विविध

करोडौँ मूल्यको शिलाजित उत्खनन हुन सकेन

२०७३ माघ ४ मंगलबार, बेनी । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन ।    शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडौंको नोक्सानी भइरहेको छ ।    म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा शिलाजित पाइन्छ ।    शिलाजित उ ... बाँकी अंश»

भारतमा हुने वेश्यावृत्तिको सनसनीपूर्ण खुलासा

२०७३ माघ ३ सोमबार, एजेन्सी । यौन व्यवासायलाई हाम्रो समाजमा घृणाको नजरले हेरिन्छ । यौन व्यवासायको लागि हाम्रो समाजमा न कुनै राम्रो स्थान छ न त हेराइ नै । धेरै मानिसहरुलाई यस कुराको जानकारी हुदैन की प्राय यस व्यवासायका महिला आफ्नो इच्छाले आएका हुदैनन् । उनिहरु मानव तस्करीको शिकार बनेर त अरुले फसाएर सो काममा आइपुग्छन् ।     विश्वमा लगभग ४ करोड 'सेक्स वर्कर' रहेका छन् । यस मध्ये भारतमा करिब ३० लाख रहेका छन् । वेश्यावृत्ति मा पक्राउ पर्ने महिलाको औसतन उमेर १३ बर्ष र ... बाँकी अंश»

सामुदायिक वनका पोखरी पुरिन थालेपछि प्राकृतिक सम्पदा लोपहुँदै

२०७३ माघ ३ सोमबार, बेनी । पहिरो र भूस्खलनका कारण म्याग्दीको वगरफाँट सामुदायिक वन र ठूलो खवरा सामुदायिक वनका एक दर्जन कुवा तथा पोखरी पुरिएका छन् ।    तोराखेतको पहिरो र भसभसेको भूस्खलनका कारण बगरफाँट सामुदायिक वन र ठूलो सल्लेरी सामुदायिक वनका ताल र पोखरी पुरिएका हुन् ।    “सधैँ तालमा एकनासको पानी रहने गरेका कारण पशु–चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो”, स्थानीयवासी डेकबहादुर कार्कीले भने, “हाल तालहरू पुरिँदै गएकाले तालको पानी सुक्न थालेको छ ।&rdqu ... बाँकी अंश»

एकाएक पाकिस्तानमा भाईरल भयो नेपालले भारतकाे साथ छाडेकाे कुरा

२०७३ माघ २ आइतबार, काठमाडौं । नेपाल भारतको पञ्जाबाट बाहिर गयो भन्ने हल्ला एकाएक पाकिस्तानीहरुको सामाजिक सञ्जालमा भाईरल भएको छ । विशेषगरी सामाजिक सञ्जाल ट्वीटमा यो ट्रेन धेरै भाईरल भएको हो ।    पाकिस्तानीहरुको यो ट्वीटरमा एकाएक भाईरल भएको यस्ता तस्वीरहरुमा नेपालले १९५ण्मा भारतसँग् भएको शान्ति सीन्धसमेत नेपालले रद्द गर्न माग गरेको बताएका छन् । उनीहरुले नेपाल भारतसँगको सम्बन्ध परिवर्तन गर्न चाहन्छ भन्ने विषयमा धेरै ट्बीट गरेका छन् ।  यसरी ट्वीटरमा प्रयोग ... बाँकी अंश»

हेर्न छुटाउनुहाेला नि ! विश्वका सबैभन्दा साना १० मुलुकहरु, तर यति सुन्दर (तस्वीर सहित)

