समाज

चिसोबाट प्रभावित ३५ अति विपन्नलाई कम्बल वितरण

२०७६ माघ १ बुधबार, धनुषा । धनुषाका मिथिला बिहारी नगरपालिका वडा नम्बर ६ सिरसियामा अत्यधिक चिसोले जनजीवन प्रभावित हुन थाले पछि बुधबार ३५ जना अति विपन्न गरिब असहायलाई कम्बल वितरण गरेको छ। ... बाँकी अंश»

खोल्सीमा विमलको शव भेटियो, हत्याको आशंकामा दुई पक्राउ

२०७६ माघ १ बुधबार, सोमबार बिहान नजिकैको खोल्सीमा विमललाई मृतावस्थामा स्थानीयवासीले फेला पारेका थिए । घटनास्थल वरिपरि रगत चुहिएको र मृतकको शरीरमा ढुङ्गा प्रहार भएजस्तो गहिरो चोटपटक र नीलडाम देखिएको थियो । ... बाँकी अंश»

थुप्रै तनाव बढेको भन्दै परराष्ट्रमन्त्रीले भने - कम गर्न योग

२०७६ माघ १ बुधबार, उनले आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै त्यसलाई कम गर्नका योग, ध्यान र विपश्यना नै उपयुक्त माध्यम भएको बताए । उनले निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै योगलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । आधुनिक चिकित्साले उपचार नभएको बेला प्राकृतिक चिकित्साअन्तर्गत योग गरेर नै हाम्रा पुर्खाले उपचार गरेको उहाँको भनाइ थियो । ... बाँकी अंश»

‘सबै तीर्थ पटक-पटक, परशुरामधाम एकपटक’

२०७६ माघ १ बुधबार, हैयेय वंशी क्षत्रीहरूले पिता जगदग्नीको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ । महाकालको जटाबाट निस्केको मन्दाकिनी गंगा महाकाली नदीमा स्नान गर्नाले गंगास्नानको बराबर पुण्य प्राप्त हुन्छ । त्यस्तै गंगाको तटमा अवस्थित परशुराम तीर्थमा स्नान, तर्पण गर्नाले पितृ उद्धार तथा देवलोक प्रप्त हुने पवित्र तीर्थ भनेर वर्णन गरिएको परशुराम तीर्थ महाकाली नदीको दक्षिणतर्फ अवस्थित छ। ... बाँकी अंश»

पानीको अभावसम्बन्धी नीतिगत पहिचानको खोजी

२०७६ माघ १ बुधबार, काठमाडौं । एशिया–प्रशान्त क्षेत्रका लागि विश्व खाद्य सङ्गठन (एफएओ) ले क्षेत्रीय पानी सुरक्षा कार्यक्रमअन्र्तगत नेपाललाई पनि छनोट गरिएको छ । यस क्षेत्रमा पानीको अभाव मुख्य चुनौतीको रुपमा रहेकाले गर्दा दिगो सामाजिक–आर्थिक विकास प्रक्रियामा चुनौती थपिएको सन्दर्भमा यसका लागि उपयुक्त नीतिगत व्यवस्था तर्जुमा गराउन राष्ट्रियस्तरमा पानीको व्यवस्थापन क्षमता अभिवृद्धि गराउन कार्यक्रमको उद्देश्य रहेको आज यहाँँ आयोजित कार्यक्रममा जानकारी दिइयो । ... बाँकी अंश»

कांग्रेसद्धारा माघे संक्रान्तिको शुभकामना

२०७६ माघ १ बुधबार, काठमाडौं । नेपाली कांग्रेसले मकर संक्रान्ति–माघे संक्रान्ति को सबै नेपालीलाई शुभकामना दिएको छ । ... बाँकी अंश»

राष्ट्रसंघको नेपालप्रति प्रतिवद्धता 

२०७६ माघ १ बुधबार, राष्ट्रसंघीय उपमहासचिव अर्मिदा सल्सियाह एलिसजाहवानासँग सोमबार भएको भेटमा त्यस्तो प्रतिबद्धता जनाएकी हुन् ।  ... बाँकी अंश»

प्रतिष्ठामा गोरु जुधाई, यसरी नुवाकोट र धादिङमा जुधाइँदैछ 

२०७६ माघ १ बुधबार, बेत्रावती । माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । ... बाँकी अंश»

अनैतिक क्रियाकलापमा संलग्न २५ महिला र पाँच तेस्रोलिङ्गीसहित ७३ पक्राउ 

२०७६ माघ १ बुधबार, काठमाडौं । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । ... बाँकी अंश»

माघी पर्वः नयाँ वर्षका रुपमा मनाइँदै 

२०७६ माघ १ बुधबार, सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । ... बाँकी अंश»

बुधबार मकर सङ्क्रान्ति, तीर्थस्थलहरुमा नुहाउनेको भीड, ध्यूचाकुदेखि खिचडी खाइँदै

२०७६ माघ १ बुधबार, उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । ... बाँकी अंश»

राजधानीमा मदिरा र संगितमा झुम्दै बस भित्र यात्रा गर्न पाइने

२०७६ पौष २९ मंगलबार, एक साताभित्रै पार्टी बस काठमाडौँमा व्यावसायिक रूपमा सञ्चालन गरिनेछ । भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिललाई पार्टी गर्न मिल्ने थलोका रुपमा परिमार्जन गरिएको छ । बसभित्र सिट हुँदैन । सोफा शैलीमा दुईतिर काउच राखिएको छ । यस वसमा एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन् । बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार रहेको छ। बसको अघिल्तिर डिजेले सङ्गीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिनेछ । ... बाँकी अंश»

