पत्रपत्रिकाबाट

पछिल्लाे समय राजधानीमा जुवाका अखडा बढ्दै

२०७२ माघ २१ बिहिबार, काठमाडौं । क्यासिननो शैलीमा लामो समयदेखि जुवा खेलाइने नयाँबजारस्थित एक अखडामा प्रहरीले छापा मारी दुई महिला सहित १८ जनालाई पक्राउ गरेको छ ।जुवाको खालबाट सात लाख ४८ हजार आठसय रुपौया बरामत भएको छ ।   राजन महर्जको घरमा राजन शाक्यले फ्ल्याट भाडामा लिएर कौडा खेलाउदै आएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।महानगरिय प्रहरी बृत लौनचोरले सुराकीको आधारमा मंगरबार बेलुका छापामारी १८ जनालाई पक्राउ गरेको हो । यस्तै प्रहरीले गौशलाबाट सात जना, टोखाबाट ९ लाई ... बाँकी अंश»

प्रहरी र सशस्त्रको रासन भत्ता घट्ने

२०७२ माघ २१ बिहिबार, काठमाडौं ।सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को रासन भत्ता घटाउने भएको छ। १ वर्षअघिबाट कायम रहेको रासन सुविधामा १५ देखि २० प्रतिशतसम्म कटौती गर्न लागिएको हो।    कारोबार दैनिकमा समाचार छ-सरकारले दुवै प्रहरीकालगि २२ र सेनालाई २४ प्रकारको रासन स्केल उपलब्ध गराउँदै आएको छ। प्रहरी र सशस्त्रका करिब १ लाख जनशक्तिका लागि रासन भत्तामा मासिक ७० देखि ८० करोड रुपैयाँसम्म खर्च हुन्छ।गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले दुवै प्रहरीको रास ... बाँकी अंश»

समानुपातिक समावेशी मुद्दाले उपेन्द्र यादवको पार्टी फुटकाे स‌घारमा

२०७२ माघ २१ बिहिबार, काठमाडौं ।राज्यका सबै अंग र तहमा समानुपातिक समावेशी सिद्धान्तको नीति अुनसार सबै जातजातिको सहभागिता हुनु पर्ने वकालत गर्दै आएको संघीय समाजवादी फोरम नेपाल आफैँले पार्टीभित्र भने यो सिद्धान्त लागू गरेको छैन्।   राजधानी दैनिकमा समाचार छ-एकीकरणपश्चात् पार्टी नेत्तृवले समानुपातिक समाबेशी नीति अंगीकार नगरेपछि हाल समाजवादी फोरमभित्रको आन्तरिक विवाद चुलिएको छ।  गत ३२  जेठमा संघीय समाजवादी पार्टी नेपाल, मधेसी जन अधिकारफोरम नेपाल र खस समावेशी र ... बाँकी अंश»

नाका खुकुलो भएपछि तस्कारीमा रोक

२०७२ माघ २१ बिहिबार, काठमाडौं ।सरकारले भारतीय नाकाबन्दीका कारण अभावको मौका छोपेर भइरहेको पेट्रोलियम पदार्थ तस्करीमा रोक लगाएको छ। भारतीय नाकाबन्दीका कारण मुलुकभर पेट्रोलियम पदार्थको चर्को अभाव भएका बेला सरकारले चोरी तस्करीमार्फत तेल भित्र्याउनेलाई अहिलेसम्म कारबाही भने गरेको छैन।   नागरिक दैनिकमा समाचार छ-सरकारको मौन स्वीकृतिमा चोरी तस्करीमा संलग्न व्यक्तिले अर्बांै रुपैयाँ बराबरको तेल कारोबार गर्दै आएका थिए। अहिले वीरगन्ज बाहेक अन्य सबै नाकाबाट पहिलेजस ... बाँकी अंश»

पूर्वसभाध्यक्ष सुवास नेम्वाङलाई ६० लाखको गाडी किन ?