२०७३ माघ २ आइतबार, काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाहरुको सरदर क्षेत्रफल पुगनपुग ८ सय वर्ग किलोमिटरजति होलान् । तर, विश्वमाा यस्ता हुलुकहरु पनि छन् जुन काठमाडौं उपत्यकाभन्दा कयौं गुणा सानो रहेको छ । तरपनि धेरै सुन्दर रहेका छन् । विश्व रहेका कूल मुलुक मध्ये तल उल्लेखित मुलुकहरु ४ सय वर्ग किलोमिटर भन्दा साना मुलुकहरु छन् । उनीहरुको बारेमा हामी तल तस्वीर र त्यसको क्षेत्रफल सहित उल्लेख गरेका छौं ।    १ भ्याटिकन सिटी - ०.४४ वर्ग किलोमिटर   २. मोनाको - २ वर्ग क ... बाँकी अंश»

सम्झिइन् पत्रकार उमा सिंहः स्मृतिमा दीप प्रज्ज्वलन

२०७३ पौष २८ बिहिबार, महेन्द्रनगर (धनुषा) । जनकपुरकी प्रथम सहिद महिला पत्रकार उमा सिंहको आठौँ स्मृति दिवस बुधबार मनाइएको छ । उमा सिंहको आठौँ स्मृतिमा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले बुधबार साँझ जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरी मनाएको छ ।    दीप प्रज्वलन कार्यक्रममा जनकपुरका धेरै सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।    जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई विसं २०६५ पुस २७ गते राति सवा ९ बजे जनकपुर नगरपालिका–१४ रजौलस्थित डेर ... बाँकी अंश»

ध्वनि प्रदूषणले छट्पटिँदै वीरगन्जः मानसिक विचलनलगायतको समस्या

२०७३ पौष २६ मंगलबार, वीरगन्ज । बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा विभिन्न गीत सङ्गीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने अचेल सामाजिक संस्कार बन्दै गएको छ ।    बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा निन्द्रा खराब गर्ने गरी बाजा बजाउनाले नगरबासी प्रभावित हुने गरेका छन् ।    यसैक्रममा वीरगन्जको माईस्थान चोकमा केही दिनयता सञ्चालनमा रहेको सप्ताहव्या ... बाँकी अंश»

भानेभिरमा लडेर भोटेको मृत्यु

२०७३ पौष २५ सोमबार, जाजरकोट । यहाँको डाँडागाउँ–१ पालीको भानेभिरबाट खसेर एक वृद्धको मंगलबार बिहान ज्यान गएको छ ।    बिहान बाख्रा चराउन गएको बेला डाँडागाउँ–१ का ६५ वर्षीय वृद्ध भोटे पुनको भिरबाट लडेर ज्यान गएको स्थानीय भवीलाल पुनले जानकारी दिए । भिरबाट करिब दुई सय मिटर तल खसेर उनको मृत्यु भएको हो । रासस  ... बाँकी अंश»

बर्दिवास र आसपासमा बाँदरले आतंक मच्चाउँदै

२०७३ पौष १९ मंगलबार, बर्दिवास । महोत्तरी जिल्लाको सुदूरउत्तरवर्तीे बर्दिवास नगरपालिका र आसपासका ग्रामीण क्षेत्रका बासिन्दा बाँदरको उद्धुम मच्चाइले आजित भएका छन् । घरघरै पसेर सामान उधिन्ने, ससाना नानीलाई झम्टेर टोक्ने र धपाउन खोज्दा जाइलाग्ने बाँदरको उल्याइँले सर्वसाधारण आजित भएका हुन् ।    बर्दिवास नपाको गौरीडाँडा, पाटु, कालापानी, रजवास, पर्साहीधाप, माइस्थान, टुटेश्वर, गणन्ता, वरडाँडा र चेरुलगायतका बस्ती र छिमेकका हाथीलेट, खयरमारा, बेलगाछी र लक्ष्मीनियाँ गाव ... बाँकी अंश»