मोडेल कलेजको बसले ठक्कर दिदा दुई जनाको मृत्यु, बसमा आगजनी

२०७६ पौष २९ मंगलबार, मृत्यु हुनेमा लक्ष्मीनिया गाउपालिका वडा नम्बर ७ का २५ वर्षीय सन्तोस ठाकुर र क्षिरेश्वर नगरपालिकाका २५ वर्षीय अनवर राईन रहेका प्रहरी स्रोतले जानकारी दिएका छन् । ... बाँकी अंश»

ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ

२०७६ पौष २९ मंगलबार, यस्तै प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय मिर्चैयाले मिर्चैया नगरपालिका २ निवासी ५५ वर्षीय राशलाल मण्डललाई पक्राउ गरेको छ । अभियुक्त मण्डलका साथबाट १६० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै नेपालबाट भारततर्फ अवैध रुपमा तस्करी गरिरहेको भै|सीसहित प्रहरीले सिरहा– २० दशगज्जास्थित लगडीगदियानीबाट एक भारतीयलाई पक्राउ गरेको छ । ... बाँकी अंश»

सगरमाथा टेलिभिजनका प्रकाश गिरीलाई गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार

२०७६ पौष २९ मंगलबार, काठमाडौं । सम्पादक समाज नेपालले यस वर्षको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ। समाजका संस्थापक अध्यक्ष एवं वरिष्ट पत्रकार स्वर्गीय गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको विशेष पत्रकारिता पुरस्कारको रासी १५ हजार रुपैया रहेको छ। पत्रकारिता क्षेत्रमा निरन्तर दुई दशक विताएका गिरी सगरमाथा टेलिभिजनमा विगत १० वर्ष देखि कार्यरत छन्। राजनीति समाज र समसामयिक विषयमा कलम चलाउने गिरीले नागरिक अधिकारका पक्षमा आवाज उठाउने गरेका छन्। यस्तै यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार” भने नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक गुणराज लुईटेललाई प्रदान गरिने भएको छ। सम्पादक समाजको सर्वाधिक रासी २५,००१ रुपैयाको पुरस्कार लुइटेललाई प्रदान गर्ने निर्णय भएको हो। ‘सम्पादक समाज सम्मान”बाट वरिष्ट पत्रकार एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ र वरिष्ट पत्रकार माधवकुमार रिमाललाई सम्मान गरिने भएको भने सम्पादक समान जयप्रसाद दाहाललाई मरणोपरान्त प्रदान गर्न लागिएको छ। समाजका कार्यसमिति सदस्य परशु घिमिरे संयोजक एवं कार्यसमिति सदस्य हरि लम्साल र माधव दुलाल सदस्य रहेको पुरस्कार सिफारिस उपसमितिले प्रस्ताव गरेका नामहरुलाई समाजको यही २७ गते बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो। समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा वसेको वैठकले स ... बाँकी अंश»

कर्णालीमा माघीको बिदा

२०७६ पौष २९ मंगलबार, “माघ १ गते बुधबार कर्णाली प्रदेशभरका सबै सरकारी र सार्वजनिक कार्यालय बिदा हुनेछन्,” प्रवक्ता खड्काले भने, “सार्वजनिक संस्थान तथा शैक्षिक संस्था सबैले सार्वजनिक बिदा पाउने छन् ।” प्रदेशवासी सबैको सहजताका लागि आज सार्वजनिक बिदाको सूचना प्रवाह गरिएको उनले बताए । ... बाँकी अंश»

सुदूरको भूस्वर्ग बडीमालीका : अलौकिक प्राकृतिक सौन्दर्यता

२०७६ पौष २९ मंगलबार, बाजुरा । बडीमालीका नगरपालीका कोर्धमा अवस्थित कोर्धाली गाडबाट जति माथि लाग्दै गयो उति नै बिबिधता युक्त समाज भेट्न सकिन्छ / बढीमालिका प्राकृतिक सुन्दरता को बयान गरेर साध्य नै छैन, जति माथि चढ्दै गयो उति नै खुल्दै जान्छ यहाको सौन्दर्यता | घाम उदायदेखि नअस्ताउनन्जेल प्रकृतिका छटाहाहरुको रुपई बेग्लै हुन्छ | ... बाँकी अंश»

दुर्घटनामा परी घाइते भएका दुईको मृत्यु

२०७६ पौष २९ मंगलबार, तनहुँ । छुट्टछुट्टै सवारी दुर्घटनामा परी घाइते भएकामध्ये तनहुँमा दुई जनाको मृत्यु भएको छ । गत शुक्रबार तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा सख्त घाइते भएकी घिरिङ गाउँपालिका–१ का ७० वर्षीया आइतीमाया विकको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। ... बाँकी अंश»

दूध बिक्री नभएपछि भैँसी बेच्दै किसान

२०७६ पौष २९ मंगलबार, दैनिक दूध दिने ११ भैँसी पाल्ने योजना बनाएर पर्मिलाले व्यवसाय शुरु गर्नुभएको थियो । सात भैँसी बेचेपछि अहिले पाँचवटामा सीमित भएको छ । “दूध बिक्री नभएपछि भैँसी नै बेचे, स्थानीयस्तरमै कृषि व्यवसाय गरौँ भन्ने सपना सफल हुन सकेन अब के गर्ने अन्योल भएको छ”, उहाँले भन्नुभयो । ... बाँकी अंश»

बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

२०७६ पौष २९ मंगलबार, सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत रु १० लाख ५० हजार प्रदान गरिएको छ । ... बाँकी अंश»

नयाँ