समाज

गोली प्रहारबाट एकको मृत्यु, दुई घाइते

२०७२ माघ २३ शनिबार, महेन्द्रनगर (धनुषा) । धनुषाको दुई छुट्टाछुट्टै स्थानमा नेपाली काँग्रेसका नेतामाथि गोली प्रहार गरिएको छ ।अज्ञात समूहले प्रहार गरेको गोली लागि एक नेताको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धनुषाको बालाबाखर गाविस–४ का नेपाली काँग्रेस धनुषा १ नम्बर क्षेत्रका क्षेत्रीय प्रतिनिधि ४५ वर्षीय राजेन्द्रप्रसाद यादवलाई गएराति अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।    बालाबाखर गाविस–४ स्थित काँग्रेसका समानुपातिक सांस ... बाँकी अंश»

क्यान्सर बिरुद्ध अन्नपूर्णको साइकल र्‍‍‍‍‍याली

२०७२ माघ २३ शनिबार, काठमाडौ । अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सर रोगविरुद्धको जनजागरण अभियान अन्तर्गत बृहत साइकल र्‍‍‍‍‍याली गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर ‘क्यान्सर रोगको रोकथाम सम्भव छ’ भन्ने मुख्य नारा सहित क्यान्सर बिरुद्ध जनचेतना जगाउन बृहत साइकल र्याली आयोजना गरेको हो ।   र्यालीमा राजनीतिक दलका नेता, प्रशासक, क्यान्सर रोगविरुद्ध संघर्ष गरिरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, स्वास्थ्य मन्त्रालयका अधिकारी, सुर ... बाँकी अंश»

प्रधानसेनापति स्वदेश फिर्ता

२०७२ माघ २३ शनिबार, काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र भारतको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । प्रधानसेनापति क्षत्रीलार्ई बलाधीकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।    मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति क्षत्री यही माघ १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतीय स्थल सेन ... बाँकी अंश»

‘नाकाबन्दी अन्त्यको औपचारिक घोषणा हुन मात्र बाँकी’

२०७२ माघ २३ शनिबार, काठमाडौँ । नेपाल सरकारका प्रवक्ता शेरधन राईले अघोषित नाकाबन्दी औपचारिक रुपमै चाँडै अन्त्य हुने बताउनुभएको छ । भोजपुरे सेवा समाज, काठमाडौँको आठौँ विशेष साधारणसभाको  आज उद्घाटन गर्दै उहाँले प्रमुख नाका वीरगन्जमा भएको अवरोध शुक्रबार हटेकोप्रति सङ्केत गर्दै भन्नुभयो,“औपचारिक रुपमा नाकाबन्दी हटेको घोषणा नभए पनि हिजो(शुक्रबार)देखि वीरगन्जको मुख्य नाका खुलेको छ, अब चाँडै नाका पूर्ण रुपमा खुलेको सन्देश आउँछ ।”    प्रवक्ता राईले संविधान निर् ... बाँकी अंश»

परकम्पबाट ७१ जना घाइते

२०७२ माघ २३ शनिबार, काठमाडौँ । शुक्रबार राति १०:०५ बजे सिन्धुपाल्चोक हेलम्बु तार्केघ्याङ आसपास केन्द्रबिन्दु भएर गएको ५.५ रिक्टर स्केलको परकम्पका कारण काठमाडौँ उपत्यकामा ७१ जना घाइते भएका छन् ।    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको, १९ जना उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत रहेको र भौतिक क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए ।  काठमाडौँमा ६०, भक्तपुर र ललितपुरमा ११ जना ... बाँकी अंश»

