पत्रपत्रिकाबाट

जब महन्थ ठाकुर थलिए तब राजपा भयो सुनसान

२०७५ बैशाख २७ बिहिबार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा सुनसान देखिएको छ । पार्टीका गतिविधि शून्य झै भएका छन्। गत वैशाख ८ मा बस्ने भनिएको राजनीतिक समितिको बैठक अझैसम्म बस्न सकेको छैन भने पार्टीले संसदीय दलको नेता पनि चयन गरेको छैन ।  ... बाँकी अंश»

तरकारी सिन्डिकेटः तीन सय प्रतिशत नाफा

२०७५ बैशाख २७ बिहिबार, काठमाडौं । सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौं उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ । ... बाँकी अंश»

मापदण्ड विपरीत अयोग्य चिनियाँ पाइलट ल्याइँदै

२०७५ बैशाख २७ बिहिबार, काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ वाई–१२ ई जहाज उडानका लागि ल्याउन लागेका तीन चिनियाँ क्याप्टेनहरुसँग सरकारले तोकेको योग्यता नरहेको खुलासा भएको छ । ... बाँकी अंश»

एकता कता ? ओली–प्रचण्डबीच बराबरीमै असहमति

२०७५ बैशाख २७ बिहिबार, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषितरूपमा पार्टी एकीकरणको मिति तय हुन सकेको छैन। दुवै पार्टीले अन्तिम तयारी पुगेको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन। ... बाँकी अंश»

‘ईश्वर’ नाममा संसदमा बखेडा 

२०७५ बैशाख २७ बिहिबार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । ... बाँकी अंश»

होला त वन पैदावार प्राधिकरण गठन गरेर काठ बजार व्यवस्थित ? 

२०७५ बैशाख २६ बुधबार, काठमाडौं । काठ बजारलाई व्यवस्थित गर्दै मूल्यमा एकरुपता ल्याउन वन पैदावार प्राधिकरण गठन हुने भएको छ । समग्र वन पैदावारको नियमन गर्दै एकद्वारा नीति अपनाउन प्राधिकरण गठनको पहल अघि बढाइएको हो । ... बाँकी अंश»

ओहो ! प्रहरी झुक्याउन १७ दिनमा आठवटा सिमकार्डको प्रयोग ?

२०७५ बैशाख २६ बुधबार, काठमाडौं । भक्तपुर थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिंदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल बनेको छ । ... बाँकी अंश»

काठमाडौं महानगरको २५ करोडको बजेट खाल्डाखुल्डी पुर्नलाई 

२०७५ बैशाख २६ बुधबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले असारभित्र आफ्नो कार्याक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । ... बाँकी अंश»

२२ जना एसपीहरु एसएसपी बढुवामा सिफारिस, को को परे ?

२०७५ बैशाख २६ बुधबार, काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरिक्षक (एसपी)हरु बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) बढुवाको लागि सिफारिसमा परेका छन् । ... बाँकी अंश»

कता गयो मोदीको टेलिफोन प्रतिवद्धता ? 

२०७५ बैशाख २६ बुधबार, काठमाडौं । भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा गर्ने कलको दरमा तीन सय प्रतिशतसम्म नाफा राखेकाले भारतबाट नेपालमा गर्ने टेलिफोन शुल्क महँगो हुन गएको छ । ... बाँकी अंश»

जुन देशबाट कामदार मागिएको हो दूतावासको सिफारिस अनिवार्य

२०७५ बैशाख २६ बुधबार, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि कामदार मागपत्रमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासको सिफारिस अनिवार्य गरेको छ । यसअघि गन्तव्य मुलुकका चेम्बर अफ कमर्स वा नोटरी पब्लिकको प्रमाणीकरणका आधारमा वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीलाई पूर्वस्वीकृति दिँदै आएको थियो। ... बाँकी अंश»