२०७२ माघ २१ बिहिबार, काठमाडौं ।सरकारले संविधानसभाका पूर्वअध्यक्षको हैसियतमा सुवासचन्द्र नेम्वाङलाई आजीवन सुविधाका लागि ६० लाख रुपैयाँसम्म मूल्य पर्ने गाडी उपलव्ध गराउने भएको छ। एक महिनाअघि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार व्यवस्थापिका संसद् सचिवलयले सभाध्यक्ष नेम्वाङलाई उपलव्ध गराइने गाडी खरिदका लागि बोलपत्रसभेत आह्वान गरेको छ।   राजधानी दैनिकमा समाचार छ-गत २१ पुस देखि बिहीबार सम्म एक महिनाको समय राखेर संसद् सचिवालयले गाडी खरिदका लागि बोलपत्र आहृवान ... बाँकी अंश»

पुनर्निर्माण प्राधिकरणको अर्को दाता सम्मेलन तयारीमा

२०७२ माघ २१ बिहिबार, काठमाडौं।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यमा अपुग हुने रकम जुटाउन दोस्रो अन्तर्राष्ट्रिय दाता सम्मेलन गर्नु पर्ने सुझाव सरकारलाई दिएको छ।    नागरिक दैनिकमा समाचार छ-प्राधिकरणले गरेको काम र आगामी दिनका लागि कार्यक्रमबारे प्रधानमन्त्री तथा मन्त्रीहरुलाई जानकारी गराउने क्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बैशाख १२ गतेभित्र पुनर्निर्माणको पञ्चवर्षीय योजना तयार परोर अपुग हुने वित्तीय स्रोत जुटाउन दोस्रो ... बाँकी अंश»

लगानी डुब्न लागेकाे भन्दै विरगन्जका व्यापारिकहरुकाे चिन्ता

२०७२ माघ २१ बिहिबार, काठमाडौं ।मुलुकका अन्य नाका सुचारु भइसक्दा पनि वीरगन्ज–रक्सौल नखुल्दा विकल्पमा अन्य नाकाहरू स्थापित हुनेमा यहाँका व्यवसायी चिन्तित बनेका छन् । त्यसपछि यस नाकालाई पुरानै अवस्थामा फर्काउन निकै कठिन हुने उनीहरूको बुझाइ छ । कान्तिपुर दैनिकमा खवर छ-जारी मधेस आन्दोलनको ‘इपिसेन्टर’ बनेको मुलुककै प्रमुख व्यापारिक नाका गत असोज ७ देखि ठप्प छ । भारतसँग जोडिएका अन्य नाका सहज भइसक्दा पनि वीरगन्जबाट ४ महिना १३ दिनमा ५ वटा मालवाहक ट्रक मात्र भित्रिएका ... बाँकी अंश»

६ बैंककाे साढे ४ अर्ब लगानीमा ३० मेगावाटको न्यादी बन्ने

२०७२ माघ २१ बिहिबार, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको सहायक कम्पनी न्यादी हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको न्यादी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन(फाइनान्सियल क्लोजर) पूरा भएको छ।३० मेगावाटको उक्त आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा ६ ओटा बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरणमा कुल ४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्न सहमत भएका हुन् ।   नागरिक दैनिकमा समाचार छ-आयोजनामा ऋण लगानी गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरुमा नविल बैंक लिमिटेड, ग्ल ... बाँकी अंश»

नयाँ फौजदारी कानुनः मुलुकबाहिरअपराध गरे देशभित्रै भए सरहको सजाय हुने

२०७२ माघ १९ मंगलबार, काठमाडौं ।मुलुकबाहिर पुगी अपराध गरे पनि देशभित्रै भएसरहको सजाय हुने प्रस्तावसहितको नयाँ फौजदारी कानुन निर्माण थालिएको छ ।    हाल संसद्को विधायन समितिमा छलफलमा रहेको फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकले पहिलोपल्ट मुलुकबाहिर हुने अपराधलाई समेत कारबाहीको दायरामा ल्याउन लागेको हो ।   कान्तिपुर दैनिकमा खबर छ -यसअघि मुलुकबाहिर वा सीमा कटेपछि हुने हत्या, अपहरणलगायत गम्भीर प्रकृतिका मुद्दाका अपराधी सजि ... बाँकी अंश»

नाका खोल्न–नखोल्ने विषयमा मधेसी मोर्चाभित्रै विवाद

२०७२ माघ १९ मंगलबार, काठमाडौं । साढे पाँच महिनादेखि भारतीय सहयोगमा बन्द रहेको नाका खोल्न–नखोल्ने विषयमा मधेसी मोर्चाभित्रै विवाद देखिएको छ । संविधान संशोधनपछि मोर्चाले नाकाबन्दीलाई निरन्तरता दिँदै आन्दोलन खुकुलो बनाएपछि तराईका जनजीवन सामान्य बनिसकेको छ ।   पछिल्लोपटक नाकाबन्दी जारी राख्ने वा फिर्ता लिने विषयमा मोर्चाआबद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सदभावना पार्टीका शीर्ष नेताबीच असमझदारी बनेको छ । नागरिक दैनिकमा ... बाँकी अंश»

