निर्वाचन

मतदाता भन्छन् – ‘हाम्रा नभनी राम्रालाई मतदान गरौँ’

२०७४ जेठ २९ सोमबार, रामपुर । आसन्न असार १४ को स्थानीय निकायको निर्वाचनमा मतदाता आफै हाम्रालाई होइन, राम्रालाई मतदान गर्न चुनावी प्रचारप्रसार गर्न थालेका छन् । ... बाँकी अंश»

चुनाव आइसक्यो, मतदान अधिकृतलाई अभिमुखीकरण तालिम

२०७४ जेठ २९ सोमबार, इलाम । स्थानीय निकायको निर्वाचनमा खटिएका मतदान तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण तालिम आइतबारदेखि इलाममा सुरू भएको छ । ... बाँकी अंश»

निर्वाचन आयोगका प्रमुख आयुक्तलाई कालोझण्डा, आयोगद्वारा खेद प्रकट

२०७४ जेठ २९ सोमबार, काठमाडौँ । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राजविराजमा नाराबाजी गरेको तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र कार्य गरिएकोेमा खेद व्यक्त गरेको छ । ... बाँकी अंश»

निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैन : अध्यक्ष ओली

२०७४ जेठ २८ आइतबार, नेपालगन्ज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताएका छन् । एमालेले बाँके जिल्लाका लागि चयन गरेको उम्मेदवारी घोषणासभालाई आइतबार सम्बोधन गर्दै ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि आफ्नो दल पहिलो हुने दाबी गरे। ... बाँकी अंश»

विराटनगर महानगरको मेयरमा एमालेले पत्याएका विनोद ढकाल को हुन् ?

२०७४ जेठ २८ आइतबार, विराटनगर । राजनीतिक तथा औद्योगिक नगरीको रुपमा परिचित विराटनगर महानगरपालिकामा नेकपा एमालेले जिल्ला अध्यक्ष विनोद ढकाललाई मेयरमा उठाउने निर्णय गरेसँगै उनको चर्चा चुलिएको छ । राष्ट्रिय सञ्चार माध्यमदेखि स्थानीय सञ्चार माध्यम सम्म उनको चर्चा छाएको छ । पहिलो चरणको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेले उठाएको उम्मेदवार भएकोले पनि उनको बारेमा धेरैले जिज्ञाशा राखिरहेका हुन्छन् । वि.सं. २०२५ साल चैत्रमा भोजपुरको याङपाङमा जन्मिएका ढकाल वि.स.२०४१ सालदेखि विराटनगरको राजनीतिमा सक्रिय छन् । स्थानीय शारदा माविबाट एसएलसी उत्तीर्ण गरी विराटनगर आएका ढकालले वीएलसम्मको अध्ययन गरेका छन् ।  ... बाँकी अंश»

कडा आन्दोलनमा गठबन्धन : असार १४ को चुनाव विथोल्न १० गतेबाटै आमहड्ताल

२०७४ जेठ २८ आइतबार, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालसहितको संघीय गठबन्धनले असार १४ गतेको स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई विथोल्ने गरी अनिश्चितकालीन आमहड्तालसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ... बाँकी अंश»

नेपालको चुनावलाई लिएर भारतीय नेताहरु खुशी

२०७४ जेठ २८ आइतबार, काठमाडौं। भारतीय नेताहरुले नेपाल–भारत सम्बन्ध समुधुर भएर अघि बढेको र आगामी दिनमा पनि द्धिपक्षीय सम्बन्ध थप मजबुद भएको हेर्न चाहेको बताएका छन् । उनीहरुले नेपालमा हुन गैरहेको चुनावलाई लिएर खुशी प्रकट गरेका छन् । ... बाँकी अंश»

पद्मसुन्दर र भिष्मराजको पाँचथरमा काँग्रेसबाट को–को उठ्दै छन् ?

