पत्रपत्रिकाबाट

प्रदेशमा डीआईजी प्रमुख 

२०७५ बैशाख २ आइतबार, काठमाडौं । प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ । ... बाँकी अंश»

शिक्षाका नाममा ठगी, वार्षिक शुल्कबाटै आठ अर्ब

२०७५ बैशाख २ आइतबार, काठमाडौं । निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन्। निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांकअनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन्।  ... बाँकी अंश»

अर्बौंको अनियमितता भइरहेछ स्थानीय तहमा 

२०७५ बैशाख २ आइतबार, काठमाडौं । रामेछापको दोरम्बा, बाजुराको गौमुख गाउँपालिका, भरतपुर महानगरपालिकालगायत स्थानीय तहले बिल भरपाईबिनै २२ करोड ८२ लाख रुपैयाँ मनपरी ढंगले भुक्तानी गरेका छन्। यी तहका पदाधिकारीले आर्थिक प्रशासन नियमावलीको धज्जी उडाउँदै विभिन्न व्यक्ति, फर्मलाई रकम निकासा दिएका हुन्। ... बाँकी अंश»

‘जनसत्ता’ को किचलो सरकारभित्रै

२०७५ बैशाख २ आइतबार, काठमाडौं । माओवादीले द्वन्द्वकालीन समयमा खडा गरेको ‘जनसत्ता’ ले गरेका कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ। कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अहिले जनसत्ताले गरेका जग्गासम्बन्धी लिखतलाई लिएर विवाद चर्किएको हो।  ... बाँकी अंश»

बुद्धको जन्मस्थान भारत भनेर खुलेआम भ्रामक प्रचार

२०७५ बैशाख २ आइतबार, काठमाडौं । बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ । म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ, ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया ।’ ... बाँकी अंश»

ओलीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री चीन यात्रामा

२०७५ बैशाख २ आइतबार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार (३ वैशाख)मा बेइजिङ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे तयारी गर्न उनी चीन जान लागेका छन् ।  ... बाँकी अंश»

घरेलु काममा खटाइएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

२०७५ बैशाख १ शनिबार, काठमाडौं। गृह मन्त्रालयले घरेलु कामदारका रूपमा खटाएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ। ... बाँकी अंश»

अझै टुंगिएन १९५० को सन्धिको विवाद

२०७५ बैशाख १ शनिबार, काठमाडौं। नेपाल र भारतबीच भएका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को आठौँ बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय टुंगिएन। दिल्लीस्थित इपिजी सचिवालय रहेको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए)मा बिहीबार र शुक्रबार करिब आठ घन्टा छलफल भएको थियो। ... बाँकी अंश»

३३ केजी सुनले लियो तीनको ज्यान

२०७५ बैशाख १ शनिबार, काठमाडौं। तस्करीको साढे ३३ केजी सुन काण्डमा तीनको ज्यान गएको छ। एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन्। मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको एक महिनापछि अन्य दुईले आत्महत्या गरेका हुन् । तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेका प्रेमलाल चौधरीले शुक्रबार आत्महत्या गरे। ... बाँकी अंश»

थप सकसमा देउवा

२०७५ बैशाख १ शनिबार, काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीका पदाधिकारी मनोनयन गर्न सकस परेको छ। तत्कालीन सभापति सुशील कोइरालालाई निर्णय क्षमता नभएको आरोप लगाउँदै पार्टी नेतृत्वमा पुगेका देउवाले सभापति भएको दुई वर्ष एक महिना बित्दा पनि पदाधिकारी मनोनयन गर्न सकेका छैनन्। तत्कालीन सभापति कोइरालाले दुई महिनाभित्रै पदाधिकारी मनोनयन गरे पनि विवादका कारण ६ महिनापछि मात्र अनुमोदन भएको थियो ... बाँकी अंश»

