पत्रपत्रिकाबाट

तीन वर्ष भयो भूकम्पको, २ लाख ३७ हजार गुनासा

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं । भूकम्पप्रभावित बस्ती अवलोकन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल नयाँ वर्षको छेकोमा काभ्रे बल्थली पुगे । घरको भग्नावशेषअघि उभिएर स्थानीय रीता हुमागाईं भन्दै थिइन्, ‘मेरो घर भत्किएको छ । तर, म किन छुटेँ ? ’ निर्देशक भुसालले उनको फोटो खिच्दै अनुदान रकम पाउने आश्वासन दिए । ... बाँकी अंश»

मनोज पुनको अपराधलाई माओवादी र एमालेका नेताको साथ, खुल्दै अरु रहस्य पनि 

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । ... बाँकी अंश»

प्रदेश सुरक्षाको विजोग, केन्द्रको सुरक्षामा प्रदेशका गृहमन्त्री

२०७५ बैशाख ५ बुधबार, काठमाडौँ । आन्तरिक मामिला मन्त्रालयका नाममा प्रदेशमा ‘गृह मन्त्रालय’ छन्, तर उनीहरूसँग आफ्ना हवल्दार र सिपाही पनि छैनन् ... बाँकी अंश»

पुतली बगैँचाबाट सेना हट्ने, २ वर्षभित्र संघीय संसद्को आफ्नै भवन

२०७५ बैशाख ५ बुधबार, काठमाडौँ । सरकारले २ वर्षमा संघीय संसद् भवन बनाउने तयारी थालेको छ । सिंहदरबारस्थित पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफल जग्गामा सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले संघीय संसद् भवन कम्प्लेक्स बनाउने कार्ययोजना बनाएको हो । ... बाँकी अंश»

अदालतमा नक्कली फैसलाको बिगबिगी

२०७५ बैशाख ५ बुधबार, काठमाडौं । डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन् । ... बाँकी अंश»

आयल निगम घोटालाः सबा दुई अर्बको कारोबार भ्याट–पान बिना 

२०७५ बैशाख ५ बुधबार, काठमाडौं । नेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ । जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) वा स्थायी लेखा नम्बर (पान) भएको व्यक्ति वा संस्थासंगमात्र कारोबार गर्नुपर्ने नियम छ। ... बाँकी अंश»

 चिनियाँ जहाज छ वटै आए, तर चलेनन्

२०७५ बैशाख ५ बुधबार, काठमाडौँ । नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन् । ... बाँकी अंश»

ओलीको कार्यशैलीप्रति प्रचण्डको प्रश्न

२०७५ बैशाख ५ बुधबार, काठमाडौँ । एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति प्रचण्डले असन्तुष्टि पोखेका छन् । एकतापछि दुवै अध्यक्ष भनिए पनि ओलीले ‘सेरेमोनियल’ बनाउन सक्नेप्रति प्रचण्डले आशंका गरेका थिए ।  ... बाँकी अंश»

निकालियो सर्वोच्चबाट ‘श्रीयन्त्र’ 

२०७५ बैशाख ४ मंगलबार, काठमाडौं । सर्वोच्च अदालतबाट ‘श्रीयन्त्र’ झिकिएको छ। धार्मिक र तान्त्रिक महत्व रहेको ‘श्रीयन्त्र’ लाई सोमबार निकालिएको हो। ... बाँकी अंश»

किन बनेन गोपाल पराजुलीको पेन्सनपट्टा ?

