समाज

पौडेलपक्ष आफैं बोक्सी, आफैं झाँक्री : काफ्ले समूह

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । नेविसंघको विवाद चुलिँदै जाँदा उम्मेदवारहरूबीच एक आपसमा आरोप प्रत्यारोप चर्किन थालेको छ । पौडेल पक्षले नामावली प्रकाशित भएकोमा असहमति जनाउँदै नाराबाजीमा उत्रिएकोप्रति संकेत गर्दै काफ्ले समूहले भने पौडेल पक्ष आफैं बोक्सी र आफैं झाँक्री बनेको आरोप पनि लगाएका छन् ।    सो समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘तत्कालिन नेविसंघका निर्वाचित अध्यक्ष प्रदीप पौडेललाई अधिवेशन गराउनै नदिई हटाएर पार्टीले ६ महिनाभित्र विधिवत अधिवेशन ग ... बाँकी अंश»

वर्षाका कारण रोल्पाका विभिन्न स्थानमा क्षती

२०७३ श्रावण ३० आइतबार, रोल्पा । आइतबार दिउसो परेको अविरल वर्षाका कारण रोल्पा जिल्लाका विभिन्न स्थानमा ठूलो क्षती भएको छ ।     लिबाङ ६ सात्तालेखोला पर्यटन बस्ती रोल्पा स्थित तिलसरा खड्काकोे घर बगाउदा करिव ५ लाख बराबरको क्षती भएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।    उनका अनुसार लिबाङ–६ थलिबाङमै रुख ढल्दा गोमा डाँगीको करिव २ लाख बराबरको ढेब्लीमा क्षती भएको छ, भने सात्ताले खोलामा निर्माणाधिन अवस्थामा रहेको टिकट काउन्टर खोलाले बगाएको छ ।&nb ... बाँकी अंश»

भित्रभित्रै संवैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्र : एमाले (विज्ञप्तिसहित)

२०७३ श्रावण ३० आइतबार, काठमाडौ । प्रमुख विपक्षी एमालेले वर्तमान अहिले राजनीतिक तथा संवैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएको छ ।    सरकारबाट बाहिरिएपछि पहिलो पटक आइतबार पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको स्थायी समिति बैठकले नयाँ सत्ता समीकरणसंगै तहगत निर्वाचन सम्पन्न गर्ने विषयमा उदासिनता देखिएको र भित्रभित्रै राजनीतिक तथा संवैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएको हो ।    एमालेले अहिले भइरहेका विभिन्न ... बाँकी अंश»

उपप्रधानमन्त्री महरा सोमवार चीन जाँदै

२०७३ श्रावण ३० आइतबार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनको छ दिवसीय भ्रमणमा सोमबार बेइजिङ प्रस्थान गर्दैछन् ।  चीनमा रहँदा महराले नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर सम्बद्ध उच्च अधिकारीहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए ।   राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक् ... बाँकी अंश»

कार्की नै बने अख्तियार प्रवक्ता

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कृष्णहरि पुस्करलाई दिइएको जिम्मेवारी आइतबारदेखि गणेशराज कार्कीको लागि तोकिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।    विज्ञप्तीमा भनिएको छ ‘आजैका मिति देखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव गणेशराज कार्की र सहायक प्रवक्तामा उपसचिव खगेन्द्र प्रसाद रिजाललाई तोकिएको छ ।’    अब आधिकारिक रूपमा अख्तिया ... बाँकी अंश»

संविधान संशोधनमा एमालेको ग्यारेन्टी लिन सकिँदैन

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले पाँच दिनभित्र मन्त्रिमण्डलले पूर्णता पाउने स्पष्ट पारेका छन् ।    आईतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा खनालले अबको पाँच दिनभित्रमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका हुन् ।     उनले भने,‘हाम्रो स्पिरिट भनेको नै सकेसम्म चाँडै मन्त्रिमण्डल विस्तार गर्ने भन्ने थियो, तर केही ढिला भयो, अब काँग्रेसले पनि चार पाँच दिनभित्रै आफ्नो तर्फबाट मन्त्र ... बाँकी अंश»

टिम्बुरे हत्या काण्डमा बाँचेकी मनुको निधन

२०७३ श्रावण ३० आइतबार, पाँचथर । एउटै परिवारका ५ जनाको ज्यान लिने गरी २०५० सालमा पाँचथरको लुङरुपा ९ टिम्बुरे हत्या काण्डमा मारिएका दुलाल परिवारमा बाँचेका ज्ञानू र मनू मध्ये मनुको अाइतबार निधन भएको छ । मनुको अमेरिकाको न्युह्याम्सायर शहरको इलिओट अस्पतालमा निधन भएको हो ।    मनु करिव दुईवर्ष अगाडी डाइभरसिटि भिसा मार्फत श्रीमान नरेश र छोराछोरीका साथ अमेरिका पुगेकी थिइन । २०१४ उनी डाइभरसिटि भिसा मार्फत श्रीमान नरेश प्रसाई, एघार बर्षीय छोरा निसम र पाँच बर्षिया छोरी निष् ... बाँकी अंश»