नेपाल–चीन सीमावर्ती गाविस टिमुरेमा पशुबध निषेध

२०७३ पौष १७ आइतबार, रसुवा । नेपाल–चीनको सीमावर्ती गाविस टिमुरेमा पशुपक्षीको बध गर्न निषेध गरिएको छ । टिमुरे गाउँका समाजसेवी ठर्केन घलेका अनुसार पहिलो पटक टुल्कु छेकी निमा रिम्पोछे गुरुलामाले गत मङ्सिरको अन्तिम साता सबै चराचर प्राणीको सुखशान्तिको कामना गर्दै पूजापाठ गरेपछि टिमुरे क्षेत्रमा पशुपक्षीको बध गर्ने कार्य अन्त्य गरिएको हो ।    यस्तै लाङटाङ गाविसमा कुनै पनि पशुपक्षीको बध गर्न नपाइने यहाँको पुस्तौँदेखिको परम्परालाई स्थानीयवासीले निरन्तरता दिँदै ... बाँकी अंश»

नशामा विमान चलाउने पाइलटको जागिर चट

२०७३ पौष १६ शनिबार, जकार्ता (इन्डोनेसिया) । इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्कासन गरेको छ ।    विमान चालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एयरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत एयरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रुको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो । बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शङ्का व्यक्त गर्दै विमानबाट ... बाँकी अंश»

सूर्य भगवानसँग जोडिएको छ ‘क्रिसमस पर्व’काे इतिहास

२०७३ पौष ९ शनिबार, काठमाडौं । आईतबार नेपाल तथा विश्वभरका इसाईहरुले आफ्नो महान पर्व क्रिसमस मनाउँदैछन् । २५ डिसेम्बरको दिन मनाईने क्रिसमसको लागि इसाई मुलुकहरुमा १ महिनादेखि नै क्रिस्मस महिनाको रुपमा विशेष कार्यक्रम हुने गरेको छ । तर, यो पर्व २५ डिसेम्बरमा नै किन मनाईन्छ त ? यो विषयमा भने विविध तर्कहरु अगाडि आउने गरेका छन् ।    भारतको धर्मसंस्कृति सम्बन्धि विषय समेट्ने वेव दुनियाले भने यस विषयमा नयाँ तथ्य फेला परेको जनाएको छ । उसका अनुसार क्रिसमस पर्वको इतिहास हि ... बाँकी अंश»

कुन त राउटेले खेती गरेको त्यसमा पनि बजार नपाउँदा के होला ?

२०७३ पौष ८ शुक्रबार, डडेल्धुरा । केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् ।    राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका भए पनि तरकारीले बजार नपाउँदा र लगानी अनुरुपको तरकारीको मू ... बाँकी अंश»

यो पो त समाचारको महत्वः बाबुको स्मृतिमा गाउँलेलाई पत्रिका पढाउँदै

२०७३ पौष ७ बिहिबार, बर्दिवास । महोत्तरी जिल्लाको सुदूर उत्तरवत्र्ती बेलगाछी गाउँका एक युवाले आफ्ना दिवङ्गत पिताको स्मृतिमा दैनिक पत्रिका गाउँलेलाई पढाउन लागेका छन् । सामाजिक र शैक्षिक जागरणका लागि गठित युवा सहयोगी समाज, बेलगाछीका अध्यक्षसमेत रहेका ३० वर्षीय युवा मन्नुकुमार साहले आफ्ना स्वर्गीय पिता ननिपत साहको स्मृतिमा पत्रिका किनेर ल्याएर गाउँलेलाई पढाउने काम सुरु गरेका हुन् ।    तराईको सुगम जिल्ला भएपनि शैक्षिक र सामाजिक जागरणको दृष्टिले अत्यन्त पिछडिए ... बाँकी अंश»