ललितपुर काँग्रेस क्षेत्रीय प्रतिनिधिको परिणाम

२०७२ माघ २३ शनिबार, ललितपुर । नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न तीन वटै क्षेत्रीय निर्वाचनको परिणाम प्राप्त भएको छ । काँग्रेस क्षेत्र नं १ र २ बाट सभापतिमा राजन घिमिरे र महेश खड्का विजयी हुनुभएको छ । यसै गरी क्षेत्र नं ३ बाट गजेन्द्र महर्जनले जित हासिल गरेका छन्   । क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ मीनकृष्ण महर्जन, उदयशम्शेर राणा, मथुराप्रसाद घिमिरे, ऋषिराम घिमिरे, गणेशबहादुर केसी र खोमप्रसाद घिमिरे महाधिवेशन प्रतिनिधिमा विजयी भएको मतदान अधि ... बाँकी अंश»

वैदेशिक रोजगार बोर्डले दस हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने

२०७२ माघ २३ शनिबार, काठमाडौँ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने भएको छ । गन्तब्य मुलुकहरुमा अदक्ष जनशक्ति रोजगारीका लागि गएर विभिन्न खाले समस्यामा परेपछि बोर्डले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो । वार्षिक रुपमा तीन हजार युवालाई तालिम दिँदै आएको बोर्डले यो वर्ष १० देखि १२ हजारसम्मलाई विभिन्न विधामा सीममूलक ताल ... बाँकी अंश»

माइक्रोबस दुर्घटनामा आठको मृत्यु

२०७२ माघ २३ शनिबार, त्रिशूली(नुवाकोट) । काठमाडौँबाट अपराह्न १ बजे पश्चिमतर्फ त्रिशूली बजार जाँदै गरेको वा १ ज ७५८३ नंको माइक्रोबस मदानपुर गाविस–८, केउरिनीमा खस्दा बसमा रहेका आठ जना यात्रुको मृत्यु भएको छ ।    सडकबाट पाँच सय फिट तल खस्दा भएको सो दुर्घटनामा छ जना घाइते भएको नुवाकोटका प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । मृत्यु हुनेमा धेरैजसो त्रिशूली सैनिक तालिम केन्द्र, मैथलीमा तालिम लिइरहेका सैनिक जवान रहेको प्रहरीले जनाएको छ । घटनाको पूर ... बाँकी अंश»

वागमती सफाइमा सत्र मेट्रिक टन फोहर व्यवस्थापन

२०७२ माघ २३ शनिबार, काठमाडौँ । वागमती सफाइको १४३ औँ हप्तामा आज बानेश्वर क्याम्पसदेखि मीनभवन पुलसम्मको क्षेत्रमा सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइमा जागृतिनगरस्थित सुकुम्वासी टोलवासी समिति गठन गरेर ब्यानरसहित सहभागी भएका थिए । सफाइमा सुकुम्वासी बस्तीका बालबच्चा समेत सहभागी भएको अभियन्ता एवम् नेपाल विज्ञापन सङ्घका महासचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।    सफाइपछि यस क्षेत्रको पानी परीक्षण गर्दा पहिलेको भन्दा गुणस्तर सुध्रिएको ... बाँकी अंश»

अरब सागरमा न्यूनचापीय क्षेत्रको प्रभावले मौसममा खराबी

२०७२ माघ २३ शनिबार, काठमाडौँ । अरब सागरलगायत राजस्थान आसपासमा देखिएको न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर मौसम बद्ली हुनुका साथै केही चिसो महसुस भएको छ ।    उक्त प्रणाली नेपालको पश्चिमी र दक्षिण पश्चिमी भेगबाट गए राति प्रवेश गरेका कारण नेपालको आकाश बादलले ढाकेको मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिनुभयो । “राति नेपाल प्रवेश गरेको प्रणालीले मुलुकभर बद्ली भएको छ, यो प्रणाली आज बेलुकाबा ... बाँकी अंश»

