विविध

राष्ट्रिय आविस्कार केन्द्रका लागि हङकङमा रु ४० लाख सङ्कलन

२०७३ कार्तिक ८ सोमबार, बेनी । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ ।    मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहय ... बाँकी अंश»

‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा

२०७३ असोज २८ शुक्रबार, काठमाडौँ । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ ।    उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दू धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तुत भई छलफल गरिनेछ ।    नेपाल, भारतलगायत मुलुकबाट करिब एक हजार प्रतिनिधिलाई निमन्त्रणा गरिएको महासम्मेलनमा १०औँ हजार हिन्दू धर्मका अनुयायीको सहभागिता गराइनेछ ।&nbs ... बाँकी अंश»

नदीमा बगिरहेका बालकको उद्धार

२०७३ असोज २७ बिहिबार, वालिङ । स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको अचेत अवस्थामा उद्धार गरिएको छ ।    आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी रेशम पोख्रेलले पौडिएर बालकको अचेत अवस्थामा उद्धार गरेका हुन् । “आमाले आफ्नो छोरा बगेको देखेपछि उद्धारका लागि चिच्याउनुभयो”, रेशम पोख्रेलले भने, “बालकलाई नदीले बगाएर करिब सातसय मिटर तल पु¥याएको थियो, पौडिएर बालकलाई बल्ल बल्ल उद्धार गर्न सफ ... बाँकी अंश»

सबैभन्दा ठूलो डाईनासोरको कङ्काल भेटियो

२०७३ असोज २० बिहिबार, एजेन्सी। ब्राजिलका जीव बैज्ञानिकहरुले अति भीमकाय डाइनासोरको कङ्काल फेला पारेका छन् । भेटिएको कङ्कालको बनोट अनुसार उक्त डाइनासोर जीवित छँदा कम्तीमा पच्चिस मिटर २५ लामो हुनुपर्ने अनुमान गरिएको छ ।    यसअघि आफ्नो देशमा कहिल्यै नदेखिएको सो डाइनासोर हालसम्मकै सबभन्दा विशाल भएको दाबी गरिएको छ ।    “अस्ट्रोपोसिडन म्याग्निफाइकस” नाम दिइएको सो डाइनासोर लामो घाँटी र पुच्छरसहितको विकसित शरीर, शरीरको तुलनामा सानो खप्पर भएको शाकाहारी “टिट ... बाँकी अंश»

नासाका तस्वीरलाई लिएर मंगल ग्रहमा एलियन्सका वस्तु भएको दावी

२०७३ असोज १० सोमबार, काठमाडौं । एलियन्सको अस्तित्वलाई लिएर अनुसन्धानरत युएफओ हन्तर्स टोलीले नयाँ नयाँ तथ्य बाहिर ल्याएको छ । नासाको एक तस्वीरमा मंगल ग्रहमा जापानको जस्तो स्तुपा देखिएको दावी गरिएको छ ।    यसैलाई आधार मानेर एलियन्स मंगल ग्रहमा रहने गरेको पनि बताइएको छ । युएफओ हन्टर्सले एक युद्धपछि एलियन्स अन्यत्र गएर बस्न थालेकोसमेत दावी गरेको छ । यसलाई नासाले भने अहिलेसम्म पुष्टि गर्न सकेको छैन ।      नासाले यो कथित खोजलाई स्वीकार भने गरेको छैन । वि ... बाँकी अंश»

खाल्डोमा पुर्न लागेको बच्चा एक्कासि रोएपछि

२०७३ असोज १० सोमबार, काठमाडौं। बंगलादेशमा गत शुक्रवार एउटा अच्चमको घटना घट्यो । राजधानी ढाकादेखि १ सय ४० किलोमिटरमा रहेको फारिदुरका एक बच्चीलाई डाक्टरले जन्मेको दुई घण्टापछि मृत्यु भएको घोषणा गरे ।    मृतक बच्चीलाई लिएर अभिभावक र आफन्तहरु चिहानघारी गए र त्यहाँको रेखदेख गर्ने व्यक्तिलाई अन्तिम संस्कार गरिदिन भनेर घर फर्किए । सबै विधि सकेर बच्चीको शवलाई खाल्डोमा हाल्नै लागिएको थियो, एक्कासि बच्ची रोएको आवाज आयो ।    यो देखेर चिहानघारीको रेखदेख गर्ने व्यक्त ... बाँकी अंश»

