विविध

ध्वनि प्रदूषणले छट्पटिँदै वीरगन्जः मानसिक विचलनलगायतको समस्या

२०७३ पौष २६ मंगलबार, वीरगन्ज । बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा विभिन्न गीत सङ्गीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने अचेल सामाजिक संस्कार बन्दै गएको छ ।    बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा निन्द्रा खराब गर्ने गरी बाजा बजाउनाले नगरबासी प्रभावित हुने गरेका छन् ।    यसैक्रममा वीरगन्जको माईस्थान चोकमा केही दिनयता सञ्चालनमा रहेको सप्ताहव्या ... बाँकी अंश»

भानेभिरमा लडेर भोटेको मृत्यु

२०७३ पौष २५ सोमबार, जाजरकोट । यहाँको डाँडागाउँ–१ पालीको भानेभिरबाट खसेर एक वृद्धको मंगलबार बिहान ज्यान गएको छ ।    बिहान बाख्रा चराउन गएको बेला डाँडागाउँ–१ का ६५ वर्षीय वृद्ध भोटे पुनको भिरबाट लडेर ज्यान गएको स्थानीय भवीलाल पुनले जानकारी दिए । भिरबाट करिब दुई सय मिटर तल खसेर उनको मृत्यु भएको हो । रासस  ... बाँकी अंश»

बर्दिवास र आसपासमा बाँदरले आतंक मच्चाउँदै

२०७३ पौष १९ मंगलबार, बर्दिवास । महोत्तरी जिल्लाको सुदूरउत्तरवर्तीे बर्दिवास नगरपालिका र आसपासका ग्रामीण क्षेत्रका बासिन्दा बाँदरको उद्धुम मच्चाइले आजित भएका छन् । घरघरै पसेर सामान उधिन्ने, ससाना नानीलाई झम्टेर टोक्ने र धपाउन खोज्दा जाइलाग्ने बाँदरको उल्याइँले सर्वसाधारण आजित भएका हुन् ।    बर्दिवास नपाको गौरीडाँडा, पाटु, कालापानी, रजवास, पर्साहीधाप, माइस्थान, टुटेश्वर, गणन्ता, वरडाँडा र चेरुलगायतका बस्ती र छिमेकका हाथीलेट, खयरमारा, बेलगाछी र लक्ष्मीनियाँ गाव ... बाँकी अंश»

नेपाल–चीन सीमावर्ती गाविस टिमुरेमा पशुबध निषेध

२०७३ पौष १७ आइतबार, रसुवा । नेपाल–चीनको सीमावर्ती गाविस टिमुरेमा पशुपक्षीको बध गर्न निषेध गरिएको छ । टिमुरे गाउँका समाजसेवी ठर्केन घलेका अनुसार पहिलो पटक टुल्कु छेकी निमा रिम्पोछे गुरुलामाले गत मङ्सिरको अन्तिम साता सबै चराचर प्राणीको सुखशान्तिको कामना गर्दै पूजापाठ गरेपछि टिमुरे क्षेत्रमा पशुपक्षीको बध गर्ने कार्य अन्त्य गरिएको हो ।    यस्तै लाङटाङ गाविसमा कुनै पनि पशुपक्षीको बध गर्न नपाइने यहाँको पुस्तौँदेखिको परम्परालाई स्थानीयवासीले निरन्तरता दिँदै ... बाँकी अंश»

नशामा विमान चलाउने पाइलटको जागिर चट

२०७३ पौष १६ शनिबार, जकार्ता (इन्डोनेसिया) । इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्कासन गरेको छ ।    विमान चालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एयरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत एयरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रुको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो । बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शङ्का व्यक्त गर्दै विमानबाट ... बाँकी अंश»

