समाज

यतिबेला स्वार्थहरु टकराएका छन्– केपी ओली

२०७३ पौष २६ मंगलबार, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, गणतन्त्र र सामाजिक सदभावप्रति एमाले पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । एमाले मोरङको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले भने – “स्थापनाकालदेखि नै एमालेले न्यायोचित वितरण प्रणाली र समानताको सिद्धान्तलाई अङ्गिकार गरेर मुलुकलाई विकासको मार्गमा डो¥याउने उद्देश्यका साथ अगाडि बढिरहेको छ ।”    अध्यक्ष ओलीले जनताको बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर् ... बाँकी अंश»

ओली र म बिच कुनै मन्त्रणा भएको छैन : प्रचण्ड

२०७३ पौष २५ सोमबार, भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र आफूबीच कुनै मन्त्रणा नभएको बताएका छन् । सोमबार दिउँसो ११औं चितवन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफुहरुबीचको एक्ला–एक्लै वार्तामा कुनै मन्त्रणा नभएको बताएका हुन् । आइतबार संसद बैठक बस्नुअघि दाहाल र ओलीबीच एक्ला–एक्लै भेटवार्ता भएको थियो । सोही भेटवार्तापछि एक महिना अघिबाट जारी संसदको अवरोध हटेको थियो भने, विरोधबीच सरकारले संविधा ... बाँकी अंश»

संविधानलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु उत्तम : बाबुराम

२०७३ पौष २५ सोमबार, काठमाडौँ  । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले क्रान्तिको बलमा संविधान निर्माण भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाल बौद्धिक पेसाकर्मी महासङ्घले आयोजना गरेको ‘संविधान संशोधनको आवश्यकता’ विषयक विचार गोष्ठीमा उनले भने, –‘संविधानमा थुप्रै कमीकमजोरी भए पनि नेपाली जनताले जारी गरको यो पहिलो संविधान भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।’ पूर्व ... बाँकी अंश»

संविधान संशोधन गरी आर्थिक विकासमा लाग्नु अहिलेको आवश्यकता : शशाङ्क

२०७३ पौष २५ सोमबार, काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधान संशोधन गरेर आर्थिक विकासमा लाग्नु नै अहिलेको आवश्यकता भएको बताएका छन् । ब्रिटिश गोरखा नेपाली परिषद्ले गरेको ‘समृद्ध राष्ट्र निर्माणमा गोरखाको योगदान’ विषयक छलफलमा महामन्त्री कोइरालाले मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि संविधान संशोधन गर्नु नै एक मात्र विकल्प छ भने । महामन्त्री कोइरालाले संविधान निर्माणका वेला प्रमुख राजनीतिक दलबीच देखिएको एकता, सहकार्य र स ... बाँकी अंश»

निलम्बित सांसद सञ्जय साहविरुद्ध साढे ३१ करोडको भ्रष्टाचार मुद्दा

२०७३ पौष २५ सोमबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सांसद तथा पूर्व राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । अख्तियारले साहबाट ३१ करोड ५० लाख रुपैयाँ विगो माग दावी गर्दै सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अख्तियारले हालसम्म दायर गरेको मध्ये यो सबैभन्दा बढी विगो माग दाबी गरिएको मु्द्दा मानिएको छ । पदीय मर्यादा विपरीत गैरकानूनी काम गरी सम्पत्तिआर्जन गरेको अभियोगमा साहविरुद्ध विशेष अदालत ... बाँकी अंश»

लोकमानमाथि कालोमोसो दल्नेलाई एक महिना कैद

२०७३ पौष २५ सोमबार, काठमाडौँ । मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।    न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सोमबार कार्कीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने आदेश जारी गरिएको हो ।    अदालतमा मुद्दाको तारेख लिन आउँदा यही पुस ७ गते शाही र बुढाले अदालत परिसरमै ... बाँकी अंश»

पद्मकन्या क्याम्पसको झडपमा कुटिएको चाहिँ नेविसंघ कि क्रान्तिकारी ?

