शिक्षा

हिमपातले परीक्षा रोकियो

२०७६ मङ्सिर ३० सोमबार, गाउँपालिकाभरीका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो । गाउँपालिकाभरी एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करवीरसिंह बोहराले बताए । ... बाँकी अंश»

चितवन मेडिकल कलेजले सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने

२०७६ मङ्सिर २९ आइतबार, चितवन। चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ । सरकारसँग दुईबुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ... बाँकी अंश»

पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त

२०७६ मङ्सिर २८ शनिबार, इटहरी। पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा दुई हजार ४३ विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भारतको गुहाटी विश्वविद्यालय आसामका उपकुलपति प्रो प्रतापज्योति हेन्डिक रहेका थिए।  ... बाँकी अंश»

परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै

२०७६ मङ्सिर २७ शुक्रबार, जाजरकोट । हिमपातका कारण डोल्पामा शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । ... बाँकी अंश»

एलएलबीको भर्ना प्रक्रिया रोकियो

२०७६ मङ्सिर २५ बुधबार, “सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले ३०० जना पढाउने गरी भर्ना प्रक्रियाको निर्देशन दिएपछि हामीले भर्ना प्रक्रिया शुरु गरेको हौँ”, उनले भने, “तर विद्यार्थी सङ्गठनले तोकिएको कोटाको विरोधमा ताला लगाएका छन् । हामीले कोटा तोकेका होइनौँ । आदेशलाई मात्र कार्यन्वयन गरेका हौँ ।” त्रिवि कार्यकारी परिषद्ले कात्तिक २४ गते ल क्याम्पसलाई पत्र पठाउँदै ३०० मा २४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको थियो । उनले पटकपटक लाग्ने तालाबन्दीका कारणले शैक्षिक सत्र २०७५-०७८ को पढाई अझै सञ्चालन हुन नसकेको बताए । ... बाँकी अंश»

लथालिङ्ग भएको विद्यालयको नमुना बन्यो

२०७६ मङ्सिर २४ मंगलबार, बझाङ । विद्यालयका शिक्षक र व्यवस्थापन समितिको ईच्छा शक्ति र सक्रियता नहुदाँ लथालिङ्ग अबस्थामा पुगेको यहाँको एक विद्यालय गाँउपालिकाकै नमुना बनेको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाको माझिगाँउ (घाँटखोला)मा रहेको ईश्वर प्रा बि हाल गाउँपालिकाका कै नमुना विद्यालय भएको छ । ... बाँकी अंश»

बेन्च-डेस्कको अभावमा बोरा ओछ्याएर पढ्दै विद्यार्थी

२०७६ मङ्सिर २३ सोमबार, महोत्तरी। चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएपछि विद्यार्थीह घरबाटै ल्याएको बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ । ... बाँकी अंश»

आयुर्वेद क्याम्पस प्रमुखद्धारा स्ववियु पदाधिकारीलाई ‘तँ’, प्रवेशमा निषेध

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौं । राजनीतिक नियुक्तिले थलिएको शिक्षा प्रणालीलाई नैतिकवान नबनाउने हो भने कस्तो हालत हुन्छ भनेर जान्नका लागि काठमाडौंको कीर्तिपुरमा रहेको आयुर्वेद क्याम्पस शिक्षण अस्पतालमा गएर हेरे पुग्छ ।  ... बाँकी अंश»

लथालिङ्ग भएको विद्यालय बन्यो नमुना

२०७६ मङ्सिर २२ आइतबार, बझाङ। विद्यालयका शिक्षक र व्यवस्थापन  समितीको ईच्छा शक्ति र सक्रियता नहुदाँ लथालिङ्ग अबस्थामा पुगेको यहाँको एक बिद्यालय गाउँपालिककै नमुना बनेको छ । जिल्लाको  खप्तड छान्ना गाउँपालिकाको  माझिगाँउ (घाँटखोला)मा रहेको ईश्वर प्रा बि हाल गाउँपालिकाका कै नमुना बिद्यालय भएको छ ।  ... बाँकी अंश»

त्रिविका विद्यार्थीले एक लाखसम्म उपचार खर्च पाउने

२०७६ मङ्सिर २१ शनिबार, काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म गर्नेभएको छ । ... बाँकी अंश»

बागलुङको रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयद्धारा एक करोड बढी संकलन

२०७६ मङ्सिर २१ शनिबार, गुल्मी। बागलुङको रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयले १ करोड भन्दा बढी आर्थिक संकलन गरेको छ। ... बाँकी अंश»

त्रिविको बेरुजु १९ अर्ब

२०७६ मङ्सिर १६ सोमबार, रजिष्ट्रार उप्रेतीले आव २०७३-७४ मा विकास निर्माणका कार्यथप भएको र परियोजना पूरा भएर पनि हस्तान्तरण नभएकाले बेरुजु बढेको बताए । त्रिविका ९५ मध्ये १७ वटाको आन्तरिक लेखापरीक्षक सम्पन्न भइसकेको छ । ... बाँकी अंश»