सूर्य भगवानसँग जोडिएको छ ‘क्रिसमस पर्व’काे इतिहास

२०७३ पौष ९ शनिबार, काठमाडौं । आईतबार नेपाल तथा विश्वभरका इसाईहरुले आफ्नो महान पर्व क्रिसमस मनाउँदैछन् । २५ डिसेम्बरको दिन मनाईने क्रिसमसको लागि इसाई मुलुकहरुमा १ महिनादेखि नै क्रिस्मस महिनाको रुपमा विशेष कार्यक्रम हुने गरेको छ । तर, यो पर्व २५ डिसेम्बरमा नै किन मनाईन्छ त ? यो विषयमा भने विविध तर्कहरु अगाडि आउने गरेका छन् ।    भारतको धर्मसंस्कृति सम्बन्धि विषय समेट्ने वेव दुनियाले भने यस विषयमा नयाँ तथ्य फेला परेको जनाएको छ । उसका अनुसार क्रिसमस पर्वको इतिहास हि ... बाँकी अंश»

कुन त राउटेले खेती गरेको त्यसमा पनि बजार नपाउँदा के होला ?

२०७३ पौष ८ शुक्रबार, डडेल्धुरा । केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् ।    राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका भए पनि तरकारीले बजार नपाउँदा र लगानी अनुरुपको तरकारीको मू ... बाँकी अंश»

यो पो त समाचारको महत्वः बाबुको स्मृतिमा गाउँलेलाई पत्रिका पढाउँदै

२०७३ पौष ७ बिहिबार, बर्दिवास । महोत्तरी जिल्लाको सुदूर उत्तरवत्र्ती बेलगाछी गाउँका एक युवाले आफ्ना दिवङ्गत पिताको स्मृतिमा दैनिक पत्रिका गाउँलेलाई पढाउन लागेका छन् । सामाजिक र शैक्षिक जागरणका लागि गठित युवा सहयोगी समाज, बेलगाछीका अध्यक्षसमेत रहेका ३० वर्षीय युवा मन्नुकुमार साहले आफ्ना स्वर्गीय पिता ननिपत साहको स्मृतिमा पत्रिका किनेर ल्याएर गाउँलेलाई पढाउने काम सुरु गरेका हुन् ।    तराईको सुगम जिल्ला भएपनि शैक्षिक र सामाजिक जागरणको दृष्टिले अत्यन्त पिछडिए ... बाँकी अंश»

ललितपुरका विभिन्न स्थानमा पुल बन्दै, बर्खाअघि नै सकाउने तयारी

२०७३ मङ्सिर २९ बुधबार, ललितपुर । वर्षाको समयमा समेत यातायातका साधन नियमित चल्न सक्ने गरी जिल्लाका विभिन्न स्थानका खोलामा मोटर चल्ने पुल निर्माण धमाधम अघि बढेको छ । यो आर्थिक वर्षमा सम्पन्न हुने गरेर टुङ्गुन खोला र कोड्कु खोलामा पुल निर्माणको काम भइरहेको छ ।    इकुडोल गाविसमा रहेको टुङ्गुन खोला पुलले आसपासका गाविसका बासिन्दासमेत लाभान्वित हुन सक्ने जिल्ला प्राविधिक कार्यालयले बताएको छ ।    कार्यरत सब–इन्जिनियर किशोर मोक्तानले उपभोक्ता समितिले पुल निर्मा ... बाँकी अंश»

लालुपाते फुलेर लाल हुन्थ्यो तर फुल्नै छोड्यो

२०७३ मङ्सिर २२ बुधबार, बेनी । केही वर्षअघिसम्म मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा दुई वर्षयता लालुपाते फुल्नै छोडेको छ । माटोमा अम्लीयपना बढ्नुका साथै तापक्रम वृद्धिको असरका कारण फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको वन तथा वातावरणको क्षेत्रमा काम गर्ने व्यक्तिले बताएका छन् ।    म्याग्दीका ज्यामरुककोट, शिख, हिस्तान, भकिम्ली लगायतका क्षेत्रमा रहेका लालुपातेक ... बाँकी अंश»

