शिक्षा

शान्ति शिक्षा अभियान नेपालद्धारा २० थान ल्यापटप हस्तान्तरण

२०७२ मङ्सिर २० आइतबार, काठमाडौ। शान्ति शिक्षा अभियान नेपालले बुढानिलकण्ठ उ मा बि काठमाडौंमा छात्रवृतीमा अध्ययनरत +२ का विद्यार्थीहरुलाई २० वटा ल्यापटप कम्प्युटर सहयोग गरेको छ।    विद्यालयमा एक कार्यक्रम गरि गत मङ्सिर १४ गते सोमबार सहयोग सामग्री हस्तान्तरण गरिएको शान्ति शिक्षा अभियानका अध्यक्ष रबिन्द्र महर्जनले जानकारी दिनुभयो। कार्यक्रममा बिद्यालयका प्राचार्य श्री केशर बहादुर खुलालले " बुढानिलकण्ठ स्कुल स्थापनाकालदेखी नै एक गुणस्तरीय शिक्षा प्रदान गर्न ... बाँकी अंश»

केसीसी मिडिया जर्नल बिमोचन

२०७२ मङ्सिर १९ शनिबार, काठमाडौं। कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागद्वारा प्रकाशित केसीसी मिडिया जर्नलको पहिलो अङ्क विमोचन गरिएको छ। पूर्वाञ्चल विश्वविद्यायलयका उपकुलपति प्रा डा. घनश्यामलाल दाशले जर्नलको विमोचन गर्नुभयो।    राससका कार्यकारी सम्पादक तथा पत्रकारिताका उपप्राध्यापक एकराज पाठक सम्पादक, केसीसीका लेक्चरर आभास राजोपाध्याय र जनार्दन विष्ट सहायक सम्पादक रहनुभएको सो जर्नलमा पत्रकारिताको उत्तरदायित्व, सञ्चार व्यवस्थापन, विकास पत्र ... बाँकी अंश»

आर्थिक संकटमा दिक्तेल बहुमुखी क्याम्पस

२०७२ मङ्सिर १९ शनिबार, खोटाङ । आर्थिक अभावका कारण जिल्लाको सबैभन्दा पूरानो क्याम्पस ‘दिक्तेल बहुमुखी क्याम्पस’ सङ्कटमा परेको छ । विसं २०३७ सालमा स्थापना गरिएको क्याम्पस पछिल्लो समय आर्थिक अभावकै कारण सङ्कटमा पर्दै गएको हो । क्याम्पसमा पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दै जानुका साथै पुरानै शुल्क कायम रहनुले आर्थिक समस्या सिर्जना भएको क्याम्पस प्रमुख डा सुकराज राईले बताए ।  “पछिल्लो समय क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन गर्नुका साथै भौतिक विकास गर्दा ध ... बाँकी अंश»

कक्षा कोठामा शिक्षा अधिकारी

२०७२ मङ्सिर १८ शुक्रबार, श्रीकृष्ण सिग्देल । स्याङ्जा ।स्याङ्जामा भर्खर मात्रा सरुवा भएर आएका जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमाल शिक्षा क्षेत्र सुर्धार्ने नयाँ योजनामा लागि परेका छन् । “गाली होइन, तालीवाट पढाऔँ” भन्ने मान्यता लिएर विद्यार्थीहरुका समस्या बुझन् उनी हरेक विद्यालयका प्रत्यक्ष रुपमा काक्षाकोठामा प्रवेश गर्न थालेका छन् । शिक्षामा नयाँ वाटो रोज्नुपर्छ भन्ने अभियान अनुसार हरेक हप्ता कम्तीमा एउटा विद्यालयका विद्यार्थीहरु सँग प्रत्यक्ष साक्षात्कार ... बाँकी अंश»

कक्षा ११ का लागि साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने निर्देशन

