पत्रपत्रिकाबाट

संसदमा नाकाबन्दीप्रति आक्रोश

२०७२ असोज २३ शनिबार, काठमाडौं ।  विभिन्न राजनीतिक दलका सांसदले भारतले नेपालमाथि गरेको नाकाबन्दीको विरोध गर्दै तत्काल विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन्। नागरिक दैनिकमा बलराम पाण्डे लेख्छन्–उनीहरुले चीनसँग जोडिएका नाका पनि तत्काल खुलाउने पहल गर्न सुझाव दिएका हुन्। व्यवस्थापिका–संसदको शुक्रबार बसेको बैठकमा बोल्दै उनीहरुले भारतले दुई देशबीचको सम्झौता र अन्तर्राष्ट्रिय कानुनसमेत उल्लंघन गरेको बताएका थिए। कांग्रेसका भरत साहले भारतीय पक्षबाट नेपाली भूम ... बाँकी अंश»

दसैंअघि नीजि सवारीले एक दिन इन्धन पाउने

२०७२ असोज २२ शुक्रबार, काठमाडौं। दसैंअघि निजी सवारी साधनले एक दिन इन्धन पाउने भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।   गृह मन्त्रालय, वाणिज्य, तीनवटै सुरक्षा निकाय, आयल निगम र यातायत व्यवसायीबीच भएको बैठकले निजी सवारीलाई एक दिन इन्धन दिने निर्णय गरेको समाचार आजको कान्तिपुर दैनिकमा छ।   चाडबाड नजिकिएकाले राजधानीबाहिर जान चाहने उपभोक्तालाई एक दिनको लागि तेल दिने निर्णय भएको छ, मन्त्रालयका आपूर्ति व्यवस्सथापन तथा संसथान शाखाका उपसचिव शिवप्रसाद त्रिपाठीले भने । म ... बाँकी अंश»

कोइरालासँग कुरै गर्न चाहँदैनन् मोदी

२०७२ असोज २२ शुक्रबार, काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले छिमेकी भारतद्वारा दुई सातादेखि लगाएको अघोषित नाकाबन्दी हटाउन भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रत्यक्ष संवाद गर्न प्रयास गरिरहे पनि सफल हुन नसकेको कूटनीतिक अधिकारीहरूले बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।   कोइरालाले संविधान जारी भएकै दिनदेखि मोदीसँग टेलिफोन वार्ता गर्न खोजेका थिए । ‘मोदीले नेपालको विषय सुन्नै नचाहेका कारण वार्ता हुन नसकेको हो,’ प्रधानमन्त्री निकाटस्थ अधिकारीले भने, ‘आ ... बाँकी अंश»

नाकाहरुमा झन् कडाइ

२०७२ असोज २२ शुक्रबार, काठमाडौं। भारतीय पक्षले नेपालसँगको प्रमुख भन्सारनाकामा बिहीबार फेरि कडाइ गरेको छ। नेपालमा सामान आयात हुने प्रमुख भन्सारनाका वीरगन्ज, विराटनगर, भैरहवा, नेपालजन्ज र काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ बोकेका गाडी प्रवेश गरेका छैनन् ।   काँकडभिट्टा मेची भन्सार कार्यालयका सूचना अधिकृत दीपेन्द्र झाले दिएको जानकारी अनुसार बिहीबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका पाँचवटा ट्यांकर पानीट्यांकीसहित भारतीय भन्सार आइपुगेका छन् । मेची भन्सारबाट जम् ... बाँकी अंश»

भारतले भन्यो 'नाकाबन्दी तत्काल खुल्दैन'

२०७२ असोज २२ शुक्रबार, काठमाडौं। भारतले नेपालमा जारी नाकाबन्दी तत्काल नखुल्ने सन्देश दिएको छ। नागरिक दैनिकमा समाचार छ।   सीमा क्षेत्रमा जारी आन्दोलनले आवागमनमा अवरोध देखिएको तर कुनै प्रकारको नाकाबन्दी नरहेको जिकिर गर्दै भारतीय विदेश मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्मेलनमा सीमामा शान्ति नहुन्जेल नाका पूर्ववत रुपमा सञ्चालनमा आउन नसक्ने स्पष्ट पारेको हो।   ‘नेपालमा हामी (भारत)ले कुनै प्रकारको अफिसियल वा अनअफिसियल नाकाबन्दी लगाएका छैनौं । विभिन्न नाका ... बाँकी अंश»

