पत्रपत्रिकाबाट

विदेशबाट घर फर्कन नक्कली पासपोर्ट

२०७२ माघ ११ सोमबार, काठमाडौं। विदेश जान नक्कली पासपोर्ट प्रयोग गर्ने गरेको खबर त नयाँ थिए तर विदेशबाट फर्कंदासमेत नक्कली पासपोर्ट प्रयोग हुन थालेको खुलेको छ।    कामदार फर्कदा उपयोग हुने गरेका फर्जी पासपोर्ट उल्लेख्य संख्यामा देखिएपछि नेपाली प्रशासनले अनुसन्धान थालेको छ। कैयौँ अबस्थामा नक्कली पासपोर्ट प्रयोग गरी नेपाल फर्किरहेका कामदाररले समेत यो कुरा थाहा नपाएको देखिएको छ।   नागरिक दैनिकमा समाचार छ-मलेसिया र साउदी अरबबाट फर्किएका कामदारका डकुमेन्ट ज ... बाँकी अंश»

मधेसीका माग कति भए पूरा

२०७२ माघ १० आइतबार, काठमाडौं । संविधानसभाबाट ३ असोजमा जारी संविधान १२६ दिनमै संशोधन भएको छ । अब भारतको अघोषित नाकाबन्दी खुल्ने विश्वास गरिएको छ । संविधान संशोधनले मधेसीका माग कति पूरा भए त ?   नयाँपत्रिका दैनिक खवर छ-अनुसार मधेसी मोर्चाको ११ बुँदे मागमा सहमति गर्न प्रमुख तीन दल र मोर्चाको कार्यदल तथा शीर्ष तहमा पटक-पटक छलफल भयो । तर, प्रदेशको सीमांकन टुंग्याउने विषयमा विवाद भएपछि मोर्चाको मुख्य दुई माग समेटेर संविधान संशोधन भयो ।संघ, प्रदेशलगायत राज्यको सम्पूर्ण अ ... बाँकी अंश»

कर तिर्न नमान्ने सिनेमा हललाई कारबाही

२०७२ माघ १० आइतबार, काठमाडौं ।काठमाडौं महानगरपालिकाले महानगरभित्रका सिनेमा हललाई करको दायराभित्र ल्याउन पहल थाल्ने भएको छ।पटकपटक पत्र काट्दा पनि कर तिर्न अटेर गरेपछि सबै हललाई करको दायराभित्र ल्याउन विशेष पहल गर्ने भएको हो।   नयाँ पत्रिका दैनिकमा समाचार छ-महानगरपालिकाका अनुसार महानगरभित्रका कुनै पनि सिनेमा हलले मनोरञ्जन कर तिरेका छैनन्। दर्शकसँग भने प्रत्यके सिनेमा हलले पाँच प्रतिशतका दरले मनोरञ्जन कर असुल्दै आएका छन्। महानगरपालिकाका कार्यकारी अधिकृत रु ... बाँकी अंश»

प्रधानमन्त्रीको भारत भ्रमण अन्योलमा

२०७२ माघ १० आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले २४ असोज र १६ पुसमा टेलिफोनमार्फत् भारत भ्रमणको निम्ता दिएका थिए । तर, ओली भ्रमणको मिति अझै तय नभएको हाे । ओलीले फागुन पहिलो साता भारत भ्रमणमा जाने गरी एजेन्डा तयार गर्न मन्त्री र कर्मचारीलाई निर्देशन दिएको दुई साता बितिसकेको छ ।   नयाँपत्रिका दैनिकमा समाचार छ-ओलीले फागुन पहिलो साता भारत भ्रमणमा जाने गरी एजेन्डा तयार गर्न मन्त्री र कर्मचारीलाई निर्देशन दिएको दुई साता बितिसकेक ... बाँकी अंश»

स्मार्ट लाइसेन्स अवधि १० वर्ष

२०७२ माघ १० आइतबार, काठमाडौं । सरकारले स्मार्ट ड्राइभिङ कार्ड (लाइसेन्स) को अवधि १० वर्ष पुर्याउने भएको छ । हालको कागजी लाइसेन्स स्मार्ट कार्डमा स्तरोन्नति भएसँगै अवधि पनि बढाउन लागिएको हो । अवधि बढाउन ऐन नै संशोधन गर्नुपर्ने भएकाले भौति पूर्वाधार तथा यातायात मन्त्रालयले फाइन कानुन मन्त्रालयमा पठाएको छ ।   कारोबार दैनिकमा खबर छ-यसअघि वितरण हुँदै आएको कागजी लाइसेन्स हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । स्मार्ट कार्ड सुरक्षित र प्रविधियुक्त भएकाले ... बाँकी अंश»

