शिक्षा

एसएलसी दिँदै गरेकी एक छात्राको मृत्यु

२०७२ चैत १९ शुक्रबार, खोटाङ। जिल्लाको महेन्द्रोदय उच्चमावि परीक्षा केन्द्रबाट एसएलसी दिँदै गरेकी एक परीक्षार्थीको मृत्यु भएको छ। शान्ति उच्च मावि छोरम्बुकी छात्रा तुलसा माझीको बिहीबार राति मृत्यु भएको हो।   पेट दुख्ने समस्याले च्यापेपछि स्थानीय स्वास्थ्यकर्मी बोलाएर सामान्य उपचार गरेको केही समयपछि छात्राको मृत्यु भएको स्थानीय शिक्षक दीपक पौडेलले बताए। सामान्य ज्वरो आउँदाआउँदै हिजो औषधि खाएर अङ्ग्रेजी विषयको परीक्षा दिएकी थिइन्।   टाइफाइडको समस्याले ब ... बाँकी अंश»

एसएलसी परीक्षामा रोल्पामा छात्र भन्दा छात्रा बढी

२०७२ चैत १८ बिहिबार, रोल्पा। यस वर्षको एस.एल.सी परीक्षा परीक्षामा रोल्पा जिल्लाबाट ४ हजार १ सय ४३ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जस अन्तर्गत नियमित तर्फ १२ सय ७७ जना छात्र र १४ सय ५५ जना छात्रा रहेका छन् भने एक्जाम्टेड तर्फ १३ सय ९४ जना विद्यार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ। सबैभन्दा बढी परीक्षार्थी कृष्ण मावि घर्तीगाउँ केन्द्रमा ४ सय १८ जना र सबैभन्दा कम २ सय १ जना परीक्षार्थी सूर्योदय मावि सुलिचौर मिझिङ केन्द्रमा रहेका छ ... बाँकी अंश»

स्ववियु निर्वाचनको मिति तोक्न १३ विद्यार्थी सङ्गठनको माग

२०७२ चैत १८ बिहिबार, काठमाडौँ। संयुक्त विद्यार्थी सङ्गठनले त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पसमा स्ववियु निर्वाचनको वातावरण तयार गरी मिति सार्वजनिक गर्न माग गरेको छ।   विभिन्न विद्यार्थी सङ्घसङ्गठनका प्रतिनिधिको सहभागितामा अनेरास्ववियुको कार्यालयमा आज बसेको बैठकले बढ्दो महँगी तथा कालाबजारीको विरुद्ध यही चैत २१ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको हो।   अनेरास्ववियु, नेविसङ्घ, अखिल (क्रान्तिकारी)लगायत १३ विद्यार्थी सङ्घसंस्थाका आबद्धतामा ... बाँकी अंश»

एसएलसी परिक्षा २०७२: काठमाडौमा सबैभन्दा बढी र मनाङमा सबैभन्दा कम परिक्षार्थी

२०७२ चैत १८ बिहिबार, काठमाडौं। यसवर्षको एसएलसी परीक्षा आजबाट सुरु भएको छ । परीक्षाको पहिलो दिन अहिले अग्रेजी बिषयको परीक्षा सन्चालन भईरहेको छ । परीक्षामा कुल ६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।    परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार चार लाख ५२ हजार आठ सय ८१ तथा  आंशिकतर्फ एक लाख ५९ हजार चार सय १७ जना रहेका छन् । जसमध्ये नियमिततर्फ दुई लाख २५ हजार तीन सय ४६ छात्र र दुई लाख २७ हजार पाँच सय ३५ छात्रा छन ... बाँकी अंश»

२ सय ८२ विद्यार्थी एसएलसी दिनबाट बञ्चित

२०७२ चैत १७ बुधबार, जितेन्द्र भण्डारी, पाँचथर । पाँचथर जिल्लामा यस वर्षको एसएलसी परिक्षामा २ सय ८२ जना विद्यार्थी एसएलसी परिक्षा दिन बाट बञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेकाले उनीहरु यस वर्षको एसएलसी दिन बाट बञ्चित भएको फिदिममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।    जिल्ला शिक्षा अधिकारी राजकुमार विकका अनुसार विद्यालयको सिफारिसमा ती परिक्षार्थीलाई परिक्षामा सहभागि नगराइने भएको छ । यसैगरी अर्काको नाम बाट परिक्षा दिएको पाइए, प्रश्नपत्रको गोपनियत ... बाँकी अंश»

