पत्रपत्रिकाबाट

चालु आर्थिक वर्षमा २१४ मेगावाट बिजुली 

२०७४ चैत २८ बुधबार, काठमाडौं । चालू आर्थिक वर्षको अन्त्यसम्ममा निजी र सार्वजनिक गरी कुल २१४.२८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ। निर्माणको अन्तिम चरणमा आइपुगेका कुल २२ वटा आयोजनामध्ये हालसम्म ९२.५३ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा आबद्ध भइसकेको छ। ... बाँकी अंश»

‘दक्षिण एसियाली सरकार आयोगलाई टेर्दैनन्’, किन ?

२०७४ चैत २८ बुधबार, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको भूमिका र त्यसका उपलब्धिबारे अध्यक्ष अनुपराज शर्मा बोलिरहेका थिए । ‘कार्यादेशको हिसाबले नेपालको मानव अधिकार आयोग एक शक्तिशाली संवैधानिक अंग हो,’ उनले भने, ‘यसले अदालतले झैं दोषीहरूसँग बयान लिने र प्रहरीले झैं बिना जानकारी नै संदिग्धको घरमा खानलासी लिन सक्छ ।’ ... बाँकी अंश»

आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा

२०७४ चैत २८ बुधबार, काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार खरेलले दिएको संक्षिप्त प्रतिक्रिया– ... बाँकी अंश»

महन्थ ठाकुर र महेन्द्र यादव किन पुगे दिल्ली ? 

२०७४ चैत २८ बुधबार, नयाँ दिल्ली । राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादव दिल्ली आइपुगेका हुन् । ... बाँकी अंश»

फोरम र राजपा कहिले जान्छन् सरकारमा ? यी हुन् अड्चन

२०७४ चैत २७ मंगलबार, काठमाडौँ । १ प्रधानमन्त्रीको समस्या । संविधानतः २५ जना मात्रै मन्त्री हुन्छन् । ओली मन्त्रिपरिषद्मा अहिले २२ जना सदस्य छन् । अब तीनजनालाई मात्रै मन्त्री बनाउन सकिन्छ । त्यस्तै, सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी दुईवटा मन्त्रालय मात्र बाँकी छन् । ... बाँकी अंश»

बदमासी कसको ? व्यवसायीको दवावमा हुन सकेन ऐन संशोधन

२०७४ चैत २७ मंगलबार, काठमाडौं । व्यवसायीहरुले वैदेशिक रोजगार ऐन संशोधन नगर्न दवाव दिएपछि ऐनको मस्यौदा कानुन मन्त्रालयबाट पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै फिर्ता भएको छ। २०६४ मा तयार गरिएको उक्त ऐन कामदारमुखी नभएको भन्दै संशोधनका लागि मस्यौदा तयार हुँदै आए पनि कहिले श्रमको कानुन शाखामा त कहिले कानुन मन्त्रालयमा घुम्ने गरेको छ। ... बाँकी अंश»

एसियाकै सबैभन्दा ठूलो र राम्रो भवन सिंहदरबार भत्काउन चलखेल

२०७४ चैत २७ मंगलबार, काठमाडौँ । एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्त्वको सिंहदरबार भत्काउन फेरि चलखेल सुरु भएको छ । भूकम्पले पश्चिमतिरको भागमा क्षति पुर्‍याएको सिंहदरबार भत्काउने या नभत्काउने दुवै पक्षमा ‘लबिइङ’ हुँदै आएको छ ।  ... बाँकी अंश»

असारे विकास सुरु, हतारमा अर्बौं खर्चिंदै

२०७४ चैत २७ मंगलबार, काठमाडौं । करोडौं बजेटका सरकारी आयोजनाले बजेट हतारमा सकाउन ‘असारे विकास’ को रिहर्सल सुरु गरेका छन्। देशभर विभिन्न मन्त्रालयअन्तर्गतका सिँचाइ, सडक, पुल, खानेपानी, मर्मत सम्भारलगायत निर्माण कार्य हतार–हतार सुरु गर्न गृहकार्य थालिएको छ। ... बाँकी अंश»

यातायात व्यवसायीको आन्दोलन गर्ने धम्की

२०७४ चैत २७ मंगलबार, काठमाडौं । सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ। महासंघको सोमबार बसेको केन्द्रीय परिषद् बैठकले सरकारले एकलौटी निर्णय गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ। ... बाँकी अंश»

भूमाफियाले अख्तियारको निर्णय नै किर्ते गरेपछि

२०७४ चैत २७ मंगलबार, काठमाडौं  । भूमाफिया र बिचौलियाको मिलेमतोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नक्कली निर्णय र चिठी तयार भएको तथ्य फेला परेको छ। गोप्य रूपमा तयार पारिएका त्यस्ता नक्कली लेटरप्याड, छाप र हस्ताक्षरसहितका निर्णय र चिठी कब्जामा लिएर अख्तियारले प्रहरीको जिम्मा लगाएपछि बिचौलिया गिरोहको रहस्य खुलेको हो। ... बाँकी अंश»

