समाज

बुबा हत्याको आरोपमा छोरा थुनामा

२०७६ कार्तिक २१ बिहिबार, हत्याका अर्का आरोपी गफुरकी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको जनाएको छ । मृतकका भाई मो. इसराइल पमरियाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आरोपित विरुद्ध गत असोज २० गते उजूरी दिएका थिए । मदिराको सुरमा कुटपिट गरी गफुरको हत्यापछि फरार रहेका जमुनी र नइमलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो । ... बाँकी अंश»

'बहुमत प्राप्त सरकार बिदेशी हस्तक्षेपका सामु निरिह'

२०७६ कार्तिक २१ बिहिबार, राष्ट्रियताको मुद्दा बोकेर दुई तिहाई बहुमत प्राप्त गर्ने सरकार बिदेशी हस्तक्षेपका सामु निरिह,लाचार र कमजोर हुनु दुर्भाग्यपूर्ण भएको भन्दै स्वाधिनताको रक्षाका खातिर कसैसँग सम्झौता हुन नसक्ने बिचार ब्यक्त गरे । ... बाँकी अंश»

अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ

२०७६ कार्तिक २१ बिहिबार, लहान। अङ्गभङ्ग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पो ... बाँकी अंश»

प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनको मनोनयन हुँदै, यस्तो छ २५ गतेसम्मको तालिका

२०७६ कार्तिक २१ बिहिबार, प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ सदस्यका लागि उपनिर्वाचन हुँदैछ । कास्की २ को प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत बागलुङ –२, दाङ –३ र भक्तपुर –१ मा निर्वाचन हुँदैछ । त्यसकै लागि मनोनयन दर्ता हुन लागेको हो । ... बाँकी अंश»

बैंकिङ कारोवारमा ठगी गर्ने तीन वर्षपछि पक्राउ

२०७६ कार्तिक २० बुधबार, काठमाडौँ । बैंकिङ कारोवारका नाममा ठगी गर्ने एक व्यक्ति तीन वर्षपछि पक्राउ परेका छन् । काठमाडौँ साङ्ला घर भई हाल चितवन बस्दै आएका रवीन्द्र अधिकारीलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो । ... बाँकी अंश»

अनेरास्ववियुद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन

२०७६ कार्तिक २० बुधबार, प्रदर्शनमा विद्यार्थीले नेपालको ‘गो ब्याक इन्डिया, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’, ‘मिचिएको हाम्रो भूमि फिर्ता गर’ ‘आफ्नो माटो, अर्काले दाब्दा किन मौन सरकार’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका थिए । कोणसभामा अखिलका संयोजक ऐन महरले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै भारतीय पक्षलाई नक्सा सच्याउन माग गरे । ... बाँकी अंश»

कुवामा डुबेर पुरुषको मृत्यु

२०७६ कार्तिक २० बुधबार, स्याङ्जा । कुवामा डुबेर बुधबार बिहान एक पुरुषको मृत्यु भएको छ । ... बाँकी अंश»

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या, फरार रहेका श्रीमान्‌को खोजी

२०७६ कार्तिक २० बुधबार, बिहानै माछा बेचेर घर आएपछि खाना खाँदै गरेको अवस्थामा सामान्य विवाद हुँदा पासवानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए । ... बाँकी अंश»

खाना खाएर सुतेका इनिस्‍पेक्टरको मृत्यु

२०७६ कार्तिक २० बुधबार, ‘निरीक्षक थापा मङ्गलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए । बुधबार बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौँ । तर बचाउन सफल भएनौँ”, उपरीक्षक न्यौपानेले भने, “डाक्टरका अनुसार हृदयाघातका कारण मृत्यु भएको आशङ्का छ ।” ... बाँकी अंश»

९ दिनपछि बालकको सकुशल उद्धार, १२ लाख लिएर भाग्दा प्रहरीको गोली

२०७६ कार्तिक २० बुधबार, दासको दाहिने खुट्टामा गोली लागेको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले प्रहरी नियन्त्रणमा रहेका दासले दिएको जानकारीका आधारमा सीमावर्ती भारतीय क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा अपहरित बालकलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको बताए । ... बाँकी अंश»

बुढानीलकण्ठ मन्दिरका लागि भारतद्वारा मठाधीश भवनको निर्माण

२०७६ कार्तिक २० बुधबार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुधबार बुढानीलकण्ठ नगरपालिकामा अवस्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन् । ... बाँकी अंश»