२०७५ बैशाख ४ मंगलबार, काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश मितिमा विवाद हुँदा पेन्सन पट्टा बन्न सकेको छैन। दुईवटा जन्ममितिमा विवाद देखिएपछि उनको अवकास मिति दुईवटा हुँदा पेन्सन पट्टा तयार पार्ने निजामती किताबखाना अलमलमा देखिएको हो। ... बाँकी अंश»

ओलीबाट धोका भयो, नेपालकै कारण भारु साटिएन

२०७५ बैशाख ४ मंगलबार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँच सय र एक हजारका नोट सटहीको विषयलाई नेपाली पक्षले नै औपचारिक रुपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरुमा रहेको रकम यत्तिकै थन्किएको छ । ... बाँकी अंश»

फोरमबाट कांग्रेसमा आएकाहरुको यस्तो असन्तुष्टि

२०७५ बैशाख ४ मंगलबार, काठमाडौं । लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय स्थानीय नेता अन्य दलमा प्रवेशसमेत गर्न थालेका छन् । ... बाँकी अंश»

आयल निगम जग्गा खरिदः १ अर्ब ३४ करोड नोक्सानी

२०७५ बैशाख ४ मंगलबार, काठमाडौँ । नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितताका कारण कम्तीमा एक अर्ब ३४ करोड रुपैयाँ राज्यकोषमा नोक्सानी भएको एक सरकारी तथ्यांकबाट देखिएको छ । जग्गा प्राप्ति ऐनअनुसार सरकारी दररेटमा जग्गा खरिद गर्नुपर्नेमा पटक–पटक बिचौलिया प्रयोग गरेर टेन्डरबाट जग्गा खरिद भएकाले राज्यकोषमा ठूलो नोक्सानी भएको हो । ... बाँकी अंश»

कार्यकर्तालाई साइकल किनेर बाँडे सांसदले 

२०७५ बैशाख ४ मंगलबार, काठमाडौँ । सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्नेदेखि योग शिविर चलाउनेसम्मका काममा बजेट खर्च गरेका छन् । सभा, सम्मेलन र गोष्ठीमा समेत बजेट खर्च गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । ... बाँकी अंश»

अपांगता भएकाले पढ्न नपाउने ? 

२०७५ बैशाख ३ सोमबार, काठमाडौं। प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उचच् अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस बर्षको भर्ना अभियान सुरु गरे। शिक्षा कार्यालय मुगुले १६ बालबालिका नौ छात्र र सात छात्रा लाई भना गराउन राताताल किनारमा भेला पारेको थियो।  ... बाँकी अंश»

सगरमाथाको राजस्वमा एनजीओको हालीमुहाली !

२०७५ बैशाख ३ सोमबार, काठमाडौं। पर्यटन विभागले हिमाल आरोहीले गर्ने फोहोरको नियमसम्बन्धी अधिकार गैरकानुनी रुपमा एक गैरसरकारी संस्था एनजीओलाई दिईरहेको खुलासा भएको छ। सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम एनजीओलाई विनाप्रतिस्पर्धा पर्यटन फिर्ता गर्ने अधिकार दिएको छ। ... बाँकी अंश»

एमाले–माओवादी एकता: वैशाख ९ मा एकता हुनेमा आशंका

२०७५ बैशाख ३ सोमबार, काठमाडौं।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आउँदो ९ गते पार्टी एकता हुनेमा आशंका बढेको छ। पार्टी एकताका लागि वैचारिक र सैद्धान्तिक विषयमा मोटामोटी सहमति भए पनि सांगठानिक विषयमा सहमति जुट्न नसक्दा एकताको मिति लम्बिने भएको हो। ... बाँकी अंश»

चीनसँगका सम्झौताः कहाँ पुग्यो कार्यान्वयन ?

२०७५ बैशाख ३ सोमबार, काठमाडौं। उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन । विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन् । यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा निस्कँदै छन्।  ... बाँकी अंश»

प्रचण्डलाई आफ्नैको दबाब

२०७५ बैशाख ३ सोमबार, काठमाडौं। भोटेकोसी किनारको ‘सुकुटे बीच’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सम्बन्ध अनौठो छ। राजनीतिक तनाव भयो कि, दाहाल ‘रिफ्रेस’ हुन हरेक पटक सुकुटे पुग्ने गर्छन्। यसपटक पनि दाहाल तनाव साम्य पार्न आइतबार सुकुटे पुगेका छन्। ... बाँकी अंश»

पण्डित श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग

२०७५ बैशाख ३ सोमबार, विराटनगर। पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ। प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ। ... बाँकी अंश»

नयाँ