शिक्षा

असी लाख पाठ्यपुस्तक छाप्न बाँकी

२०७२ माघ २१ बिहिबार, काठमाडौँ । आगामी शैक्षिक सत्रका लागि आवश्यक पर्नेमध्ये कक्षा ६ देखि १० सम्ममा ८० लाख थान पाठ्यपुस्तक अझै छाप्न बाँकी रहेको छ । सो तहका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म ६२ लाख थान मुद्रण गरेको छ । केन्द्रसँग २० लाख थान पाठ्यपुस्तक सञ्चित छ । नयाँ शैक्षिक सत्र वैशाखमा प्रारम्भ हुन्छ ।    शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले सरकारको तत्कालीन सुधारको कार्यक्रममा शैक्षिक सत्रको दुई साताभि ... बाँकी अंश»

वर्षौंदेखि राहत शिक्षकको भरमा विद्यालय सञ्चालन

२०७२ माघ २१ बिहिबार, महोत्तरी। महोत्तरीको लक्ष्मीनियाँ– ७ मा रहेको राष्ट्रिय उच्च माध्यमिक विद्यालय कान्तिबजार वर्षौंदेखि राहत शिक्षकको भरमा सञ्चालन हुँदै आएको छ । विद्यालय २०६२ सालदेखि नै राहत शिक्षकको भरमा सञ्चालन हुँदै आएको छ ।   १९ शिक्षक कार्यरत रहेको सो विद्यालयमा १० जना राहत शिक्षक कार्यरत रहेका छन् । त्यस्तै सो विद्यालयमा एक स्थायी र एक अस्थायी शिक्षक रहेका छन् भने बाँकी शिक्षक निजी स्रोतबाट सञ्चालनमा रहेको विद्यालय स्रोतले जनाएको छ । न्यून आर्थिक स्र ... बाँकी अंश»

शिक्षामा गुणस्तर सुधार्न मुख्यसचिवको निर्देशन

२०७२ माघ १८ सोमबार, काठमाडौं। मुख्यसचिव डा सोमलाल सुवेदीले शैक्षिक गुणस्तर सुधारका सेवाग्राही केन्द्रित भएर कार्ययोजना बनाउन शिक्षा मन्त्रालयका अधिकारीलाई निर्देशन दिए ।    ‘शिक्षाको तत्कालीन सुधार कार्यक्रम’ को प्रगति समीक्षाबारे  शिक्षा मन्त्रालयमा भएको छलफल कार्यक्रममा सचिव विश्वप्रकाश पण्डितलगायतसँग जानकारी लिँदै डा सुवेदीले शिक्षामा लक्षित वर्ग अर्थात् विद्यार्थी केन्द्रित नभई निकाय, शिक्षक, विद्यालय केन्द्रित योजना भएका कारण शैक्षिक सुधार ... बाँकी अंश»

एमाले नेताले वैठकमा आएकालाई कुट्दै च्याते वैठक पुस्तिका

२०७२ माघ १४ बिहिबार, स्याङ्जा। स्याङ्जाको गल्याङ् स्थित भानुभक्त उच्च माविमा प्राचार्यको नियुक्तिको बिषयलाई लिएर स्थानीय र एमाले कार्यकर्ता विच झडप भएको छ। एक महिना अगाडी राजिनामा दिएका कृष्णप्रसाद बस्यालको ठाँउमा नेपाली काँग्रेस, एमाले, एमाओवादी लगायतका दलविच भएको सहमति विरुद्ध एमालेका किसान श्रेष्ठले बैठक भित्र हातपात गरेपछि स्थानीय र एमाले विच झडप भएको हो।   झडप पछि स्थानीयले सिद्धार्थ राजमार्ग अवरुद्ध गरेका हुन्। युवा संघका क्षेत्रीय अध्यक्ष समेत रहे ... बाँकी अंश»

नेपाल–कतारबीच शिक्षा, र सामुदायिक विकास सम्बन्धमा छलफल

२०७२ माघ ११ सोमबार, काठमाडौं । परराष्ट्र सचिव शङ्करदास वैरागीले कतारका विदेश राज्यमन्त्री डा खलिद विन मोहम्मद अल–अत्तियासँग आज उहाँको कार्यालयमा शिष्टाचार भेट गरेका हुन् ।  द्विपक्षीय सहयोग सम्बन्ध सुदृढीकरण र विस्तार गर्ने तथा दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएको चालीसौँ वार्षिकोत्सव अर्को वर्ष मनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।    परराष्ट्र सचिव वैरागीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीले उनका कता ... बाँकी अंश»