एक हजार नेपाली कामदार कोरिया जाने सूचीबाट हट्दै

२०७२ माघ १९ मंगलबार, काठमाडौं ।रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया जानका लागि योग्य सूचीमा रहेका मध्ये १ हजारको नाम हट्ने भएको छ।    कारोबार दैनिकमा समाचार छ-सन् २०१३ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको रोस्टर अबधि २ वर्ष पुगेकाले नाम हट्न लागेको हो ।सन् २०१३ मा उत्तीर्णमध्ये करिब हजार कामदारको अझै पनि श्रम सम्झौता आइनसकेकाले कोरिया जाने सूचीबाट हट्न सक्ने सम्भावना रहेको इपीएस कोरिया शाखाले जनाएको छ।   सूचीबाट नाम कोरियाको मानव संशाधान वि ... बाँकी अंश»

सरकारी कर्मचारीहरुले अन्यत्र काम गर्न पाउनुपर्ने माग

२०७२ माघ १९ मंगलबार, काठमाडौं । निजामती कर्मचारीहरुले सरकारीबाहेक अन्यत्र पनि काम गर्न पाउनुपर्ने माग गरेका छन् । सामान्य प्रशासन मन्त्रालयमा उनीहरुको निवेदनको चाङ लागेको छ । नयाँपत्रिका दैनिकमा समाचार छ - मन्त्रालयका अनुसार निजामती सेवाका सहसचिव, उपसचिव तथा शाखा अधिकृतलगायतका सयौं कर्मचारीहरुले कार्यालय समयबाहेकको समयमा अध्यापन, वकालत, सहकारी सन्चालन तथा लेखापरीक्षण गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका छन् । यसअघि सामान्यको अनुमति लिएर कर्मचारीहरुले सरक ... बाँकी अंश»

पाँच जिल्लामा अधिकांश काउन्टर बन्द स‌ंगै ‘मिटर रिडिङ’ शून्य

२०७२ माघ १९ मंगलबार, काठमाडौं । नयाँ संविधान जारी भएपछि तराइमा भएको आन्दालनका कारण पाँच जिल्लाको मिटर रिडिङ नै हुन छाडेको छ । राजधानीमा समाचार छ-सरकारी सेवामा तराई आन्दालनरत दलहरुले अवरोध गरेपछि भदौ यता मिटर रिडिङ नहुनाको साथै राजस्वस्व समेत उठ्न छोडेको  छ । बिषेश गरेर तराईका आठ जिल्लामा पछिल्लो समय रिडिङसंगै राजस्व उठ्न र चुहावट नियन्त्रण अभियान सेमत अघि बढ्न सकेको छैन । तराइको धनुषा, सप्तरी, सिरहा, बारा र सर्लाहीका वितरण केन्द्रमा मिटर रिडिङ हुन सकेको छैन ।   ... बाँकी अंश»

सुरुङ मार्ग निर्माणमा लगानीमा समस्या भएकाे भन्दै अध्यक्ष जोशीले दिए राजीनामा

२०७२ माघ १९ मंगलबार, काठमाडौं ।काठमाडौ–कुलेखानी–हेटौँडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। नागरिक दैनिकमा समाचार छ-चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्ष पहिले सरकारसँग सम्झौता गरेको उक्त कम्पनीले लगानी जुटाउन नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका जोशीले चौतर्फी दबाब थेग्न नसकी आइतबार पद छाडेका हुन्।    कम्पनीमा बुझाइएको राज ... बाँकी अंश»

पढाइमा बाधक बन्दै फाटेको जुता

२०७२ माघ १९ मंगलबार, काठमाडौं ।आँबुखैरेनी–५ ढकालटारको अन्नपूर्ण प्राविका विद्यार्थीलाई जुत्ता मोजा लगाउनु अनिवार्य छ। तर कक्षा ५ मा पढ्ने अभिमन्यु रेग्मी जुत्ता किन्न नसकेकै कारण विद्यालय आउन सकेनन्।    अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ-अभिभावकको आर्थिक अवस्था कमजोर देखेपछि विद्यालयले पनि उनका लागि कडाइ गरेन। विद्यालयमा उनी मात्र एक छात्र हुन् जसको खुट्टामा जुत्ता छैन। ‘जुत्ता नभएकै कारण पढ्नबाट बञ्चित नहोस् भनेर उसलाई चाहीँ छुट दिएका छौँ, विद्यालयमा प् ... बाँकी अंश»