२०७३ असार ४ शनिबार, भक्तपुर । देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।    नतिजाको ग्रेडिङका आधारमा विद्यार्थी भर्ना लिन परिषद्ले उमाविहरुलाई निर्देशन जारी गरेको हो । कक्षा ११ का विद्यार्थीले भदौ मसा ... बाँकी अंश»

कक्षा ११ का लागि साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने निर्देशन

२०७३ असार ४ शनिबार, भक्तपुर । देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।    नतिजाको ग्रेडिङका आधारमा विद्यार्थी भर्ना लिन परिषद्ले उमाविहरुलाई निर्देशन जारी गरेको हो । कक्षा ११ का विद्यार्थीले भदौ मसा ... बाँकी अंश»

शैक्षिक सुधारमा घोषणापत्र जारी

२०७३ बैशाख ९ बिहिबार, स्याङ्जा । स्याङ्जाको उत्तर तर्फ पर्ने आरुचौर गाविसमा रहेको सर्वोदय उच्च माविले शैक्षिक सत्रको शुरुवात सगै शैक्षिक सुधारका लागि ३० बुँदे घोषणा पत्र जारी गरेको छ । सर्वोदय उच्च माविले शैक्षिक सुधारका लागि भन्दै विभिन्न योजना सहित ३० बुँदे घोषणापत्र जारी गरेको हो । ग्रामिण क्षेत्रमा रहेर शैक्षिक गातिविधिमा महत्वपूर्ण भुमिका खेल्दै आएको उच्च माविले शैक्षिकसत्र २०७३ को शुरुवात सगै विद्यार्थीलाई फुलमाला र अविरले स्वागत समेत गरेको विद्यालयका प्रा ... बाँकी अंश»

विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयसम्म ल्याउनु नै चुनौतीपूर्ण

२०७२ माघ २३ शनिबार, काठमाडौं। सरकारले सबैका लागि शिक्षाको अन्तर्राष्ट्रिय लक्ष्य प्राप्तिमा सफलता मिलेको बताउँदै आए पनि विद्यार्थीले कक्षा छाड्ने प्रवृत्ति चुनौतीपूर्ण रहेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)को छैठौँ वार्षिक साधारणसभाका अवसरमा शुनिबार आयोजित कार्यक्रममा शिक्षा विभागका महानिर्देशक डा खगराज बरालले अझै विद्यालय बाहिर रहेका तीन प्रतिशत विद्यार्थीलाई विद्यालयमा ल्याउनु र गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौती रहेको बताए ।    महा ... बाँकी अंश»

बाह्र मदरसा विद्यालय बन्द

२०७२ माघ २३ शनिबार, दमौली। आर्थिक वर्ष २०७१÷०७२ मा तनहुँ जिल्लाभित्र रहेका १२ वटा मदरसा विद्यालय बन्द भएका छन् । दोहोरो विद्यार्थी भएकाले ती विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । बिहान मदरसामा पनि त्यही विद्यार्थी र दिउँसो सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी पनि त्यही भएपछि ती मदरसा विद्यालय बन्द गरिएको हो ।    धार्मिक विद्यालयका नाममा सञ्चालित व्यास–११ को मुनस्टार, श्याम्घा गाविसको इस्लामिक, नुरानी उर्दु अरबी, किहुँको इम्दादि ... बाँकी अंश»

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा

२०७२ माघ २२ शुक्रबार, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी माध्यमिक तहको शिक्षक पदमा नियुक्ति लिएको भन्दै नवलपरासीका शिक्षक कृष्णप्रसाद ज्ञवालीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नवलपरासी कालिका माध्यमिक विद्यालय शिव मन्दिरमा अध्यापनरत शिक्षक ज्ञवालीले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, इलाहावाद भारतबाट सन् १९८७ मा माध्यमिक तह उत्तीर्ण गर ... बाँकी अंश»

