//

शिक्षा

प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन अन्यौलमा

२०७३ जेठ १८ मंगलबार, काठमाडौं । नेतृत्वले पर्याप्त तयारी नगर्दा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो महाधिवेशन अन्यौलमा परेको छ । नेपाली काँग्रेस निकट प्राध्यापकहरुको संगठनको रुपमा रहेको संघको महाधिवेशन यही जेठ २७ र २८ गते पोखरामा गर्ने निर्णय भएपनि पर्याप्त तयारी नभएको प्राध्यापकहरुले बताएका छन् ।    महाधिवेशन तयारीका लागि संघको तर्फबाट कुनै समिति नबनाई संघका अध्यक्ष बासु घिमिरे र महासचिव जगत तिमिल्सीनाले आफै जिम्मेवारी लिएपनि तयारी नगरेका हुन् । ... बाँकी अंश»

पब्लिक क्याम्पस प्राध्यापक सङ्घमा पाण्डे

२०७३ जेठ १६ आइतबार, काठमाडौँ । पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले गोपालप्रसाद पाण्डेलाई अध्यक्षमा पनुः चयन गरेको छ ।  यही जेठ १४ र १५ गते काठमाडौँमा भएको अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय कार्यसमिति गठन गरेको प्रजातन्त्रवादी प्राध्यापक सङ्घका कोषाध्यक्ष डा विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।   नयाँ कार्यसमितिका उपाध्यक्षमा दुर्गादत्त शर्मा, महासचिवमा नरेन्द्र कोइराला, सचिवमा वसन्तराज लामिछाने र कोषाध्यक्षमा भवा ... बाँकी अंश»

सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

२०७३ जेठ १६ आइतबार, काठमाडौँ । विभिन्न सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत १८९ विद्यार्थीलाई आज छात्रवृत्ति वितरण गरिएको छ ।    जिविस काठमाडौँले आज  जनही रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान ग¥यो । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले नेपालको राजनीति, प्रशासन, व्यापारलगायत क्षेत्रमा सामुदायिक विद्यालयमा अध्ययन गरेकाहरु को वर्चस्व रहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनुपर्ने औँल्याइन् । उनले भ ... बाँकी अंश»

शान्ति शिक्षाले विद्यालय भवन पुनःनिर्माण गरी धमाधम हस्तान्त्रण गर्दै

२०७३ जेठ १६ आइतबार, काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले ललितपुरको आश्राङ गाविसमा रहेको विद्याधिश्वरी उच्च माध्यमिक विद्यालयको भवन पुनःनिर्माण गरी हस्तान्त्रण गरेको छ । भवन हतान्त्रण कांग्रेस सांसद उदयशमशेर राणाले गरेका हुन् । सोही अवसरमा नवनिर्मित भवनको सामाजिक परिक्षण कार्यक्रम समेत भएको छ ।    शान्ति शिक्षा अभियान नेपालले स्थापनाकालदेखि नै आफ्नो उद्देश्य अनुरुप भूकम्पले अति पीडित काठमाडौं ललितपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोकमा शैक्षिक गु ... बाँकी अंश»

सुप विश्वविद्यालयमा बबण्डर, रजिस्ट्रारको राजीनामा माग्दै मूलढोकामा ताला

२०७३ जेठ १६ आइतबार, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार द्विजराज भट्टको राजीनामाको माग गर्दै नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका विद्यार्थीले आज विश्वविद्यालयको केन्द्रीय क्याम्पसको मूलढोकामा तालाबन्दी गरी धर्नामा बसेका छन् ।    क्याम्पस प्रवेश गर्ने मूलढोकामै तालाबन्दी गरेर विद्यार्थी धर्नामा बसेपछि क्याम्पसको पठनपाठन पूर्ण रुपमा ठप्प रहेको छ । पठनपाठनका लागि क्याम्पस पुगेका विद्यार्थी मूलढोकाबाटै घर फिर्ता हुन थालेका छन् । क्याम् ... बाँकी अंश»

