समाज

गुल्मीका शिक्षकको कोरोना संक्रमणबाट मृत्यु, तेस्रो नेपाली

२०७७ जेठ ८ बिहिबार, वैशाख २८ गते साँझदेखि टाउको दुख्ने ज्वरो आउने समस्या भएपछि वैशाख २९ गते उहाँ पुर्कोटस्थित एक पोलिक्लिनिकमा उपचारका लागि जानुभएको थियो । दुई दिनसम्म औषधि खाई आराम गरेर वैशाख ३१ गते पुनःक्लिनिकमा रगत जाँचका लागि जानुभएका उहाँमा कमलपित्त समस्या देखिएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा सिफारिस गरिएको क्लिनिकका सञ्चालक विष्णु भुसालले बताउनुभयो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि क्रिमसन अस्पतालमा लगिएको थियो । ... बाँकी अंश»

घरमा आफैले आगो लगाएपछि ...

२०७७ जेठ ८ बिहिबार, घरगोठ जल्दा रु दुई लाख ४५ हजारबराबरको क्षति भएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । घरधनी सुरजले रातिको समयमा मदिरा सेवन गरी श्रीमती राधिका र छोराछोरीलाई पिट्न थालेपछि उनीहरु भागेका थिए । त्यही सयममा कुमालले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

बङ्गालको खाडीमा बनेको अंपुन चक्रवातले नेपालमा हल्कादेखि मध्यम वर्षा 

२०७७ जेठ ८ बिहिबार, अंपुन चक्रवातको प्रभावले बिहीबार देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  ... बाँकी अंश»

लकडाउन हटेलगत्तै बाहिरबाट आउनेको व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

२०७७ जेठ ७ बुधबार, लकडाउन हटेलगत्तै बाहिरबाट आउने सङ्ख्या ठूलो हुनसक्ने र त्यसको व्यवस्थापनका लागि आवश्यक साधन स्रंोतको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए । ... बाँकी अंश»

भारतमा प्रति लाख ७.९ जना कोरोनाबाट संक्रमित, ३६.६२ प्रतिशतलाई निको

२०७७ जेठ ७ बुधबार, अहिले संक्रमित अवस्थामै रहेका मध्ये २.९४ प्रतिशतलाई मात्रै अक्सीजन सहितको शैयामा राख्नु परेको र ३ प्रतिशतलाई आइसियुमा राख्नु परेको पनि उहाँले जानकारी दिनुभयो । त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित मध्ये ०.४५ प्रतिशतलाई भने भेन्टीलेटरमा राखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ... बाँकी अंश»

कालीगण्डकीमा हराएका दुई बालक मध्ये एकको शव भेटियो

२०७७ जेठ ७ बुधबार, इलाका प्रहरी कार्यालय रामपुरले बेपत्ता बालकको शव फेला परेको परिवारलाई खबर गरेपछि आफन्तले सोको पहिचान गरेका हुन् । ... बाँकी अंश»

सुतिरहेका बेला गोमनले डसेर सोनुको मृत्यु

२०७७ जेठ ७ बुधबार, उनका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन नसक्दा मृत्यु भएको हो । ... बाँकी अंश»

चार्टर्ड उडान मार्फत भारतले पहिलोपटक लग्यो आफ्ना नागरिक

२०७७ जेठ ७ बुधबार, पछिल्लो पटक जेठ २० सम्म लकडाउनको समयावधि थपिएको छ । सरकारले चैत ९ गते राति १२ बजेपछि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानलाई रोक लगाएको थियो । यो अवधिमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ... बाँकी अंश»

दुईमा कोरोना देखिएपछि २ सय प्रहरी क्वारेन्टाइनमा

२०७७ जेठ ७ बुधबार, दुई दिनअघि यहाँका १९ प्रहरीको पिसिआर परीक्षण गरिएकोमा दुई जनामा कोभिड–१९ देखिएको थियो । यहाँ रहेका झण्डै ९२ सहित गरेर २०० प्रहरीको परीक्षण गर्नुपर्न आवश्यकता देखिएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको पोखरेलले बताए । ... बाँकी अंश»

कोरोना संक्रमित युवकसँगै सात जना आएको खुल्यो

२०७७ जेठ ७ बुधबार, उनलाई भाइले मोटरसाइकलमा बसालेर क्वारेन्टाइन पुर्‍याएकोले उनको पिसिआर परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मीको टोलीले उनको टे«सिङ्ग गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए । ... बाँकी अंश»

लिपुलेकमा चीनको नियत पनि राम्रो देखिएनः व्यवसायी 

२०७७ जेठ ७ बुधबार, काठमाडौं। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले भारतले नेपालको कालापनी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अतिक्रमण गरी तिब्बतको कैलास मानसरोवर जाने सडक निर्माण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग आग्रह गरेको छ ।  ... बाँकी अंश»

भक्तपुरमा कोरोना : बस्ती सिल गर्न हतियारसहित सेना र प्रहरी पुग्दा खैलाबैला

२०७७ जेठ ७ बुधबार, यो खबरले भक्तपुर नगरपालिका क्षेत्र निकै तरङ्गित बन्यो । भक्तपुरमा सफाइ मजदुर भेलुखेलबाटै जाने भएकाले भक्तपुर नगरपालिकामा पनि संक्रमण फैलिन सक्ने त्रास नगरपालिकामा रहेको छ । मध्यराति पहिचान भएपछि सुरक्षा निकायले बुधबार बिहान ८ बजे भेलुखेल पुगेर बस्ती सिल गरेको छ । बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन । स्थानीय बाबुरत्न द्यौलाले आफ्नो बस्तीमा बिहान ८ बजे एकैपटक हतियार बोकेका सेना र प्रहरी आएर तैनाथ हुँदै घर बाहिर ननिस्कन भनेपछि छक्क परेको बताउछन् । ... बाँकी अंश»

