समाज

अमेरिकाका ‘इण्डो प्यासिफिक कमाण्डर’ स्वदेश फिर्ता

२०७५ पौष २७ शुक्रबार, काठमाडौँ । संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । ... बाँकी अंश»

झाँकी, भजन, र्‍याली र सभा गर्दै युवाहरुले सम्झिए राष्ट्र निर्मातालाई

२०७५ पौष २७ शुक्रबार, काठमाडौं । सरकार र समाजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई भुल्दै गएको भन्दै महाराजगंजका युवाहरुले विभिन्न कार्यक्रम गरेका छन् । उनिहरुले पौष २७ गतेलाइ राष्ट्रिय एकता दिवसको रुपमा मनाउन बासबारीबाट पृथ्वीनारायण शाहको झाँकी, भजन नृत्य सहितको र्‍यालि महाराजगंज चक्रपथमा आएर सभा आयोजना गरे । ... बाँकी अंश»

मानार्थ महारथीको दर्ज्यानी लिन प्रधानसेनापति भारत प्रस्थान

२०७५ पौष २७ शुक्रबार, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणमा गएका छन् । भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणा ७ ... बाँकी अंश»

दरबारमार्गका विभिन्न होटल, रेष्टुरेण्टमा धाक धम्की दिने नक्कली डिएसपी पक्राउ

२०७५ पौष २७ शुक्रबार, काठमाडौं । सक्कली डिएसपीको नाम लिएर होटलमा बस्ने नक्कली डिएसपी पक्राउ परेका छन् । नेपाल प्रहरीको वहालवाला डिएसपी भनि परिचय पत्र देखाई धाक रबाफ देखाई अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोट निवासी वर्ष ३५ को अनिल थापालाई विशेष सूचनाको आधारमा काठमाडौं परिसरको विशेष टोलीले बिहिबार पक्राउ गरेको हो । ... बाँकी अंश»

झापामा फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

२०७५ पौष २७ शुक्रबार, भद्रपुर । झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् । कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो । ... बाँकी अंश»

बाहिर सुशासनको नारा, भित्र भ्रष्टाचार : प्रकाशमान

२०७५ पौष २७ शुक्रबार, धनगढी । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले दुई तिहाई सरकारले सुशासनको नारा दिएर भ्रष्टाचारलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । जनतालाई सुशासनको नारा दिएर सरकार भने भित्रै भित्रै अरबमा भ्रष्टाचार गरिरहेको उनले बताए । नेपाल प्रेस युनियन कैलालीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले आरोप लगाएका हुन । ... बाँकी अंश»

‘शिक्षाका कर्मचारीलाई विभेद गरियो’

२०७५ पौष २६ बिहिबार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्दा आफूहरुलाई विभेद गरिएको आरोप लगाएका छन् । ... बाँकी अंश»

लोकसेवाको कदर गर्न आग्रह

२०७५ पौष २६ बिहिबार, काठमाडौँ । हेल्थ असिस्टेन्ट सङ्घ(हान) ले शैक्षिक योग्यता र लोकसेवा प्रक्रियाको कदर गर्न सरकारलाई आग्रह गरेको छ । सङ्घले आज गरेको दबाबमूलक कार्यक्रममा हानले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । ... बाँकी अंश»

नेपाल–भारत संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

२०७५ पौष २६ बिहिबार, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् । ... बाँकी अंश»

नवलपरासीमा ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते

२०७५ पौष २६ बिहिबार, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको प्रतापपुर गाऊपालिका वडा नं ५ श्रीरामपुरमा बिहिवार माटोको ढिस्कोले पुरेर एकजना बालक गम्भिर घाईते भएका छन । ... बाँकी अंश»

सांसद मल्लले दिए अग्निपीडितलाई १ महिनाको तलव

२०७५ पौष २६ बिहिबार, डडेल्धुरा । अमरगढी सदरमुकाम बागबजारका अग्निपीडित १६ विभिन्न पसलका घर परिवारको पुर्नस्थापना र राहत कार्यका लागि विहिवार देखि पहल सुरु भएको छ । नेपाली कांग्रेस डडेल्धुराका सभापती एवं सुदुर पश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले आफ्नो १ महिनाको तलव ४१ हजार नगद दिएर सहयोगको थालनी गरेका छन् । ... बाँकी अंश»