विश्वविद्यालयबारे समीक्षा गर्नुपर्नेमा जोड

२०७३ जेठ १४ शुक्रबार, काठमाडौं । मुलुकभरका पब्लिक क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकको छाता संस्था पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन शुक्रबार कीर्तिपुरमा सुरु भएको छ । देशभरबाट करिब ५०० प्रतिनिधि सहभागी महाधिवेशनमा पब्लिक विश्वविद्यालय स्थापनाका लागि छलफल गरिने छ ।   शनिबारसम्म चल्ने सो महाधिवेशनको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्दै सर्वाङ्गीण राष्ट्रको नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्न समयसापेक्ष श ... बाँकी अंश»

मनपरी शुल्क लिने विद्यालयलाई कारबाही गर्न १४ विद्यार्थी सङ्गठनको माग

२०७३ जेठ १३ बिहिबार, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले मनपरी शुल्क लिने विद्यालयमाथि कारबाही गर्न माग गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाएको छ ।    विभिन्न १४ विद्यार्थी सङ्गठन सम्मिलित उक्त सङ्गठनले तीनदिनभित्र छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेको छ ।    विद्यार्थी नेता आरसी लामिछानेले मन्त्रालयले गठन गरेको अनुगमन समितिको काम कारबाही आफूहरुलाई चित्त नबुझेको बताउँदै अझै विद्यालयले मनपरी ढङ्गले शुल्क असुली गरिरहेको ज ... बाँकी अंश»

मातेर विद्यालय आउने दुई शिक्षक पक्राउ

२०७३ जेठ १३ बिहिबार, दोलखा। रक्सीले मातेर विद्यालय आउने दुई शिक्षकलाई पक्राउ गरिएको छ ।  दोलखाको भुसाफेदा गाविस–३ मा रहेको ताप्केडाँडा प्राविमा कार्यरत दुई शिक्षकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको हो ।    प्रहरीले उनीहरुलाई मादक पदार्थ सेवन गरी विद्यालयमा पठनपाठन नगरेको स्थानीय अभिभावक र विद्यार्थीले व्यापक गुनासो गरेपछि उनीहरुलाई मातिरहेकै अवस्थामा बुधबार समातिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताए ।    ... बाँकी अंश»

कक्षा ११ र १२ को परीक्षा सम्पन्न

२०७३ जेठ १३ बिहिबार, भक्तपुर। गत जेठ २ गतेदेखि देशभर एकैसाथ सुरु भएको कक्षा ११ को परीक्षा सम्पन्न भएको छ ।    उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख ३१ गते कक्षा १२ को परीक्षा सम्पन्न गरेलगत्तै जेठ २ गतेदेखि कक्षा ११ को परीक्षा सुरु गरेको थियो । बुधबारदेखि सम्पन्न परीक्षामा देशभरबाट तीन लाख ६९ हजार ४२६ परीक्षार्थीले परीक्षा दिएका थिए ।    देशभरको ९२१ परीक्षा केन्द्रमा परीक्षा अवधिभर ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक् ... बाँकी अंश»

रातो बङ्गला देखि राजश्री गुरुकुल सम्मका विद्यालयलाई कारबाही गर्न माग

२०७३ जेठ १२ बुधबार, काठमाडौंं ।  नेवि संघ अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल क्रान्तिकारीलगायत १४ विद्यार्थी सङ्ठनले संयुक्तरुपमा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयन नगर्ने विद्यालयलाई कारबाही गर्न माग गरेका छन् ।    ती विद्यार्थी सङ्गठनले संयुक्तरुपमा वुधबार पत्रकार सम्मेलन गरी काठमाडौं, ललितपुर र भक्तपुरका १३ विद्यालयलाई कारबाही गर्न शिक्षा मन्त्रालयसंग माग गरेका हुन् । विद्यार्थी सङ्गठनले रातो बङ्गला, ड ... बाँकी अंश»