भारतसँग तेल सम्झौता खारेज

२०७२ असोज २२ शुक्रबार, काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्न ४० वर्षअघि भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग गरेको सम्झौता बिहीबार खारेज गरेको छ। करिब दुई महिनादेखि जारी मधेस आन्दोलनले नाकामा असुरक्षा निहुँ झिक्दै आइओसीले नियमित आपूर्ति रोकेपछि निगम वैकल्पिक व्यवस्थापननिम्ति यस्तो रणनीति लिन बाध्य भएको हो ।   नेपाल र भारत दुई देशका सरकारी कम्पनीबीच भएको सम्झौता भएकाले निगम आफैंले खारेज गर्न सक्छ । उक्त सम्झौताअनुसार आइओसीले निगमलाई आवश्यक प ... बाँकी अंश»

मुस्लिम मारिएको घटनामा मोदी किन मौन ?

२०७२ असोज २१ बिहिबार, एजेन्सी। गत साता दिल्लीको दादरीमा गाईको मासु खाएको हल्लामा एक मुस्लिमलाई बर्बर ढंगले कुटेर मारियो । के यो घटनाले भारतको राजनीतिक कल्पनाशीलता असफल भएको पुष्टि गर्छ ?   घटना राजधानी दिल्लीबाट करिब ५० किलोमिटर टाढा थियो । फलामको काम गर्ने ५० वर्षीय मोहम्मद अखलाकलाई भीडले कुटेर मार्यो । घटनामा उनका छोरा दानीश गम्भीर घाइते भए । अखलाकका अर्का छोरा भारतीय वायुसेनामा प्राविधिकका रुपमा कार्यरत छन्। हमलाको वेला गाउँमा नभएका कारण उनी बचे ।   घटना भए ... बाँकी अंश»

कानुन फेरेरै ‘अपराधी’ छाड्ने तयारी

२०७२ असोज २१ बिहिबार, काठमाडौं। संविधानसभाबाट संविधान जारी भएको अवसरमा सरकारले कानुन फेरेरै विभिन्न अपराधमा जेल थुनिएका अपराधी छाड्ने तयारी गरेको छ । अपराधको प्रकृतिअनुरुप ज्यानसम्बन्धी मुद्दामा समेत माफी दिन सकिने गरी कानुन संशोधनको तयारी गरिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।   सरकारले ठूलो परिमाणमा कैदी छाड्ने प्रयोजनका लागि महान्यायाधिवक्ता कार्यालयको रायअनुरुप अपराधमा माफी दिने तयारी गरेको हो । उक्त कार्यालयले कानुनमा केके संशोधन गर्ने भनेर प्र ... बाँकी अंश»

इन्धन अभाव भएपछि भोलिबाट स्कुल बन्द

२०७२ असोज २१ बिहिबार, काठमाडौं। उपत्यकाका विद्यालयले शुक्रबारदेखि विदा दिने तयारी गरेका छन् । नागरिक दैनिकमा समाचार छ ।   निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन प्याब्सनका महासचिव डिके ढुंगानाले निजी विद्यालयको ६० प्रतितश बस इन्धन अभावका कारण थन्किसकेको बताउँदै दसैं अगावै स्कुल विदा दिने तयारीमा आफूहरु रहेको बताए ।   उनका अनुसार अहिले दोस्रो तैमासिक परीक्षा संचालन भइरहेको छ । ... बाँकी अंश»

चीनले नयाँ राजदूत पठाउने

२०७२ असोज २१ बिहिबार, हङकङ। अमेरिकी र बेलायती राजदूत फेरिए लगत्तै चीनले पनि नेपालमा नयाँ राजदूत पठाउने प्रक्रिया अगाडि बढाएको छ। नेपालमा नयाँ सरकार बने लगत्तै ऊ चुन्ताईलाई फिर्ता गरी नयाँ राजदूत पठाउने तयारी विदेश मन्त्रालयमा भइरहेको हो। नागरिक दैनिकमा समाचार छ ।   नयाँ राजदूतको नाम टुङ्गो लागिसकेको छैन तर दक्षिण एसिया मामिलामा अनुभवी कुटनीतिज्ञलाई काठमाडौँ पठाइने सम्भावना बढी रहेको बेइजिङस्थित स्रोतले जनायो। वर्तमान राजदूत चुन्ताई नेपालमा नयाँ सरकार गठन भए ... बाँकी अंश»

