//

विविध

ललितपुरका विभिन्न स्थानमा पुल बन्दै, बर्खाअघि नै सकाउने तयारी

२०७३ मङ्सिर २९ बुधबार, ललितपुर । वर्षाको समयमा समेत यातायातका साधन नियमित चल्न सक्ने गरी जिल्लाका विभिन्न स्थानका खोलामा मोटर चल्ने पुल निर्माण धमाधम अघि बढेको छ । यो आर्थिक वर्षमा सम्पन्न हुने गरेर टुङ्गुन खोला र कोड्कु खोलामा पुल निर्माणको काम भइरहेको छ ।    इकुडोल गाविसमा रहेको टुङ्गुन खोला पुलले आसपासका गाविसका बासिन्दासमेत लाभान्वित हुन सक्ने जिल्ला प्राविधिक कार्यालयले बताएको छ ।    कार्यरत सब–इन्जिनियर किशोर मोक्तानले उपभोक्ता समितिले पुल निर्मा ... बाँकी अंश»

लालुपाते फुलेर लाल हुन्थ्यो तर फुल्नै छोड्यो

२०७३ मङ्सिर २२ बुधबार, बेनी । केही वर्षअघिसम्म मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा दुई वर्षयता लालुपाते फुल्नै छोडेको छ । माटोमा अम्लीयपना बढ्नुका साथै तापक्रम वृद्धिको असरका कारण फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको वन तथा वातावरणको क्षेत्रमा काम गर्ने व्यक्तिले बताएका छन् ।    म्याग्दीका ज्यामरुककोट, शिख, हिस्तान, भकिम्ली लगायतका क्षेत्रमा रहेका लालुपातेक ... बाँकी अंश»

बाइक स्टन्टक

२०७३ मङ्सिर १९ आइतबार, काठमाडौं।  नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल शनिबार सम्पन्न भएको छ। डरलाग्दो स्टन्टमा इन्डिभिजुअल एक्सपर्ट विधामा सुरज डण्डेगुलु विजयी बनेका छन् भने सोही विधामा रविन्द्र श्रेष्ठ र रमेश दुलालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्।  नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) ले एनसीए इभेन्ट्सको सहकार्यमा  सम्पन्न उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले सहयोग गरेको थियो। ... बाँकी अंश»

नाकाबाट गोरु पक्राउ

२०७३ मङ्सिर १३ सोमबार, कपिलवस्तु । भारतबाट अवैध ढङ्गले नेपाल भित्र्याइएको ४२ वटा गोरु सशस्त्र प्रहरीले गएराति कृष्णनगरको सीमा नाका नजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा लिएको छ ।    प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तारिकचन्द्र चौधरी नेतृत्वको टोलीले करिब  सात लाख ५६ हजार मूल्य पर्ने ती गोरु पक्राउ गरेको हो । पक्राउ गरिएका गोरु आवश्यक कानुनी कारवाहीका लागि कृष्णनगर भन्सार नाकाम ... बाँकी अंश»

जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

२०७३ मङ्सिर ७ मंगलबार, सोलुखुम्बु । एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला ? धानको उत्पादन राम्रो हुने ठाउँमा त चार÷पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन्, तर सोलुखुम्बुकै छेस्काममा भने चारपाथी धानको बीउबाट सरदर ६÷७ पाथी मात्रै उत्पादन हुने गरेको छ । तैपनि त्यहाँका कृषक पुस्तौँदेखि धान रोपिरहेका छन् ।    चारपाथी धानको रोपाइँ गर्न असारमा उनीहरुलाई निकै चटारो हुन्छ तर ... बाँकी अंश»

एक कलको शुल्क तीन सय !

२०७३ मङ्सिर ६ सोमबार, म्याग्दी। एक मिनेट फोन गरेको शुल्क कति लाग्ला  दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय शुल्क लाग्छ भन्दा । तर यो वास्तविकता हो ।    मुदी गाविसमा रहेको धौलागिरि आधार शिविरको भ्रमणमा जाने पदयात्री तथा पर्यटकले फोनमा कुराकानी गर्दा अहिले प्रतिमिनेटतीन सय शुल्क तिर्दै आएका छन् । तैपनि पदमार्गअन्तर्गत इटाली बेसक्याम्पमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका ... बाँकी अंश»

देवचुली महोत्सवमा केराको सेलरोटी, बोकाको बिक्री र ऊँटको गतिविधिका रौनक

२०७३ मङ्सिर ५ आइतबार, कावासोती । प्रथम देवचुली महोत्सवको प्रमुख आकर्षणको रुपमा मानविय कार्य गर्ने ऊँट राखिएको छ । दैनिक हजारौ दर्शकहरुको भिड लागेको महोत्सवमा ऊँटको अवलोकन गर्न वच्चा देखि वृद्धा सम्मको लाईन लागेको छ । महोत्सवमा विजि ग्रुप गुल्मीले प्रमुख आकर्षणको रुपमा ऊँट प्रदर्शनमा राखेको हो ।   तालिम प्राप्त यस ऊँटले मानिसहरु संग हात मिलाउने, सलाम गर्ने लगाएत १२ प्रकारका नाचहरु नाच्ने गर्दछ । विशेष गरेर पर्यटन प्रवद्धनको लागि २०७२ साल फागुनमा नेपाल ल्याईएको वि ... बाँकी अंश»

