world cup

समाज

अाेली सरकारले कुरो नसुनेको झोंक : ‘एमाले र एमाओवादी भ्रष्टाचार गर्नकै लागि सरकारमा जान्छन्’

२०७३ बैशाख १५ बुधबार, काठमाडौं । संघीय गठबन्धनमा आवद्ध २७ दलको संयुक्त आन्दोलन सुरु भएको छ । पूर्व घोषित कार्यक्रम अनुसार वुधबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको गठबन्धन नेताहरुले बताएका छन् । गठबन्धन नेताहरुले पछिल्लो समय २६ बुँदे अवधारणा अघि सारेका छन् । उनीहरुले पहिलेको ११ बुँदेमा आदिवासी जनजाती, पीछडावर्गलगायत, भूकम्प पीडित र कालोबजारीको मुद्दा समेत उठाएका छन् ।    कार्यक्रममा सहभागि हुन जनकपुर पुगेका तराई मधेस ... बाँकी अंश»

पुनःनिर्माणका लागि स्वयंसेवक खोज्न थाले प्रम

२०७३ बैशाख १५ बुधबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानमा स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गर्न राजनीतिक दललाई आह्वान गरेका छन् । पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनःनिर्माण र नवनिर्माण हुन्छ भन्ने विश्वासका साथ नेपाली साँच्चिकै मेहनती र बहादुर छन् भन्ने प्रमाणित गर्न आवश्यक छ भने ।      ओलीले भने, ‘कुरा काट्न ... बाँकी अंश»

अब ग्याँसको समस्या हुदैन उत्खनन्‌का लागि चीनियाँ टोली आउछन् : उद्योग मन्त्री

२०७३ बैशाख १५ बुधबार, भक्तपुर । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले नेपाल सरकारको उद्योग नीति अनुसार पहिलो ग्याँसको उत्खनन् त्यस पछि पेट्रोलियम पदार्थ रहेको भन्दै आउँदो मे महिनाको एक बाट चीनियाँ टोलीको सहयोगमा दैलेख, मुस्ताङ्ग र उपत्यकाको ग्यास उत्खनन्को काम सुचारु गरिने बताए । मन्त्री पाण्डेले नेपाल सरकारका मातहतमा रहेका र बन्द भएको नेपाल औषधि लिमिटेड, हेटौडा सिमेन्ट, गोरखाली टायल उद्योग, उदयपुर सिमेन्ट, बिरगञ्ज चिनी उद्योग लगायतका कारखाना अब बन्द नहुने गरी सञ्चालन ... बाँकी अंश»

‘पुनःनिर्माणको रोजगारीले मख्ख परे इन्जिनियर’

२०७३ बैशाख १५ बुधबार, काठमाडौँं । महोत्तरीका धर्मेन्द्रकुमार यादवलाई भूकम्पपछिको पुनःनिर्माण अभियानको सूचनाले भारतको पटनामा जारी शिक्षण पेसा छाडेर प्राविधिक भई स्वदेश फर्कन प्रेरित गर्‍यो । प्राविधिक विषय पढेर स्वदेशमा भनेजस्तो रोजगारी नपाएर विदेशिएका यादव अहिले पुनःनिर्माण अभियानको रोजगारीसहित पीडितको सेवा गर्ने अवसर पाउँदा दंगछन् ।    पुनःनिर्माणका लागि खटिने इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिरण र सहरी विकास मन्त्रालयको आयोजना तथा भूकम्प प् ... बाँकी अंश»

एकै घरका तीनसहित चारको हत्या

२०७३ बैशाख १५ बुधबार, सल्यान । सल्यानमा एकै घरका तीन जनासहित चार जनाको हत्या भएको छ । गएराति छायाँ क्षेत्र गाविस–९ रानागाउँमा चार जनाको सामूहिक हत्या भएको हो ।     रानागाउँका रमेश खान ठकुरीकी–२३ वर्षीया श्रीमती सीताखान ठकुरी, तीन वर्षीया छोरी पवित्राखान ठकुरी, एक वर्षीया सविताखान ठकुरी र दिदीको घरमा आएकी शारदा नगरपालिका–१० मार्केकी १८ वर्षीया गीता गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख श्यामबहादुर क्षेत्रीले जानकारी दिए ।       बि ... बाँकी अंश»

