समाज

सार्वजनिक सवारी साधन चल्न दिइने

२०७७ असार २५ बिहिबार, यही असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी साधन चल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । ... बाँकी अंश»

राष्ट्रपति मर्माहत, उपराष्ट्रपतिबाट चिन्ता व्यक्त

२०७७ असार २५ बिहिबार, उपराष्ट्रपतिले बाढी–पहिरोमा धेरै जना मानिस बेपत्ता भएकोमा उनहरुको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् । बाढी–पहिरोका कारण विस्थापित भएकाका लागि उचित राहत र घाइतेको गुणस्तरीय स्वास्थ्य उपचारका लागि उनले सरकारको ध्यानाकर्षण गराए । ... बाँकी अंश»

भोटेकोशीको बाढी : घाइते ६ को उद्दार, कोको हराए ?

२०७७ असार २५ बिहिबार, भोटेकोशीको बाढी : ६ को उद्दार, कोको हराए ? ... बाँकी अंश»

हेलिकोप्टरद्वारा घाइतेलाई राजधानीः बेपत्ता २० को पहिचान

२०७७ असार २५ बिहिबार, यसैबीच बेपत्ता २० जनाको पहिचान खुलेको छ । तिनमा जम्बुका भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङडोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाया वाइवा, जनकबहादुर थिङ, सवीना तामाङ, आकाश तामाङ, लोकबहादुर तामाङ, सलिनी तामाङ, सवेश तामाङ, युक्तबहादुर तामाङ, भोटेकोशी हाइड्रोपावरका सेक्रेटरी हिमेश शर्मा र जाइकाका इञ्जिनीयर आकाश केसी छन् । ... बाँकी अंश»

थप मानवीय र भौतिक क्षति रोक्न आग्रह

२०७७ असार २५ बिहिबार, वर्षाको समयमा हरेक वर्ष झैँ यस वर्ष पनि बाढीपहिरोको घटना विकराल बन्नसक्ने स्थिति दृष्टिगत गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार २२ गतेको बैठकले यसबारे विपद् व्यवस्थापनको उच्चस्तरीय तयारी प्रारम्भ गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको थियो । ... बाँकी अंश»

सुदूरपश्चिम : कैलालीमा सबैभन्दा बढी संक्रमित, सातको मृत्यु

२०७७ असार २५ बिहिबार, प्रदेशको राजधानी जिल्ला कैलालीमा सबैभन्दा बढी ९८६ संक्रमित पुगेका छन् । योसँगै कैलाली जिल्ला देशभरमै सम्भतः सबैभन्दा बढी कोरोना संक्रमित जिल्लाका रूपमा देखिएको छ । ... बाँकी अंश»

नेहा मृत भेटिइन्, दाजुले खोलामा धकेलेको आशंका

२०७७ असार २५ बिहिबार, नेहा मृत भेटिइन्, दाजुले खोलामा धकेलेको आशंका ... बाँकी अंश»

डब्लूएचओमा जागिर लगाइदिने लोभ देखाएर ठगी

२०७७ असार २४ बुधबार, उनलाई मङ्गलबार काठमाडौँको बानेश्वरबाट पक्राउ गरी ठगी कसूरमा अनुसन्धान तथा कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, टेकुमा बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । ... बाँकी अंश»

रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा

२०७७ असार २४ बुधबार, संस्थान कार्यालय प्रमुख राजन भुजुद्वारा बुधबार हस्ताक्षरित पत्रमा “गुठी संस्थान शाखा कार्यालय ललितपुरबाट मिति २०७७ ।३।२३ गते सरोकारवालालाई प्रेषित पत्रमा अन्यथा हुन गएकोमा सच्याइएको छ”, भनिएको छ । संस्थानले उक्त पत्रमा रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा हुने व्यहोरा सरोकार पक्ष सबैमा जानकारीका लागि अनुरोध गरिएको भनी सूचना दिएको छ । ... बाँकी अंश»

काँग्रेस नेतृ आरजुले दिइन् तीन जिल्लामा स्वास्थ्य सामग्री

२०७७ असार २४ बुधबार, सामग्री हस्तान्तरणपछि कोषाध्यक्ष गुरुङले महामारी र विपत्ती सबैको साझा समस्या भएकाले यसबाट बच्न सबै एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए । ... बाँकी अंश»

ओलीको समर्थन गर्दै इलाममा प्रदर्शन, प्रधानमन्त्रीबाट हटाउने खेल बन्द गर्न आग्रह

२०७७ असार २४ बुधबार, नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका युवाले जनताको अभिमतको मान्न आग्रह गरे । ... बाँकी अंश»

मल्ललाई काँग्रेसले निकाल्यो पार्टीबाट

२०७७ असार २४ बुधबार, मल्ललाई काँग्रेसले निकाल्यो ... बाँकी अंश»

कम उचाइ भएकाले पनि प्रहरीमा भर्ना पाउने !