तालाबन्दी गर्ने अभिभावक थप आन्दोलित

२०७२ माघ ११ सोमबार, बैतडी। शुक्रबारदेखि अनिश्चितकालीनरुपमा विद्यालयमा तालाबन्दी गरेका बैतडीको दुर्गा उच्च माविका अभिभावक थप आन्दोलित भएका छन् । गएको जेठ २१ गते विधिपूर्वक निर्वाचन भई घोषणाको समयमा विवाद भई अन्योलमा परेको श्री दुर्गा उमाविको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउनुपर्ने मागसहित रुद्रेश्वर र कोटपेटराका अविभावकहरु आइतबार सदरमुकाम पुगेका छन् ।    मतगणनापछि भएको ढुङ्गामुढाले घोषणा हुन नपाएको विद्यालय व्यवस्थापन समितिको विवाद अझैसम्म पनि ... बाँकी अंश»

दर्ता हुन थाले भारतीय शिक्षालय

२०७२ माघ ९ शनिबार, सरकारले कडा नीति लिएपछि भारतीय शैक्षिक संस्थाको सम्बद्धनमा नेपालमा सञ्चालित शिक्षालय कानुनी दायरामा आउन थालेका छन्। नेपालमा भारतीय विश्वविद्यालय र शैक्षिक संस्थाबाट आबद्धता लिई लामो समयदेखि करिब एक दर्जन शिक्षालय सञ्चालन हुँदै आएका छन्। ती संस्थाले नेपालको कानुन अटेर गर्दै आफुखुसी शिक्षालय सञ्चालन गरिरहेको गुनासो बढेपछि सरकारले कडा नीति लिएको हो।   पछिल्लो समय सरकारको निर्देशनपछि ती संस्था क्रमशः कम्पनी दर्ता र शैक्षिक कार्यक्रम स्वीक ... बाँकी अंश»

त्रिविको विज्ञापनविरुद्ध विद्यार्थी आन्दोलनमा

२०७२ माघ ८ शुक्रबार, काठमाडौं। नयाँ शक्ति निर्माणका लागि विद्यार्थी अभियानले त्रिविले उपप्राध्यापकका लािग खोलेको विज्ञापनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।     विहिबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक ओमकुमारी पौडेलले विश्वविद्यालयले पर्याप्त गृहकार्य नगरी करारमा रहेका आफ्ना निकटका शिक्षक तथा कर्मचारीलाई स्वतः स्थायी गर्न विज्ञापन ल्याएको भन्दै सो प्रक्रियालाई अविलम्ब सच्याएर खुला प्रतिस्पर्धाबाट परीक्षा लिनका लागि नयाँ विज्ञापन गर्न माग गरेक ... बाँकी अंश»

शिक्षा बजेट बालुवामा पानीः अध्ययन

२०७२ माघ ८ शुक्रबार, काठमाडौं । शिक्षा क्षेत्रमा बिनियोजित बजेट आफैमा अपर्याप्त मानिन्छ तर भएको बजेटको उचित खर्च हुन नसकेको पाइएको छ । शिक्षाका राष्ट्रिय अभियान (एनसीइ) नेपालले आज यहाँ आयोजना गरेको शिक्षाको चालू आर्थिक वर्षको बजेटको विश्लेषणसहितको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा हाल शिक्षा छुट्याएको १२ प्रतिशत बजेट अपर्याप्त रहे पनि सोही बजेटको सदुपयोग हुन नसकेको बताइएको हो ।    सरकारले प्रदान गर्ने छात्रवृत्ति, निःशुल्क पाठ्पुस्तक जस्ता कार्यक्रमल ... बाँकी अंश»

नि:शुल्क र सर्वशुलभ शिक्षा खुल्ला आकाश मुनि पढ्दै विद्यार्थी

२०७२ माघ ५ मंगलबार, प्यूठान। जाडो र चिसोले सताउने सवैभन्दा चिसो महिना कस्लाई पो मन हुदैन होला खुल्ला आकाशमा बस्ने र घाम ताप्ने, झट्ट हेर्दा जो कोहीले पहिलो पटक भन्न सक्छ यहाँका विधार्थीहरु चिसोका कारण खुल्ला चौरमा घाँम ताप्दै पढ्न बसेका होलान् । तर नयाँगाउँ गा.वि.स को एक विधालयमा भने त्यसको ठिक बिपरित भएको छ । विधार्थीहरुले खुल्ला आकाश मुनि पढ्ने गरेका छन् । पढने कक्षा कोठाँको अभाबले गर्दा खुल्ला आकाशमा विधार्थीहरुलाई पढाउने गरेको बिद्यालय प्रसासनले जनाएको छ ।   स ... बाँकी अंश»