सेभ हाउस नहुँदा समस्या

२०७२ माघ २३ शनिबार, बैतडी । सेभ हाउस अर्थात् सेवा केन्द्र नहुँदा दार्चुलामा हिंसा तथा लैङ्गिक हिंसामा परेका महिलालाई राख्न समस्या हुने गरेको छ ।   हिंसामा परेका महिला न्यायको लागि ग्रामीण भेगबाट सदमुकाममा आउने र सदरमुकाममा सेभ हाउस नहुँदा समस्या हुने गरेको प्रमुख नायब उपरीक्षक सुशीलसिंह राठौरको भनाइ छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा अभियुक्तका लागि हिरासत भए पनि पीडितलाई राख्न नमिल्ने भन्दै उहाँले कहिलेकाहीँ जिल्ला अस्पतालमा भर्ना गर्नुपरेको समेत बताए ... बाँकी अंश»

चितवनमा नयाँ चरा फेला

२०७२ माघ २३ शनिबार, रत्ननगर (चितवन) । चितवनमा फेरि एउटा नयाँ चरा फेला परेको छ । वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष तथा चरा विज्ञ वासु बिडारीले जिल्लामा फेला परेको चरा नयाँ भएको पुष्टि भएको जानकारी दिए ।चितवनको मुख्य कार्यालय कसराबाट एक किलोमिटर पश्चिम पर्ने राप्ती नदीको दोभानमा उक्त चरा भेटिएको हो । ग्रेट ह्वाइट फ्रन्टेड नामको पानीमा बस्ने चरा फेला परेको हो । पाँच दिनअघि घुम्ने क्रममा नेचर गाईड हेमन्त दराई र उस्तव जङ्ग थापाले देखेर चराको तस्बिर लिनुभएको थ ... बाँकी अंश»

महायज्ञमा केसीले करिब रु छ लाख दान

२०७२ माघ २३ शनिबार, तुलसीपुर (दाङ)। दाङको तुलसीपुरमा बहुआयामिक सुविधा सम्पन्न सभागृह निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत् महापुराण ज्ञानमहायज्ञमा तुलसीपुर–४ टिक्रापातु निवासी यमकुमारी केसीले रु छ लाख ६६ हजार ६६६ दान गरेका हुन् ।    सो दान महायज्ञमा अहिलेसम्मकै सबैभन्दा बढी हो । उनलाई मूल आयोजक समितिले शुक्रबार चमारेबाजासहित मण्डपसहित महोत्सवस्थलको परिक्रमा गराएको छ । महायज्ञको चौथो दिन शुक्रबारसम्ममा दानपेटिकामा करिब रु ३५ लाख जम्मा भइसकेको आयोज ... बाँकी अंश»

महभिरमा पर्यटकीय पूर्वाधार निर्माण

२०७२ माघ २३ शनिबार, इलाम। इलाम नगरपालिका–७ महभिरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रक क्लाइम्बिङसहित रक गार्डन र बाल उद्यान निर्माण सुरू गरिएको छ । महभिरस्थित प्रगति युवा समाजले रक क्लाइम्बिङका लागि सम्भाव्यता अध्ययन सम्पन्न गरेर निर्माण सुरू गरेको हो ।    मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिबाट रु १० लाख विनियोजन गरी रक क्लाइम्बिङ, रक गार्डन र बाल उद्यानको काम सुरू गरिएको समाजका अध्यक्ष उमेश महतले बताए ।यसका लागि इलाम सदरमुकामस्थित ... बाँकी अंश»

भूकम्प अपडेट: एक दर्जन बढी घाइते ( भिडियो सहित)

२०७२ माघ २२ शुक्रबार, काठमाडौ। भूकम्प गएस‌गै आतिएर भाग्दा काठमाडौंका विभिन्न क्षेत्रमा एक दर्जन भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको विवरण आइरहेको हुदाँ घाइतेको स‌ंख्या केही बढने प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ठूलै धक्का गएपछि काठमाडौंका सर्वसाधारण घरबाहिर सडक र खुल्ला ठाउँमा जम्मा भएका हुन् ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रम ... बाँकी अंश»