कांग्रेसका पुराना नेता ढकालको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

२०७५ पौष २६ बिहिबार, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पुराना नेता केशवप्रसाद ढकालको निधनप्रति दुःख व्यक्त गरेको छ । ... बाँकी अंश»

बम्जन आश्रमबाट महात्मा गुरु नियन्त्रणमा

२०७५ पौष २६ बिहिबार, सिन्धुली । बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट बिहिबार एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

सैनिक प्रवक्ता ढकालले सम्हाले जिम्मेवारी 

२०७५ पौष २६ बिहिबार, काठमाडौं । नेपाली सेनाको नयाँ प्रवक्ता यामप्रसाद ढकालले जिम्मेवारी सम्हालेका छन्। जनसम्पर्क तथा सूचना निर्देशनालयमा बिहीबार ... बाँकी अंश»

करणी मुद्दाका अपराधी जेलमै मरे 

२०७५ पौष २६ बिहिबार, लमही । जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि दाङको घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएको छ ।  ... बाँकी अंश»

नेपाली सेनाको मिलोमतोमा अबैध क्रसर संचालन, पत्रकारमाथि सेनाका मेजरले गरे दुर्व्यवहार

२०७५ पौष २५ बुधबार, जनकपुरधाम । गत शनिबार नेपाली सेनाले जिल्लाका सञ्चारकर्मीहरुमाथि दुर्व्यवहार गरेको छ । पत्रकारले गोप्य सुचनाको आधारमा बर्दिबास नगरपालिका वडा नं - १३ मा अवैध रुपमा सञ्चालित क्रसरहरुको रिपोटिङ गर्ने क्रममा विजय साहले बर्दिबास -१३ मा सञ्चालन गरेका चुरियाँमाई वासिङ सेन्टरले प्रदेश नं २ को पृत्तना क्षेत्र भित्र अवैध रुपमा नदि उत्खन्न गरी त्यहाँ भएका गिट्टी बालुवा चुरियाँमाई वासिङ सेन्टरमा लगि रहेको अवस्थामा पत्रकारहरु ललन मण्डल र निकेश खनाललाई नेपाली सेनाका मेजर पुष्कर बस्नेतले रिपोटिङका क्रममा दुव्यवहार गरेका छन् । ... बाँकी अंश»

अढाई केजी चरेससहित जय बहादुर पक्राउ

२०७५ पौष २५ बुधबार, बझाङ। जिल्लाको बुंगल नगरपालिका –३ बिरपईसेरा बिजगडामा प्रहरीले दुई केजी ४ सय ८० ग्राम लागूऔषध (चरेस ) सहित एक जना पक्राउ गरेको छ । अस्थाई प्रहरी बिट बुंगलमा चेकजाचँ गर्ने क्रममा मंगलबार राती कैलालीको चुरे गाउँपालिका – ५ बस्ने २१ बर्षिया जय बहादुर धामीलाई चरेस सहित पक्राउ गरिएको हो । ... बाँकी अंश»

बैठकमा सर्लाहीका सञ्जय कुमारले ताके पेस्तोल, स्थानीयको प्रतिकारपछि फरार

२०७५ पौष २५ बुधबार, पुस । सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बसन्तपुरबाट प्रहरीले दुई थान पेस्तोलसहित त्यसमा प्रयोग हुने गोली बरामद गरेको छ । सो स्थानबाट मेडइन यूएसए लेखिएको दुई थान पेस्तोल, दुई थान म्याग्जिन र छ राउण्ड गोली बरामद भएको हो । ... बाँकी अंश»

लागुऔषध ओसारपसार रोक्न गृहलाई निर्देशन

२०७५ पौष २५ बुधबार, काठमाडौँ । सङ्घीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । ... बाँकी अंश»

बढैयातालमा आत्महत्या रोक्न योजना तर्जुमा

२०७५ पौष २५ बुधबार, नेपालगञ्ज । बर्दियाका आठ स्थानीय तहमध्ये बढैयाताल गाउँपालिकामा अहिले आत्महत्याका घटना बढ्दै गएपछि स्थानीय जनप्रतिनिधिलगायत सबैको चिन्ता र चासो बढेको छ । ... बाँकी अंश»

नयाँ