कोरिया जान नपाएकालाई पुनःनिर्माणमा खटाइने

२०७२ पौष ३० बिहिबार, काठमाडौँ । कोरियाली भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनःनिर्माण कार्यका लागि स्वयम्सेवकको रुपमा परिचालन गर्न सकिने अवधारणा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले अघि सारेको छ । शाखाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसमक्ष सो प्रस्ताव पठाउँदै करिब बीसदेखि तीस हजार अदक्ष श्रमिकलाई स्वयम्सेवकको रुपमा छनोट गर्न सकिने जनाएको छ । शाखाका प्रमुख डिल्ली बास्तोलाले भाषा परीक्षामा असफल भएका परीक्षार्थीलाई छनोट गर्दा राजनीति ... बाँकी अंश»

कक्षा ११ को नतिजा सार्वजनिक, ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण

२०७२ पौष ३० बिहिबार, काठमाडौ । उच्च माध्यकमिक शिक्षा परिषदले गएको असारमा भएको कक्षा ११ को परिक्षाफल बिहिबार सार्वजनिक गरेको छ। परिक्षामा ४९.२० प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थीले परिक्षा दिएकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएका हुन्। आंशिकतर्फ भने १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागी भएकोमा ४३ हजार ९८३ जना उतीर्ण भएको परिषदले जनाएको छ।  नतिजा हेर्ने तरिका नतिजा प्रकाशन भएपछि फोन तथा इन ... बाँकी अंश»

कक्षा ११ को नजिता आज प्रकाशित हुदै

२०७२ पौष ३० बिहिबार, काठमाडौं । उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा ११ को परिक्षाफल आज प्रकाशित गर्न लागेको छ । परिक्षाफल मंगलवार प्रकाशित गर्ने भनिएको भएपनि प्राविधिक समस्याका कारण केहीदिन ढिला गरी आज नतिजा प्रकाशित गर्न लागिएको परिषद्ले जनाएको छ ।    परिषद्का सदस्य सचिव नारायण कोईरालाले परिक्षाफल प्रकाशित गर्न नयाँ सफ्वेरको प्रयोग गरिएकाले अपेक्षीत भन्दा बढी समय लागेको जानकारीदिनुभयो । उहाँले नयाँ सफ्वेरबाट नतिजा प्रकाशन, उपयोग र भण्डारणमा समेत धेरै राम ... बाँकी अंश»

विश्वविद्यालयमा क्षमताका आधारमा नियुक्ति हुन्छ : प्रम ओली

२०७२ पौष २९ बुधबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारी नियुक्ति गरिने बताउनुभएको छ । लोकतान्त्रिक प्राध्यापक सङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उहाँले विश्वविद्यालय राजनीतिक भागबण्डाका आधारमा नभई प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभएको प्रम ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा जना ... बाँकी अंश»

गाविसका एक हजार आठ सय सतरी जना निरक्षरहरु व्यवसायिक साक्षर

२०७२ पौष २८ मंगलबार, कविता उपाध्याय,रोल्पा। जिल्लाका विभिन्न १३  गाविसका एक हजार आठ सय सतरी  जना निरक्षरहरु व्यवसायिक साक्षर भएका छन् । युएसएडको आर्थिक सहयोगमा डिप्रोक्स नेपालले एक हजार आठ सय सतरी  जनालाई व्यवसायीक साक्षर वनाएको हो । जिल्लाका १३  वटा गाविसका एक हजार आठ सय सत्तरी  जना निरक्षरलाई व्यवसायीक साक्षर वनाएको व्यवसायिक साक्षरता कार्यक्रम जिल्ला प्रवन्धक अशोक लम्साल ले जानकारी दिनुभयो ।   लम्सालका अनुसार किसान परियोजना भित्र रहेका निरक्षरलाई मा ... बाँकी अंश»

क्याम्पसमा पनि निःशुल्क पुस्तक !