२०७४ जेठ २८ आइतबार, काठमाडौं । सत्ताधारी काँग्रेसले पाँचथरका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि पाँचथर काँग्रेसले उम्मेदवारको टुंगो लगाएको हो । ... बाँकी अंश»

भरतपुर काण्ड सर्वोच्चको सुनुवाई प्राथमिकतामा परेन, रिटको पेशी सर्‍यो

२०७४ जेठ २८ आइतबार, काठमाडौं । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटको सुनुवाई सरेको छ । मत गणनाका क्रममा मतपत्र च्यातिएपछि आयोगले पुनः मतदान गर्न मिति तोक्न निर्वाचन अधिकृतलाई दिएको निर्देशनविरुद्ध परेको रिटको सुनुवाई आइतबारका लागि तोकिएको थियो । ... बाँकी अंश»

दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा

२०७४ जेठ २८ आइतबार, इटहरी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । ... बाँकी अंश»

आचारसंहिता बिपरित सिरहामा उम्मेदवारको प्रचार–प्रसार गर्दै शिक्षक

२०७४ जेठ २८ आइतबार, लहान । स्थानीय तह निर्वाचन आचारसंहितामा उल्लेख छ, ‘नेपाल सरकारको मन्त्री वा सार्वजनिक पद धारण गरेको व्यक्तिले कुनै उम्मेदवार वा राजनीति दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्नु हुदैन ।’ तर, सिरहामा शिक्षकहरु आचारसंहितालाई धज्जी उडाउँदै उम्मेदवारको प्रचार–प्रसारमा हिडेका छन् । ... बाँकी अंश»

बैतडीमा ४ सय ६४ जनप्रतिनिधि निर्वाचित हुने

२०७४ जेठ २८ आइतबार, बैतडी । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित हुने छ । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी कुल १० स्थानीय तह रहेको छ । तीमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । ... बाँकी अंश»

नेपाली काँग्रेस बाँकेले लगायो उम्मेदवारको टुङ्गो, नेपालगन्ज उपमहानगरको प्रमुखमा डा. कनोडिया

२०७४ जेठ २८ आइतबार, बाँके । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति किरण कोइरालाले बताए । ... बाँकी अंश»

मतदाता शिक्षा गाँउमा नपुग्दा सर्वसाधारणमा चिन्ता

२०७४ जेठ २८ आइतबार, मोरङ । मोरङको रंगेली नगरपालिका–६ नया टोल की सुमित्रादेवी मण्डलले असार –१४ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा एउटा उम्मेदवारलाई एकैठाउमा भोट दिनुपर्ने व्यवस्था रहेको वताउछिन । सोही ठाउकी वुधनीदेवी मण्डलले पनि विगतको संविधानसभाको निर्वाचनमा भोट दिएकाले त्यही अनुसार स्थानिय तहको निर्वाचनमा एकजनालाई भोट दिनुपर्ने वताईन । ... बाँकी अंश»

बाजुराको गुम्बामा मतदान केन्द्र थप

२०७४ जेठ २८ आइतबार, बाजुरा । बाजुराको सर्वाधिक विकट बिच्छँया गुम्बा गाउँका बासिन्दाले गाउँमा मतदान केन्द्र हुने भएपछि यसपालिको स्थानीय चुनावमा भाग लिन पाउने भएका छन् । ... बाँकी अंश»

दलित र महिला उम्मेदवारलाई निर्वाचन शिक्षा

२०७४ जेठ २८ आइतबार, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाका दलित र महिलालाई निर्वाचनसम्बन्धी शिक्षा दिइएको छ । ... बाँकी अंश»

निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ

२०७४ जेठ २८ आइतबार, भोजपुर । आगामी असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोजपुर जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । ... बाँकी अंश»

नमुना मतदानमै मतदाता अल्मलिएपछि.......

२०७४ जेठ २८ आइतबार, इलाम । “सिकाए पनि अल्मलिने मतपत्र रहेछ यसपटक । ... बाँकी अंश»

काँग्रेसले उम्मेदवारको टुंगो लगाउन नसकेर केन्द्रमा पठायो, बाँकी दलका उम्मेदवार तयार

२०७४ जेठ २८ आइतबार, बैतडी । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । ... बाँकी अंश»

पोखरा लेखनाथका मेयरको कसमः ‘स्वागत, सम्मानमा सहभागी हुन्न’

२०७४ जेठ २८ आइतबार, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । ... बाँकी अंश»

नयाँ