गङ्गामाया बचाऔँ अभियानकर्मी पक्राउ

२०७३ श्रावण ३० आइतबार, काठमाडौँ  । अनशनरत गङ्गामाया अधिकारीको जीवनरक्षाका लागि ‘‘गङ्गामाया बचाऔँ अभियान सुरु’ गर्दै प्रधानमन्त्री निवास बालुवाटार धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।    छ वर्षदेखि अनशनरत गङ्गामायाले गत बिहीबारदेखि स्लाइन र पानी समेत त्यागेर आमरण अनशन सुरु गरेपछि मानवअधिकारकर्मीले उहाँको जीवन बचाउन भन्दै उक्त अभियान आइतबार देखि सुरु गरेका हुन् ।    पक्राउ पर्नेमा चरण प्रसार्इँ, इन्द्र अर्याल, सुमन अधिकारी, ... बाँकी अंश»

प्रचण्डका थप पाँच मन्त्रीले सपथ खाए, प्रभु साह असन्तुष्ट

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले प्रधानमन्त्री निर्वाचित भएको १० दिन पछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।    तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रमुख सत्ता साझेदार दल कांग्रेसले नै दुई जना मन्त्री बाहेक अन्य पठाउन सकेको छैन ।    आइतबार प्रधानमन्त्री दाहाले आफ्नो दलबाट पाँच जना मन्त्री र चार जना राज्यमन्त्री थपेका छन् । मन्त्रीहरुले आइतबारै राष्ट्रपतिको कार्या ... बाँकी अंश»

गोविन्द केसीलाई पछ्याउँदै भोला रिजाल पुगे तिलाठी

२०७३ श्रावण ३० आइतबार, काठमाडौँ । सप्तरीको तिलाठी आसपासका बाढीपीडितको स्वास्थ्योपचारका लागि डां गोविन्द केसीलाई पछ्याउँदै डा. भोला रिजालको टोली समेत त्यहाँ पुग्यो ।   बाढीपीडितलाई राहत वितरण गर्न काठमाडौँबाट गएको विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँचसमेत गरेको छ । यद्यपि, यो चिकित्सक टोली जानु भन्दा पहिले डा. गोविन्द केसीले घर–घरमा गएर त्यहीँको स्थानीय भाषामा कुरा गर्दै उपचार गरेका थिए ।    बाढीपीडितको स्वास्थ्योपचारका लागि भोला रिजाल नेतृत्वको विश ... बाँकी अंश»

माओवादीका तर्फबाट चार राज्यमन्त्री पनि

२०७३ श्रावण ३० आइतबार, काठमाडौँ । सत्ता संचालन गरिरहेको माओवादी केन्द्रले चार सांसदलाई राज्यमन्त्री बनाउने भएको छ ।    प्रधानमन्त्री पुष्पकमल दाहालले धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राधिका तामाङलाई कृषि विकास राज्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।    प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणल ... बाँकी अंश»

हेरफेर गरेको नामावली सच्याउन निर्देशन समिति कै सदस्यले निकाले बक्तब्य

२०७३ श्रावण ३० आइतबार, काठमाडौं। ठुलो संख्यामा नामावलीमा थपघट गरिएको भन्दै नेपाल बिद्याथी संघका केही असन्तुष्ट पक्षले बिरोध जनाएका छन्। उनीहरुले नामावली नसच्याउने हो भने अव निर्वाचन लगायत अन्य कुनै प्रकृया अगाडि बढ्न नदिने भन्दै आएका छन्।   आजै नेपाली कांग्रेसले नेपाल बिद्याथी संघको अधिवेशनलाई सहज गर्न बनाएको निर्देशन समितिका गोबिन्द्र भट्टराई तथा गुरुराज घिमिरेले समेत एक बक्तब्य जारी गरेका छन्। बिज्ञप्ती मा भनिएको छ पहिले नै भइसकेको ६४ जिल्लाका प्रतिनिधिहरु ... बाँकी अंश»

अयोग्य चिकित्सकलाई काममा नलगाउन प्रधानमन्त्रीको निर्देशन

२०७३ श्रावण ३० आइतबार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका कुनै पनि चिकित्सकलाई बिरामीको स्वास्थ्य जाँच गर्नका लागि तत्काल रोक लगाउन निर्देशन दिएका छन् ।    शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले करिब पचास चिकित्सकलाई पक्राउ गरी छानबिन अगाडि बढाएको थियो । अयोग्य चिकित्सक हिरासतबाट रिहा भएपछि पुनः आफ्नै कार्यक्षेत्रमा फर्केको र बिरामीको स्वास्थ्य जाँच गरिर ... बाँकी अंश»