खसीसँगै बसेर पढ्छन् विद्यार्थी

२०७३ असोज ७ शुक्रबार, पथरी । विद्यालयको कक्षाकोठामा को बस्ला ? तपार्इंलाई कसैले सोध्यो भने तपार्इं सहजै भन्न सक्नुहुन्छ विद्यार्थी बसेर पढ्छन् । तर मोरङको कद्माहा–५ मा अवस्थित रोज इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलको हकमा भन्नुपर्दा कक्षाकोठामा विद्यार्थी र खसी संगैबसेर कक्षाकोठामा पढ्छन् ।    कक्षा पाँचसम्म रहेको सो विद्यालयमा यतिखेर अचम्मको एउटा खसी बस्छ । सो विद्यालयका प्राचार्य रामप्रसाद बर्माका अनुसार विद्यालय खुल्ने समय भएपछि खसी विद्यालय आइपुग्छ र छुट ... बाँकी अंश»

१८ महिनाको बच्चा–जसलाई २६ राष्ट्रको मुद्रा र विश्वको ७ आश्चर्यबारे थाहा छ !

२०७३ असोज ५ बुधबार, काठमाडौं । १८ महिनाको बच्चाले के–के सम्म थाहा पाउन सक्ला ? आफै अनुमान गर्नुहोस् । आमा, बुबा र यस्तै दुईचार वटा शब्द उच्चारण गर्न सक्ला । यो तपाई हाम्रो सामान्य अनुमान मात्रै हो । तर, भारतको नागपुरकी अद्भिका बली मात्र १८ महिना पुगिन् । उनमा अस्वभाविक वौद्धिक क्षमता छ ।    अद्भिकालाई २६ राष्ट्रको मुद्रा कुन हो भन्ने थाहाँ छ । त्यतिमात्र होइन अद्भिकालाई विश्वका ७ आश्चर्यबारे  पनि थाहा छ । उनी विश्वको सात आश्चार्य चिन्न सक्छिन्। साथै ती आश्चर्यह ... बाँकी अंश»

पुलुकिसी जात्रा मनाइँदै

२०७३ असोज ४ मंगलबार, भक्तपुर । इन्द्रजात्राको अर्को आकर्षण परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्तीको जात्रा मंगलबार मनाइँदै छ ।    स्थानीय लाकुलाछेंटोलबाट सुरु हुने पुलुकिसी जात्राले भक्तपुरका वंशगोपाल, इटाछें, दरबारस्क्वायर, सूर्यमढी लगायत स्थानको परिक्रमा गर्ने प्रचलन छ ।    लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोभित्र दुई व्यक्ति राखेर पुलुकिसी तयार गर्छन् । मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ समेत राखी बनाइएको पु ... बाँकी अंश»

अस्ट्रेलियामा यसरी मनाइयो कछुवाको ५० औँ जन्मदिन

२०७३ असोज ३ सोमबार, सिड्नी (अस्ट्रेलिया)। अस्ट्रेलियाको पर्थ महानगरमा अवस्थित पर्थ चिडियाखानामा राखिएको ग्यालाप्यागोस जातको सेर्रो नामको एउटा भीमकाय कछुवाको ५० औं जन्मदिवस धुमधामका साथ मनाइएको छ ।    उक्त भाले कछुवा ४९ वर्ष पूरा गरी आजका दिन ५० औं वर्षमा प्रवेश गरेको चिडियाखानाकी प्रमुख इमिली ट्रेनरले बताइन् । जन्मदिवस समारोहमा उक्त कछुवालाई अत्यन्त मनपर्ने सुन्तला, फर्सी, मेवा, किबि, भूइँऐँसेलु (स्ट्रबेर्री), तरबुजा जस्ता फलफूलबाट बर्थडे केक तयार पारिएको थिय ... बाँकी अंश»

छानबिन नभएसम्म मासिक रु १२ लाख रोकिने

२०७३ भदौ ३१ शुक्रबार, काठमाडौँ । जर्मन दाताले नेपालमा रहेको चिल्ड्रेन फ्युचर अर्गनाइजेसनलाई दिँदै आइरहेको मासिक रु १२ लाख अब नदिने भएका छन् ।    संस्थामा भइरहेको अनियमितताको स्थानीय प्रशासन तथा सरकारद्वारा छानबिन तथा दोषीलाई कारबाही नगरेसम्म सो सहयोग रकम रोक्न लागिएको हो ।    यहाँ बिहीबार आयोजित पत्रकारसम्मेलनमा दाताहरु फ्राउ पेट्र पाच्नर, हर हर्विग जान्ट्सिक एलेन र संस्थाकी संस्थापक डा ओल्गा लासोटाले संस्थाका अध्यक्ष रमेश धमलाले कर्मचारी तथा विद्यार् ... बाँकी अंश»