चैतमा मात्रै १० महिलाको हत्या र २७ बलात्कृत

२०७३ बैशाख १५ बुधबार, काठमाडौँ । चैत महिनामा १० महिलाको हत्या भएको र २७ महिला तथा किशोरी बलात्कारमा परेको एक सञ्चार अध्ययनले देखाएको छ ।  सञ्चारिका समूह नेपालले विभिन्न १५ राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनका क्रममा अधिकांश पीडित १० देखि १५ वर्ष उमेर समूहका रहेको देखिएको छ ।    अध्ययनका क्रममा सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई दिएको स्थान सन्तोषजनक छ । अनुगमनले महिलामाथि हिंसा गर्नेमा परिवारका सदस्य, छिमेकी, राज्य, पीडक उल्लेख नभएका र अन्य भएको द ... बाँकी अंश»

यस्तो हुँदो रहेछ अमेरिकामा तालिम लिनेलाई सम्मान

२०७३ बैशाख १५ बुधबार, काठमाडौं । मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाकोे औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्री सम्मानित भएका छन् । मंगलबार फेम अन्तर्राष्ट्रिय हलको प्रेरणा समारोहमा सहभागि सेनापति क्षेत्री सम्मानित भएका हुन् ।    अमेरिकाको युएस आर्मी कमान्ड एवं जनरल स्टाफ कलेजमा तालिम गरेका प्रधान सेनापति क्षत्रीको सम्मानमा लेविस एण्ड क्लार्क सेन्टरको आइजनहावर सभाघरमा आयोजित समारोहमा क्षत्रीको  तस्वीर राखी सम्मान गरिएको सैनिक ज ... बाँकी अंश»

दीक्षितको अवस्था खतरा मुक्त

२०७३ बैशाख १५ बुधबार, काठमाडौँ  । सञ्चार उद्यमी कनकमणि दीक्षितको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।    अकुत सम्पत्ति राखेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत शुक्रबार नियन्त्रणमा लिएसँगै उच्च रक्तचापको सामान्य उपचारका लागि भनी अस्पताल लगिएका दीक्षितको शनिबार बिहान एक्कासि रक्तचाप अनियन्त्रित भएपछि वीर अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो ।    उहाँको उपचारमा संलग्न चिकित्सक मनेन गोर्खालीले ... बाँकी अंश»

२० तोला सुन प्रहरीबीच बाँडफाँड गरे पछि..

२०७३ बैशाख १५ बुधबार, राजविराज। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले व्यापारीको सुन, चाँदी पक्राउ गरी अनियमितता गर्ने सप्तरीका एक असईसहित दुई जना प्र्रहरीमाथि कार्वाही गरेको छ।   सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरी र प्रहरी जवान ललित झामाथि कार्वाही गरिएको पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले बताए। साथै, सुनचाँदी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवान पप्पु यादव र चन्दन यादवलाई समेत नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडि ... बाँकी अंश»

रोल्पाको देबिदत्त गणमा पानीको हाहाकार

२०७३ बैशाख १५ बुधबार, रोल्पा (जूस)। गर्मी बढेसंगै राल्पा जिल्लाका बिभिन्न स्थानमा खानेपानीको समस्या देखिन थालेको छ। खाने पानीको समस्या बढेपछि सबैभन्दा बढी मार देवीदत्त गण लिबाङ रोल्पाले खेप्नु परेको छ।  गणमा करिव ३ वटा धारा जडान भई सञ्चालनमा रहेको भएतापनि पानीको मुहान सुकेपछि समस्या बढ्न थालेको  देविदत्त गण लिबाङ रोल्पाका सेनानी केशव शिलवालले जानकारी दिए। उनका अनुसार गुनाखोला २ सातदोबाटो समितिबाट चौविसै घण्टा पानी आउने गरेकोमा चैतदेखि पूर्णरुपमा धारा सुकेको छ। ... बाँकी अंश»

कीर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

२०७३ बैशाख १४ मंगलबार, पथरी (मोरङ) । अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार व्यक्ति पक्राउ गर्ने अभियानअन्तर्गत पूर्व क्षेत्रीय अनुसन्धान समूहले आज सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका–४ का शिवराज दाहाल छन् । दाहाललाई अनुसन्धान समूहबाट खटिएको प्रहरीले विशेष सुराकी परिचालन गरी आज उनकै घरबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक कृष्ण पँगेनीले जानक ... बाँकी अंश»