कार दुर्घटनामा एकै घरका तीन जनाको घटनास्थलमै मृत्यु

२०७६ कार्तिक २० बुधबार, कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । मृत्यु हुने र घाइते हुने सबै एकै परिवारका रहेका छन् । घटनामा रुपन्देहीको सैनामैना नगरपालिका–२ मुर्गियाकी ८० वर्षीया दुर्गादेवी खड्का, उनका छोरा ४३ वर्षीय भक्तबहादुर र अर्का छोरा ३९ वर्षीय तिलबहादुरको घटनास्थलमै मृत्यु भएको हो । ... बाँकी अंश»

कालापानीमा बसेको भारतीय सेना हट्नुपर्छ : डा. भट्टराई

२०७६ कार्तिक २० बुधबार, उनले भने,‘कालापानी नेपाली भ–ूभाग हो । ऐतिहासिक तथ्यले पनि त्यही भन्छ । हाम्रो मान्यता पनि यही हो । १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ । कालापानीलगायत सबै सिमा विवाद टुँग्याउनुपर्छ ।’ ... बाँकी अंश»

गेष्ट हाउसको छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते

२०७६ कार्तिक २० बुधबार, घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए । ... बाँकी अंश»

जनावरका छाला हड्डी पोल्ने तीनलाई कारबाही

२०७६ कार्तिक २० बुधबार, वातावरण प्रदूषण गरेको भन्दै स्थानीयवासीले दिएको उजूरीको आधारमा ललितपुर प्रहरीले भारतीय नागरिक फैसल मुस्लिम, साजिद मुस्लिम र नेपाली रामेश शेर्पालाई पक्राउ गरेको छ । ... बाँकी अंश»

कांग्रेसले टुंगायो उम्मेदवार, कास्कि-२ मा खेमराजले पाए टिकट

२०७६ कार्तिक २० बुधबार, काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा तर्फ उपनिर्वाचन हुने एउटै मात्र निर्वाचन क्षेत्र कास्कि-२ का लागि स्थानीय नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लामो सकसकाबीच एक साता लामो बैठकपछि उपनिर्वाचनका लागि कास्की, बाग्लुङ, दाङ र भक्तपुरमा उठाइने उम्मेदवारबारे कांग्रेसले निर्णय लिएको हो।  ... बाँकी अंश»

घरभित्र मृतावस्थामा भेटिए श्रेष्ठ दम्पती, हत्या भएको आशङ्का

२०७६ कार्तिक १९ मंगलबार, “घटनाका प्रकृति हेर्दा मृतक दम्पतीलाई हत्या गरिसकेपछि उहाँहरुको सुत्ने कोठामा गएर केही खोजेको जस्तो देखिन्छ ।” सापकोटाले भन्नुभयो, “केही लग्यो कि लगेन भन्ने कुरा भने अझै खुल्न सकेको छैन ।” ... बाँकी अंश»

भालुको आक्रमणबाट घाइते बालकलाई हेलिकप्टरबाट काठमाडौँ

२०७६ कार्तिक १९ मंगलबार, सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट घाइते भएका एक बालकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । आइतबार भालुको आक्रमणबाट घाइते भएका मकालु–२ का १४ वर्षीय दावा नुर्बु शेर्पालाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । ... बाँकी अंश»

दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा

२०७६ कार्तिक १९ मंगलबार, लामो समयदेखि प्रहरीलाई छलेर सुरुङ्गा हुँदै झापा गाउँपालिकाबाट पशुचौपाय तस्करी हुँदै आएको थियो । झापा गापाका स्थानीय युवाले तस्करी हुन लागेको थाहा पाएपछि जिल्ला प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउनसाथ जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले विर्तामोड प्रहरीलाई खबर गरी पक्राउ गर्न निर्देशन दिनुभएको बताइएको छ । ... बाँकी अंश»

बाँदर लखेट्ने क्रममा बन्दुक पड्किएर तामाङको मृत्यु

२०७६ कार्तिक १९ मंगलबार, तामाङको मृत्यु भएपछि सोही ठाउँका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । अन्य चार जना २२ वर्षीय सविन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय २२ का रुकमान तामाङ फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

नयाँ