कोरियामा नेपाली मजदुरको तलब बढ्यो

२०७२ माघ १० आइतबार, काठमाडौं ।दक्षिण कोरिया सरकारले मजदुरका लागि नयाँ तलब लागू गरेको छ । कोरिया सरकारले २०१६ का लागि ८.१ प्रतिशतले तलब बढाएको छ । यो तलब वृद्धि कम भएको भन्दै मजदुर संगठनले चर्को विरोध गरिरहेकै बेला सरकारले लागू गरेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ -ज्याला न्यूनतम निर्धारण समितिले गत जुलाइको पहिलो साता २०१६ का लागि ८.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको थियो । न्यूनतम ज्याला निर्धारण समितिले गरेको सोही सिफारिसलाई अगस्ट ५ मा सरकारी अनुमोद ... बाँकी अंश»

तत्काल समाधान हुँदैन इन्धन संकट

२०७२ माघ १० आइतबार, काठमाडौं । करीब ४ महिनायता देशले इन्धनको चरम संकट झेलिरहे पनि यो संकट तत्काल समाधान हुने संकेत भने अझै देखिएको छैन । नेपाल आयल निगमका अनुसार साविकको तुलनामा हाल उपत्यकामा पेट्रोल १४ प्रतिशत र डिजेल ५० प्रतिशत वितरण हुँदै आएको छ भने ग्यास एक तिहाइको हाराहारीमा मात्र वितरण भइरहेको छ ।   गत असोजदेखि कुल आयातको ७० प्रतिशत पेट्रोलियम आयत हुने रक्सौल नाका बन्द हुँदा बाँकी नाकाबाट आयत हुँदै आएको ३० प्रतिशत पेट्रोलियम पदार्थबाट माग धान्नुपर्ने स्थिति ... बाँकी अंश»

पत्नीले हिंसा गरेको भन्दै पतिहरु प्रहरीमा

२०७२ माघ १० आइतबार, काठमाडौं । वैदेशिक रोजगारबाट दीपक मिजार चार महिनाअघि घर फर्किए । खाडीमा पसिना बगाएर कमाएको पैसा उनले नियमित श्रीमतीलाई पठाउँदै आएका थिए । तर, तीन वर्षपछि फर्किंदा श्रीमती सँगै बस्न मानिनन् । अर्का व्यक्तिसँग प्रेमसम्बन्ध रहेकी श्रीमतीले सम्पत्तिसमेत लगेको भन्दै दीपक उजुरी लिएर प्रहरीमा पुगे ।   नयाँ पत्रिका दैनिक खबर छ-ललितपुरका दिनेश शाही पनि श्रीमतीबाट अन्याय भएको भन्दै प्रहरीमा उजुरी लिएर जान बाध्य भए । तीन लाख ५० हजार नगद र साढे दुई तोला ... बाँकी अंश»

चिनतिरको बाटो बनाउन ओलीकै आनकानी

२०७२ माघ १० आइतबार, काठमाडौं । सरकारकै असहयोगका कारण रसुवागढ केरुङ नाका जोड्ने बेत्रावती-मैलुङ-स्याफ्रुबेसी खण्ड विस्तार कार्य अघि बढ्न सकेको छैन।छिटो निर्माण कार्य अघि बढाउन यो खण्डको जिम्म नेपाली सेनालाई दिइएको थियो।   पुस २७ बाट काम सुरु भएपनि सरकारी पक्षबाट सेनालाई आवश्यक पर्ने कार्यस्थ्ल र क्याम्प राख्ने ठाउँको क्लियरेन्स दि ढिलाइ गर्दा निर्माण कार्यमा असर परेको हो।   छिटो निर्माण कार्य अघि बढाउन नेपाली सेनालाई जिम्मा दिइएको रसुवागढी–केरूङ नाका ज ... बाँकी अंश»

रंगेलीकाण्डमा पछुताउदै एमाले

२०७२ माघ १० आइतबार, काठमाडौं ।  घटनाको समीक्षा गर्न युवा संघ मोरङद्वारा विराटनगरमा शनिवार आयोजित भेलाले हिंसात्मक राजनीतिका कारण अघि बढ्न खोज्ने मधेसवादी दलको गलत कादमका कारण दुखद घटना भएको आरोपसहितको निष्कर्ष निकालेको हो।   भेलामा स्थायी समिति सदस्य शंकर पोखरेल पनि उपस्थित थिए। मधेस जागरण अभियान अन्तर्गत युवा संघले एमाले महासचिव इश्वर पोखरेल, नेता शंकर पोखरेललगायत झिकालएर गत बिहीवार रंगेलीमा आयोजना गरेको सभालाई मधेसी मोर्चाले बिथोल्न खोज्दा प्रहरीसँगको ... बाँकी अंश»

