समाज

राज्यमन्त्रीलाई स्वागत गर्दै मन्त्री शाहीले भने - 'मन्त्रालयलाई भ्रष्टाचारमुक्त बनाएरै छाड्‌छु'

२०७३ मङ्सिर १५ बुधबार,     काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पर्यटन मन्त्रालयलाई भ्रष्टाचारमुक्त मन्त्रालय बनाएरै छाड्‌ने उद्घोष गरेका छन् । नवनियुक्त राज्यमन्त्री इन्द्र बाँनियालाई मन्त्रालयमा स्वागत गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन् ।   कार्यक्रममा मन्त्री शाहीले आफू केहीं गर्नका लागि मन्त्री भएको भन्दै मुलुकको समृद्धिमा जोड दिएको बताए । यसका लागि मन्त्रालयका सचिव लगायतका सबै कर्मचारीसँग कार्यसम्पादन सम ... बाँकी अंश»

कांग्रेसका १० राज्मन्त्रीले खाए सपथ, कसले कुन् मन्त्रालय पाए ? [फाेटाेसहित]

२०७३ मङ्सिर १५ बुधबार, काठाडमौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा नेपाली काँगेसका तर्फबाट १० जना राज्यमन्त्री थपेका छन्। व्यवस्थापिका–संसद्मा सबैभन्दा ठूलो दल नेकाको साथ र सहयोगमा माओवादी केन्द्रका अध्यक्ष दाहाल साउन १९ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए। सरकार गठनको करिब ४ महिना पुग्नै लाग्दा प्रम दाहालले राज्यमन्त्री थपेर सरकार विस्तार गरेका हुन्। नेकाले सम्हालेका दश मन्त्रालयमा नै राज्यमन्त्री थप गरिएको हो। प्रधानमन्त्री दाहालले नवनियुक ... बाँकी अंश»

प्रधानमन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्न निवेदन दर्ता

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौँ । विवेकशील नेपाली दलले प्रधानमन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्न निवेदन दर्ता गराएको छ । विवेकशीलले  बुधबार दिउसो  सिंहदरबार स्थित प्रधान्मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सूचनाको हक प्रयोग गर्दै निवेदन दर्ता गराएको हो।    चिकित्सा शिक्षा क्षेत्रमा भैरहेको लुटतन्त्र विरुद्ध डाक्टर गोविन्द केसीको १० औं सत्याग्रहको १८ दिन बितिसक्दा सरकार संवेदनशील नबनेको भन्दै विवेकशीलले आपत्ति ... बाँकी अंश»

दाङका धनौरि गाविसवासि संघर्षमा

२०७३ मङ्सिर १५ बुधबार,  दाङ। दाङमा शान्तिनगर गाउँपालिका नामाकरण गरेर त्यसको केन्द्र धनौरि ७ खैरेनी राख्ने भन्ने निर्णय भइसकेपनि अहिले अन्यत्रै केन्द्र तोकीएको भन्ने खबर आएको भन्दै धनौरि गाविसवासि आन्दोलित भएका छन् ।    बुधबार मंसिर १५ गते काग्रेस धनौरिका सभापती रत्न बहादुर भण्डारिको अध्यक्षतामा बसेको सर्वपक्षिय, सर्वदलीय पक्षको बैठकले अहिले शान्तिनगरको जुम्लेकुला भन्ने स्थानमा गाउँपालिकाको केन्द्र बनाएको खबर विभिन्न संचारमाध्यमबाट आएको भन्दै त्यस कार्यक ... बाँकी अंश»

गाउँपालिका सिफारिस नगरे पछि स्थानियले फिर्ता गरे नागरिकता

२०७३ मङ्सिर १५ बुधबार, बझाङ। भौगोलक क्षेत्रफलको हिसाबले नेपाल अधिराज्यको सबै भन्दा ठूलो रहेको काँडा गाबिसका स्थानिय बासीहरुले बेला बेलामा काडा गा.वि.स लाई छुट्टै गाउपालिकाको माग गर्दै आए पनि सुनुवाई नभएको भन्दै स्थानियबासिहरु  नागरिकता स्थानिय पुन संरचना प्राविधिक समितिका संयोजक तथा स्थानिय विकास अधिकारी प्रमोद सिम्खडा लाई बुझाएका छन् ।    अघिल्ला संघर्षका कार्यक्रम भन्दा जनसहभागीता धेरै रहेको बुधबारको दिन बजारमा नारा जुलुस गरि त्यहाँका ५ सय १५ जनाका नागरित ... बाँकी अंश»

गाविसको ६५ लाख लिएर सचिव फरार !

