शिक्षा

कक्षा १२ को परीक्षा : सामूहिक चोरी भएको पाइएमा परीक्षा केन्द्र खारेज हुने

२०७३ बैशाख २० सोमबार, भक्तपुर। आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु भएको छ ।    उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले देशभर कुल ९२१ परीक्षा केन्द्रमार्फत बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गरेको छ । वैशाख ३१ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ८२ वटा विषयको परीक्षा हुनेछ ।  परीक्षामा तीन लाख ४६ हजार ४२७ जना परीक्षार्थी सहभागी हुने परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।  परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्त ... बाँकी अंश»

बैशाख २५ देखि शैक्षिक संस्था तालाबन्दी गर्ने अखिल क्रान्तिकारीको घोषणा

२०७३ बैशाख १८ शनिबार, काठमाडौ। संठनका केन्द्रीय सदस्य प्रकाश अधिकारी र काठमाडौ जिल्ला सदस्य विकास अधिकारको रिहाईको माग गर्दै नेकपा माओवादी (विप्लब) समूह निकट अनेरास्ववीयू क्रान्तिकारीले आन्दोलनको घोषणा गरेको छ।    अखिल क्रान्तिकारी उपत्यका विशेष समन्वय समितिले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो।    घोषित आन्दोलनको कार्यक्रमहरुमा अनिश्चितकालिन शैक्षिक सस्थामा तालाबन्दी सम्मका रहेक ... बाँकी अंश»

यार्साले धानेको जीवन : विद्यार्थी हिंडेपछि ४० विद्यालयमा ताला, १२ हजार भर्ना हुन सकेनन्

२०७३ बैशाख १६ बिहिबार, बझाङ । यार्सा गुम्बा संकलन गर्न स्कुले बालबालिका समेत लेकतिर हिडेपछि जिल्लाका एक दर्जन गाविसका झण्डै ४० विद्यालयको भर्ना अभियान अस्तव्यस्त भएको छ । अभिभावकसंगै विद्यार्थी पनि लेकतिर हिँडेपछि सरकारको विद्यालय भर्ना अभियानमा असर पुगेको हो ।      भर्ना अभियान सुरु भएको डेढ साता वितिसक्दा पनि विद्यालयमा विद्यार्थी भर्ना हुन सकिरहेका छैनन् । जिल्लाका झण्डै चालिस विद्यायका झण्डै १२ हजार विद्यार्थीहरुले भर्ना नगर्दा सरकारको विद्यार्थी भर्ना ... बाँकी अंश»

३ करोडमा २२ विद्यालय निर्माण हुँदै; ललितपुरबाट हस्तान्तरण शुरु

२०७३ बैशाख १४ मंगलबार, काठमाडौं। शान्ति शिक्षा अभियान नेपालले भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण मर्मत कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला माल्टा गाविसको बगुवामा अवस्थित ज्ञानज्योती प्राथमिक विद्यालय पुनर्निर्माण गरि हस्तान्तरण गरेको छ। एक वर्ष अगाडी भुकम्प गएको दिन पारी मिति २०७३ बैशाख १२ गते ललितपुर क्षेत्र नं १ का सांसद उदय शमशेर राणाको प्रमुख आतिथ्यमा नवनिर्मित भवन हस्तान्तरण गर्नुका साथै सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।   शान्ति शिक ... बाँकी अंश»

भूकम्प प्रभावित ५ सय विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

२०७३ बैशाख १३ सोमबार, चितवन। गत वर्ष भूकम्प गएको समय पारेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक क्याम्पस स्कुल अफ हेल्थ साइन्स भरतपुरमा भूकम्प प्रभावित छात्रवृत्ति कार्यक्रमअन्तर्गतको पढाइ सुरु गरिएको छ ।    परिषद्का उपाध्यक्ष डा कुलबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सरकारले भूकम्प प्रभावित १४ जिल्लाका ५०० विद्यार्थीलाई आवासीयसहित सुविधाको छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाउँदै छ ।    स्कुल अफ हेल्थ साइन्समा फार् ... बाँकी अंश»