चिनियाँ शहरको बिचमा गाडीहरु कुल्चँदै गुड्यो चन्द्रमा जस्तो ठुलो बेलुन ! (भिडियो)

२०७३ भदौ ३० बिहिबार, एजेन्सी। चन्द्रमा आकारको बिशाल बलुनले चाईनाको फुजाउ शहरमा गाडी र मोटरसाईकलहर माथि गुडेको छ। ताइवान र चीनमा आएको आँधीले उक्त बलुनलाई शहरको सडकमा गुडाएको थियो। अनिनयन्त्रित बलुनले शहरमा केही समय डर पैदा गरेको थियो।    हेर्दाखेरि कुनै थौरै बजेटको अर्को ग्रहकाबारे बनाईएको चलचित्र जस्तो देखिने दृश्य चीनको शहरमा साँचिक्कै देखियो। शरद ऋतुमा मनाईने चिनियाँ पर्वकालागि उक्त बलुन सजाईएको थियो।    हुरीले उक्त बलुनलाई चुडाएर शहरमा दौडाएको थिय ... बाँकी अंश»

रामदेवका बफादार सहयोगी आचार्य बालकृष्ण भारतीय धनीको सूचीमा

२०७३ भदौ २८ मंगलबार, काठमाडौं । भारतीय योग गुरु रामदेवका बफादार सहयोगी एवं पतञ्जलीका सीईओ आचार्य बालकृष्ण भारतीय धनीको सूचीमा परेका छन् । ३ सय ३९ जना धनीको सूचीमा आचार्य २६औं स्थानमा परेका छन् ।    सीईओ आचार्य बालकृष्ण ३ अर्ब ८० करोड अमेरिकी डलरसहित भारतीय धनी व्यक्तीको सूचीमा परेका हुन् ।    पतञ्जलीमा बालकृष्णको ९४ प्रतिशत स्वामित्व रहेको छ । पतञ्जलीले अहिलेसम्म पाँच हजार करोडको कारोबार गरेको र २०१७ सम्ममा दश हजार करोडको कारोबार गर्ने लक्ष्य रहेको सार्वजन ... बाँकी अंश»

यी हुन् विश्वका १५ रंगिन प्राकृतिक दृश्य जुन हेरेपछि मनै रंगिन हुन्छ

२०७३ भदौ २७ सोमबार, एजेन्सी । प्राकृतिक दृश्य सबैलाई मनपर्छ । त्यमाथि रंगिन प्राकृतिक दृश्यले त सबैलाई लठ्ठै पारिदिन्छ । प्राकृतिक रंगिन दृश्य देखेपछि कयौं मानिसहरु ठाउँ खाज्ने र त्यहाँ पुग्न उत्सुक हुन्छन् ।    नपुग्नेहरु पनि इन्टरर्नेटबाट खोजि–खोजि त्यस्ता तस्वीर हेरेर भरपूर आनन्द लिन्छन् । तर, सबै रंगिन प्राकृतिक दृश्य मन लोभ्याउने खालकै हुन्छ भन्ने छैन । त्यसैले यी हुन् विश्वका उत्कृष्ट १५ प्राकृतिक दृश्य ।   यद्यपि, यी मध्ये कुनै-कुनै दृश्य मानव निर ... बाँकी अंश»

११ वर्षे बालिकाको सर्प साथी सर्प जिन्दगी

२०७३ भदौ २७ सोमबार, हमिरपुर । कतिपय मानिस सर्पको नाम सुन्न बित्तिकै डराउँछन् । अगाडि देखे भने १२ हात टाढै बस्छन् । बच्चाबच्चीको के कुरा बुढाबुढी पनि भाग्छन् सानो एक हाते सर्प देखे पनि ।   तर भारतको बुंदेलखण्डकी एक ११ वर्षे बालिकाको बिहान साँझको खेलोखेती भनेकै तिनै सर्पहरुसंग रहेर रमाउनु हो । उनी बिशालु सर्पसंग बसेर रमाउँदिनन्मात्र कि शिव भगवानलेजस्तै ज्यूँदा सर्पको माला नै लगाउँछिन् ।    तिनै ११ वर्षे नाजनिनलाई सर्पको यस्तो लत बसेको छ कि उनी एक छिन पनि सर्पब ... बाँकी अंश»

ओहो ! यस्ता बच्चा पनि (फोटोफिचरसहित)

