समाज

अर्थमन्त्री डा खतिवडाद्वारा बजेट वक्तव्य शुरु

२०७७ जेठ १५ बिहिबार, काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन्। कोराना सङ्क्रमणको महामारीका बीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज बजेट प्रस्तुत गरेका हुन्।बैठकलाई व्यवस्थित गर्ने सन्दर्भमा केही सांसद सदस्यलाई बाल्कोनीमा आसनका लागि सिटको व्यवस्था गरिएको छ। अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गर्नुभएको यो तेस्रो बजेट हो। ... बाँकी अंश»

तीन कोरोना संक्रमितलाई पठाइयो दाङ

२०७७ जेठ १५ बिहिबार, होम क्वारेन्टिनमा बसेका एक र पुथाउत्तरगंगा गाउँपालिकाको सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टिनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि हुनेमा गाउँपालिकाका १३ का २३ वर्षीय पुरुष तथा १४ का १५ वर्षीया महिला र १८ वर्षीय पुरुष छन् । ... बाँकी अंश»

भारतबाट आएका २५ र ३० वर्षीय युवकमा कोरोना

२०७७ जेठ १५ बिहिबार, २५ र ३० वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । दुबै जना जानकी गाउँपालिकाको सरस्वती मावि दुर्गाैलीस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए । ... बाँकी अंश»

दुई ट्रक एकापसमा ठोक्किँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

२०७७ जेठ १५ बिहिबार, काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना८ख १९५२ नंको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९१२२ नंको ट्रक एकापसमा ठोक्किँदा बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो । ... बाँकी अंश»

कोरोना : भुल्केका तीन महिलासहित चारजना फर्किए घर

२०७७ जेठ १५ बिहिबार, घर फर्केका मो अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य दुईजना वैशाख २७ गते केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको उनले बताए । ... बाँकी अंश»

एकै नगरपालिकाका आठ जनामा कोरोना

२०७७ जेठ १५ बिहिबार, नयाँ पहिचान भएका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । ... बाँकी अंश»

२३ वर्षीय युवकको रिपोर्ट नेगेटिभ

२०७७ जेठ १५ बिहिबार, बुधबार साँझ गरिएको जाँचमा कोरोना नलागेको पुष्टि भएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिए । नेगेटिभ रिपोर्ट आएसँगै उनलाई बागलुङ नगरपालिका–१ स्थित क्वारेन्टाइनमा पठाइएको छ । ... बाँकी अंश»

मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई किन लेखे पत्र ?

२०७७ जेठ १५ बिहिबार, मुख्यमन्त्री राउतले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा रियल टाइम पिसिआर संचालन गरे पनि भिटिएम किटको अभावमा अपेक्षीत परिक्षण गर्न नसकिएकोले संघ सरकारलाई यथाशीघ्र भिटिएम किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन समेत माग गरेका छन् । ... बाँकी अंश»

राष्ट्रको अपमान पीडादायक मृत्यु– डा चन्द्र भण्डारी

२०७७ जेठ १५ बिहिबार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा चन्द्र भण्डारीले भारतीय संचारमाध्यमहरुले नेपाल र नेपालीको अपमान गरिरहेको बताएका छन् ।  ... बाँकी अंश»

दोषीलाई कानूनी कारवाही गर्न बारको आग्रह

२०७७ जेठ १३ मंगलबार, काठमाडौं। नेपाल बार एसोसिएशनले अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाको यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ। ... बाँकी अंश»

दुर्घटनामा दुई जनाको मृत्यु, मोटरसाइकल ठक्करबाट गाई र भैँसी

२०७७ जेठ १३ मंगलबार, यता चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिका–२ बैरियामा मोटरसाइकलको ठक्करबाट एउटा गाई समेत मरेको छ । स४प २१३१ नंको मोटरसाइकलले ठक्कर दिँदा गाई घटनास्थलमै मरेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

संशोधनविना एमसीसी पास नगर्न साझाको माग

२०७७ जेठ १३ मंगलबार, डा आचार्यले एमसीसी सम्झौता नेपालको कानूनभन्दा माथि भएको, नेपाल सरकारको समेत रु लगानी रहने आयोजनाको लेखापरीक्षणमा महालेखा परीक्षणको संलग्नता नहुने, नेपालभित्रै निर्माण हुने प्रसारण लाइनका लागि तेस्रो मुलुक भारतको स्वीकृत लिनुपर्ने भएको जनाउँदै यसबाट समस्या आउनसक्ने औँल्याउनुभएको छ । ... बाँकी अंश»