शिक्षाबाट बन्चित बालबालिकाको लागि शिक्षक नै उपहार

२०७३ बैशाख १० शुक्रबार, म्याग्दी। सदरमुकाम बेनी बजारको नजिकै रहेको बस्ती हो डम्मरा। जुन बेनी नगरपालिका ५ पर्दछ। साहो ठाउँमा करिव ५० जना ससांना बालबालिकहरु छन। हेर्दा जति बजारको नजिकको देखिन्छ तर शिक्षाको पहुँचमा निकै टाढा छ। सोही बस्तीका एक सामजिक ब्यक्ति हुन कृष्ण बहादुर बानियाँ।   डम्मरा क्षेत्रका ति ५० जना बालबालिकाहरु बिद्यालय भर्ना त भएका छन तर कतिपय बालबालिका बिद्यायलय जादैन् कतिपय गएपनि राम्रो संग अध्ययन नगर्ने बानियाँ बताउँछन। नरशरी ब्याड मानिने बालबालिक ... बाँकी अंश»

शैक्षिक सुधारमा घोषणापत्र जारी

२०७३ बैशाख ९ बिहिबार, स्याङ्जा । स्याङ्जाको उत्तर तर्फ पर्ने आरुचौर गाविसमा रहेको सर्वोदय उच्च माविले शैक्षिक सत्रको शुरुवात सगै शैक्षिक सुधारका लागि ३० बुँदे घोषणा पत्र जारी गरेको छ । सर्वोदय उच्च माविले शैक्षिक सुधारका लागि भन्दै विभिन्न योजना सहित ३० बुँदे घोषणापत्र जारी गरेको हो । ग्रामिण क्षेत्रमा रहेर शैक्षिक गातिविधिमा महत्वपूर्ण भुमिका खेल्दै आएको उच्च माविले शैक्षिकसत्र २०७३ को शुरुवात सगै विद्यार्थीलाई फुलमाला र अविरले स्वागत समेत गरेको विद्यालयका प्रा ... बाँकी अंश»

शैक्षिक गुणस्तर सुधारको लागि हिरक महोत्सव, १२ लाख संकलनमा

२०७३ बैशाख ९ बिहिबार, गुल्मी। नेपाल राष्ट्रिय सर्बोदय उच्च माध्यमिक विद्यालय पौदीअमराई ५ गुल्मीको हिरक महोत्सव नजिकै गर्दा आर्थिक संकलनलाई तिव्रता दिएको छ।   हिरक महोत्सव नजिक आउदा विभिन्न ठाँउहरुमा गरि हिरक महोत्सव नजिकै आउदा हालसम्म करिव १२ लाख बराबरको चन्दा संकलन गरिएको विद्यालयका सचिवालय सचिव शिक्षक महलाल अर्यालले जानकारी दिनुभयो ।   विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि हिरक महोत्सव गर्न लागिएको  विद्यालयका प्राचार्य चिरिञ्जीवी थापाले जान ... बाँकी अंश»

पचास हजार विद्यार्थीको हातमा पुस्तक छैन

२०७३ बैशाख ७ मंगलबार, रुपन्देही । नयाँ शैक्षिक सत्र सुरु भए पनि यहाँ भने पचास हजारभन्दा बढी विद्यार्थीले पुस्तक पाएका छैनन् । जिल्ला शिक्षा कार्यालयले कोही पनि विद्यार्थी नछुटून् भनेर विद्यार्थी अभियानलाई तीव्रता दिइएको तर भर्ना भएकामध्ये ८० प्रतिशत विद्यार्थी पुस्तकविहीन छन् । रुपन्देहीमा सामुदायिक तीन सय ६२, संस्थागत (निजी) २८, धार्मिक एक सय १७ गरी सात सय ६३ विद्यालय छन् ।    शिक्षा कार्यालयका अनुसार कक्षा १० सम्म दुई लाख आठ हजार विद्यार्थी छन् । तीमध्ये सामुदा ... बाँकी अंश»

राजधानीका केही नीजि विद्यालयले नियम विपरीत पुष्तक बेचेको खुलासा

२०७३ बैशाख ५ आइतबार, काठमाडौं । राजधानीका नीजि विद्यालयहरुको ज्यादती कायमै रहेकामा सरोकारवालाले चिन्ता जनाएका छन् । कतिपय नीजि विद्यालयहरुले पुस्तक विक्रिवितरण गरेको भेटिएको छ । मनोमानी ढंगले मनोनी शुल्क लिई पुष्तक बेचेको पाइएको नेपाल पुष्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनाएको छ ।   महासंघले अनुगमनका क्रममा केही विद्यालयले नियम विपरीत पुष्तक बेचेको पाइएको जानकारी दिएको छ । महासंघको टोली आफैले राजधानीका विभिन्न नीजि विद्यालयहरुमा अनुगमन गरिरहेको छ । यसअघ ... बाँकी अंश»