हात्तीको उट्पटयाङले खानेपानीको हाहाकार, पाइप नै उखेल्यो

२०७३ मङ्सिर २ बिहिबार, बर्दिवास । जङ्गली हात्तीले खानेपानीको पाइप उखेली दिएपछि महोत्तरीको बर्दिवास नगरपालिकाको रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको छ ।    एक सातादेखि बर्दिवासको चुरे काछका बस्तीमा पसेका चारवटा हात्तीले बुधबारसाँझ पानी उर्रा खोल्सीमा बिछ्याइएको खानेपानी पाइप उखेलेपछि रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको हो ।    हात्तीले खानेपानीको तीनसय मिटर पाइप उखेलेर टुक्र्याइ दिएपछि खानेपानी लिन खोला झर्न परेको रजव ... बाँकी अंश»

लाङटाङ्ग चढेका प्रकाशको सगरमाथा चढेरै छोड्ने धोको

२०७३ कार्तिक १३ शनिबार, काठमाडौं । स्काउटर प्रकाशराज पाण्डले पर्वतारोहणलाई तीव्रता दिएका छन् । केही महिना अघि रसुवाको लाङटाङ्ग हिमालको आरोहण गरेका पर्वतारोही प्रकाशले हालै सोलुखुम्बुको आइल्याण्ड पिकको सफल आरोहण गरेका छन् । नेपाल स्काउटसँग जोडिएका उनले कात्तिक ६ गते (अक्टोबर २२) विहान् साढे ७ बजे ६१६० मिटर उचाईको आइल्याण्ड पिकको उनले सफल आरोहण गरेका हुन् । उक्त पिकको चुचुरोमा पाण्डेले राष्ट्रिय गान गुञ्जाउँदै राष्ट्रिय झण्डा र  स्काउटको झण्डा समेत फहराए । प्रकाशल ... बाँकी अंश»

दीर्घजिवी ओराङगउटान गिनेज बुकमा

२०७३ कार्तिक १२ शुक्रबार, सिड्नी। अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोरिल्ला जस्तै एकथरी जङगली वनमान्छे) लाई “गिनेज बूक अफ वल्र्ड रेकर्ड” मा दर्ता गरिएको छ ।   हिन्द महासागरमा अवस्थित द्वीपराष्ट्र सुमात्रा मूल थलो भई विश्वका अन्य देशमा पनि फैलिएका यस्ता प्रजातिका वनमान्छे (जङ्गली बाँदर) “सुमात्रेली ओराङगउटान” उपजातिका नामले विश्वभरी परिचित छन् । “सुमात्र ... बाँकी अंश»

डरलाग्दो चट्टानमा १५ सय खुट्किला उक्लेर स्कुल जान्छन् बालबालिका !

२०७३ कार्तिक ११ बिहिबार, एजेन्सी। हामीलाई एक देखि दुई घण्टा हिडेर स्कुल जान सहज हुन्छ ? पक्कै सहज हुँदैन । यस्तै, १५ सय खुट्किला उक्लेर स्कुल जानुपर्‍यो भने हाम्रो हालत के होला ? आफैँ कल्पना गर्नुस्। ... बाँकी अंश»

बाघ महोत्सव सुरु

२०७३ कार्तिक १० बुधबार, भीमदत्तनगर । ‘बाघको संरक्षण गरौं, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा प्रथम बाघ महोत्सव–२०७३ सुरु भएको छ ।    बाघ संरक्षणका लागि सचेतना फैलाउनका शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत पर्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुरु भएको महोत्सवको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उद्घाटन गरे ।    महोत्सव आयोजनाले स्थानीयस ... बाँकी अंश»

राष्ट्रिय आविस्कार केन्द्रका लागि हङकङमा रु ४० लाख सङ्कलन

२०७३ कार्तिक ८ सोमबार, बेनी । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ ।    मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहय ... बाँकी अंश»

‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा

२०७३ असोज २८ शुक्रबार, काठमाडौँ । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ ।    उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दू धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तुत भई छलफल गरिनेछ ।    नेपाल, भारतलगायत मुलुकबाट करिब एक हजार प्रतिनिधिलाई निमन्त्रणा गरिएको महासम्मेलनमा १०औँ हजार हिन्दू धर्मका अनुयायीको सहभागिता गराइनेछ ।&nbs ... बाँकी अंश»

नदीमा बगिरहेका बालकको उद्धार

२०७३ असोज २७ बिहिबार, वालिङ । स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको अचेत अवस्थामा उद्धार गरिएको छ ।    आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी रेशम पोख्रेलले पौडिएर बालकको अचेत अवस्थामा उद्धार गरेका हुन् । “आमाले आफ्नो छोरा बगेको देखेपछि उद्धारका लागि चिच्याउनुभयो”, रेशम पोख्रेलले भने, “बालकलाई नदीले बगाएर करिब सातसय मिटर तल पु¥याएको थियो, पौडिएर बालकलाई बल्ल बल्ल उद्धार गर्न सफ ... बाँकी अंश»