डा. रामशरण महतको शल्यक्रिया

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतको शल्यक्रिया भइरहेको छ । पिसावमा समस्या भएपछि उनलाई युरोलोजिष्ट डा. भोलाराज जोशीले शल्यक्रिया गरिरहेका छन् । शल्यक्रिया ओम अस्पतालमा भइरहेको छ ।  ... बाँकी अंश»

दुई सय ९७ खुल्लासहित नेपाल प्रहरीमा जागिर खुल्यो (सूचनासहित)

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । नेपाल प्रहरीमा नयाँ पदको लागि आवेदन आह्वान गरिएको छ । रिक्त रहेको प्रहरी सहायक निरीक्षक जनपदमा कूल ५ सय ५१ जनाको आवेदन आह्वान गरिएको नेपाल प्रहरीले जनाएको छ ।    यसरी मागिएको पदमा २ सय ढठ जना खुल्ला अमर र अशत्तm प्रहरी परिवारका तर्फबाट ११ जना र बाँकी समावशी कोटाबाट आवेदन आह्वान गरिएको प्ररीले जनाएको छ । बाँकी सूचनामा – ... बाँकी अंश»

छब्बीस गाविस प्रकोपको उच्च जोखिममा

२०७३ श्रावण ३० आइतबार, नवलपरासी । नवलपरासीका विभिन्न २६ वटा गाउँ विकास समिति प्रकोपको दृष्टिकोणले उच्च जोखिममा रहेका छन् । जिल्लामा मुख्यगरी नारायणी नदीबाट बढी मात्रामा प्रकोपको दृष्टिकोणले उच्च जोखिममा रहेको देखिन्छ ।    चुरे क्षेत्र भनेर चिनिने जिल्लाको ग्रामीण क्षेत्र नेपाल–भारत सीमा क्षेत्र नारायणी नदी नजिकका रामपुरखडैना, भुजहवा, प्रतापपुर, कुडिया, नर्सही, पक्लीहवा, त्रिवेणी सुस्ता, गुठीप्रसौनी गाविस जोखिममा छन् ।    यता नारायणी नदीकै कारण नवलपुर क् ... बाँकी अंश»

पचास प्रतिशत उद्योग बन्द

२०७३ श्रावण ३० आइतबार, इलाम । घरेलु तथा साना उद्योग विकास समिति इलाममा विगतमा दर्ता भएका उद्योगमध्ये आधा मात्र उद्योग सञ्चालनमा रहेको पाइएको छ ।    समितिमा दर्ता भएका दुई हजार ८३७ वटा उद्योगमध्ये एक हजार ४५२ वटा उद्योगमात्र सञ्चालन भएका हुन् । बाँकी उद्योग बन्द रहेको घरेलुले जनाएको छ ।    चियाका ७९ वटा, राइस मिल २६२ वटा, कम्प्युटर प्रशिक्षणका ६३, दूध डेरीका १७० वटा उद्योग सञ्चालमा आएका छन् ।    यसैगरी निर्माण व्यवसायीतर्फ १०९, सिलाइ कटाइ १२९, हाउस वाइरिङका १ ... बाँकी अंश»

नेविसङ्घको मतदाता परिचयपत्र वितरण गरिदै

२०७३ श्रावण ३० आइतबार, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनका प्रतिनिधिहरुलाई आइतबार बिहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृतिभवनबाट वितरण गरिदै छ ।    महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र बुझ्न आउँदा आ–आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र साथमा लिएर आउन नेपाली काँग्रेसले विज्ञप्ति जारी गरी जनाएको छ । धेरै दिनको विवादपछि शनिबार राति निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ... बाँकी अंश»

ओलीले यसरी सुनाए प्रचण्डको ‘सेलिब्रेटी’ कथा

२०७३ श्रावण २९ शनिबार, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपीलेले नेपालका राजनीतिज्ञ सेलिब्रेटी भएको टिप्पणी गरेका छन् । काठमाडौंमा भोजपुर काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा ओलीले पछिल्लो समय नेपालका राजनीतिज्ञ र विज्ञहरु सबै सेलिब्रेटी बनेको टिप्पणी गरेका हुन् ।    गएको सोमबार आदीवासी जनजाती दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहालले ढोलक बजाएकोतर्फ संकेत गर्दै ओलीले भने, ‘हाम्रो देशमा कस्तो चलन छ भने । सेलिब्रेटीको चलन । नेता राजनीति भन ... बाँकी अंश»

छिमिकी देशको भ्रमण सम्बन्ध सुमधुर बनाउन केन्द्रित : उपप्रधानमन्त्री निधि

२०७३ श्रावण २९ शनिबार, काठमाडौँ । उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले निकट भविष्यमा हुने भारत र चीन भ्रमण दुई छिमेकी देशबीचको सम्बन्धलाई अझ सुमधुर गर्नका लागि केन्द्रित हुने बताएका छन् ।    नेपाल प्रेस युनियनले आज आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भ्रमणका समयमा भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिइने उल्लेख गरे ।    दुई छिमिकी देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन प्रधानमन्त्री पुष्पकमल दाहा ... बाँकी अंश»

नयाँ