सिन्धुपाल्चोक केन्द्र बनाएर ५.५ रिक्टर स्केलको पराकम्पन

२०७२ माघ २२ शुक्रबार, काठमाडौं ।लामो समयपछि सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको भूकम्प विनाशकारी गोरखा भूकम्पकै परकम्प थियो । पुस २७ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको  थियो ।   पुस २६ मा सिरहा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो ।१० महिना पुगिसक्दासमेत परकम् ... बाँकी अंश»

बीस हजार विद्यार्थीबाट प्रदर्शनी अवलोकन

२०७२ माघ २२ शुक्रबार, काठमाडौं । छैटौँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा क्यारिएर इन म्यानेजमेन्टमा २० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् ।    वसुन्धरास्थित साउथवेस्टन कलेज परिसरमा आयोजित दुईदिने प्रदर्शनी समापन कार्यक्रममा बोल्दै पर्यटन राज्यमन्त्री बलबहादुर महतले देशलाई आत्मनिर्भर बनाइ अगाडि बढ्न यस्ता प्रदर्शनी सहयोगी हुने बताए । उनले सरकारले सिर्जनात्मक कार्य प्रवद्र्धनका लागि नीति तथा कार्यक्रम बनाइ आगामी दिनमा हरेक खालका सहयोग गर्ने उल्ले ... बाँकी अंश»

पुनःनिर्माणमा जुट्नुस्ःउपप्रधानमन्त्री रायमाझी

२०७२ माघ २२ शुक्रबार, काठमाडौं। उपप्रधान एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले भूकम्पपछिको पुनःनिर्माणमा जुट्न युवा विद्यार्थीलाई आह्वान गरे ।   अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) सिटिइभिटी जिल्ला समितिको चौँथो अधिवेशनलाई शुक्रकार सम्बोधन गर्दै उनले भूकम्पबाट धेरै प्रभावित १४ जिल्ला र सामान्य रुपमा प्रभावित ३१ जिल्लामा पुनःनिर्माण तथा नवनिर्माणका लागि हजारौँको सङ्ख्यामा जनशक्ति आवश्यक पर्ने भएकाले एकताबद्ध भएर लाग्नुपर्ने ... बाँकी अंश»

टोखामा भद्रकाली खड्ग सिद्धि जात्रा सुरु

२०७२ माघ २२ शुक्रबार, काठमाडौं। टोखामा परम्परादेखि चल्दै आएको भद्रकाली खड्ग सिद्धि (गद्र्यः) जात्रा आज सुरु भएको छ ।    आर्थिक तथा प्राविधिक कारणले ३६ वर्षसम्म आयोजना गर्न नसकिएको सो जात्रा यस वर्ष नेवा गुठी टोखाको विशेष सक्रियतामा आयोजना भएको हो । नेवारी संस्कृतिमा विशेष महत्व राख्ने उक्त जात्रा शनिबारसम्म जारी रहने छ । काठमाडौंका तत्कालीन राजा यक्ष मल्लका छोरा रत्नले १५ औँ शताब्दीमा सुरुआत गरेको सो जात्रामा महालक्ष्मी, ब्रह्मायणी, भद्रकाली, नारायणी, इन्द्रायण ... बाँकी अंश»

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन प्रस्तुत

२०७२ माघ २२ शुक्रबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आज सर्वाेच्च अदालतको आर्थिक वर्ष ०७१÷०७२ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।    प्रतिवेदनमा आव २०७१÷०७२ मा सर्वोच्च अदालत, न्याय परिषद्, न्याय सेवा आयोग, पुनरावेदन अदालत, जिल्ला अदालत, विशेष अदालत, राजस्व न्यायाधीकरण, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधीकरणबाट भएका न्याय सम्पादनसहितको मुख्यमुख्य विवरण तथा न्यायपालिकाका चुनौती र सुझाव उल्लेख गरिएको छ । प् ... बाँकी अंश»

नयाँ