ओली सरकार पाँच वर्षको, भारतीय रेल काठमाडौं आउन कम्तीमा ६ वर्ष 

२०७४ चैत २६ सोमबार, काठमाडौं । नेपाल–भारतबीच रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण सम्पन्न गर्न पूर्वतयारीसमेत न्यूनतम ६ वर्ष लाग्ने भएको छ । ... बाँकी अंश»

नेपालमा यसरी जोडिन्छ जलमार्ग

२०७४ चैत २६ सोमबार, काठमाडौं । नेपाल र भारतबीच जलमार्ग बनाउने विषय नयाँ होइन । सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालले नेपाल भ्रमण गर्दा यस विषयमा छलफल भएको र अध्ययन गर्ने भनेर संयुक्त विज्ञप्तिमा उल्लेख भएको जानकारहरू बताउँछन् । ... बाँकी अंश»

असफल भर्ना महाअभियानः ३ लाख बालबालिका स्कुलबाहिरै

२०७४ चैत २६ सोमबार, काठमाडौँ । सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आएको छ । यस वर्ष त विद्यार्थी भर्नाको ‘महाअभियान’ नै चलाइँदै छ । ... बाँकी अंश»

दुई तिहाइको प्रावधानले यस्तो देखियो अन्योल

२०७४ चैत २६ सोमबार, काठमाडौं । संवैधानिक अंगका पदाधिकारीलाई महाभियोग, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र संकटकाल अनुमोदन तथा संविधान संशोधन गर्न संघीय संसद्को दुई तिहाइ बहुमत आवश्यक पर्ने संवैधानिक व्यवस्था रहे पनि त्यससम्बन्धी निर्णय दुवै सदनको अलग अलग बैठकबाट गर्ने कि संयुक्त बैठकले गर्ने भन्नेमा अलमल देखिएको छ। ... बाँकी अंश»

जब जर्मन दम्पती मौलिक पर्व भीमरथारोहण (जंको) मा सहभागी भए

२०७४ चैत २६ सोमबार, भक्तपुर । विदेशी पर्यटक नेपाल आएर फागु खेलेको, जात्रामा रमाएको, भाइटीका लगाएको अधिकांश नेपालीले देख्दै आएका हुन् । आइतबार भने पहिलोपटक भक्तपुरबासीले नेवार समुदायको मौलिक पर्व भीमरथारोहण (जंको) मा सहभागी भएर विदेशी पर्यटक रमाएको देख्न पाएका छन्। ... बाँकी अंश»

विमानस्थलमा रनवे ‘टालटुल’का लागि साढे आठ करोड ?

२०७४ चैत २६ सोमबार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन गरेको छ। ... बाँकी अंश»

पाइलटको हाहाकार, विदेशबाट ल्याएर काम चलाइँदै

२०७४ चैत २५ आइतबार, काठमाडौँ । नेपाल वायुसेवा निगमले आगामी असारमा ल्याउन लागेको एयरबसको वाइड बडी विमानको उडान भर्न क्याप्टेन र कोपाइलटसहित कम्तीमा ३२ जना पाइलट आवश्यक पर्छ । यो जनशक्ति नेपालसँग छैन । ... बाँकी अंश»

यसरी आउने भयो नेपालमा पानीजहाज 

२०७४ चैत २५ आइतबार, काठमाडौं । नेपालका गण्डकी, कोसी र कर्णाली नदीबाट पानीजहाज चलाउन सकिने सम्भावना देखिएको छ। भारत र नेपालबीच शनिबार भएको इनल्यान्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटीको सम्झौताअनुसार यी तीन वटै नदी भारतको गंगामा गएर मिसिने भएकाले यिनै नदीमा जहाज चलाउन सकिन्छ। ... बाँकी अंश»

अनियमितता टेन्डर कहिले पुनरावलोकन समितिमा, कहिले सर्वोच्चमा

२०७४ चैत २५ आइतबार, काठमाडौं । सार्वजनिक खरिद पुनरवलोकन समितिले केही समयअघि परराष्ट्र मन्त्रालयको हवाई टिकट खरिद सम्झौताअन्तर्गत ९ करोड रुपैयाँको टेन्डर प्रक्रियामा अनियमितता भएको ठहर गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको छ। ... बाँकी अंश»

यसरी काठमाडौंमा भेटिँदै चिनियाँ र भारतीय रेल

२०७४ चैत २५ आइतबार, काठमाडौं । पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ। काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ। ... बाँकी अंश»

नयाँ