२०७३ पौष २५ सोमबार, काठमाडौं । सोमबार काठमाडौंको पद्मकन्या क्याम्पसमा भएको दुई पक्षीय झडपमा दुबै पक्षले आफू कुटिएको दाबी गरेको छ । स्ववियु निर्वाचनको प्रचारप्रसारको विषयमा कुरा नमिल्दा दुई पक्षबीच झडप भएको थियो ।    झडपमा नेविसंघले अनेरास्ववियू (क्रान्तिकारी)ले आफ्नी नेतृ सीता मिजार लगायतका नेतृहरु माथि छुरा प्रहार गरेको आरोप लगाएको छ । उनीहरुले प्रहरी समेत मुकदर्शक बनेको र आरोपी समात्न नसकेको आरोप समेत लगाएका छन् । यस विषयमा हाम्राकुरा डटकमले घाईते मिजारको ... बाँकी अंश»

उपत्यका सडक विस्तारको विरोध, पीडितलाई क्षतिपूर्तिको माग

२०७३ पौष २५ सोमबार, काठमाडौँ  । काठमाडौँ उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिले उपत्यकामा सडक विस्तारका क्रममा पीडित नागरिकलाई उचित क्षतिपूर्तिको माग गर्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ । उपत्यकाका २६ स्थानका पीडित समूहले सो स्थानमा भेला भई संयुक्त रुपमा सार्वजनिक हितका लागि व्यक्तिको सम्पत्ति कानुनले निर्धारण गरेअनुसार उचित क्षतिपूर्ति र न्यायिक मुआब्जाको माग गरेका हुन् । जग्गा प्राप्ति तथा पुनर्वास नीति २०७१ लागू गर्न र संविधानप्रदत्त बसोबास ... बाँकी अंश»

पृथ्वी जयन्तीमा विदा माग गर्दै मंगलबार उपत्यका बन्द

२०७३ पौष २५ सोमबार, काठमाडौँ। शाही युवा शक्ति नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको पौष २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गर्दै भोलि २६ गते उपत्यका बन्दको घोषणा गरेको छ।    युवा शक्तिले माइतिघर मण्डलामा पटक–पटक धर्ना दिएर सरकारलाई आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै भोलि उपत्यका बन्दको घोषणा गरेको जनाएको हो । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पत्रकारहरुसँगको कुराकानीमा विदेशी राष्ट्रपति आउँदा र विदेशी पर्वमा ... बाँकी अंश»

'हिन्दूअधिराज्य घोषणा नगरे धर्मयुद्ध गर्ने'

२०७३ पौष २५ सोमबार, काठमाडौं । राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष बिक्रमबहादुर बमले नेपाललाई वैदिक सनातन हिन्दु अधिराज्य घोषणा नगरिए धर्मयूद्ध घोषणा गर्ने चेतावनी दिएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष बमले धर्मयूद्धको घोषणा गरेका हुन्। उनले भने,‘धर्मयूद्ध प्रहरी र जनताकोबीचमा हुँदैन, धार्मिक गद्दारकाबिरुद्धमा हुनेछ, आर्थिक आतङ्कवादीहरूको बिरुद्धमा हुनेछ, क्रिश्चियन तस्करीकाबिरुद्धमा हुनेछ।’ ... बाँकी अंश»

राजनीतिक गतिरोध अन्त्य भयो, संशोधन प्रस्ताव पारित हुन्छ : मन्त्री नायक

२०७३ पौष २५ सोमबार, काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव टेबुल भएसँगै मुलुकको राजनीतिक गतिरोध अन्त्य भएको दाबी गरेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले यस्तो दाबी गरेका हुन्। उनले भने,‘मुलुक राजनीतिक समस्याबाट गुज्रिरहेको थियो, हिजो संविधान संशोधन विद्येयक संसदमा टेबुल भएपछि त्यसको अन्त्य भएको छ, यो विद्येयक टेबुल गर्दा प्रतिपक्षी दलको पनि सहयाग रहेको छ।’   उनले ... बाँकी अंश»