भोलिदेखि देशभर एसएलसी, छ लाख १५ हजार परीक्षार्थी सहभागी

२०७२ चैत १७ बुधबार, भक्तपुर । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर बिहिवार बिहान ८ बजेबाट एकैसाथ सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गरेका छन‍् ।    परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक ... बाँकी अंश»

एसएलसीमा प्राविधिक धारका विद्यार्थी घट्दो

२०७२ चैत १६ मंगलबार, काठमाडौँ । प्रवेशिका परीक्षापछि माथिल्लो तहमा अध्यनका लागि सहज बाटो नहुँदा प्राविधिक धारका विद्यार्थीको सङ्ख्या घट्दो पाइएको छ । परीक्षा दिने कुल विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्ने गरेकामा प्राविधिक क्षेत्रका विद्यार्थी भने गत वर्षको तुलनामा केही कम देखिएको छ । गत वर्षको परीक्षामा नियमिततर्फ तीन हजार २९३ विद्यार्थी सहभागी थिए भने यस वर्ष ३८ कम अर्थात् तीन हजार २५५ विद्यार्थीले आवेदन दिएका छन् । यसमा एक हजार ९८२ छात्र र एक हजार २७३ छात्रा छन् । ... बाँकी अंश»

नक्कली परीक्षार्थीलाई एक लाख जरिवाना हुने

२०७२ चैत १६ मंगलबार, सुरुङ्गा (झपा) । चैत १८ गतेदेखि सुरु हुन लागेको यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा अरुको तर्फबाट परीक्षा दिएको पाइए रु एक लाखसम्म जरिवाना हुने भएको छ । जिल्ला शिक्षा कार्यालय झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले परीक्षाको मर्यादा भङ्ग गर्ने, परीक्षा केन्द्रमा अनधिकृत प्रवेश गर्ने र परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गर्नेलाई शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली–२० ... बाँकी अंश»

तेह्रथुममा एसएलसीको तयारी पुरा

२०७२ चैत १५ सोमबार, तेह्रथुम। जिल्ला शिक्षा कार्यालय तेह्रथुमले यसवर्षको एसएलसी परीक्षाको तयारी सकिएकोे जनाएको छ। चैत्र १८ देखि देशैभर एकैसाथ हुने एसएलसी परीक्षाको पुर्वसन्ध्यामा सोमबार कार्यालयले पत्रकार सम्मेलन गर्दै एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।    पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुलीले परीक्षा नियन्त्रण कार्यालयको निर्देशन बमोजिम जिल्लामा परीक्षा केन्द्र निर्धारण र केन्द्राध्यक्षहरुको नियुक्ति तथा उत ... बाँकी अंश»

एक विद्यार्थीका लागि वार्षिक ११ हजार लगानी

२०७२ चैत १४ आइतबार, काठमाडौँ। मुलुकभरका झन्डै एक चौथाइ सामुदायिक विद्यालयमा ५० भन्दा कम विद्यार्थी देखिएपछि सरकारले विद्यालय क्षेत्रको पुनः संरचनाको तयारी गरेको छ। कम विद्यार्थी भएका कतिपय सहरी क्षेत्रमा शिक्षक बढी हुने र त्यति नै सङ्ख्यामा विद्यार्थी भएका दुर्गमका विद्यालयमा शिक्षक दरबन्दी अभाव हुने अवस्थाको अन्त्य गरी सरकारको दायित्व र लगानीबीचको सन्तुलनको खोजीमा शिक्षा मन्त्रालय अग्रसर भएको छ तर सरकारले कक्षागत आधारमा त्यस्ता विद्यालयको यकिन विवरण अझै तय ... बाँकी अंश»