ग्रामीण भेगका २० विद्यालयमा ‘बिहेवारि २० वर्षपारि’ अभियान

२०७३ बैशाख ३ शुक्रबार, बेनी (म्याग्दी)। पछिल्लो समय बिहे गर्ने उमेर नै नपुगी बिहे गरिदिने चलन बढ्दै गएपछि म्याग्दी जिल्लाका २० वटा विद्यालयमा ‘बिहेवारी २० वर्षपारि’ अभियान सञ्चालन भएको छ । किशोरावस्थामा गरिने विवाहका कारण शारीरिक, मानसिक तथा पारिवारिक समस्या देखिन थालेपछि कलिलो उमेर गरिने विवाह रोक्नलाई अभियान सञ्चालन गरिएको हो ।    जिल्लाको बाबियाचौर, अर्मन, दरबाङ, निस्कोट, ओखरबोट, देवीस्थान, विम, ताकम, मुना, मुदी, लुलाङ, गुर्जासहित २० वटा गाविसका सामुदायिक विद्य ... बाँकी अंश»

विएड प्रथम वर्षको परीक्षाफल प्रकाशित

२०७३ बैशाख २ बिहिबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल असोज तथा मङ्सिर–पुस महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।    उक्त परीक्षाको परीक्षाफल वेवसाइट www.educationsansar.com, www.edusanjal.com, www.tu.net.np, www.educationkhabar.com मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै, मोबा ... बाँकी अंश»

निजी विद्यालयको ब्रह्मलूट रोक्न औचित्यहीन अनुगमन !

२०७२ चैत २९ सोमबार, काठमाडौ। नयाँ शैक्षिकशत्रको सुरूवात भएसँगै निजी तथा आवाशीय विद्यालयहरूले विभिन्न शीर्षकमा आफूहरूमाथि बढी शुल्क लिने काम गर्न थालेको गुनासो अभिभावकहरूले गर्न थालेका छन्। काठमाडौंमा रहेका व्याव्सन एन व्याव्सन लगायतसँग आवद्ध रहेका र आवद्ध नरहेकोसमेत गरेर काठमाडौमा खुलेका विभिन्न विद्यालयहरू अनुगमनको दायरामा आउन सकिरहेका छैनन्।   निजी तथा आवाशीय विद्यालयहरूले आफ्रनै विद्यालयहाता भित्र पाठ्यपुस्तक विक्री गर्न नपाउने, अनिवार्य रूपमा पाठ ... बाँकी अंश»

छ महिनापछि विद्यालय खुल्ने तयारीमा

२०७२ चैत २८ आइतबार, त्रिपुराकोट (डोल्पा) । चिसो बढेपछि गत मङ्सिर महिनादेखि नै बन्द भएका उपल्लो डोल्पाका विद्यालय बल्ल खुल्न सुरु गरेका छन् । मङ्सिरमा सुरु हुने वार्षिक परीक्षा सकाएर जाडो छल्न बेंसी झरेका शिक्षक तथा विद्यार्थी गाउँ फर्किन सुरु गरेका छन् । उपल्लो डोल्पामा कात्तिक महिनादेखि नै भारी हिमपात सुरु भई चिसो अत्यधिक बढ्ने भएकाले हरेक वर्ष त्यहाँका विद्यालय मङ्सिरदेखि नै बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी युवराज पौड्यालले जानकारी दिए ।    डोल्पामा दु ... बाँकी अंश»

गरिबीकै कारण दृष्टिविहिन बालकले पढ्न पाएनन्

२०७२ चैत २७ शनिबार, तेह्रथुम। तेह्रथुमको सुदुरपुर्वी ह्वाकु गाविस वार्ड नं. ९ चिसापानीका ७ वर्षीय दृष्टिविहीन एक बालकले खर्च अभावका कारण पढ्न पाएका छैनन् । गाउँमा दृष्टिविहीनकालागि विद्यालय नभएको र जिल्ला बाहिर लगेर पढाउन सक्ने आर्थिक क्षमता नहुँदा ह्वाकु–९ का पुर्णबहादुर रोक्काका जेठा छोरा दृष्टिविहीन शेरबहादुर रोक्काले पढ्न नपाएका हुन् ।  प्रष्ट बोल्न समेत नसक्ने, आधा मात्र कान सुन्ने र बोलाउँदा कमैसँग मात्र बोल्ने सात बर्षीय शेरबहादुर मानसिक रुपमा समेत ... बाँकी अंश»