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा

२०७२ माघ २२ शुक्रबार, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी माध्यमिक तहको शिक्षक पदमा नियुक्ति लिएको भन्दै नवलपरासीका शिक्षक कृष्णप्रसाद ज्ञवालीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नवलपरासी कालिका माध्यमिक विद्यालय शिव मन्दिरमा अध्यापनरत शिक्षक ज्ञवालीले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, इलाहावाद भारतबाट सन् १९८७ मा माध्यमिक तह उत्तीर्ण गर ... बाँकी अंश»

साझाका पदाधिकारी वैध

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । साझा प्रकाशनका पदाधिकारी र सञ्चालक समिति सदस्यमा शिक्षा मन्त्रालयले गरेकोे नियुक्तिले कानुनी मान्यता पाएको छ ।  ती पदाधिकारीको नियुक्ति कानुन विपरीत भएको भनी सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्डले पुनरावेदन अदालत, पाटनमा दायर गरेकोे रिट निवेदनबारे सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश नदिई वर्तमान पदाधिकारी र सदस्यलाई नै कामकाजको निरन्तरता दिन आदेश गरेको हो ।    प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोल ... बाँकी अंश»

मेडिकल काउन्सिलको परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण

२०७२ मङ्सिर १३ आइतबार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकको प्रमाणपत्र (लाइसेन्स)को परीक्षामा आधाभन्दा बढी चिकित्सक विद्यार्थी अनुत्तीर्ण भएका छन् । काठमाडौँको स्वयम्भू सानो भर्‍याङ्स्थित आर्मी प्रतिष्ठानमा शनिबार भएको परीक्षा ५१० जना चिकित्सक विद्यार्थीले परीक्षा दिएका थिए । जसमा २५२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । चिकित्सातर्फ ४६९ विद्यार्थीले परीक्षा दिएकामा २४६ विद्यार्थी उत्तीर्ण भएका छन् भने दन्त चिकित्सातर्फ ४१ जना विद्यार्थीमा जम्म ... बाँकी अंश»

नाकाबन्दीले शिक्षा क्षेत्रलाई ठूलो असर : मन्त्री पोखरेल

२०७२ मङ्सिर ९ बुधबार, भक्तपुर, सानोथिमि । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भारतले गरेको अघोषित नाकाबन्दीले देशको शिक्षा क्षेत्रमा ठूलो असर परेको बताएका छन् । शिक्षा मन्त्रालयमा कार्यरत निजामतीहरुको संगठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको तेस्रो अधिवेशनको उद्घाटन गर्दै शिक्षामन्त्री पोखरेलले नाकाबन्दी, बन्द र हडतालका कारण शिक्षा क्षेत्र अप्ठ्यारो अवस्थामा पुगेको उल्लेख गरे ।    मन्त्री पोखरेलले शिक्षालाई समाजवादी दृष्टिकोणबाट हेरिनुपर्ने भन्दै समग्र श ... बाँकी अंश»

गाईभैँसी चराउँदै विद्यालयको गोठालो

२०७२ कार्तिक २९ आइतबार, (प्रकाश सिलवाल), वाल्टिङ (काभ्रेपलान्चोक) । “शिक्षाका लागि पछि पर्ने कुरा मेरो दिमागले सहन सक्दैन ।” यो भनाइ कुनै पठित वा विद्वान्को होइन । आपूm सामान्य साक्षर भए पनि शिक्षाको महत्व बुझेर नयाँ पुस्तालाई शिक्षाको मार्गमा डो¥याउन निरन्तर तल्लिन स्थानीयवासी वयोवृद्ध उद्धवराज मैनालीको हो ।  मुलुकमा प्रजातन्त्र स्थापनापूर्व स्थापित पञ्चकन्या उमाविका एक संस्थापक मैनालीमा बुढ्यौली उमेरमा पनि शिक्षा विकासका लागि कुनै थकानको अनुभूति छैन । “हा ... बाँकी अंश»

