्रथम वर्षको परीक्षाफल प्रकाशित

२०७३ बैशाख २ बिहिबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल असोज तथा मङ्सिर–पुस महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।    उक्त परीक्षाको परीक्षाफल वेवसाइट www.educationsansar.com, www.edusanjal.com, www.tu.net.np, www.educationkhabar.com मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै, मोबा ... बाँकी अंश»

निजी विद्यालयको ब्रह्मलूट रोक्न औचित्यहीन अनुगमन !

२०७२ चैत २९ सोमबार, काठमाडौ। नयाँ शैक्षिकशत्रको सुरूवात भएसँगै निजी तथा आवाशीय विद्यालयहरूले विभिन्न शीर्षकमा आफूहरूमाथि बढी शुल्क लिने काम गर्न थालेको गुनासो अभिभावकहरूले गर्न थालेका छन्। काठमाडौंमा रहेका व्याव्सन एन व्याव्सन लगायतसँग आवद्ध रहेका र आवद्ध नरहेकोसमेत गरेर काठमाडौमा खुलेका विभिन्न विद्यालयहरू अनुगमनको दायरामा आउन सकिरहेका छैनन्।   निजी तथा आवाशीय विद्यालयहरूले आफ्रनै विद्यालयहाता भित्र पाठ्यपुस्तक विक्री गर्न नपाउने, अनिवार्य रूपमा पाठ ... बाँकी अंश»

छ महिनापछि विद्यालय खुल्ने तयारीमा

२०७२ चैत २८ आइतबार, त्रिपुराकोट (डोल्पा) । चिसो बढेपछि गत मङ्सिर महिनादेखि नै बन्द भएका उपल्लो डोल्पाका विद्यालय बल्ल खुल्न सुरु गरेका छन् । मङ्सिरमा सुरु हुने वार्षिक परीक्षा सकाएर जाडो छल्न बेंसी झरेका शिक्षक तथा विद्यार्थी गाउँ फर्किन सुरु गरेका छन् । उपल्लो डोल्पामा कात्तिक महिनादेखि नै भारी हिमपात सुरु भई चिसो अत्यधिक बढ्ने भएकाले हरेक वर्ष त्यहाँका विद्यालय मङ्सिरदेखि नै बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी युवराज पौड्यालले जानकारी दिए ।    डोल्पामा दु ... बाँकी अंश»

गरिबीकै कारण दृष्टिविहिन बालकले पढ्न पाएनन्

२०७२ चैत २७ शनिबार, तेह्रथुम। तेह्रथुमको सुदुरपुर्वी ह्वाकु गाविस वार्ड नं. ९ चिसापानीका ७ वर्षीय दृष्टिविहीन एक बालकले खर्च अभावका कारण पढ्न पाएका छैनन् । गाउँमा दृष्टिविहीनकालागि विद्यालय नभएको र जिल्ला बाहिर लगेर पढाउन सक्ने आर्थिक क्षमता नहुँदा ह्वाकु–९ का पुर्णबहादुर रोक्काका जेठा छोरा दृष्टिविहीन शेरबहादुर रोक्काले पढ्न नपाएका हुन् ।  प्रष्ट बोल्न समेत नसक्ने, आधा मात्र कान सुन्ने र बोलाउँदा कमैसँग मात्र बोल्ने सात बर्षीय शेरबहादुर मानसिक रुपमा समेत ... बाँकी अंश»

धेरै गर्भपतनले पाठेघरमा गर्भ नरहन सक्छ

२०७२ चैत २७ शनिबार, काठमाडौँ । आजकल महिलाले गर्भपतनलाई अस्थायी साधनकै रुपमा लिन थालेकाले यसतर्फ ध्यान दिन आवश्यक देखिएको छ । महिलाले पटकपटक गर्भपतन गराउँदा पाठेघरमा गर्भ नरहन सक्ने खतरा बढी हुन्छ । गर्भ पाठेघरमा रहन्छ तर, धेरै गर्भपतन गराउँदा पछि पाठेघरमा मात्रै नरहेर नलीमा पनि रहन सक्ने चिकित्सकको भनाई छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमका अनुसार महिनावारी हुँदा वा गर्भवती हुदाँ पाठेघरमा नरमपना बनाउने तत्व हुन्छ, तर धेरैपट ... बाँकी अंश»

