समाज

सुनको मूल्य माघयताकै उच्च, ७६ हजार तीन सय पुग्यो

२०७६ माघ १६ बिहिबार, यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५८२ अमेरिकी डलर पुगेको छ । ... बाँकी अंश»

बोराको थुप्रोले किच्दा चार भारतीयको मृत्यु

२०७६ माघ १६ बिहिबार, सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका उनीहरुले आफैँले सङ्कलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सिएर मृत्यु भएको प्रहरी निरीक्षक ज्ञवालीले बताए । ... बाँकी अंश»

साथीको हत्या गरी भागेका फिरोज तीन वर्षपछि पक्राउ

२०७६ माघ १५ बुधबार, मादक पदार्थ पिएपछि विवाद हुँदा मियाँले इँटा र रड प्रहार गरी हत्या गरेर फरार भएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । ... बाँकी अंश»

साह दम्पतिको घटनास्थलमै मृत्यु

२०७६ माघ १५ बुधबार, मृत्यु हुनेमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ शिवनगर पर्साही बस्ने बर्ष ५० को जोगिन्द साह र नीजको श्रीमति बर्ष ४० को प्रमिला साह रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ । ... बाँकी अंश»

आन्दोलनमा हात भाचेका विराजीको मृत्यु

२०७६ माघ १५ बुधबार, प्रजातन्त्र वहालीका लागि भएका आन्दोलनका क्रममा उनको हाँत समेत भाँच्चिएको थियो । विराजीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । ... बाँकी अंश»

गाउँमा सडक पुगेपछि नाचगान गरेर खुशियाली

२०७६ माघ १५ बुधबार, बेनी। म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलबार  मोटर बाटो पुर्‍याएपछि गाउँलेले नाचगान गरेर खुशियाली मनाएका छन् । ... बाँकी अंश»

बिदुरका पूर्व मेयर कमानसिंहको ठगी काण्ड

२०७६ माघ १४ मंगलबार, आफूसँग रकम लिएर विदेश पठाउन नसकेको र रकम फिर्ता माग्दा अनेकन बहाना झिकेको उनको भनाई थियो । पटक पटक टेलिफोन सम्पर्क गरी रकम फिर्ता गर्न भन्दा मोबाइल समेत ब्लक गरिदिएको र भेट्न समेत नदिएको गुनासो गरिन् । उनले भनिन्, ‘मलाई रकम फिर्ता नदिने नियतले कमानसिंह लामा सम्पर्कबाहिर छन् ।’ पत्रकार सम्मेलनमा पूर्व मेयर कमानसिंह लामाविरुद्ध कडा रुपमा प्रस्तुत भएकी उनले चर्को आलोचना गरिन् । उनले भनिन्, ‘कमानसिंह लामा ठग र जालीफटाहा हुन् । आफूसँग रकम लिएको केही दिनमै लामा फरार भएको आरोप लगाइन् ।’ ... बाँकी अंश»

बेलायत लैजान्छु भन्दै कमानसिंहले ठगे महिला

२०७६ माघ १४ मंगलबार, निकै खोजीपछि मात्र बल्ल भेट्न पाएको र पैसा फिर्ता दिन १५ दिनको म्याद राखेपछि चेक दिएको तर चेकमा रकम नभएको उनको भनाई थियो । तामाङले चेक बाउन्स भएको पीडा सुनाइन् । उनले भनिन्, ‘एकपछि अर्को तरिकाले मलाई झुक्याउने र ठगी गर्ने गतिविधि भयो ।’ आफूलाई पटक पटक झुक्याएपछि ७ मंसिरमा मुद्दा दर्ता गरेको जानकारी गराइन् । ... बाँकी अंश»

धमलाको उपचारका क्रममा निधन

२०७६ माघ १४ मंगलबार, कांग्रेसले धमलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। ... बाँकी अंश»

'प्रहरीद्वारा अधिकार दुरुपयोग, चार दिन थुन्ने आदेश दिनु गलत'

२०७६ माघ १४ मंगलबार, “फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद ओलीले भनिन्, “गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, बिना अनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।” ... बाँकी अंश»

जन्माउने आमा ठुलो कि बच्चा ठुलो ? : बाबुराम

२०७६ माघ १४ मंगलबार, जन्माउने आमा ठुलो कि बच्चा ठुलो ? : बाबुराम ... बाँकी अंश»

घना जङ्गलको बिचमा मजार, हिन्दू मुस्लिममा धार्मिक सहिष्णुता

२०७६ माघ १४ मंगलबार, करीब ५५ वर्षभन्दा पहिलेदेखि मुसवेटवा बाबा मन्दिरमा हिन्दू मुस्लिम दुवै समुदायले पूजाआजा गर्दै आएका छन् । “यहाँ २०२३ सालदेखि नै हिन्दू र मुस्लिम समुदायले पूजाआजा गर्दै आएको किंवदन्ती रहेको छ”, समाजसेवी निरौलाले भने । उहाँका अनुसार मुसबेटवा बाबासँग मागे पूरा हुने धार्मिक विश्वास हिन्दू र मुस्लिम दुवैमा रहेको छ । ... बाँकी अंश»