२०७३ भदौ २१ मंगलबार, काठमाडौं । जस्ता बाबु त्यस्तै छोराछोरी भन्ने त उखानै छ । अब यस्तो उखानलाई चरितार्थ गर्नका लागि पनि बच्चाबच्ची पनि साहसी त हुनैप¥यो । किनकि देखासिकी गर्ने परम्परा पुरानो हो । मानव सम्भताले नै देखासिकी गर्न जोड दिन्छ ।      त्यस्तै पुराना तस्वीरलाई संगालेर लेखक क्रिस वाइल्डले नयाँ पुस्तक ल्याएका छन् । अंग्रेजीमा लेखिएको पुस्तकको नाम हो ‘द रेट्रोनट गाइड टु रेजिङ चिल्ड्रेनः द पास्ट लाइक यु उडन्ट बिलिभ’     अर्थात् पुस्तकमा विश्व ... बाँकी अंश»

धानबालीमा रोग फैलिँदा किसान चिन्तित

२०७३ भदौ १३ सोमबार, भीमदत्तनगर । कञ्चनपुरमा धानबाली रोपेको छोटो समयमै विभिन्न प्रकारका रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।    यहाँ खेती गरिएको अधिकांश धानबालीमा गबारो र पात बेरुवा रोग देखिएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।    माउ पुतली किराबाट लाग्ने रोगको सङ्क्रमण धानबालीमा फैलिँदै गएको छ ।    किसानले धानबालीमा पात सुक्न थालेका र बोटको बीचको भाग कुहिन थालेका पीडा जिल्ला कृषि विकास कार्यालयमा सुनाएका छन् ।    बागफाँटा ... बाँकी अंश»

फिलिपिन्समा भेटियो विश्वकै ठूलो मोती, तौल ३४ केजी

२०७३ भदौ ८ बुधबार, एजेन्सी। फिलिपिन्समा एक बडेमानको मोती फेला परेको छ। ३४ केजी तौल रहेको सो मोती, विश्वकै ठूलो मोती रहेको अधिकारीहरूले दाबी गरेका छन्।    अचम्मको कुरा त सो मोतीलाई एक माझीले आजभन्दा १० वर्ष अगाडि नै फेला पारेका हुन्। तर यसको मूल्य थाहाँ नहुँदा ती माझीले मोतीलाई शुभ संकेत प्रदान गर्नेको रूपमा राखेका थिए।    “हामी सबै चकित पर्यो जब उनले मोती हामीकहाँ ल्याए,” एक अधिकारीले भने।   अधिकारीहरू अझैं सो मोती विश्वकै ठूलो हो भन्ने प्रमाणित गर्न ... बाँकी अंश»

पत्याउनु हुन्छ ? चार वर्षेलाई ९ कक्षामा भर्ना

२०७३ भदौ ७ मंगलबार, लखनऊ । भारत त्यस्तो ठाउँ हो जहाँ नहुने रेकर्ड केही छैन । यतिबेलाको प्रसङ्ग हो शिक्षाको । एक चार वर्षे बालिकालाई पढ्न ९ कक्षामा भर्ना लिइएको छ ।   लिम्का बुक अफ रेकर्डसमा नाम लेखाउन सफल चार वर्षे अनन्या वर्मालाई लखनउको विद्यालयले भर्ना लिएको हो ।   अब उनले उत्तर प्रदेशको बोर्ड परीक्षाको तयारी गर्ने जनाइएको छ । उनले बोर्ड पास गरे विश्वकै कम उमेरमा १० कक्षा पास गर्ने कीर्तिमान रच्नेछिन् ।   सो रेकर्ड भने अहिले उनकै दिदीको नाममा छ । अनन्याकि द ... बाँकी अंश»

सुदूरमा गौरा पर्वको चहलपहल सुरु

२०७३ भदौ ५ आइतबार, भीमदत्तनगर । सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम् सांस्कृतिक गौरा पर्वको चहलपहल कञ्चनपुरमा सुरु भएको छ ।    यसवर्ष गौरा पर्व भदौ ७ गते पञ्चमीका दिन पर्ने भए पनि गौराको अवसरमा खेलिने देउडा भने दुई साताअघिदेखि नै सुरु भइसकेको छ ।    महेन्द्रनगरमा हरेक दिन साँझ खुल्लामञ्च, संविधान चोकलगायतका स्थानमा विभिन्न संस्थाको पहलमा गौरा खेल्नेको भीड लाग्न थालेको छ ।    गौरा पर्वको विसर्जन नभएसम्म गौरा घर मन्दिर परिसरमा महिल ... बाँकी अंश»

नयाँ