स्वास्थ्य विषयको परीक्षा दिन जाँदा बाटोमै सुत्केरी

२०७२ चैत २६ शुक्रबार, बझाङ । प्रवेशिका परीक्षा(एसएलसी) दिन आउँदै गर्दा बाटोमै एक जना विद्यार्थी सुत्केरी भएकी छन् । जयपृथ्वी नगरपालिका १४ की १९ वर्षीया लक्ष्मी देवी जोशी बाटैमा सुत्केरी भएकी हुन् । जालपा परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी जोशीले परीक्षाको अन्तिम दिन स्वास्थ्य  विषयको परीक्षा दिन घरबाट आउँदै गर्दा बीच बाटोमै सुत्केरी व्यथा लागे पछि परीक्षा दिन आएका विद्यार्थीले आफन्तलाई जानकारी दिएका स्थानीय दिपक जोशीले जानकारी दिए ।   जानकारी दिएको लागत्तै जो ... बाँकी अंश»

पूर्वाञ्चलमा पाठयपुस्तकको अभाव

२०७२ चैत २५ बिहिबार, पथरी (मोरङ) । शैक्षिकशत्र सुरु हुन एक सातामात्र बाँकी रहँदा पूर्वाञ्चलमा कक्षा ६ र ७ को पुस्तक अभाव भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राजेन्द्रनिधि तिवारीका अनुसार कक्षा ६ र ७ को पुस्तक अभाव रहेको र वैशाख महिनाको अन्त्यमा मात्र आइ पुग्ने छ । सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, धनकुटा, पाँचथर, इलाम र तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पुस्तकको समस्या देखिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर ... बाँकी अंश»

एसएलसी : नक्कली विद्यार्थी पक्राउ

२०७२ चैत २५ बिहिबार, विराटनगर । मोरंङको कोशी हरैचा नगरपालिका–९ स्थित शिक्षा निकेतन माविबाट प्रहरीले अर्काको नाममा एसएलसी परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । अर्थशास्त्र विषयको परीक्षा दिने एकजना नक्ली परिक्षार्थी पक्राउ परेका हुन् ।    प्रहरीले सुनसरीको धरान–१७ वस्ने २४ वर्षीय विक्रम लावतीलाई सोही ठाउ बस्ने त्रिलोचन राइको नामबाट परिक्षा दिइरहेका अवस्थामा पक्राउ गरेको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ प ... बाँकी अंश»

प्रवेशिका परीक्षा ‘प्रश्न त कडै आए छ नि मन्त्रीज्यू !’

२०७२ चैत २४ बुधबार, नुवाकोट । अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन हुन थालेको प्रवेशिका परीक्षामा विद्यार्थीलाई कस्तो अनुभूति भइरहेको होला ? यो आम चासोको विषय बनेको छ । लब्धाङ्क पत्रमा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नगरी ग्रेडका आधारमा विद्यार्थीको श्रेणी विभाजन गरिने व्यवस्था भएपछि नपढे पनि उत्तीर्ण भइन्छ भन्ने सोच पनि कतिपय विद्यार्थी र अभिभावकमा देखिन्छ ।    परीक्षाको विद्यार्थी र अभिभावकको बुझाइ जान्न र सामुदायिक विद्यालयको वस्तुस्थिति जान्न शिक्षामन्त्री ग ... बाँकी अंश»

सत्ताधारी र प्रमुख विपक्षीका विद्यार्थी जुटे, वैज्ञानिक शुल्क कार्यान्वयन गर्न माग

२०७२ चैत २३ मंगलबार, काठमाडौं । विभिन्न समयमा भएको सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै संयुक्त विद्यार्थी सङ्गठनले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न बनेको प्राविधिक समितिले पेस गरेको वैज्ञानिक शुल्क मापदण्ड यसै वर्षदेखि कार्यान्वयन गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबीचको विवाद अविलम्ब अन्त्य गरी विद्यार्थीको पठनपाठन सञ्चालन गर्नुपर्ने र वैज्ञानिक शैक् ... बाँकी अंश»