सबैभन्दा ठूलो डाईनासोरको कङ्काल भेटियो

२०७३ असोज २० बिहिबार, एजेन्सी। ब्राजिलका जीव बैज्ञानिकहरुले अति भीमकाय डाइनासोरको कङ्काल फेला पारेका छन् । भेटिएको कङ्कालको बनोट अनुसार उक्त डाइनासोर जीवित छँदा कम्तीमा पच्चिस मिटर २५ लामो हुनुपर्ने अनुमान गरिएको छ ।    यसअघि आफ्नो देशमा कहिल्यै नदेखिएको सो डाइनासोर हालसम्मकै सबभन्दा विशाल भएको दाबी गरिएको छ ।    “अस्ट्रोपोसिडन म्याग्निफाइकस” नाम दिइएको सो डाइनासोर लामो घाँटी र पुच्छरसहितको विकसित शरीर, शरीरको तुलनामा सानो खप्पर भएको शाकाहारी “टिट ... बाँकी अंश»

नासाका तस्वीरलाई लिएर मंगल ग्रहमा एलियन्सका वस्तु भएको दावी

२०७३ असोज १० सोमबार, काठमाडौं। एलियन्सको अस्तित्वलाई लिएर अनुसन्धानरत युएफओ हन्तर्स टोलीले नयाँ नयाँ तथ्य बाहिर ल्याएको छ। नासाको एक तस्वीरमा मंगल ग्रहमा जापानको जस्तो स्तुपा देखिएको दावी गरिएको छ। यसैलाई आधार मानेर एलियन्स मंगल ग्रहमा रहने गरेको पनि बताइएको छ। युएफओ हन्टर्सले एक युद्धपछि एलियन्स अन्यत्र गएर बस्न थालेकोसमेत दावी गरेको छ । यसलाई नासाले भने अहिलेसम्म पुष्टि गर्न सकेको छैन।  ... बाँकी अंश»

खाल्डोमा पुर्न लागेको बच्चा एक्कासि रोएपछि

२०७३ असोज १० सोमबार, काठमाडौं। बंगलादेशमा गत शुक्रवार एउटा अच्चमको घटना घट्यो । राजधानी ढाकादेखि १ सय ४० किलोमिटरमा रहेको फारिदुरका एक बच्चीलाई डाक्टरले जन्मेको दुई घण्टापछि मृत्यु भएको घोषणा गरे ।    मृतक बच्चीलाई लिएर अभिभावक र आफन्तहरु चिहानघारी गए र त्यहाँको रेखदेख गर्ने व्यक्तिलाई अन्तिम संस्कार गरिदिन भनेर घर फर्किए । सबै विधि सकेर बच्चीको शवलाई खाल्डोमा हाल्नै लागिएको थियो, एक्कासि बच्ची रोएको आवाज आयो ।    यो देखेर चिहानघारीको रेखदेख गर्ने व्यक्त ... बाँकी अंश»

खसीसँगै बसेर पढ्छन् विद्यार्थी

२०७३ असोज ७ शुक्रबार, पथरी । विद्यालयको कक्षाकोठामा को बस्ला ? तपार्इंलाई कसैले सोध्यो भने तपार्इं सहजै भन्न सक्नुहुन्छ विद्यार्थी बसेर पढ्छन् । तर मोरङको कद्माहा–५ मा अवस्थित रोज इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलको हकमा भन्नुपर्दा कक्षाकोठामा विद्यार्थी र खसी संगैबसेर कक्षाकोठामा पढ्छन् ।    कक्षा पाँचसम्म रहेको सो विद्यालयमा यतिखेर अचम्मको एउटा खसी बस्छ । सो विद्यालयका प्राचार्य रामप्रसाद बर्माका अनुसार विद्यालय खुल्ने समय भएपछि खसी विद्यालय आइपुग्छ र छुट ... बाँकी अंश»

१८ महिनाको बच्चा–जसलाई २६ राष्ट्रको मुद्रा र विश्वको ७ आश्चर्यबारे थाहा छ !

२०७३ असोज ५ बुधबार, काठमाडौं । १८ महिनाको बच्चाले के–के सम्म थाहा पाउन सक्ला ? आफै अनुमान गर्नुहोस् । आमा, बुबा र यस्तै दुईचार वटा शब्द उच्चारण गर्न सक्ला । यो तपाई हाम्रो सामान्य अनुमान मात्रै हो । तर, भारतको नागपुरकी अद्भिका बली मात्र १८ महिना पुगिन् । उनमा अस्वभाविक वौद्धिक क्षमता छ ।    अद्भिकालाई २६ राष्ट्रको मुद्रा कुन हो भन्ने थाहाँ छ । त्यतिमात्र होइन अद्भिकालाई विश्वका ७ आश्चर्यबारे  पनि थाहा छ । उनी विश्वको सात आश्चार्य चिन्न सक्छिन्। साथै ती आश्चर्यह ... बाँकी अंश»

नयाँ