क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रचण्डको प्रतिबद्धता

२०७७ जेठ ७ बुधबार, बेपत्ता योद्धाको स्मृति दिवसको सन्दर्भमा बुधबार एक वक्तव्य जारी गर्दै उनले बेपत्ता योद्धाको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए । ... बाँकी अंश»

लालितपुरका ६ वटै स्थानीय तहमा कोरोना परीक्षण

२०७७ जेठ ७ बुधबार, महानगरले शनिबार नै ११९ व्यक्तिको आरडिटी परीक्षण गरेको थियो । त्यस्तै सोमबार दिउँसो ३२९ जनाको आरडिटी परीक्षण भएको थियो । उनीहरु फलफूल, तरकारी, ग्यास बिक्रेता रहेको प्रवक्ता महर्जनले जानकारी दिए । मङ्गलबार विदेशबाट फर्किएका २७ व्यक्तिको आरडिटी परीक्षण गरिएको र त्यसको नतिजा आउन बाँकी रहेको महर्जनले जानकारी दिए । ... बाँकी अंश»

लकडाउनमा पिकनिक मनाउने बढे, स्थानीयवासी त्रासमा

२०७७ जेठ ७ बुधबार, पहाडी क्षेत्रमा प्रहरीको निगरानीमा कमी र गर्मी छल्नसमेत सजिलो हुनेभएपछि कैलालीका तराई क्षेत्रबाट युवा पिकनिक खाने बहानामा पहाडी क्षेत्रमा जाँदा स्थानीयवासीमा भने त्रास सिर्जना भएको छ । लकडाउनमा मानिस घरभित्रै बस्नुपर्ने हो तर कैलालीका पहाडी जिल्लामा अहिले दैनिक पिकनिक खानेको भीड लाग्न थालेपछि स्थानीयवासीमा त्रास बढेको हो । ... बाँकी अंश»

कोरोना : पोखराका चार जनामा एन्डिबढी देखियो

२०७७ जेठ ७ बुधबार, पोखरा। पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा चार जनामा एन्डिबढी देखिएको छ । ... बाँकी अंश»

नरैनापुरवासीका दुःखमाथि थपियो कोरोनाको महाविपत्ति

२०७७ जेठ ७ बुधबार, शिक्षा, स्वास्थ्य र विकासको दृष्टिकोणले पछाडि परेकै कारण अहिले कोरोना महामारी पनि नरैनापुरमा देखिएको यहाँका स्थानीयवासी तथा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव बताउनुहुन्छ । नरैनापुरका नागरिकमा चेतनाको स्तर कममजोर भएकाले बन्दाबन्दीको बेवास्ता गर्ने र आपसी सामाजिक दूरीसमेत कायम गर्न नसक्दा अहिले कोरोनाको कहरमा परेको उहाँ बताउनुहुन्छ । ... बाँकी अंश»

टिपर आंतक भएको भन्दै सडक अवरुद्ध गरेपछि ब्यवसायी संगठित

२०७७ जेठ ७ बुधबार, टिपर ब्यवसाय चौपट पार्न केही ब्यक्ति वा समुह लागेको उनको आरोप छ । इलाका प्रशासन कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लाबारी, उर्लाबारी नगरपालिकालगायतलाई टिपरलाई सहज वातावरणमा काम गर्ने वातावरण मिलाइदिन टिपर ब्यवसायी संघ उर्लाबारीका अध्यक्ष बबी निरौलाले आग्रह गरेका छन्। उर्लाबारीमा ४० भन्दा बढी टिपर ब्यवसायी रहेको र करोडौं रुपैयाँ लगानी असुरक्षित बनेकाले सम्बन्धित निकायले चासो दिनु पर्ने उनको माग छ । कोरोना भाइरसबाट बच्न÷बचाउन टिपर ब्यवसायीहरु सचेत रहेको र सरकारको नीति नियमलाई पूर्ण रुपमा पालना गरेको उनले दाबी गरे । ... बाँकी अंश»

कोरोना अपडेटः विश्वभर संक्रमित ५० लाखको हाराहारीमा, ३ लाख २४ हजारको मृत्यु

२०७७ जेठ ७ बुधबार, युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ३४१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । ... बाँकी अंश»

झापामा बढ्दै कोरोना संक्रमित : ३ सयबढी लुकीछिपी भित्रिए

२०७७ जेठ ७ बुधबार, भारतीय सीमामा अलपत्र अवस्थामा रहेका नेपाली मुख्य नाकाबाट आउन नपाएपछि आसपासबाट लुकीछिपी भित्रिन थालेका छन् । नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीय सरकार, प्रशासन, प्रहरी र स्वास्थ्यकर्मीले नजिकको होल्डिङ सेन्टर र क्वारेन्टाइनमा सुरक्षित किसिमले पु¥याउने काम भइरहेको कोरोना संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । उनका अनुसार झापाको केचना, टाघनडुब्बा र काँकडभिट्टा, गौरीगञ्जबाट नेपाली आउन शुरु गरिसकेका छन् । लुकीछिपी आउनुपर्ने बाध्यता सिर्जना हुनुभन्दा वैधानिकरुपमा नेपाल ल्याइन सुरक्षित हुनेहुँदा पहल गरिरहेको संयोजक पोर्तेलको भनाइ छ ।  ... बाँकी अंश»

नयाँ