भक्तपुरका १५ सामुदायिक विद्यालय तीन दिनका लागि बन्द

२०७६ मङ्सिर १२ बिहिबार, उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिकाभित्रका आजात मावि, नाप्चा, न्याचोपौवा आधारभूत विद्यालय, चुनादेवी मावि, सरस्वती उमावि थाकलमाँठ, गणेश मावि ताथली, चाँगुनारायण मावि न्यौपाने गाउँ, यापी भैरव मावि, बालभूषण मावि कोल्पाकोट, नाट्यश्वरी आधारभूत विद्यालय, बागेहिटी मावि वागेश्वरी, राधाकृष्ण माध्यमिक विद्यालय, बाल्मिकी आधारभूत विद्यालय, श्रीकृष्ण मावि खरिपाटी, महेन्द्रग्राम मावि र भक्तपुर नगरपालिका १० को सरस्वती विद्यागृह माविमा मतदान केन्द्रका लागि विद्यालय बन्द भएको हो । ... बाँकी अंश»

निर्वाचन हुने क्षेत्रका विद्यालय बिदा

२०७६ मङ्सिर १२ बिहिबार, जिल्ला निर्वाचन कार्यालयले ती विद्यालयमा मतदान केन्द्र तोकेका कारण तीन दिन सार्वजनिक बिदा दिइएको जिल्ला शिक्षा समन्वय समिति डोटीले जनाएको छ । जिल्ला सुरक्षा समिति डोटीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले निर्वाचन केन्द्र तोकिएका विद्यालयमा बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रम आयोजना नगर्न पत्रमार्फत जानकारी गरिएको बताए । ... बाँकी अंश»

युके पढ्न जाने विद्यार्थीको भिषा लाग्ने रेट ९६ प्रतिशत भन्दा बढी

२०७६ मङ्सिर १२ बिहिबार, ललितपुर । युके अध्ययन गर्न जाने विद्यार्थीहरुको भिषा लाग्ने रेट उच्च रहेको पाइएको छ । २०१८ अप्रिल देखि २०१९ मार्च सम्मको रेकर्डमा ९६ प्रतिशत भन्दा बढीको भिषा लागेको एक कार्यशालाका बक्ताले बताएका छन् । ... बाँकी अंश»

चौरमा अर्धबार्षिक परीक्षा 

२०७६ मङ्सिर ११ बुधबार, धम्बोझी । स्थानीय सरकार चलायमान भएको दुई वर्ष बिते पनि अहिलेसम्म शिक्षाले सहजता पाएको छैन । परीक्षाका बेलामा विद्यार्थीले सहज रुपले बसेर लेख्न पाइरहेका हुँदैनन् । ... बाँकी अंश»

भोलिसम्म रकम फिर्ता नगरे कारवाही

२०७६ मङ्सिर ९ सोमबार, यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । ... बाँकी अंश»

घरेलु महासंघ र सीटीइभिटीबीच सम्झौता

२०७६ मङ्सिर ९ सोमबार, संघ÷प्रदेश÷स्थानिय तह स्तरीय जनशक्ति प्रक्षेपण कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यस्थलमा आधारीत सीप विकास तालीम तथा क्षमता अभिबृद्धि कार्यक्रमहरू सञ्चालन गर्न परिषद् केन्द्रीय÷प्रदेश कार्यालय तथा महासंघको पालिका÷जिल्ला÷प्रदेश÷केन्द्रीयस्तरमा आवश्यकतानुसार समन्वय हुने गरी गर्ने व्यवस्था मिलाउने सम्झौतापत्रमा उल्लेख छ । ... बाँकी अंश»

साक्षरता कार्यक्रमको स्थलगत अवलोकन

२०७६ मङ्सिर ८ आइतबार, स्याङ्जा। रुम टु रिडको आर्थिक सहयोग, पढ्नका लागि कोठाको प्राबिधिक सहयोग र सूर्योदय क्लवको समन्वयमा संचालित साक्षरता कार्यक्रम अन्र्तगत कालीगण्डकी गाउँपालिका ६ स्थित धु्रवज्योती माध्यमिक बिद्यालयको अध्ययन, अवलोकन तथा समिक्षा गरिएको छ। बिद्यालयको कक्षा १ मा अध्ययरत बालबालिकाको पढाई स्तर, पढ्ने तरिका, बुझाई, लेखाई, उनीहरुले गर्ने पुस्तकालयको प्रयोग र उनीहरुलाइ पढाउने सरल वातावरण लगायतका बारेमा अनुगमन तथा निरीक्षण गरिएको हो। ... बाँकी अंश»

चितवन मेडिकल कलेजको छात्रावास परिसरबाट पिस्तोल बरामद

२०७६ मङ्सिर ७ शनिबार, चितवन। चितवन मेडिकल कलेजको छात्रावास परिसरबाट प्रहरीले एक थान पिस्तोल फेला पारेको छ। प्रहरीले शनिवार छापामार्दा छात्रावास परिसरबाट पिस्तोल फेला पारेको हो। ... बाँकी अंश»

नयाँ