बाइक स्टन्टका ९ तस्वीर

२०७३ मङ्सिर १९ आइतबार, काठमाडौं ।  नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल शनिबार सम्पन्न भएको छ । डरलाग्दो स्टन्टमा इन्डिभिजुअल एक्सपर्ट विधामा सुरज डण्डेगुलु विजयी बनेका छन् भने सोही विधामा रविन्द्र श्रेष्ठ र रमेश दुलालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्  ।    नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) ले एनसीए इभेन्ट्सको सहकार्यमा  सम्पन्न उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले सहयोग गरेको थियो । ... बाँकी अंश»

नाकाबाट गोरु पक्राउ

२०७३ मङ्सिर १३ सोमबार, कपिलवस्तु । भारतबाट अवैध ढङ्गले नेपाल भित्र्याइएको ४२ वटा गोरु सशस्त्र प्रहरीले गएराति कृष्णनगरको सीमा नाका नजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा लिएको छ ।    प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तारिकचन्द्र चौधरी नेतृत्वको टोलीले करिब  सात लाख ५६ हजार मूल्य पर्ने ती गोरु पक्राउ गरेको हो । पक्राउ गरिएका गोरु आवश्यक कानुनी कारवाहीका लागि कृष्णनगर भन्सार नाकाम ... बाँकी अंश»

जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

२०७३ मङ्सिर ७ मंगलबार, सोलुखुम्बु । एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला ? धानको उत्पादन राम्रो हुने ठाउँमा त चार÷पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन्, तर सोलुखुम्बुकै छेस्काममा भने चारपाथी धानको बीउबाट सरदर ६÷७ पाथी मात्रै उत्पादन हुने गरेको छ । तैपनि त्यहाँका कृषक पुस्तौँदेखि धान रोपिरहेका छन् ।    चारपाथी धानको रोपाइँ गर्न असारमा उनीहरुलाई निकै चटारो हुन्छ तर ... बाँकी अंश»

एक कलको शुल्क तीन सय !

२०७३ मङ्सिर ६ सोमबार, म्याग्दी। एक मिनेट फोन गरेको शुल्क कति लाग्ला  दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय शुल्क लाग्छ भन्दा । तर यो वास्तविकता हो ।    मुदी गाविसमा रहेको धौलागिरि आधार शिविरको भ्रमणमा जाने पदयात्री तथा पर्यटकले फोनमा कुराकानी गर्दा अहिले प्रतिमिनेटतीन सय शुल्क तिर्दै आएका छन् । तैपनि पदमार्गअन्तर्गत इटाली बेसक्याम्पमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका ... बाँकी अंश»

देवचुली महोत्सवमा केराको सेलरोटी, बोकाको बिक्री र ऊँटको गतिविधिका रौनक

२०७३ मङ्सिर ५ आइतबार, कावासोती । प्रथम देवचुली महोत्सवको प्रमुख आकर्षणको रुपमा मानविय कार्य गर्ने ऊँट राखिएको छ । दैनिक हजारौ दर्शकहरुको भिड लागेको महोत्सवमा ऊँटको अवलोकन गर्न वच्चा देखि वृद्धा सम्मको लाईन लागेको छ । महोत्सवमा विजि ग्रुप गुल्मीले प्रमुख आकर्षणको रुपमा ऊँट प्रदर्शनमा राखेको हो ।   तालिम प्राप्त यस ऊँटले मानिसहरु संग हात मिलाउने, सलाम गर्ने लगाएत १२ प्रकारका नाचहरु नाच्ने गर्दछ । विशेष गरेर पर्यटन प्रवद्धनको लागि २०७२ साल फागुनमा नेपाल ल्याईएको वि ... बाँकी अंश»