मधेसी मोर्चाद्वारा तराईमा तीन दललाइ प्रवेशमा राेक

२०७२ माघ १० आइतबार, काठमाडौं । मधेसी मोर्चाले प्रमुख तीन दलको कार्यक्रममा रोक लगाएका छन्। मोर्चाको स्थानीय नेतृत्वले बारा र पर्सामा कांग्रेस, एमाले र एमाओवादीको कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नदिने निर्णय गरेको हो।   कान्तिपुर दैनिकमा समाचार छ-यसअघि पनि एमाले र कांग्रेसका कार्यक्रम बिथोल्ने, सांसदको घरमा तोडफोड गर्ने र पार्टी कार्यालयमा आगजनी गर्ने जस्ता क्रियाकपाल मोर्चाले गर्दै आएको थियो।   मेर्चाका दुई जिल्लाका अगुवा नेताहरुको बैठकपछि शनिवार जारी ... बाँकी अंश»

सुकुम्बासीबस्तीका टहरामा भेटिए चोरी भएका बहुमूल्य बस्तु

२०७२ माघ ९ शनिबार, काठमाडौं ।प्रहरीले सुरक्षा व्यवस्था जति नै सुदृढ बनाएपनि उपत्यकामा चोरीका घटना नियन्त्रण हुन सकेको छैन। अनेक दाउ र जुक्ति लगाएर सुरक्षाकर्मीलाई छक्याउँदै चोरले चोरी गरिरहेकै छन्।   नयाँ पत्रिका दैनिकमा समाचार छ-चोर्न मात्र होइन चोरिएका सामान थन्काउन पनि अनेक जुक्ति लगाउने गरिएको खेलेको छ। कसैले पत्याउनै नसक्ने गरी राजधानीको एक सुकुम्बासी बस्तीनजिकै रहेको टहरामा लाखौँ रुपैयाँ नगदसहित लाखौँ पर्ने बहुमूल्य धनमाल लुकाएको अवस्थामा प्रहरीले ... बाँकी अंश»

परराष्ट्रले बनाउँदैछ राजदूत नियुक्तिको मापदण्ड

२०७२ माघ ९ शनिबार, काठमाडौं ।सरकारले मुलुकअनुसारको मापदण्ड तय गरेर राजदूत नियुक्त गर्ने भएको छ । एकैपटक करिब दुई दर्जन मुलुकमा राजदूत नियुक्त गर्नुपर्ने भएपछि मापदण्ड बनाइन लागेको हो । जसको गृहकार्य भने राजदूतका दाबेदार रहेका परराष्ट्र मन्त्रालयका सहसचिवले नै गरिरहेका छन् ।   उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले योग्य र सक्षम व्यक्तिलाई मात्र सिफारिस गर्ने बताउँदै आएका छन् । मन्त्रिपरिषदको सल्लाहमा न्यूनतम मापदण्ड निर्माणको तयारी थालिएको हो । ... बाँकी अंश»

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढेकै हाे त ?

२०७२ माघ ९ शनिबार, काठमाडौं। कफी उपभोग गर्ने प्रयोगकर्ताको वृद्धि र अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग उच्च भएपछि केही वर्षयता कफी खेती विस्तार गर्ने क्रम बढेको छ । कम मेहनेतमा राम्रो आम्दानी र सजिलै बेच्न सकिनेभ एपछि पहाडी जिल्लामा किसानले धमाधम कफी खेती विस्तार गरेको छ ।    नागरिक दैनिकमा समाचार  छ -‘पूर्वमा चिया, पश्चिममा कफी’ भन्ने मान्यता तोड्दै पूर्वी जिल्लामा समेत कफी खेती हुन थालेको छ । घरछेउमा एक/दुई बोट कफी लगाएर घरायसी उपभोग गर्दै आएका ... बाँकी अंश»

सबै तहमा लेटरग्रेटिङ लागू होला त ?

२०७२ माघ ९ शनिबार, काठमाडौं । शिक्षा मन्त्रालयले सबै तहको परीक्षामा लेटरग्रेटिङ लागू गर्ने तयारी गरेको छ ।    मन्त्रालयले यो वर्षदेखि एसएलसी परीक्षामा लेटरग्रेटिङ शुरु गरेपछि त्यसलाई निरन्तरता दिन सबै तहमा लेटरग्रेटिङ लागू गर्न लागेको छ ।   शिक्षा मन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले देशभरका सबै विश्वविद्यालय, उच्च मावि र विद्यालय तहमा लेटरग्रेटिङ लागू गर्ने विषयमा छलफल भएको थियो ।    शिक्षा मन्त्रालयका सबै निकाय, देशका ९ वटा विश्वविद्याल ... बाँकी अंश»