२०७३ मङ्सिर १५ बुधबार, डोटी । डोटीमा दुई गाविस सम्हाल्दै आएको एक जना गाविस सचिव सामाजिक सुरक्षा भत्ता र पुँजीगत तर्फको ६५ लाख लिएर फरार भएका छन् ।   जिजोडामाण्डौं र पोखरी गाविस सम्हाल्दै आएका सचिव ईश्वर बहादुर सिंहले राष्ट्रिय वाणिज्य बैंकमा रहेका खाताबाट सामाजिक सुरक्षा तर्फको रकम ३९ लाख र पुँजीगततर्फको २६ लाख गरी ६५ लाख रुपैंया हिनामिना गरेर फरार भएका हुन् । सचिव सिंहले गाविसको रकम विभिन्न मितिमा साटेको खुल्न आएको जिल्ला विकास डोटीका आन्तरिक लेखा परीक्षक तथा छानव ... बाँकी अंश»

नेमकिपाद्वारा संविधान संशोधन प्रस्तावको विरोध

२०७३ मङ्सिर १५ बुधबार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीले संसद्मा दर्ता भएका संविधान संशोधनको प्रस्तावको विरोध गर्दै प्रस्तावको विपक्षमा उभिन सबै राजनीतिक दललाई आह्वान गरेको छ ।    नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले संशोधन प्रस्तावमा उल्लेखित भाषा, प्रदेशको सीमाङ्कनमा हेरफेर, नागरिकता र जनसङ्ख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व जस्ता कुनै पनि विषय नेपाल र नेपाली जनताको हितमा नभएको ठहर गरेको प ... बाँकी अंश»

स्थानीय पुनर्संरचनाको भुमरीमा स्याङ्जा, जिल्लाका अधिकांश गाविस आन्दोलित

२०७३ मङ्सिर १५ बुधबार, स्याङ्जा। स्थानीय तह पुनर्संरचनाको अन्तिम सिफारीस बनाएको स्याङ्जा आन्दोलनको चपेटामा परेको छ । ११ ओटा स्थानीय तह पुनर्संरचना निर्माण गर्ने अवसर पाएको स्याङ्जाका अधिकांश गाविसका नागरिकहरु आन्दोलनमा छन् । सुगमताको हिसावले निर्माण गर्नुपर्ने नयाँ स्थानीय तह पुनर्संरचनामा नागरिकलाई झनै दुर्गमताको बाटो अपनाइएको भन्दै राजनीतिकदलका नेतृत्व र जिल्ला प्राविधिक समिति प्रति असन्तुष्ट व्यक्त गर्दै चरणबद्ध आन्दोलनमा उत्रेका हुन् ।     जिल्ला प्र ... बाँकी अंश»

'प्रस्ताव दर्ता स्वागत योग्य, मुठभेड टर्‍याे'

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौं । संविधान संशोधनको माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसीमोर्चा र थारु, जनजाती घटक सम्मिलित संघीय गठबन्धनले संविधान संशोधनको प्रस्ताव दर्ताले सहमतिको ढोका खोलेको बताएको छ । गबठन्धनले संशोधन प्रस्ताव नै ल्याउन नदिने षड्यन्त्र भइरहेका बेला सरकारले प्रस्ताव ल्याउने कार्य गर्नु स्वागत योग्य भनेको छ । गठबन्धन नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारीले भने, ‘प्रस्ताव आउँदैन भन्ने स्थितिमा दर्ता हुनुले संशोध ... बाँकी अंश»

गोविन्द केसीलाई सरकारी चिकित्सक सङ्घको समर्थन

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का नवनियुक्त डिनको राजिनामा लगायतका माग राख्दै विगत १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारी चिकित्सक संङ्ग नेपाल  (गोदान) ले समर्थन जनाएको छ । गोदानका महासचिव डा. विष्णुरथ गिरीले वुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीको अनशन टुङ्ग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउ ... बाँकी अंश»

सातबुँदे संविधान संशोधन विरुद्ध युवा सङ्घ र अनेरास्ववियु विरोध

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौँ। व्यवस्थापिका–संसद्मा मङ्गलबार बेलुका दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर नेकपा (एमाले) निकट युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त विरोध गर्ने निर्णय गरेका छन्।   युवा सङ्घको कार्यालयमा आज बसेको संयुक्त बैठकले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावले समस्या समाधान नगर्ने भएकाले त्यसलाई फिर्ता नलिएसम्म निरन्तर विरोधमा उत्रिने निर्णय गरेको युवा सङ्घ नेपालका प्र ... बाँकी अंश»

भारतमा रोजगारी गर्न गएका नेपालीहरु हराउँदै !