प्रमुख दल सशंकित, नितिश–लालुको मधेसी मोर्चालाई समर्थन

२०७२ माघ १९ मंगलबार, काठमाडौं ।भारत बिहारका मुख्यमन्त्री नितिशकुमार र सत्ता गठबन्धनका अर्का नेता एवं पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले नेपालमा आन्दोलनरत मधेसी मोर्चाले गर्ने कुनै पनि आन्दोलनका सबै प्रकारका सहयोग र सद्भाव राख्ने आश्वासन दिएका छन्।  बिहारको सत्ताधारी गठबन्धनको समर्थनमा हुने मोर्चाको आगामी आन्दोलनले नेपाल सरकारमात्र नभएर भारतीय जनता पार्टीको नेतृत्वमा रहेको केन्द्रीय सरकार र दुई देशबीचको सम्बन्ध समेत तनाव हुने संकेत दिएको छ।    अन्नप ... बाँकी अंश»

भूकम्पपीडितले जाडोमा खप्न नसकेपछि सरकारलाई नपर्खी धमाधम घर बनाउँदै

२०७२ माघ १९ मंगलबार, काठमाडौं ।जाडो खप्न नसकेपछि गोरखा केरौंजाका भूकम्पपीडितले धमाधम आफ्नै तरिकाले घर बनाउन थालेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ- पीडितले माटोबिनाको ढुंगे पर्खाल लगाएर दुई तले घर बनाउन थालेका हुन्। वडा नम्बर १,२,३ र ४ मा मात्र करिब डेढ सय यस्ता घर निर्माण भएका छन्।    सरकारी राहतको १५ हजार रुपैयाँ घरखर्चमै सकेका चार सय ६५ घरधुुरी अहिले त्रिपालको टहरोमा बस्दै आएका छन्। धमाधम बनेका सबै घर पुरानै ढाँचाका छन्। ‘सरकारलाई पर्खदापर्खदै मरिएल ... बाँकी अंश»

चोरेकाे भरमा ललितपुरमा ठड्याए घर ?

२०७२ माघ १८ सोमबार, काठमाडौं।चोरी गरेरै रामेछापका केशव खड्काले ललितपुर टीकाथलीमा घर बनाएका छन्। उनले आफ्ना सहयोगी परिचालन गरेर चोरी गर्दै आएका थिए।    नयाँ पत्रिका दैनिकमा समाचार छ-खड्का समूहले धनी र विदेशीको घर छान्दै चोर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूले लामो समयदेखि चोरी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए। सहयोगी कुमार भन्ने रघुनाथ बस्नेतसहित खड्कालाई महानगरीय प्रहरी परिसर ललितपुरले शनिबार पक्राउ गरेको ... बाँकी अंश»

संसदीय समितिलाई सरकार नै टेर्दैन?

२०७२ माघ १८ सोमबार, काठमाडौं । सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत् आयोजनाको साँघुरिएको (इस्क्विचिङ) सुरुङ खोल्न लाग्ने खर्च (भेरिएसन अर्डर) स्वीकृत गर्दा अनियमितता भएको ठहर गर्‍यो । १७ मंसिर ०७१ को बैठकले निर्णय प्रक्रियामा संलग्न पदाधिकारी र ठेकेदार चाइना गेजुवा गु्रप अफ कम्पनिजलाई १० दिनभित्र कारबाही गर्न सरकारलाई निर्देशन दियो । भेरिएसन अर्डरको एक अर्ब नौ करोड रुपैयाँ भुक्तानी नदिन पनि समितिको निर्देशन थियो ।   नयाँ पत्रिका दैनिकमा खबर छ- नेपाल विद्य ... बाँकी अंश»

यस्ता पनि हुन्छन् जग्गा बेचेर क्याम्पसलाई करोड

२०७२ माघ १८ सोमबार, काठमाडौं । ब्ल्याङ्केट बेरिएर चुरोटको सर्को तान्दै थिइन् । सेतो कपाल, चाउरिएका गालाले उनको बुढ्यौली प्रस्टिए पनि बोली भने तिख्खर सुनिन्थ्यो हिमालपारिको जिल्ला मुस्ताङमा जन्मेहुर्केकी उनले पढाइको नाममा अक्षर चिन्न पाइनन् । १६ वर्षमै विवाह भयो । अनि घरजमले उनको पढ्ने धोको पूरा हुन सकेन ।   नागरिक दैनिकमा खबर छ -आफूले पढ्न त पाइनन् नै, अरुलाई पढाउने धोको भने पहिल्यै देखि पालिरहेकी थिइन् । त्यही चाहना पूरा गर्न कुनै एउटा शैक्षिक संस्थालाई आर्थिक ... बाँकी अंश»

नयाँ