६ लाखभन्दा बढी परीक्षार्थी एसएलसीमा सहभागी हुने

२०७२ चैत १४ आइतबार, भक्तपुर। यही चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् ।    परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् । यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागि हुनेछन् । सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् ।    ... बाँकी अंश»

तवेलामा पढ्न बाध्यछन् वालवालिका

२०७२ चैत ५ शुक्रबार, बर्दिया। वैदेशिक अनुदान मार्फत ०५६ साल देखि सञ्चालनमा ल्याएको वालशिक्षा कार्यक्रम प्रभावकारी भएपनि सरकारले यथोचित लगानी गर्न नसक्दा ओझेलमा परेको छ । सन् २०१५ सम्म नेपाल सरकार मार्फत कार्यक्रम चलाईने अवधारणा बनाईए तापनि सम्वन्धित निकायले चाँसो नदिदा वालवालिका हरु घोडा वाध्ने तवेला र स्थानियको भान्छाघरमा पढ्न वाध्य छन्।    आजका वालवालिका भोलिका कर्णधार हुन् । पोषण, स्वस्थ शरिर र उचित शिक्षा वालवालिकाको अधिकार हो । धन हुने मानिसका वालवालिक ... बाँकी अंश»

रुकुमका सबै गाविस र नगरपालिका साक्षर

२०७२ चैत ५ शुक्रबार, रुकुम। रुकुमका सबै गाविस र नगरपालिकाहरु साक्षर घोषणा भएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाका २ नगरपालिका र ३९ गाविसहरुलाई औपचारिक कार्यक्रमहरुबिच साक्षर घोषणा गरिएको हो।   कार्यालयका अनुसार बैशाखमा जिल्लालाई नै साक्षर घोषणा गर्ने कार्यक्रम रहेको छ । प्रत्येक गाविस र नगरपालिकाका ९५ प्रतिसतबढि जनसंख्या साक्षर भएपछि साक्षर घोषणा गरिएको हो। जिल्लाको पहिलो साक्षर गाविसको रुपमा दुली र अन्तिम साक्षर गाविसको रुपमा सिस्ने घोषणा भएको ... बाँकी अंश»

शिक्षा ऐन संशोधन विधेयकमाथि दफावार छलफल सुरू

२०७२ चैत ४ बिहिबार, काठमाडौँ। शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको विधेयक, २०७२ माथि महिला, बालबालिका ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा आजदेखि दफावार छलफल सुरू भएको छ। समितिको बैठकमा आज दफा १ देखि ३ सम्म संशोधन प्रस्ताव राख्नुभएका सांसदले विधेयकमाथि आ–आफ्नो धारणा राखे।   नेकपा (एमाले) का सांसद रामहरि सुवेदीले स्थायी शिक्षकले पाएसरह औषधि उपचार सुविधा पाउने व्यवस्था थप गर्नुपर्ने र जति वर्ष सेवा अवधि व्यतीत भएको छ सबै वर्ष गणना गर्नुपर्ने प्रस्ताव गरेका छन्। त ... बाँकी अंश»

पाँच बर्ष भित्र बाल बिबाह मुक्त जिल्ला घोषणा गरिने

२०७२ चैत ३ बुधबार, बझाङ । पाँच बर्ष भित्र जिल्लालाई बाल बिबाह मुक्त गाबिस घोषणा गरिने एक कार्यक्रममा प्रतिबद्घता गरिएको छ ।  बाल बिबाहको उच्च जोखिममा रहेको बझाङ जिल्लामा बाल बिबाहका कारण समाजमा नकरात्मक प्रभाव पर्दै गएकाले यसलाई जिल्ला बाटै मुक्त गर्नु पर्ने सहभागीहरुले बताएपछि अन्तरसम्बाद कार्यक्रममै प्रतिबद्घता सहित लेखिएको ठूलो ब्यानरमा जिल्ला लाई बि.स. २०७७ साल भित्र जिल्लाबाट बाल बिबाह अन्त्य गरि घोषणा गर्न हस्ताक्षर समेत गरिएको छ  ।    जिल्लाका ... बाँकी अंश»