थानकोटको डिपोमा मन्त्रीको छड्के

२०७२ माघ ९ शनिबार, काठमाडौं ।थानकोट डिपोमा तीन मन्त्रीले एकै पटक छड्के अनुगमन गरेका छन् । अत्यधिक मौज्दात रहेको उक्त डिपोले इन्धन विवरण नगरेको गुनासो आएपछि शुक्रबार बेलुका गृहमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री विष्णु पौडेल र आपूर्तिमन्त्री गणेशमान पुनले छड्के अनुगमन गरेका हुन् ।   कान्तिपुर दैनिकमा समाचार छ-उक्त डिपोको क्षमता २२ हजार किलोलिटर छ । जसमध्ये पेट्रोलको १८ सय किलोलिटर भण्डारण क्षमता छ । मन्त्री पुनका अनुसार करिव १२ सय किलोलिटर पेट्रोल मौज्जाद छ । उप ... बाँकी अंश»

सिलिन्डर भरी कि आधा ?

२०७२ माघ ९ शनिबार, काठमाडौं ।धेरै उपभोक्ता चुलोमा ग्यास पुर्याउन आधा सिलिन्डर ग्यास उत्पादन गर्ने निर्णयलाई निरन्तरता दिन ठीक कि बेठीक भन्ने विषयमा सरोकारवाला निकायको राय बाझिएको छ । उपभोक्ताको भावनालाई सम्बोधन र्गै सरकारले ठोस निर्णय नलिँदा विवाद बल्झिएको हो ।  नागरिक दैनिकमा खबर छ-भरी सिलिन्डर ग्यास बजारमा लैजान नहुने आयल निगमको निर्देशनलाई अटेर गर्दै उद्योगीले भरी ग्यास नै उत्पाद गर्ने तयारी गरेका छन् । धेरै उपभोक्ताको भान्छामा ग्यास पुर्याउन आधा सिलिन्ड ... बाँकी अंश»

आयल निगमले पेट्रोल ३९ रुपैयाँ ९४ पैसामा किनेर ९९ रुपैयाँमा बेच्दै

२०७२ माघ ९ शनिबार, काठमाडौं । सरकारी स्वामित्वको नेपाल आयल निगम (एनओसी)ले उपभोक्तामाथि खुलेआम बह्मलुट मच्चाउँदै आएको पाइएको छ । एकपछि अर्को गरी दर्जनौ शीर्षकमा खर्च देखाउने र त्यसले पनि नपुगेर सीमावर्ती बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य सस्तो हुन नहुने भन्ने झुटो प्रचारबाजी गरेर निगम र त्यसको उच्च नेतृत्व वर्षौदेखि उपभोक्ता ठग्न तल्लिन देखिएको  छ ।   राजधानी दैनिकमा खबर छ-निगमका कार्यकारी निर्देशक सशील भट्टराईले निगमले परल मूल्यभन्दा पनि भारतीय सीमा ... बाँकी अंश»

अब मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपण

२०७२ माघ ९ शनिबार, काठमाडौं ।मस्तिष्क मृत्यु भएकाहरुको अंगलाई अब बिरामीमा पत्यारोपण गर्न सकिने भएको छ । संसद्ले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध ऐन) २०५५ लाई संशोधन गर्न बनेको विधयेक २०७२ शुक्रबार पारित गरेपछि अब मस्तिष्क मृत्यु भएकाहरुको अंग बिरामीमा प्रत्यारोपण गर्न बाटो खुलेको हो । त्यस्ता व्यक्तिका अंग प्रत्यारोपण गरी विभिन्न रोगबाट ग्रस्त बिरामीलाई बचाउन सकिनेछ ।   कान्तिपुर दैनिकमा खबर छ-राष्ट्रपतिबाट विधयेक प्रमाणीकरण भएपछि संशोधित ऐन क ... बाँकी अंश»

अख्तियार र लोकसेवा प्रमुखले लिएनन् दोहोरो सुविधा

२०७२ माघ ९ शनिबार, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमासिंह कार्की र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली दुबैले पेन्सन लिएका छैनन्।   नयाँ पत्रिका दैनिकमा समाचार छ-उनीहरुले संवैधानिक निकायमा रहँदासम्म पेन्सन नलिने घोषणा यसअघि नै घोषणा गरेका थिए। त्यसअघि कार्कीले पूर्वमूख्य सचिव र मैनालीले पूर्वसचिवका रुपमा पेन्सन लिँदै आइरहेका थिए। लोकसेवाका अध्यक्ष मैनालीले निर्वत्तिभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरलाई पत्र लेखेरै आफूले हाल प ... बाँकी अंश»

नयाँ