२०७२ पौष २५ शनिबार, वालिङ । जिल्लाको केवरे भञ्ज्याङ गाविसमा रहेको बालसिद्ध क्याम्पसले विद्यार्थीलाई निःशुल्क पुस्तकको व्यवस्था गरेको छ ।    आर्थिक अभावले शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस्, न्यून आर्थिक अवस्था भएका परिवारका बालबालिकाले पनि सहजरुपमा अध्ययन गर्न पाऊन भन्ने मुख्य उद्देश्यले क्याम्पसले विद्यार्थीलाई निःशुल्करुपमा पुस्तक प्रदान गर्दै आएको छ ।    “यस विद्यालयमा अध्ययन गर्न आउने क्याम्पस तथा उच्च माविका विद्यार्थीले त्रिभुवन विश्वव ... बाँकी अंश»

रुवाण्डामा बस्ने नेपालीले नुवाकोटमा बनाइदिए विद्यालय

२०७२ पौष २३ बिहिबार, नुवाकोट। गत वैशाखको भूकम्पबाट ठूलो क्षति पुगेको नुवाकोटको तारुका गाविसको एक विद्यालयका लागि रुवाण्डामा रहेका नेपालीहरुले सहयोग पु¥याएका छन् ।  ग्रामीण विकास प्रतिष्ठान नामक गैरसरकारी संस्थाको पहलमा रुवाण्डाका विभिन्न निकायमा कार्यरत नेपालीहरुद्वारा सङ्कलित करिब रु १५ लाखको सहयोगमा तारुका श्रीकृष्ण उच्चमाविका लागि दुईवटा र तारुका श्रीकृष्ण कलेजका लागि एक भवन निर्माण गरिएको छ ।  गत वैशाखको भूकम्पबाट यस क्षेत्रका अधिकांश विद्यालय भवन ... बाँकी अंश»

जिल्ला शिक्षा कार्यालयबाटै अनियमिता

२०७२ पौष २३ बिहिबार,   जुम्ला। जिल्ला शिक्षा कार्यालय जुम्लाले कक्षा ८ को जिल्लास्तरीय परीक्षामा विद्यार्थीबाट रु आठ लाख असुली गरेको पाइएको छ । कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न भन्दै जिशिका जुम्लाले प्रतिविद्यार्थी रु ३०० का दरले रु आठ लाख ४९ हजार शुल्क असुलेको पाइएको हो ।    जिल्लाका सबै विद्यालयले दुई हजार ६८३ विद्यार्थीबाट प्रतिविद्यार्थी रु तीनसयदेखि सातसयका दरले असुलेको खुलासा भएको छ । जहाँ कि शिक्षा नियमावलीको परिच्छेद २५, न ... बाँकी अंश»

आठ विद्यार्थीलाइ पढाउदैं दुइ शिक्षक

२०७२ पौष २२ बुधबार, बेनी । म्याग्दीको भकिम्ली–७ मरेक गाउँमा रहेको नवज्योति प्राविमा आठ विद्यार्थीलाइ  दुइ शिक्षकले पढाउदैं आएका छन् । विद्यार्थीको अभाव संगै तीनकोठे विद्यालय भवनको एउटा कोठा मात्रै प्रयोगमा आएको छ ।    जम्मा २९ घरधुरी रहेको गाउँका अधिकांशले आफ्ना छोराछोरीलाई सदरमुकाम बेनीमा लैजान थालेपछि विद्यार्थी सङ्ख्या घटेको विद्यालयका प्राचार्य दिलबहादुर थापाले बताए । विसं २०४१ मा स्थापना भएको विद्यालयमा १ देखि ३ कक्षासम्म पढाइ हुने गरेको छ । तीनवट ... बाँकी अंश»

सैनिक महाविद्यालयका शिक्षकमाथि आक्रमण, सेनाका कर्णेलले पत्रकारलाई गरे हातपात

२०७२ पौष १९ आइतबार, मानबहादुर खड्का, सुर्खेत । वीरेन्द्रनगर स्थित मंगलगढीमा रहेको सैनिक आवासिय महाविद्यालयको भित्रि रहस्य खुलेको छ । दश कक्षामा अध्ययनरत केही विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि आइतबार दिउँसो सैनिक विद्यालयमा तनाव उत्पन्न हुँदा भित्री रहस्य बाहिर आएको होे ।   शिक्षकले दश कक्षाका विद्यार्थीको एक समूह  विद्यालयमै गाँजा खाने गरेको रिपोर्ट प्रिन्सीपललाई गरेका थिए । सोही रिसमा किन रिपोर्ट गरेको भन्दै विद्यार्थीहरुले आइतबार दिउसो शिक्षकमा ... बाँकी अंश»

नयाँ