दोबाटोमा केन्द्र विन्दु बनाएर गयो भूकम्प

२०७६ माघ १४ मंगलबार, उनले दिएको जानकारीअनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति नपुर्‍याएको बताए । एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका हुन् । ... बाँकी अंश»

दुई हजार ५०० लिटर घरेलु मदिरा बरामद

२०७६ माघ १४ मंगलबार, काभ्रेपलाञ्चोक। प्रहरीले बनेपाको विभिन्न होटलबाट करीब दुई हजार ५०० लिटर घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाको टोलीले सोमबार साँझ उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद गरेको हो। ... बाँकी अंश»

गोसाईकुण्ड पदयात्रा गएका दुई युवकको हिउँले पुरिएर मृत्यु

२०७६ माघ १३ सोमबार, काठमाडौं। लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि बेपत्ता दुई युवकको शव हिउँले पुरिएको अवस्थामा फेला आज परेको छ । ... बाँकी अंश»

१५ वर्षमै हुन लागेको विवाह रोकियो

२०७६ माघ १३ सोमबार, मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ एक्लेखाली बस्ने रामसिंह धामी र हरीना धामीकी १५ वर्षीया किशोरी र महाकाली नगरपालिका वडा नम्बर ९ सकारका एक १६ वर्षका किशोर बिच हुन लागेको विवाहलाई आइतवार गाउँपालिकाले किशोरीका अभिभावकलाई बोलाई सम्झाइ बुझाई गरि उक्त विवाह रोकेको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय सिंह धामीले जानकारी दिए । ... बाँकी अंश»

क्याम्पेडाँडामा फ्यालिएकी अजिताको हत्यारा पक्रन माग, करणीपछि हत्याको आशंका

२०७६ माघ १३ सोमबार, अजिताको हत्यालाई व्यक्ति हत्या मात्र नभई तेस्रोलिंगीहरुको इच्छा चाहना र स्वतन्त्रताको हत्या गरिएको भन्दै समाजकी अध्यक्ष पिङ्की गुरुङले कडा कदम चाल्ने चेतावनी दिइन् । उनले भनिन्, ‘एकपछि अर्को गर्दै तेस्रो लिंगीको हत्या हुनुले गम्भीर प्रश्न उठाएको छ ।’ ... बाँकी अंश»

एमसीसीबारे कुटनीतिक संवाद अगाडि बढाउन आग्रह

२०७६ माघ १३ सोमबार, वर्तमान विवादले संयुक्त राज्य अमेरिकासँग लामो समयदेखि रहिआएको नेपालको सुमधुर सम्बन्धमा नै तिक्तता उत्पन्न गराउने खतरा निम्त्याएको छ, जुन सुखद विषय होइन। त्यसको मूल कारण वैदेशिक सहयोगका विषयमा राजनीतिक तहमा रहेको अस्पष्टता, नेपाल सरकारको कमजोर तयारी र संवाद तथा एमसीसीको पक्ष/विपक्षमा आइरहेका अतिरञ्जित तर्क, वितर्क नै हुन्। यसबाट सबैले पक्षले पाठ सिक्न जरूरी छ। ... बाँकी अंश»

सरकारले सामान किन्न नसकेपछि सिडियोहरुलाई बाँड्यो पैसा

२०७६ माघ १३ सोमबार, धनगढी। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत असार अन्तिम साता देखिनै जिल्ला प्रशासन कार्यालयबाट राहत तथा उद्दार सामाग्रीको विवरण माग गरेको थियो ।नौ वटै जिल्ला प्रशासन कार्यालयहरुले उद्दार सामाग्रीहरु अभाव रहेको भन्दै संख्या सहितको तथ्यांक पठाएका थिए । ... बाँकी अंश»

सिद्धबाबामा ट्याङ्कर तेर्सिंयो, यात्रु अलपत्र

२०७६ माघ १३ सोमबार, पाल्पा। सिद्धबाबामा भारतीय नंको ट्याङ्कर तेर्सिंदा सडक अवरुद्ध बनेको छ। एचआर ५८ ए ८९१० भारतीय नंको ट्याङ्कर फर्काउने क्रममा बिग्रिएकाले सोमबार बिहान ७ बजेदेखि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध बनेको हो। सडक अवरुद्धका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रु बीच बाटोमै अलपत्र छन्। ... बाँकी अंश»

नयाँ