उपलब्धि निकै टाढा - भारत

२०७२ असोज २१ बिहिबार, काठमाडौ। नेपालमा आफ्नो हक-अधिकार प्राप्तीका लागि आन्दोलनरत रहेको मधेसी/थारु समुदायका मागहरुलाई सम्वोधन गर्नेतर्फ सकारात्मक माहोल बन्दै गए पनि 'उपलब्धी हात नपरिन्जेलको विद्यमान परिस्थितिलाई भारतले नजिकबाट नियालिरहेको' मूल्यांकन जानकारीमा आएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।   दुई सातायता नेपाल-भारत ब्यापार नाकामा लागेको नाकाबन्दी र ५० दिनदेखि जारी रहेको मधेस आन्दोलनको पृष्ठभूमिमा भारत नेपालको समस्याग्रस्त राजनीतिक मामला सुल्झने पक ... बाँकी अंश»

प्रधानमन्त्री छाड्नुअघि कोइरालाले के भने ओलीलाई

२०७२ असोज २१ बिहिबार, काठमाडौँ। प्रधानमन्त्री सुशील कोइरालाले विगतकै सहमतिअनुसार आफू अघि बढ्ने भन्दै एमाले अध्यक्ष केपी ओलीलाई आश्वस्त पारेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।   कांग्रेस केन्द्रीय समिति बैठक बस्नुअघि कोइरालाको धारणा बुझ्न ओली बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यहाँ उनले भावी सरकारको विषयमा कुराकानी गरेका थिए ।    एक मन्त्रीले पार्टीभित्र समस्या रहेकाले प्रधानमन्त्रीले खुलेर कुरा बाहिर नल्याएको दाबी गरे । ‘सुरुमै पोज ... बाँकी अंश»

घटस्थापनादेखि नै दसैंबिदा

२०७२ असोज २१ बिहिबार, काठमाडौं। नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाई सरकारले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने तयारी गरेको छ । निर्णयले सरकारी अड्डा लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०) बन्द हुनेछन् ।   आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले लैजाने संबद्ध स्रोतले बतायो । ‘प्रधानमन्त्रीसमेत भएको उच्चस्तरीय छलफलमा सहमति भई प्रस्ताव ल्याउन गृहलाई भनिएअनुसार प्रस्त ... बाँकी अंश»

प्रधानमन्त्रीमा देउवाको दाबी

२०७२ असोज २१ बिहिबार, काठमाडौं। नेपाली कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउन पार्टी सभापति सुशील कोइरालालाई दबाब दिने तयारी गरेको छ।   देउवानिकट नेताहरुले बुधबार साँझ भएको बैठकले संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अघि बढे उपसभापति पौडेललाई उछिन्ने निष्कर्ष निकालेको हो।   केन्द्रीय समितिबाट आफूलाई पुनः अनुमोदन गराएर कोइराला आफैं प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीको रहेको देउवानिकट नेताहरुको बुझ ... बाँकी अंश»

एक अर्बका हतियार किन्ने वामदेवको योजना विफल

२०७२ असोज २१ बिहिबार, काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ) लाई १ अर्ब रुपैयाँ बराबरका हातहतियार–गोलीगठ्ठा टेन्डर प्रक्रियाबाट खरिद गर्ने उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रयास विफल बनेको छ । दुवै प्रहरी संगठनका लागि अन्तर्राष्ट्रिय बोलकबोल (ग्लोबल टेन्डर)बाट सुरक्षा सामग्री खरिद गर्ने गृहमन्त्री गौतमको प्रयास नेपाल प्रहरीले असहमति जनाएपछि सफल हुन नसकेको हो ।   प्रहरीले इजरायल, रुस, बेल्जियमलगायत मुलुकबाट खरिद प्रक्रिया अघि बढाउने तयारी ... बाँकी अंश»

नयाँ