२०७७ असार २४ बुधबार, प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफमा उनले उचाइका कारणले प्रहरीमा भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गरिने पनि बताए ।   ... बाँकी अंश»

माइक्रोबाइलोजीको अनुमतिपत्र नखुलाउँदा सयौं विद्यार्थी समस्यामा

२०७७ असार २४ बुधबार, परिषद्ले एक पटक मात्र अस्थायी अनुमतिपत्र खुलाए पनि त्यसपछि खुलाएको छैन । त्यो अस्थायी अनुमतिपत्र पनि नवीकरण भएको छैन । त्यतिबेला ११६ जनालाई अस्थायी अनुमतिपत्र दिएको थियो । विद्यार्थीले अनुमतिपत्र खुलाउनका लागि पटक–पटक परिषद्सँग आग्रह गरे पनि खुलाउन माग गर्दै पीडित विद्यार्थीले माइक्रोवाइलोजी सङ्घर्ष समिति गठन गरेका छन् । समितिका सञ्जीव घितालले अध्ययन गरे पनि अनुमतिपत्र नभएपछि आफ्नै देशमा सेवा गर्न नपाएको गुनासो गर्नुभयो । ‘‘अनुमतिपत्र खुलाउन माग गर्नका लागि हामीले पटक–पटक परिषद्सँग आग्रह ग¥यौ,’’ उहाँले भन्नुभयो, ‘‘तर अहिलेसम्म खुलाएका छैनन् । हामीले काम गर्ने अवसर पाएका छैनाँै । पढेको खेर गइरहेको छ ।’’ उहाँले २०७१ सालमा माइक्रोवाइलोजीमा स्नातकोत्तर तह उत्र्तीण गर्नुभएको हो । उहाँजस्तै करिब दुई हजार ५०० विद्यार्थीले अनुमतिपत्र नपाएर बेरोजगार भएका छन् । ... बाँकी अंश»

पेन्सन बुझन नाका खुला

२०७७ असार २४ बुधबार, बैतडी । भारतीय पेन्सनधारी नेपालीका लागि सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका बुधबारदेखि खोलिएका छन् । बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका तीन दिनका लागि खोलिएका हुन् । ... बाँकी अंश»

कोरिया जान पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

२०७७ असार २४ बुधबार, सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द भएपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले सरकारले उडान सञ्चालन नगरे सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् । ... बाँकी अंश»

२७५ संक्रमित रहेको सम्सीमा स्वास्थ्यकर्मीको तालाबन्दी, उच्च जोखिम क्षेत्रमा महामारी बढ्ने त्रास

२०७७ असार २४ बुधबार, दुई साता पहिलेसम्म यहाँका क्वारेन्टिन केन्द्रमा दुई हजारभन्दा बढी भारतबाट आएकाहरु राखिएका थिए । क्वारेन्टिनमै रहेकामध्ये अहिले सबै स्वास्थ्य संस्था तालाबन्दी गरेर चिकित्सक र स्वास्थ्यकर्मीले कामकाज ठप्प पारेपछि भारतसँग बाक्लो ओहोरदोहोरको यो गाउँपालिकामा महामारी बढ्न सक्ने सर्वसाधारणमा त्रास बढेको हो । “यहाँका स्वास्थ्य संस्थामा ताला झुण्डिएका छन्, सीमामा आउने÷जानेको लर्को छ”, सम्सीचोकमा स्थानीय शेष इस्लामले भन्नुभयो, “हाम्रो ठाउँ कोरोना संक्रमणले गाँजेको ठाउँ हो, अहिले ंयहाँ नाडी छामिदिने र ज्वरो नापिदिने कोही छैनन्, खै अब के हुने हो ?” ... बाँकी अंश»

मास्क लगाउन बेवास्ता, परिएला पक्राउ

२०७७ असार २४ बुधबार, सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । ... बाँकी अंश»

उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना

२०७७ असार २४ बुधबार, उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा दुई पाङ्ग्रे चालक बढी रहेका छन् । आव २०७६-७७ मा सवारी दुर्घटनाबाट ७६ जना दुई पाङ्ग्रे (मोटरसाइकल-स्कुटर) चालकको मृत्यु भएको हो । यस्तै, मृत्यु हुनेमा ४७ पैदलयात्रु, बस दुर्घटनाबाट ६, साइकल दुर्घटनाबाट पाँच, ट्रक दुर्घटनाबाट पाँच, ट्रिपर दुर्घटनामा तीन र कार दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

सुरक्षा र परराष्ट्र नीति भारतलाई जिम्मा लगाउनु पर्छ भन्ने ओली कसरी राष्ट्रवादी ?

२०७७ असार २४ बुधबार, नेपाली काँग्रेस विपीले लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गरिनु स्वागतयोग्य भएको बताएको छ । नक्सा सार्वजनिक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादीको बिल्ला भिरेकोमा भने प्रश्न उठाएको छ ।  ... बाँकी अंश»

नयाँ