२०७३ मङ्सिर १५ बुधबार, कञ्चनपुर। नेपालमा रोजगारीका प्रसस्त सम्भावना कम भएका कारण भारतमा रोजगारी गर्न गएका सुदूरका अधिकाँश नेपाली हराउने गरेका छन् । सरकारी एकिन तथ्याङ्क नभएपनि हालै गरिएको एक अध्ययनले सुदूरका सयौँ नागरिक भारतमा हराएका छन् । निड्स नेपाल कञ्चनपुरले भारतमुखी आप्रवासन सम्बन्धी गरेको अध्ययनले सुदूरका तीन जिल्लाका १ सय ४१ जना भारतमा हराएका तथ्याङ्क देखाएको छ ।    निड्स नेपालले आप्रवासमा गएका परिवारसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर उक्त तथ्याङ्क बाहिर ... बाँकी अंश»

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२०७३ मङ्सिर १५ बुधबार, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा मङ्गलबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५३१२ नम्बरको बसले ठक्कर दिँदा सडकमा हिँडिरहेकी अन्दाजी ७० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।    शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याइएको र थप अनुसन्धान कार्य ... बाँकी अंश»

नेपाल–भारत निगरानी संयन्त्रको पहिलो बैठक सम्पन्न

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौँ । नेपाल–भारत निगरानी संयन्त्रको पहिलो बैठक मंगलबार काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव शङ्करदास बैरागी र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेतृत्व गरेका थिए । बैठकमा दुवै देशका परियोजना कार्यान्वयन निकायका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।    प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले गत भदौमा गरेको भारतको राजकीय भ्रमणका अवसरमा दुई देशबीच सञ ... बाँकी अंश»

लिबियामा पहिलो शान्ति सैनिकका रुपमा नेपाली सेना तैनाथ हुने

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा पहिलो डफ्फाअन्तर्गत स्पेसल गार्ड युनिटलाई यसै महिना त्यहाँ खटाउन लागेको हो । प्रमुख सेनानी सुवास थापाको नेतृत्वमा जान लागेको दुई सय ३४ जनाको उक्त डफ्फाले प्रारम्भमा संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका प्रतिनिधि र सामग्रीको सुरक्षा प्रदान ... बाँकी अंश»

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदबाट पारित

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं । सरकारले तयार गरेको संविधान संशोधन प्रस्ताव पारित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रस्ताव पारित गरेको हो ।   प्रस्ताव संसद सचिवालयमा दर्ता प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । संधोधन दर्ता गर्न भनि बालुवाटारबाट कानुनमन्त्री अजयशंकर नायक आफै हिँडेपनि पछि कानुन मन्त्रालयका सहसचिवले दर्ता गराएका छन् । संसद सचिवालयका सूचना अधिकारीले दिएको जानकारी अनुसार सहसचिव हुमबहादु ... बाँकी अंश»

एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव छैनः नेता खनाल

२०७३ मङ्सिर १४ मंगलबार, सिमरा । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले (एमाले) लाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताएका छन्  ।    प्रेस चौतारी नेपाल बाराले सिमरा विमानस्थलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले राष्ट्रिय सहमतिका लागि संविधान संशोधन गर्ने कुराको कुनै अर्थ नरहेको बताए ।    वरिष्ठ नेता खनालल संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिदैं एमालेको सहमति बिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद ... बाँकी अंश»

नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध छः मन्त्री पाण्डे

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको बताएकना छन् ।    नेपाल भ्रमणमा रहेको चीनको साङ्सी प्रान्तका उपगभर्नर यओ यिनलियङ नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले मंगलबार मन्त्रालयमा गरेको शिष्टाचार भेटमा पाण्डेले नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिइने बताए ।    भेटका अवसरमा मन्त्री पाण्डेले २०६६ सालमा आफूले सोही प्रान्तको भ्रमण गरेको स्मरण गर्दै उच्च ... बाँकी अंश»

मुलुकलाई ध्रुवीकरण गर्न खोजिएको छ : सचिव आचार्य

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ। नेकपा (एमाले)का सचिव भीम आचार्यले संविधान संशोधन देश र जनताको हितमा नरहेकाले अहिले ल्याउन नहुने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा आचार्यले भने – संशोधनका नाममा राष्ट्रघाती मुद्दा उठाएर मुलुकलाई ध्रुवीकरण गर्न खोजिएको छ ।    सचिव आचार्यले संविधान संशोधनको औचित्य मुलुकको पक्षमा हुने भएमा आफ्नो पार्टीले त्यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यतिबेला निर्धारित समयमा चुनाव गरेर संविधान कार ... बाँकी अंश»

पार्टीलाई एकढिक्का बनाउनु अहिलेको आवश्यकता :कोषाध्यक्ष यादव

२०७३ मङ्सिर १४ मंगलबार, पाँचथर । नेपाली काग्रेंसकी कोषाध्यक्ष तथा शान्ति तथा पुर्ननिर्माण मन्त्री सितादेवी यादवले पाटी गुट उपगुटमा फसेको भन्दै पाटीलाई शिर्षस्थ नेतृत्वले एक ढिक्का बनाएर लैजानुपर्ने वताएकी छन् ।   पाँचथरको फिदिममा मंगलबार विहान पाटी कार्यकर्तासँग  भेटघाट कार्यक्रममा वोल्दै यादवले पाटीलाई एक ढिक्का बनाएर लैजानुपर्ने उल्लेख गरिन् । यादवले भनिन् ,“ तेह्रौ अविधेशन एकताको महाधिवेशन भनिएपनि त्यो हुन सकेको छैन पार्टीलाई एक बनाएर लैजान शिर्षस्थ ने ... बाँकी अंश»

नयाँ