सरकारी कर्मचारीले आफ्ना सन्तानलाई नीजि विद्यालयमा पढाउन नपाउने

२०७५ बैशाख १ शनिबार, बाजुरा। बाजुराको बडिमालिका नगरपालिकाले सरकारी सेवामा कार्यरत सबै कर्मचारीले अनिवार्यरुपमा आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने कानुन बनाएको छ। यसै शैक्षिक सत्रबाट लागु हुने गरी नगरपालिकाको दोस्रो नगरसभाले कानुन बनाएर सो बाध्यात्मक निर्णय गरेको हो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ... बाँकी अंश»

भारतमा आईपीएल, करोडौंको बाजी नेपालमा

२०७५ बैशाख १ शनिबार, वीरगन्ज। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगन्जमा त्यसैका नाममा करोडौँको जुवा चलिरहेको छ। ... बाँकी अंश»

किन बन्यो सर्वसाधारणलाई शिक्षा भार ?

२०७४ चैत ३० शुक्रबार, काठमाडौँ । नयाँ शैक्षिक सत्रमा सर्वसाधारण विद्यार्थीका निम्ति भर्ना–प्रक्रिया सहज हुनुपर्ने अभिभावकले बताएका छन् । सरकारले विद्यार्थी भर्ना अभियान घोषणा गरेसँगै उनीहरूले प्रत्येकका हातमा पाठ्यपुस्तक, कापी, कलम, पोसाक, झोलालगायत न्यूनतम आवश्यकता सम्बोधन हुनुपर्नेमा जोड दिएका छन् । ... बाँकी अंश»

आयल निगम जग्गा खरिद प्रकरणमा ६१ करोड राजस्व छली

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिब सबा ६१ करोड रुपैयाँ राजस्व छली गरेको र १७ गुणा महँगो मूल्य तिरेर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। ... बाँकी अंश»

१९५० को सन्धिसहित सबै विवादित विषय टुंग्याउने तयारी

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह इपिजीको आठौँ बैठक दिल्लीमा सुरु भएको छ । ... बाँकी अंश»

मन्त्रीको हालिमुहालीमा ब्रेक, सचिव सरुवा गर्न नपाइने 

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । अब मन्त्रीले समूह र विज्ञता नमिले पनि आफूलाई मन लागे जुनसुकै निकायको सचिव टिपेर लैजाने र मन नपरे सरुवा गरिहाल्ने परम्परा बन्द हुने भएको छ। ... बाँकी अंश»

खुँजेली वाणिज्य बैंकमा पहिलो महिला सिइओ

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । अनुपमा खुँजेली मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त भएकी छिन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २ वैशाखदेखि लागू हुने गरी खुँजेलीलाई सिइओ नियुक्त गरेको हो । क वर्गको वाणिज्य बैंककी सिइओ नियुक्त हुने खुँजेली पहिलो महिला हुन् । ... बाँकी अंश»

अदालतमा भ्रष्टाचारः तीन तलाको भवनमा सात तलाको लिफ्ट, गाडी खोस्न निर्देशन

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । ... बाँकी अंश»

सरकारको नीति तथा कार्यक्रम यस्तो बन्दै छ 

२०७४ चैत २८ बुधबार, काठमाडौं । विकासमा फड्को मार्ने र ठूला आयोजना कार्यान्वयनका लागि शक्तिशाली विकास आयोजना प्राधिकरण गठन प्रस्तावसहित वाम गठबन्धन सरकारले नीति तथा कार्यक्रमसहित अनुमानित बजेट निर्धारण गरेको छ। ... बाँकी अंश»

निर्वाचनमा चरम भ्रष्टाचारः एकजनालाई एक छाकमा ३,८०० को खाजा, अरु के के ?

२०७४ चैत २८ बुधबार, काठमाडौँ । बिहीबार राष्ट्रपतिलाई बुझाउन तयार महालेखा परीक्षकको प्रतिवेदन भन्छ– निर्वाचन आयोगमा चरम अनियमितता छ । ... बाँकी अंश»

नयाँ