ललितपुरका विभिन्न स्थानमा पुल बन्दै, बर्खाअघि नै सकाउने तयारी

२०७३ मङ्सिर २९ बुधबार, ललितपुर । वर्षाको समयमा समेत यातायातका साधन नियमित चल्न सक्ने गरी जिल्लाका विभिन्न स्थानका खोलामा मोटर चल्ने पुल निर्माण धमाधम अघि बढेको छ । यो आर्थिक वर्षमा सम्पन्न हुने गरेर टुङ्गुन खोला र कोड्कु खोलामा पुल निर्माणको काम भइरहेको छ ।    इकुडोल गाविसमा रहेको टुङ्गुन खोला पुलले आसपासका गाविसका बासिन्दासमेत लाभान्वित हुन सक्ने जिल्ला प्राविधिक कार्यालयले बताएको छ ।    कार्यरत सब–इन्जिनियर किशोर मोक्तानले उपभोक्ता समितिले पुल निर्मा ... बाँकी अंश»

लालुपाते फुलेर लाल हुन्थ्यो तर फुल्नै छोड्यो

२०७३ मङ्सिर २२ बुधबार, बेनी । केही वर्षअघिसम्म मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा दुई वर्षयता लालुपाते फुल्नै छोडेको छ । माटोमा अम्लीयपना बढ्नुका साथै तापक्रम वृद्धिको असरका कारण फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको वन तथा वातावरणको क्षेत्रमा काम गर्ने व्यक्तिले बताएका छन् ।    म्याग्दीका ज्यामरुककोट, शिख, हिस्तान, भकिम्ली लगायतका क्षेत्रमा रहेका लालुपातेक ... बाँकी अंश»

बाइक स्टन्टका ९ तस्वीर

२०७३ मङ्सिर १९ आइतबार, काठमाडौं ।  नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल शनिबार सम्पन्न भएको छ । डरलाग्दो स्टन्टमा इन्डिभिजुअल एक्सपर्ट विधामा सुरज डण्डेगुलु विजयी बनेका छन् भने सोही विधामा रविन्द्र श्रेष्ठ र रमेश दुलालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्  ।    नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) ले एनसीए इभेन्ट्सको सहकार्यमा  सम्पन्न उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले सहयोग गरेको थियो । ... बाँकी अंश»

नाकाबाट गोरु पक्राउ

२०७३ मङ्सिर १३ सोमबार, कपिलवस्तु । भारतबाट अवैध ढङ्गले नेपाल भित्र्याइएको ४२ वटा गोरु सशस्त्र प्रहरीले गएराति कृष्णनगरको सीमा नाका नजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा लिएको छ ।    प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तारिकचन्द्र चौधरी नेतृत्वको टोलीले करिब  सात लाख ५६ हजार मूल्य पर्ने ती गोरु पक्राउ गरेको हो । पक्राउ गरिएका गोरु आवश्यक कानुनी कारवाहीका लागि कृष्णनगर भन्सार नाकाम ... बाँकी अंश»

जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

२०७३ मङ्सिर ७ मंगलबार, सोलुखुम्बु । एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला ? धानको उत्पादन राम्रो हुने ठाउँमा त चार÷पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन्, तर सोलुखुम्बुकै छेस्काममा भने चारपाथी धानको बीउबाट सरदर ६÷७ पाथी मात्रै उत्पादन हुने गरेको छ । तैपनि त्यहाँका कृषक पुस्तौँदेखि धान रोपिरहेका छन् ।    चारपाथी धानको रोपाइँ गर्न असारमा उनीहरुलाई निकै चटारो हुन्छ तर ... बाँकी अंश»

एक कलको शुल्क तीन सय !

२०७३ मङ्सिर ६ सोमबार, म्याग्दी। एक मिनेट फोन गरेको शुल्क कति लाग्ला  दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय शुल्क लाग्छ भन्दा । तर यो वास्तविकता हो ।    मुदी गाविसमा रहेको धौलागिरि आधार शिविरको भ्रमणमा जाने पदयात्री तथा पर्यटकले फोनमा कुराकानी गर्दा अहिले प्रतिमिनेटतीन सय शुल्क तिर्दै आएका छन् । तैपनि पदमार्गअन्तर्गत इटाली बेसक्याम्पमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका ... बाँकी अंश»

नयाँ