शान्ति शिक्षा पुनःनिर्माणमा सघाउँदै, नवनिर्मित विद्यालय भवन हस्तान्त्रण

२०७३ जेठ ११ मंगलबार, काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले भुकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण एवं मर्मत कार्यक्रमअन्तर्गत ललितपुरको घुसेलस्थित घुसेल माध्यमिक विद्यालयकाे भवन पुनःनिर्माण गरी हस्तान्त्रण गरेको छ ।  ललितपुरकै कांग्रेस सांसद उदयशमशेर राणाले नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गरे । सोही क्रममा भवन निर्माणको सामाजिक परिक्षण समेत भएको छ ।    शान्ति शिक्षा अभियान नेपालले स्थापनाकालदेखि नै आफ्नो उद्धेश्य अनुरुप सिन्धुपाल्चोक, ... बाँकी अंश»

माविका शिक्षकले साढे ६ लाख भ्रष्टाचार गरेको आरोप

२०७३ जेठ ११ मंगलबार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहट स्थित राम नरेश लक्ष्मण माध्यमिक विद्यालय, हजमिनीयाका प्रधानाध्यापक नगनारायण सिंह र खाता संचालक शिक्षक कौशल किशोर प्रसादले साढ् ५ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।    मंगलबार दर्ता भएको मुद्दामा अख्तियारले ती दुई प्रतिवादीले आपसमा मिलेमतो गरी विभिन्न आर्थिक वर्षहरुमा विद्यालयको भौतिक निर्माण तथा मर्मत संभारको लागि जिल्ला शिक् ... बाँकी अंश»

हावाहुरीले बिद्यालयको छानो उडायो करिव ७ लाखको क्षति

२०७३ जेठ ११ मंगलबार, म्याग्दी। सोमबार दिनमा आएको हावाहुरीले पाखापानी गाविस वडाः८ कोटगाउँमा रहेको श्री जनआर्दश प्रथामिक बिद्यालयको दुईकोठे भवनको छानो उडाएको छ। दिनको दूई बजे तिर पानी संगै आएको हावाहुरीले बिद्यालयको कार्यालय र बालशिक्षा भवनको छानो उडाएको हो।   कार्यालयको छानो उडाउदा कार्यालय भित्र रहेका शिक्षक नन्द प्रसाद गर्वुजा घाईते भएका छन भने बिद्यालयको भवनको पुर्ण क्षति भएको छ।    कार्यालयमा रहेको एक थान कम्प्युटर टेवल र छानामा रहेको ८५ मेगावार्डको ... बाँकी अंश»

विश्वविद्यालयमा ताला नलगाउन प्रजातन्त्रवादी प्राध्यापकहरुको आग्रह

२०७३ जेठ ११ मंगलबार, काठमाडौं  । नेपाल संस्कृत विश्वविद्यालयमा विश्वविद्यालयलाई नै असर पुग्नेगरी भएको तालाबन्दी प्रति प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले गंभिर आपत्ति जनाएको छ । पहिले देखि नै आर्थिक समस्यामा रहँदै आएकोमा विश्वविद्यालयमा थप समस्याहरु सिर्जना हुनेगरी भईरहेका गतिविधिप्रति संघले आज प्रेस विज्ञप्ती जारी गरी चिन्ता व्यक्त गरेको छ ।   संघका केन्द्रीय कोषाध्यक्ष तथा संघका तर्फबाट नेपाल संस्कृत विश्वविद्यालय प्रतिनिधि विष्णुप्रसाद पोख्रेलल ... बाँकी अंश»

९ करोडको भौतिक संरचना प्रयोग विहिन

२०७३ जेठ ७ शुक्रबार, स्याङ्जा। स्याङ्जामा चार बर्षको अन्तरालमा करिव ९ करोडको भौतिक संरचना प्रयोग विहिन अवस्थामा रहेका छन् । २०६९ सालदेखि जिल्ला शिक्षा कार्यालय स्याङ्जाले विद्यालय समायोजन गर्न थालेपछि ८ करोड ७० लाख वरावरको विद्यालय भवनहरु प्रयोग विहिन अवस्थामा पुगेका हुन्।   मुलुकमा प्रजातन्त्रको उदय सगै गाँउ गाँउमा विद्यालयल खोल्ने लहर चलेको थियो । पछिल्लो समय खुलेका विद्यालयहरुमा अध्यापन गर्ने विद्यार्थीको संख्या घट्दै जान थालेपछि विद्यालयहरु समायोजन गर ... बाँकी अंश»