प्रधानमन्त्री ओलीले मोदी भ्रमणमा प्रोटोकल नतोड्ने

२०७५ बैशाख २५ मंगलबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रोटोकल’ नतोड्ने भएका छन् । पटना हुँदै जनकपुर उत्रिन लागेका मोदीलाई जानकी मन्दिरमा भने ओलीले नै स्वागत गर्ने कार्यक्रम तय भएको छ ।  ... बाँकी अंश»

वैकल्पिक लोकमार्गको आड, तयारी गिट्टी भारत निकास 

२०७५ बैशाख २५ मंगलबार, उदयपुर । त्रियुगा नगरपालिका–७ चुहाडेमा ‘धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना (पूर्वी खण्ड) निर्माण सामग्री प्रशोधन प्लान्ट’ लेखिएको बोर्ड झुन्डिएको छ। बोर्डको पछाडिपट्टि ठूलो प्लान्ट ‘क्रसर उद्योग’ सञ्चालित छ। चुरे वनसँगै टाँसिएर सञ्चालित क्रसर उद्योगको अभिलेख जिल्ला घरेलु तथा साना उद्योग कार्यालय उदयपुर (गाईघाट) मा छैन। ... बाँकी अंश»

गर्भपतन गराउँदा बिचार गर्नु है ५ वर्षसम्म जेल बस्नुपर्ला नि !

२०७५ बैशाख २५ मंगलबार, काठमाडौँ । गर्भपतन गराएर उम्कन पाउँछु भन्ने सोच्नुभएको त छैन ? तपाईंले यस्तो कार्य गरे ५ वर्षसम्म कैद बस्नुपर्नेछ भने ५० हजारसम्म जरिवाना तिनुपर्नेछ। ... बाँकी अंश»

धर्मका नाममा अतिवाद, यसरी घोषणा गरियो  ‘प्रभु’को राज्य !

२०७५ बैशाख २५ मंगलबार, दाङ । लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य !’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य । ... बाँकी अंश»

पूर्वअधिराजकुमारी प्रेरणालाई सरकारले दियो ३५ दिने ‘अल्टिमेटम’

२०७५ बैशाख २५ मंगलबार, काठमाडौं । सरकारले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार नेपाल ट्रस्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराउन पत्र काटेको हो। ... बाँकी अंश»

डा उपेन्द्र देवकोटालाई कस्तो छ ?

२०७५ बैशाख २५ मंगलबार, काठमाडौँ । नेपालमा एक समय एकछत्र रूपमा नसा सम्बन्धी उपचाका लागि ख्याति कमाएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटा यति बेला आफै बिरामी परेर झण्डै ६ महिनादेखि अरुलाई सेवा दिन नभै अरुबाटै स्वास्थ्य सेवा लिँदै छन् । उनको नाम नै स्वास्थ्य क्षेत्रको निकै उच्च ओहदाको पहिचान हो। ... बाँकी अंश»

अब निसानामा तरकारी सिन्डिकेट

२०७५ बैशाख २४ सोमबार, काठमाडौं । सार्वजनिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकारको ध्यान फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट हटाउन केन्द्रित भएको छ । ... बाँकी अंश»

फौजदारी अभियोगमा सांसद पद नजाने, काम गर्न नपाउने

२०७५ बैशाख २४ सोमबार, काठमाडौं । संघीय संसद्को कुनै पनि सदस्य फौजदारी अभियोगमा पक्राउ परेमा र प्रचलित कानुनबमोजिम पुर्पपक्षका लागि थुनामा रहँदा मुद्दा किनारा नलागेसम्म सांसदको हैसियतमा काम कारबाहीमा सहभागी हुन नपाउने भएका छन् । ... बाँकी अंश»

मोदीको यस्तो छ २९ घन्टे कार्यक्रम

२०७५ बैशाख २४ सोमबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौं र मुक्तिनाथमा साढे २९ घन्टा बिताउने भएका छन् ।  ... बाँकी अंश»

नयाँ