पत्रकार सुचनाका संवाहक

२०७३ बैशाख १४ मंगलबार, स्याङ्जा ।  नेपाली पत्रकारहरु सुचनाका संवाहक भएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पत्रकारीताले मुलुकको आमुल परिवर्तन सगै स्थानीय समाजको समेत परिवर्तनमा ठुलो टेवा पुग्ने हुनाले पत्रकारहरु सुचनाका संवाहक भएको बिषयमा जोड दिएका हुन् । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको छैटौं वार्षिक साधारण सभामा वोल्ने बक्ताहरुले सो विषयमा जोड दिएका हुन् ।    सरकारले अहिले पनि पत्रकारीता देशको चौथो अंगका रुपमा प्रयोग मात्रै गरेको भन्दै बक्ताह ... बाँकी अंश»

यार्सागुम्बा टिप्ने होडमा गाउँ खाली

२०७३ बैशाख १४ मंगलबार, बझाङ। बझाङका अधिकाशं गाँउका स्थानिय बासी यार्सागुम्वा संकलन गर्न सैपाल हिमाल तिर  लागे पछि गाँउ नै सुनसान भएका छन्। जिल्लाको उत्तरी क्षेत्रका गाबिसका गाँउ गाँउ बाट स्थानिय बासिन्दाहरु यार्सा संकलन गर्न गए पछि गाँउहरु सुनसान भएका हुन्।   छोटो समयमा लाखौको आम्दानी हुने भएपछि  दुध चुसाउने बाल बालिका सहित लिएर केटा केटी यूवा बृद्घ सहित यार्सा टिप्न लेक तिर गएका छन्। दौतिचौरका गोरख बोहराले गाँउका सबै यार्सा गुम्बा टिप्न लेक तिर हिडेपछि गाँउमा ... बाँकी अंश»

जंगलमा लागेको आगो वस्तीमा पस्दा १९ घर गोठ जले

२०७३ बैशाख १४ मंगलबार, पाँचथर । पाँचथरको स्याबरुम्बा २ मा सोमबार दिउँसो देखि वनमा लागेको आगो वस्तीमा पस्दा १९ वटा घर र गोठ जलेका छन् ।  आगलागी बाट ७० लाख बढीको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । आगलागीबाट ७ पशु चौपाया जलेर मरेका छन् ।   स्थानीय योगेन्द्र बहादुर बोहराको ३ घर, अन्नपात, काठपात, लुगाकपडा, ५ तोला सुन, ८ तोला चाँदी, नगद ७ लाख रुपैँया गोठ भित्र रहेका ७ बाख्रा जलेर नष्ट हुँदा कम्तिमा पनि ४० लाख रु ... बाँकी अंश»

सत्य निरुपण तथा मेलमिलाप आयोगमा एकै दिनमा ५२ निवेदन दर्ता

२०७३ बैशाख १३ सोमबार, रुकुम । सत्य निरुपण तथा मेलमिलाप आयोगमा सोमवार मात्रै ५२ वटा निवेदन दर्ता भएका छन्। जिल्लामा सबै भन्दा धेरै क्षति व्यहोरेको खारा गाविसवाट धेरै निवेदन दर्ता भएको स्थानीय शान्ति समितिले बनाएको छ।   आगलागी, वेपत्ता, लुटपाट लगाएतका विषयमा निवेदन परेको समितिले बताएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगले ५ गतेदेखि देशभरी एक्कैसाथ निवेदनको आह्वान गरेको थियो। आयोगले निवेदन आह्वान गरेको दिनदेखि हालसम्म ३५ वटा मात्र निवेदन दर्ता भएका थिए। सोमवार मात्र ... बाँकी अंश»