तीन महिनापछि खुले विद्यालय

२०७२ कार्तिक २४ मंगलबार, लहान । संयुक्त मधेसी मोर्चाको आमहडतालका कारण करिब तीन महिनादेखि बन्द रहेका सिरहाका विद्यालय सञ्चालन भएका छन् ।  जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा भएको राजनीतिक दल, आन्दोलनरत पक्ष, स्थानीय प्रशासन, शिक्षक र अधिकारकर्मीलगायतको सर्वपक्षीय छलफलमा जिल्लाका विद्यालय सञ्चालनमा अवरोध नगर्ने सहमतिपश्चात् जिल्लाभरिका विद्यालय सञ्चालन भएका हुन् ।  आमहडतालका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुनुका साथै बालबालिकामा मनो ... बाँकी अंश»

विश्व विद्यालयलार्ई बन्धक नबनाऔँ–उपकुलपति कोइराला

२०७२ कार्तिक २१ शनिबार, दाङ। नेपाल सँस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले असहमतिका कारण विश्व विद्यालयलार्ई बन्धकमा नराख्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । ‘न्यायोचित माग पुरा गर्न विश्व विद्यालय सधै तयार रहेको भन्दै तालाबन्दी खुलाएपछि सबै पक्षका न्यायोचित मागको संवोधन हुने उनले बताए ।  झण्डै सात महिनादेखि निरन्तर तालाबन्दी रहेको विश्वविद्यालयको तालाबन्दी खुलाउने विषयमा भएको कार्यक्रममा उनले सो बताएका हुन् । कार्यक्रममा बोल्दै विश्व वि ... बाँकी अंश»

विदेशमा संकलन गरिएको रकम गाँउको विद्यालयलाई हस्तान्तरण

२०७२ कार्तिक ११ बुधबार, कौरव खत्री, गुल्मी। गुल्मीको एक ग्रामिण इलाकामा सञ्चालित माध्यमिक विद्यालयलाई विदेशमा संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ। मुसिकोट गाविस वडा नं. ८ मा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयलाई सकंलित नगद रु.४० हजार सहयोग रकम समाजसेवी दुर्गा बहादुर कार्कीले   विद्यालयका प्रधानाध्यापक तेज बहादुर महत र विद्यालय व्यवस्थापन समिति अध्यक्ष इश्वरी प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभएको हो।   आफ्नो गाँउको विद्यालयको आर्थिक अवस् ... बाँकी अंश»

गरिवीका कारण शिक्षाबाटक बञ्चित बालबालिकाहरु शिक्षाको पहुँचमा पुग्दै

२०७२ असोज २७ बुधबार, लोकेन्द्र खनाल। रुकुम।  रुकुमको मुरु गाविसका १३ वर्षीया भुपाल ओली घरमा आर्थिक अवस्था कम्जोर भएका कारण पैसा कमाउनको लागी आफ्ना बुवा सँग भारतमा पुगेर घरमा आएका थिए । गाउँमा उनिसँगैका साथिहरु विद्यालयमा जान्थ्ये तर भुपाल भने विद्यालयमा भर्ना हुने, परिक्षा शुल्क तिर्ने पैसा नभएकै कारण विद्यालयमा जानुको सट्टा पैसा कमाउनको लागी विभिन्न काममा व्यस्थ हुने गथ्र्ये । तर अहिले भुपाल पनि गाउँ नजिकैको भिम कल्याण निम्न माध्यामिक विद्यालय बाँठाकोटमा भर ... बाँकी अंश»

शिक्षामा समुदायको सहभागिता महत्वपूर्ण : उपकुलपति खनिया

२०७२ असोज २३ शनिबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाले शिक्षाको विकासमा समुदायको सहभागिता महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौँ शिक्षा क्याम्पसद्वारा विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत्का अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले समुदायको सहभागितामा सञ्चालित शैक्षिक संस्थाको सफलता सकारात्मक छ भन्नुभयो । सांसद राजेन्द्रकुमार केसीले समुदायको सहभागितामा सञ्चालित काठमाडौँ शिक्षा क्याम्पसले शिक्षाको ... बाँकी अंश»

नयाँ