पुनःनिर्माणमा शान्ति शिक्षाको सहयोग, गगनले गरे विद्यालय भवन हस्तान्त्रण

२०७३ जेठ ६ बिहिबार, काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण तथा मर्मत कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाको लामाटारमा अवस्थित कालीदेवी माध्यमिक विद्यालय पुनर्निर्माण गरि हस्तान्तरण गरेको छ। जेठ ५ गते एक कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले नवनिर्मित भवन उदघाटन तथा हस्तान्तरण गर्नुभएको थियो।    सांसद थापाले भुकम्पले क्षतिग्रस्त भवन पुर्ननिमाण गरि विद्यालयका ... बाँकी अंश»

भोलिबाट कक्षा ११ परीक्षा सुरु

२०७३ जेठ १ शनिबार, भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले भोलि आइतबार जेठ २ गतेदेखि कक्षा ११ को परीक्षा देशभर सुरु गर्ने भएको छ । परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा १२ गतेसम्म सञ्चालन हुनेछ ।    परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना ... बाँकी अंश»

पुरानो प्रावधान खारेज गर्दै सीटीइभीटी, डिप्लोमा तहको सम्बन्धन लिन विज्ञापन हेर्नुपर्ने

२०७३ जेठ १ शनिबार, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)बाट सम्बन्धन लिनका लागि विभिन्न संस्थाले जुनसुकै समयमा पनि प्रस्ताव गर्न नपाइने भएको छ ।    प्रमाण पत्र डिप्लोमा तहको कार्यक्रम सञ्चालनका लागि आफ्नै अस्पताल, मेडिकल कलेज, सहकारी गुठी र ट्रष्टले कुनैपनि बेला प्रस्ताव गर्नसक्ने निर्णयलाई खारेज गरेको सीटीइभीटीका सस्दय सचिव रामहरि लामिछाने बताए ।    पहिले अध्यापन गराउन चाहने संस्थाले आफूले चाहेको समयमा सीटीइभीटीमा प्रस ... बाँकी अंश»

ऐन, नियमावली र निर्देशीका विपरीत सिन्धुलीका निजी विद्यालयहरु

२०७३ बैशाख ३१ शुक्रबार, सिन्धुली ।  शिक्षा ऐन २०२८ ले शिक्षामा निजीकरणको मान्यता ल्यायपछि सुरु भएका निजी विद्यालयहरुको दादागीरी र मनोमानी नेपाली शैक्षिक बजारमा पछिल्लो समय मौलाउँदै गएको छ । शैक्षिक व्यपार गरिरहेका निजी विद्यालयहरु राज्यको ऐन नियम र निर्देशनलाको धज्जी उडाउँदै लगातार इमान्दार अभिभावकहरुलाई ठगेर मोटाईरहेका छन ।    राज्यसँग निजी विद्यालयलाई नियमन गर्ने कानुन नभएको होइन तर त्यो कानुनलाई कार्यान्वयन गर्न सक्ने सार्मथ्य सरकार र सरकारका स्थानीय सं ... बाँकी अंश»

जनकपुर अञ्चलकै पुरानो विद्यालय क्षमावती उमावि पुनःनिर्माणमा जुटे पूर्व शिक्षक र विद्यार्थी

२०७३ बैशाख ३१ शुक्रबार, दोलखा । प्रजातन्त्र आउनुअघि स्थापना भएको सुस्पा क्षमावती उच्च माध्यमिक विद्यालय भूकम्पले पूर्ण क्षति भयो । पुनःनिर्माणमा ढिलाइ भएपछि पूर्व शिक्षक र विद्यार्थी अहिले विद्यालय निर्माणमा जुटिरहेका छन् ।   भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सरकारले विद्यालय पुनःनिर्माण गर्न सुरसार नगरेपछि सो विद्यालयका पूर्व शिक्षक, विद्यार्थी र स्थानीय जनता नै विद्यालय निर्माणमा जुटेका हुन् ।   गत वैशाख १२, १३ र खासगरी २९ गतेको भूकम्पको केन्द्रबिन्दु नै ... बाँकी अंश»

नयाँ