समाज

स्थानीयले अवैध हतियार बुझाए

२०७६ बैशाख ८ आइतबार, रुकुम । रुकुम पुर्वका बिभिन्न ठाँउमा अवैध रुपमा राखिएका ५६ नाल हतियार भरुवा बन्दुक प्रहरीले संकलन गरेको छ । ... बाँकी अंश»

पेटमा बच्चाको मृत्यु भएकी सुत्केरीको कैदीको रगतले बच्यो ज्यान

२०७६ बैशाख ८ आइतबार, सल्यान । सल्यानमा कैदीले दान दिएको रगतबाट एक सुत्केरीको ज्यान जोगाइएको छ । रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–७की २१ वर्षीया मनिषा केसी ओलीको यहाँस्थित जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गरेकी हुन् । ... बाँकी अंश»

पाँच न्यायाधीश र प्रमुख निर्वाचन आयुक्तले लिए पद तथा गोपनीयताको शपथ

२०७६ बैशाख ८ आइतबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा छन्। ... बाँकी अंश»

लागुऔषधसहित तीन पक्राउ

२०७६ बैशाख ८ आइतबार, मकवानपुर ।मकवानपुरका विभिन्न स्थानबाट लागुऔषधसहित प्रक्राउ परेका तीन जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । ... बाँकी अंश»

चौधरी फाउण्डेसनको कृत्रिम हातखुट्टा जडान केन्द्र सञ्चालनमा

२०७६ बैशाख ७ शनिबार, कावासोती । चौधरी फाउण्डेसनले कृत्रिम हातखुट्टा जडान केन्द्र सञ्चालनमा ल्याएको छ । ... बाँकी अंश»

कालीगण्डकी जलयात्रा महोत्सव

२०७६ बैशाख ७ शनिबार, बेझाड । कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ । ... बाँकी अंश»

जंगलमा रोकिएको हाईसमा लगाइयो आगो

२०७६ बैशाख ६ शुक्रबार, तुलसिपुर । दाङमा अज्ञात समुहले हाईस गाडिमा आगजनी गरेको छ । बिहिवार राति तुलसिपुर अमिलिया सडकखण्डमा बा३ ख ८५९३ नम्बरको गाडिमा आगजनी भएको ईलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ । ... बाँकी अंश»

'अब एकता प्रक्रिया लम्बाउनु हुँदैन'

२०७६ बैशाख ६ शुक्रबार, परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको एकता प्रक्रिया अब नलम्बिने बताएका छन् । एकतामा ढिलाइ हुँदा तल्लो तहसम्मकै पार्टी सदस्य उकुसमुकुसमा रहेको भन्दै उनले एकतालाई छिटो टुङ्ग्याउनुपर्ने दबाब सिर्जना भएको उल्लेख गरे। ... बाँकी अंश»

देशैभर नेविसंघले बहस अभियान

२०७६ बैशाख ६ शुक्रबार, काठमाडौं । नेपाल विद्यार्थी संघले आफ्नो स्वर्ण जयन्तीका अवसरमा देशैभरी खुल्ला बहस अभियान चलाउने तयारी गरेको छ । राजधानीमा शुक्रबार आयोजित खुल्ला बहस कार्यक्रमपछि बहसलाई देशैभर लैजाने निर्णय भएको नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । ... बाँकी अंश»

प्रदीप पौडेलको अपील 

२०७६ बैशाख ६ शुक्रबार, तनहुँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताएका छन् । ... बाँकी अंश»

चन्द समूहलाई मूलधारमा ल्याउनुपर्छ : कमल थापा

२०७६ बैशाख ५ बिहिबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द समूहका सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरी उनीहरुलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन् । ... बाँकी अंश»

भाजपा र टीएमसीको झडपपछि बंगालमा अहिलेसम्मकै ठूलो केन्द्रीय प्रहरी फौज, प्रतिकारको चेतावनी

२०७६ बैशाख ५ बिहिबार, काठमाडौं । केन्द्रको सत्तामाथि राज गर्न पाइने भएकोले चुनावी 'संग्राम' को दोस्रो चरण अहिले चलिरहेको छ । ... बाँकी अंश»

पक्राउ परेका पत्रकार गिरी साधारण तारिखमा छुटे 

२०७६ बैशाख ५ बिहिबार, काठमाडौं । समाचार लेखेकै कारण पक्राउ परेका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । ... बाँकी अंश»

बुटवलको बम नेपाली सेनाद्वारा डिस्पोज

२०७६ बैशाख ५ बिहिबार, बुटवल । बुटवलको ट्राफिक चोकमा शिवम् मेसिनरी स्टोर अगाडि राखिएको संकास्पद बस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । ... बाँकी अंश»

विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पाल्पाबाट पक्राउ

२०७६ बैशाख ५ बिहिबार, पाल्पा । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महाससंघका जिल्ला अध्यक्ष टोपलाल बस्याल पक्राउ परेका छन् । ... बाँकी अंश»

१४ वर्षीया बालिका करणीपछि 'कसैलाई नभन्नु' भन्दै ५०० दिएर भागेका हनुमान पक्राउ

२०७६ बैशाख ५ बिहिबार, गुल्मी । गुल्मीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए । ... बाँकी अंश»

गुल्मीका पत्रकारहरुद्वारा प्रशासनमा धर्ना

२०७६ बैशाख ५ बिहिबार, गुल्मी। विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्दै गुल्मीका पत्रकारहरुले जिल्ला प्रशासन कार्यलय गुल्मीको गेटमा धर्ना दिएका छन् । सोही दफालाई आधार मानेर पटक पटक पत्रकारहरुलाई पक्राउ गर्न लागेपछि बिरोध स्वरुप आन्दोलनमा रहेको नेपाल पत्रकार माहासंघ गुल्मी शाखाका अध्यक्ष नबराज भुसालले बताए । ... बाँकी अंश»

दार्चुलामा बन्दको प्रभाव परेन, जनजीवन सामान्य

२०७६ बैशाख ५ बिहिबार, दार्चुला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको प्रभाव दार्चुलामा परेको छैन । आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले विहीबार बन्दको आह्वान गरेको हो । ... बाँकी अंश»

जालमा परेर ६ गोही मरे

२०७६ बैशाख ५ बिहिबार, चितवन । चालू आर्थिक वर्षको हालसम्म माछा मार्न थापिएका जालमा परेर छ वटा गोही मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा रातिको समयमा थापिएका ठूलो तिहारी जालमा परेर ती गोही मरेका हुन् । ... बाँकी अंश»

५ बर्षको उमेरमा बेपत्ता भएका युवा आफन्तको खोजीमा

२०७६ बैशाख ५ बिहिबार, बझाङ। सशस्त्र द्धन्द्धले दिएको घाउ बोकेका घर र परिवारबाट बिछोडिएका एक किशोर बझाङको खप्तड छान्ना गाउँपालिकामा भौतारी रहेका छन् । करिब ५ बर्षको उमेरमा बिस्थापित परिवारसंगै घर छोडेर हिडेका उनलाई आफ्नो घर रोल्पा भन्ने बाहेक अरु केहि थाहा छैन । करिब ५ बर्षको उमेरमा बुवाकोपछि लागेर हिडेका उनलाई कुन घुम्तीमा परिवार बिछोडियो त्यो पनि जानकारी छैन । ... बाँकी अंश»

नयाँ