पाँचथरमा सामुदायिक वनको आगलागी गाउँ पस्यो

२०७३ बैशाख १३ सोमबार, पाँचथर। पाँचथरको विभिन्न स्थानमा भएको आगलागीबाट दुई दिनको अवधिमा ३५ लाख रुपैया वढीको क्षति भएको छ। स्याबरुम्बा सामुदायिक वनमा लागेको आगो वस्तीमा पस्दा आज जिल्लाको सुख्खाग्रस्त क्षेत्र स्याबरुम्बामा २ स्थित गंगा बोहोराको घरमा आगलागी भएको छ।   आगलागीबाट उनको दुई तले घर, अन्नपात, लत्ताकपडा भाडावर्तन लगायत सामाग्री पूर्ण रुपमा जलेर नष्ट हुँदा ८ लाख रुपैया वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।   यसैगरी छिमेकी जितेन् ... बाँकी अंश»

“नेपाल द ल्याण्ड अफ् कन्ट्रास्ट ” फोटो बुकको बिमोचन

२०७३ बैशाख १३ सोमबार, काठमाडौं । गोरखापत्रमा पहिलोपटक फोटो प्रकासित भएको दिन अर्थात फोटोपत्रकार दिबसको अबसरमा फोटोजर्नालिस्ट क्लब, नेपालले बरिष्ठ फोटोपत्रकार बिनोद जोशीलाई सम्मान गरेको छ । यसै अबसरमा फोटोपत्रकार क्लब नेपालले “नेपाल द ल्याण्ड अफ् कन्ट्रास्ट ” फोटो बुकको पनि बिमोचन गरेको छ । सम्मानित बरिष्ठ फोटोपत्रकार जोशीलाई सूचना तथा संचार मन्त्री शेरधन राइले सम्मान गरेका हुन् ।    फोटोजर्नालिस्ट क्लबको आयोजनामा सोमबार राजधानीमा आयोजित कार्यक्रममा २०६ ... बाँकी अंश»

उपत्यकामा भूकम्प जानुअघि नै सूचना दिने यन्त्र जाेडियो

२०७३ बैशाख १३ सोमबार, काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले काठमाडौँ उपत्यकाका चार स्थानमा भूकम्प जानुभन्दा १० देखि २० सेकेन्ड अग्रीम सूचना दिने यन्त्र जडान गरेको छ । प्रतिष्ठान परिसर खुमलटार, त्रिवि भूगर्भ केन्द्रीय शिक्षण विभाग कीर्तिपुर, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामङ्गलमा अग्रिम सूचना दिने प्रणाली जडान गरिएको हो । सो प्रणाली जडान गरिएको ८० किमीको दूरीमा भूकम्प गए १० देखि २० सेकेन्ड अगावै सूचना पाउन सकिन्छ ।    सो यन्त् ... बाँकी अंश»

प्राध्यापकत्रयको किरीया भारतको हरिद्वारमा

२०७३ बैशाख १३ सोमबार, डोटी । गएको चैत ३० गते भएको जीप दुर्घटनामा परी निधन भएका पद्मकन्या क्याम्पस काठमाण्डौंका प्राध्यापकत्रय जयराज पन्त, गुड्डी पन्त र सावित्रा पन्तको भारतको हरिद्वारमा हिन्दु विधिपूर्वक काजकिरीया भएको छ ।  प्राध्यापक जयराज पन्त र पत्नी सहप्राध्यापक गुड्डी पन्तको किरीया उनका कान्छा छोरा सरोज पन्तले गरे । पन्त दम्पत्तिका जेठा छोरा सशांक पन्त दुर्घटना हुँदा विदेशमा भएका कारण कान्छा छोराले किरीया गर्नु परेको आफन्तहरुले जानकारी दिएका छन् । सशांक १० औ ... बाँकी अंश»

अमेरिकाबाट शशाङ्कले भने, ' मधेसको माग काँग्रेसले सम्बोधन गर्छ'

२०७३ बैशाख १३ सोमबार, वासिङटन डिसी। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मधेसको माग काँग्रेसले सम्बोधन गर्ने बताएका छन् । अमेरिका भ्रमणमा रहेका कोइरालाले आइतबार भर्जिनियामा जनसम्पर्क समिति भर्जिनियाले गरेको कार्यक्रममा काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको अडानका कारण संविधान जारी भएको सुनाउदै मधेसको माग काँग्रेसले सम्बोधन गर्ने बताएका हुन् ।  सातदशक लामो अथक प्रयासबाट संविधान जारी भएकामा  खुसी  छु, कोइरालाले भने – 'अब संविधान आएको छ । य ... बाँकी अंश»

नयाँ