धेरै गर्भपतनले पाठेघरमा गर्भ नरहन सक्छ

२०७२ चैत २७ शनिबार, काठमाडौँ । आजकल महिलाले गर्भपतनलाई अस्थायी साधनकै रुपमा लिन थालेकाले यसतर्फ ध्यान दिन आवश्यक देखिएको छ । महिलाले पटकपटक गर्भपतन गराउँदा पाठेघरमा गर्भ नरहन सक्ने खतरा बढी हुन्छ । गर्भ पाठेघरमा रहन्छ तर, धेरै गर्भपतन गराउँदा पछि पाठेघरमा मात्रै नरहेर नलीमा पनि रहन सक्ने चिकित्सकको भनाई छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमका अनुसार महिनावारी हुँदा वा गर्भवती हुदाँ पाठेघरमा नरमपना बनाउने तत्व हुन्छ, तर धेरैपट ... बाँकी अंश»

स्वास्थ्य विषयको परीक्षा दिन जाँदा बाटोमै सुत्केरी

२०७२ चैत २६ शुक्रबार, बझाङ । प्रवेशिका परीक्षा(एसएलसी) दिन आउँदै गर्दा बाटोमै एक जना विद्यार्थी सुत्केरी भएकी छन् । जयपृथ्वी नगरपालिका १४ की १९ वर्षीया लक्ष्मी देवी जोशी बाटैमा सुत्केरी भएकी हुन् । जालपा परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी जोशीले परीक्षाको अन्तिम दिन स्वास्थ्य  विषयको परीक्षा दिन घरबाट आउँदै गर्दा बीच बाटोमै सुत्केरी व्यथा लागे पछि परीक्षा दिन आएका विद्यार्थीले आफन्तलाई जानकारी दिएका स्थानीय दिपक जोशीले जानकारी दिए ।   जानकारी दिएको लागत्तै जो ... बाँकी अंश»

पूर्वाञ्चलमा पाठयपुस्तकको अभाव

२०७२ चैत २५ बिहिबार, पथरी (मोरङ) । शैक्षिकशत्र सुरु हुन एक सातामात्र बाँकी रहँदा पूर्वाञ्चलमा कक्षा ६ र ७ को पुस्तक अभाव भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राजेन्द्रनिधि तिवारीका अनुसार कक्षा ६ र ७ को पुस्तक अभाव रहेको र वैशाख महिनाको अन्त्यमा मात्र आइ पुग्ने छ । सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, धनकुटा, पाँचथर, इलाम र तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पुस्तकको समस्या देखिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर ... बाँकी अंश»

एसएलसी : नक्कली विद्यार्थी पक्राउ

२०७२ चैत २५ बिहिबार, विराटनगर । मोरंङको कोशी हरैचा नगरपालिका–९ स्थित शिक्षा निकेतन माविबाट प्रहरीले अर्काको नाममा एसएलसी परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । अर्थशास्त्र विषयको परीक्षा दिने एकजना नक्ली परिक्षार्थी पक्राउ परेका हुन् ।    प्रहरीले सुनसरीको धरान–१७ वस्ने २४ वर्षीय विक्रम लावतीलाई सोही ठाउ बस्ने त्रिलोचन राइको नामबाट परिक्षा दिइरहेका अवस्थामा पक्राउ गरेको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ प ... बाँकी अंश»

प्रवेशिका परीक्षा ‘प्रश्न त कडै आए छ नि मन्त्रीज्यू !’

२०७२ चैत २४ बुधबार, नुवाकोट । अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन हुन थालेको प्रवेशिका परीक्षामा विद्यार्थीलाई कस्तो अनुभूति भइरहेको होला ? यो आम चासोको विषय बनेको छ । लब्धाङ्क पत्रमा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नगरी ग्रेडका आधारमा विद्यार्थीको श्रेणी विभाजन गरिने व्यवस्था भएपछि नपढे पनि उत्तीर्ण भइन्छ भन्ने सोच पनि कतिपय विद्यार्थी र अभिभावकमा देखिन्छ ।    परीक्षाको विद्यार्थी र अभिभावकको बुझाइ जान्न र सामुदायिक विद्यालयको वस्तुस्थिति जान्न शिक्षामन्त्री ग ... बाँकी अंश»

नयाँ