हात्तीको उट्पटयाङले खानेपानीको हाहाकार, पाइप नै उखेल्यो

२०७३ मङ्सिर २ बिहिबार, बर्दिवास । जङ्गली हात्तीले खानेपानीको पाइप उखेली दिएपछि महोत्तरीको बर्दिवास नगरपालिकाको रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको छ ।    एक सातादेखि बर्दिवासको चुरे काछका बस्तीमा पसेका चारवटा हात्तीले बुधबारसाँझ पानी उर्रा खोल्सीमा बिछ्याइएको खानेपानी पाइप उखेलेपछि रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको हो ।    हात्तीले खानेपानीको तीनसय मिटर पाइप उखेलेर टुक्र्याइ दिएपछि खानेपानी लिन खोला झर्न परेको रजव ... बाँकी अंश»

लाङटाङ्ग चढेका प्रकाशको सगरमाथा चढेरै छोड्ने धोको

२०७३ कार्तिक १३ शनिबार, काठमाडौं । स्काउटर प्रकाशराज पाण्डले पर्वतारोहणलाई तीव्रता दिएका छन् । केही महिना अघि रसुवाको लाङटाङ्ग हिमालको आरोहण गरेका पर्वतारोही प्रकाशले हालै सोलुखुम्बुको आइल्याण्ड पिकको सफल आरोहण गरेका छन् । नेपाल स्काउटसँग जोडिएका उनले कात्तिक ६ गते (अक्टोबर २२) विहान् साढे ७ बजे ६१६० मिटर उचाईको आइल्याण्ड पिकको उनले सफल आरोहण गरेका हुन् । उक्त पिकको चुचुरोमा पाण्डेले राष्ट्रिय गान गुञ्जाउँदै राष्ट्रिय झण्डा र  स्काउटको झण्डा समेत फहराए । प्रकाशल ... बाँकी अंश»

दीर्घजिवी ओराङगउटान गिनेज बुकमा

२०७३ कार्तिक १२ शुक्रबार, सिड्नी। अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोरिल्ला जस्तै एकथरी जङगली वनमान्छे) लाई “गिनेज बूक अफ वल्र्ड रेकर्ड” मा दर्ता गरिएको छ ।   हिन्द महासागरमा अवस्थित द्वीपराष्ट्र सुमात्रा मूल थलो भई विश्वका अन्य देशमा पनि फैलिएका यस्ता प्रजातिका वनमान्छे (जङ्गली बाँदर) “सुमात्रेली ओराङगउटान” उपजातिका नामले विश्वभरी परिचित छन् । “सुमात्र ... बाँकी अंश»

डरलाग्दो चट्टानमा १५ सय खुट्किला उक्लेर स्कुल जान्छन् बालबालिका ! (फोटोसहित)

२०७३ कार्तिक ११ बिहिबार, एजेन्सी । हामीलाई एक देखि दुई घण्टा हिडेर स्कुल जान सहज हुन्छ ? पक्कै सहज हुँदैन । यस्तै, १५ सय खुट्किला उक्लेर स्कुल जानुपर्‍यो भने हाम्रो हालत के होला ? आफैँ कल्पना गर्नुस् । तर दक्षिण–पश्चिमी चीनको एक हिमाली गाउँ लियाङसाङमा स्कुले बालबालिका डरलाग्दो चट्टान (ठाडो भीर)मा १५ सय खुट्किला उक्लेर स्कुल जान्छन् । निकै अग्लो पहाडमा स्टील पाइपको भर्‍याङ झुण्डाइएको छ । भर्‍याङ उक्लेर माथि पुग्न १५ सय खुट्किला छिचोल्नु पर्छ । सो दृश्य गत मे महिनामा पह ... बाँकी अंश»

बाघ महोत्सव सुरु

२०७३ कार्तिक १० बुधबार, भीमदत्तनगर । ‘बाघको संरक्षण गरौं, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा प्रथम बाघ महोत्सव–२०७३ सुरु भएको छ ।    बाघ संरक्षणका लागि सचेतना फैलाउनका शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत पर्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुरु भएको महोत्सवको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उद्घाटन गरे ।    महोत्सव आयोजनाले स्थानीयस ... बाँकी अंश»

नयाँ