आमाछोरी सँगै परीक्षामा

२०७२ चैत २२ सोमबार, प्यूठान । प्यूठानको दुर्गम क्षेत्र मानिने दाङ्वाङ–७ का आमाछोरीले विद्याध्ययनका लागि उमेरले कुनै असर नगर्ने बताएका छन् । यस पटकको एसएलसी परीक्षामा सहभागी भएका आमा नर्मता कर्णेल र छोरी वसन्ता कर्णेलले पढ्नेका लागि उमेरले नछेक्ने बताएका हुन् । विसं २०३६ देखि लगातार एसएलसी परीक्षामा सहभागी हुँदै आएकी आमा नर्मताले यसपटक छोरीसँगै परीक्षा दिन पाउँदा आफूलाई खुसी लागेको समेत बताइन् । “एकपटक फेल भएमा महिलाले पढ्न छोड्छन्,” नर्मताले भनिन् – “पढ्न ... बाँकी अंश»

एसएलसी दिन नपाउँदा युवतीले गरिन् आत्महत्या

२०७२ चैत १९ शुक्रबार, अछाम। प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन्।   जिल्लाको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन्। परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन्। आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेको उ ... बाँकी अंश»

एसएलसी दिँदै गरेकी एक छात्राको मृत्यु

२०७२ चैत १९ शुक्रबार, खोटाङ। जिल्लाको महेन्द्रोदय उच्चमावि परीक्षा केन्द्रबाट एसएलसी दिँदै गरेकी एक परीक्षार्थीको मृत्यु भएको छ। शान्ति उच्च मावि छोरम्बुकी छात्रा तुलसा माझीको बिहीबार राति मृत्यु भएको हो।   पेट दुख्ने समस्याले च्यापेपछि स्थानीय स्वास्थ्यकर्मी बोलाएर सामान्य उपचार गरेको केही समयपछि छात्राको मृत्यु भएको स्थानीय शिक्षक दीपक पौडेलले बताए। सामान्य ज्वरो आउँदाआउँदै हिजो औषधि खाएर अङ्ग्रेजी विषयको परीक्षा दिएकी थिइन्।   टाइफाइडको समस्याले ब ... बाँकी अंश»

एसएलसी परीक्षामा रोल्पामा छात्र भन्दा छात्रा बढी

२०७२ चैत १८ बिहिबार, रोल्पा। यस वर्षको एस.एल.सी परीक्षा परीक्षामा रोल्पा जिल्लाबाट ४ हजार १ सय ४३ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जस अन्तर्गत नियमित तर्फ १२ सय ७७ जना छात्र र १४ सय ५५ जना छात्रा रहेका छन् भने एक्जाम्टेड तर्फ १३ सय ९४ जना विद्यार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ। सबैभन्दा बढी परीक्षार्थी कृष्ण मावि घर्तीगाउँ केन्द्रमा ४ सय १८ जना र सबैभन्दा कम २ सय १ जना परीक्षार्थी सूर्योदय मावि सुलिचौर मिझिङ केन्द्रमा रहेका छ ... बाँकी अंश»

स्ववियु निर्वाचनको मिति तोक्न १३ विद्यार्थी सङ्गठनको माग

२०७२ चैत १८ बिहिबार, काठमाडौँ। संयुक्त विद्यार्थी सङ्गठनले त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पसमा स्ववियु निर्वाचनको वातावरण तयार गरी मिति सार्वजनिक गर्न माग गरेको छ।   विभिन्न विद्यार्थी सङ्घसङ्गठनका प्रतिनिधिको सहभागितामा अनेरास्ववियुको कार्यालयमा आज बसेको बैठकले बढ्दो महँगी तथा कालाबजारीको विरुद्ध यही चैत २१ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको हो।   अनेरास्ववियु, नेविसङ्घ, अखिल (क्रान्तिकारी)लगायत १३ विद्यार्थी सङ्घसंस्थाका आबद्धतामा ... बाँकी अंश»

एसएलसी परिक्षा २०७२: काठमाडौमा सबैभन्दा बढी र मनाङमा सबैभन्दा कम परिक्षार्थी

२०७२ चैत १८ बिहिबार, काठमाडौं। यसवर्षको एसएलसी परीक्षा आजबाट सुरु भएको छ । परीक्षाको पहिलो दिन अहिले अग्रेजी बिषयको परीक्षा सन्चालन भईरहेको छ । परीक्षामा कुल ६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।    परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार चार लाख ५२ हजार आठ सय ८१ तथा  आंशिकतर्फ एक लाख ५९ हजार चार सय १७ जना रहेका छन् । जसमध्ये नियमिततर्फ दुई लाख २५ हजार तीन सय ४६ छात्र र दुई लाख २७ हजार पाँच सय ३५ छात्रा छन ... बाँकी अंश»

नयाँ