नर्सिङ काउन्सिलको दर्ता परीक्षामा करिब चार हजार विद्यार्थी उतीर्ण

२०७२ चैत २ मंगलबार, काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले लिने दर्ता परीक्षामा तीन हजार ९६७ नर्सिङ विद्यार्थी उतीर्ण भएका छन् । गत फागुन १५ गते लिइएको परीक्षामा यस पटक देशभरका चार हजार ४९६ नर्सिङ विद्यार्थीले परीक्षा दिएकोमा ५२९ विद्यार्थी अनुतिर्ण भएको काउन्सिलले जनाएको छ । काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्माले अघिल्ला वर्षको तुलना यो पटक धेरै विद्यार्थी उतीर्ण भएको बताउनुभयो ।    सन् २०१२ देखि काउन्सिले नर्सिङ पढेका विद्यार्थीलाई काउन्सिलले लिने दर्ता परीक् ... बाँकी अंश»

विद्यालय भवन हस्तान्तरण

२०७२ फाल्गुण २८ शुक्रबार, काठमाडौं । गत बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट प्रभावित खुला आकाश मुनी पठन पाठन गर्न बाध्य श्री देउराली नि.मा.वि होसिङ्गाको १० कोठे विद्यालय भवन समृद्ध नयाँ नेपाल संस्थाले बनाएको छ। सान एन्टानियो नेप्लिज एशोसियसन अमेरिकाको आर्थिक सहयोगमा निर्मित विद्यालय भवन अन्र्तराष्ट्रिय आध्यात्मिक युवा व्यक्तित्व विभूजी महाराजबाट उद्घाटन गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ।    नेपाल मानव धर्म सेवा समिति एवं समृद्ध नयाँ नेपालको संयुक्त आयोजनम ... बाँकी अंश»

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको समस्या समाधान गर्न पहल गर्छु– दाहाल

२०७२ फाल्गुण २१ शुक्रबार, काठमाडौँ  । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका जायज माग पूरा गराउन आफूले पहल गर्ने बताए  । विश्वविद्यालय मातहतका आङ्गिक क्याम्पसका प्रमुख र क्याम्पस सञ्चालक समितिका अध्यक्षले आज अध्यक्ष दाहालको निवास लाजिम्पाटमा गरेको सामूहिक भेटका अवसरमा उहाँले सबै प्रक्रिया पूरा भइसकेको सन्दर्भमा पनि क्याम्पस सञ्चलनमा समस्या नहुनुपर्ने बताए ।    अध्यक्ष दाहालले भने, ‘‘म विश्वविद्यालयसँग सम्बन् ... बाँकी अंश»

एसएलसीमा छ लाख विद्यार्थी सहभागी हुँदै

२०७२ फाल्गुण २१ शुक्रबार, भक्तपुर। यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताएका छन् ।    जनक शिक्षा सामग्री केन्द्रमा गोप्यरुपमा एसएलसीको प्रश्नपत्र छपाइसमेत बिहीबारबाट सकिएको बताउँदै काप्रीले  प्रश्नपत्रसमेत जिल्ला पठाएको बताए  । उनले भने˗“परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतकासबै सामग्री सबै जिल्लामा पठ ... बाँकी अंश»

अझै पुगेनन् विद्यालयमा पाठ्यपुस्तक र शिक्षक

२०७२ फाल्गुण १८ मंगलबार, जुम्ला । गत माघ २५ गतेदेखि सरकारी तथा सामुदायिक विद्यालय खुले पनि अहिलेसम्म शिक्षक पुग्न सकेका छैनन् । स्थानीयवासी शिक्षकले सामान्यतः विद्यालय खोले पनि सबै शिक्षक विद्यालयमा नपुगेका कारण अध्ययन अध्यापन पुनःसञ्चालन हुन नसकेको सरस्वती उमावि कुडारी जुम्लाका मावि शिक्षक यादवराज आचार्यले जानकारी दिए  । आचार्यका अनुसार यही फागुन दोस्रो सातासम्म भर्ना अभियान जारी रहेकोले पनि अध्ययन अध्यापन पूर्ण रुपले नलचेको हो । कक्षा एकदेखि पाँचसम्मका पाठ्यपुस ... बाँकी अंश»

नयाँ