तीन कोरोना संक्रमित भएसंगै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

२०७७ जेठ १३ मंगलबार, जिल्ला अस्पतालमा भर्ना भएका सबै बिरामी र स्वास्थकर्मीको स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ । स्वाब रिपोर्ट आएपछि मात्र अस्पतालको अन्य सेवा पुनःसञ्चालन हुने अस्पतालका मेसु पाण्डेले बताए। ... बाँकी अंश»

कोरोना : मनोवैज्ञानिक त्रासमा छन् अमेरिकामा नेपाली

२०७७ जेठ १३ मंगलबार, कोरोनापीडित तथा कोरोनापीडित भएर मृत्यु वरण गरेका परिवारसँग सामिप्यमा रहेर समन्वय, परामर्श र सल्लाह दिन अहोरात्र खट्दै आएका मेरिल्याण्ड जनरल एसेम्ब्लीका विधायक ह्यारी भण्डारीले भन्नुभयो, “मानिसहरुमा भाइरसको सङ्क्रमणबाट सुरक्षित कसरी रहने भन्ने तनाव त छँदैछ त्यसमाथि भविष्यमा आइपर्ने आर्थिक सङ्कट तथा आफ्नो रोजगारी या व्यवसायको पनि चिन्ता बढेको देखिएको छ ।” तर भण्डारीले यस्तो महामारीको बेलामा अनावश्यकरुपमा चिन्ता नलिन नेपाली समुदायलाई अपिल पनि गर्नुहुन्छ । भण्डारीले भन्नुभयो, “सरकारी निकायले विभिन्न तरिकाले सहयोग प्रदान गरेका छन्, खानाको अभावलाई पूरा गर्न स्थानीय निकायले खाद्य भण्डार सञ्चालनमा ल्याएका छन्, म अमेरिकामा रहनुभएका नेपालीलाई स्थानीय निकायले प्रदान गर्ने सुविधा लिन आग्रह गर्छु ।” खाद्य भण्डार सञ्चालन गरेका स्थानीय सरकारी निकायले जारी गर्ने सूचना र उपलब्ध सुविधाको अधिकतम उपयोग गर्न नेपाली समुदायलाई भण्डारी आग्रह गर्नुहुन्छ । ... बाँकी अंश»

निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्थे बूढानीलकण्ठका संक्रमित युवक

२०७७ जेठ १३ मंगलबार, वडाध्यक्ष श्रेष्ठका अनुसार संक्रमित युवकले बन्दाबन्दी समयमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर समस्यामा परेका व्यक्तिलाई अस्पतालसम्म पुर्‍याउने काम गर्दै आएका थिए । ... बाँकी अंश»

‘प्रेस जगतले लिपुलेकको कुरा उठाएपछि मात्र सीमा विवाद राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धा बनेको’

२०७७ जेठ १३ मंगलबार, पोखरा। नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसीले प्रेस जगतले लिपुलेकको कुरा उठाएपछि मात्र सीमा विवाद राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धा बनेको बताएका छन् । ... बाँकी अंश»

भागी विवाह गर्न जाने नवराजको शव भेरी नदीमा फेला, छानविन समिति गठन

२०७७ जेठ १३ मंगलबार, हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ । मन्त्री थापाका अनुसार मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीचभागमा फेला परेको, रुकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ । ... बाँकी अंश»

सबैभन्दा धेरै कोरोना संक्रमित भएका मुलुक

२०७७ जेठ १३ मंगलबार, २४ घण्टाको अवधिमा ९० हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ३ हजारको ज्यान गएको छ । ... बाँकी अंश»

छलफल गर्न प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

२०७७ जेठ १३ मंगलबार, प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । ... बाँकी अंश»

क्षमता भन्दा बढि मान्छे भएपछि स्थानीय तहलाई व्यवस्थापनमा गाह्रो

२०७७ जेठ १३ मंगलबार, डडेल्धुरा। जिल्लामा व्यवस्था गरिएको भन्दा बढि व्यक्तिहरु हुँदा व्यवस्थापन चुनौतिपूर्ण भएको छ । डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको डडेलधुरा बहुमुखि क्याम्पसमा करिब ५० जनाको क्षमता रहे पनि सोमवार सम्म ७६ जना क्वारेन्टाईनमा राखिईसकेकोले उनिहरुको खाना र बस्ने ब्यवस्था मिलाउन स्थानीय तहलाई गाह्रो भएको हो । ... बाँकी अंश»

नयाँ