मधेसीहरुको समस्या समाधान नभई निर्वाचन असंभव : त्रिपाठी

२०७३ पौष २५ सोमबार, कपिलवस्तु । तमलोपाका बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले मधेसको समस्या समाधान नभए सम्म मुलुकमा कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । मधेसको माग पुरा नभए सम्म आफुहरुले कुनै पनि हातलमा स्थानीय देखि अन्य कुनै पनि निर्वाचन  हुन नदिने उनले बताए ।    तमलोपाले मानपुर गाबिसको सेखुनिया तालमा राखेको बृहद जन जागरण कार्यक्रममा उनले सो कुरा बताएका हुन । ‘ जब सम्म लाडाई जित्दैनौ तब सम्म कुनै चुनाव हुन दिदैनौ  ’ उनले भने । जनताको सहभागीता बिना कु ... बाँकी अंश»

मधेसीहरुको समस्या समाधान नभई निर्वाचन असंभव : त्रिपाठी

२०७३ पौष २५ सोमबार, कपिलवस्तु । तमलोपाका बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले मधेसको समस्या समाधान नभए सम्म मुलुकमा कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । मधेसको माग पुरा नभए सम्म आफुहरुले कुनै पनि हातलमा स्थानीय देखि अन्य कुनै पनि निर्वाचन  हुन नदिने उनले बताए ।    तमलोपाले मानपुर गाबिसको सेखुनिया तालमा राखेको बृहद जन जागरण कार्यक्रममा उनले सो कुरा बताएका हुन । ‘ जब सम्म लाडाई जित्दैनौ तब सम्म कुनै चुनाव हुन दिदैनौ  ’ उनले भने । जनताको सहभागीता बिना कु ... बाँकी अंश»

तात्न थाल्यो स्ववियुको माहोल, पिके क्याम्पसमा क्रान्तिकारीद्वारा नेविसंघ नेतृमाथि छुरा प्रहार

२०७३ पौष २५ सोमबार, काठमाडौं । आउँदो फाल्गुनमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचन हुने सम्भावना बढेसँगै विद्यार्थी संगठनहरुबीच भने कुटाकुट सुरु भएको छ । प्रचारप्रसारको विषयमा विवाद चर्किँदै जाँदा काठमाडौंको वागबजार स्थित पद्मकन्या क्याम्पसमा पनि आईतबार र सोमबार अखिल क्रान्तिकारीद्वारा नेविसंघका नेतृहरुमाथि छुट्टाछुट्टै आक्रमण भएको छ ।    क्याम्पस परिसर भित्र भित्ते लेखन गर्ने विषयमा विवाद हुँदा यस्तो आक्रमण भएको हो । प्रचारप्रसारको क्रमम ... बाँकी अंश»

ओलीले पत्रकारलाई भने, ‘तपाईहरुले बुझ्ने गरी देशले दुई चार दिनमै निकास पाउँछ’

२०७३ पौष २५ सोमबार, विराटनगर । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी दुई चार दिन भित्रै देशले निकास पाउने गरी दलहरुबी सहमति हुन लागेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहान संचारकर्मी अध्यक्ष ओलीले सबैले बुझ्ने गरी देशले निकास पाएको खबर केही दिनमा आउने बताए । संचारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘निकास तपाईहरुले बुझ्ने गरी निस्कन बाँकी छ, केही दिनमा सार्वजनिक हुन्छ, केही दिनमा संसदको प्रक्रिया अनुसार काम हुनेछ  । मुलुक निर्वा ... बाँकी अंश»

यौनकार्यमा संलग्न चार भारतीयसहित आठ पक्राउ

२०७३ पौष २५ सोमबार, बनियानी (झापा) । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ । भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए ।    अवैध यौन गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिर्तामोडको नयाँ बसपार्कस्थित स्वागत ... बाँकी अंश»

देशको आर्थिक समृद्धि काँग्रेसको प्राथमिकता : शशाङ्क

२०७३ पौष २४ आइतबार, पोखरा । काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले कृषिको विकासका माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने विषय काँग्रेसको प्राथमिकताको विषय भएको बताएका छन् । नेपाल किसान सङ्घ कास्कीको चौथो जिल्ला अधिवेशनको उद्घाटन् गर्दै महामन्त्री कोइरालाले काँग्रेसले स्थापनाकालदेखि नै कृषिको विकासलाई प्राथमिकतामा राख्दै आएको बताए । पार्टी सरकारमा रहेका बेला कृषिको लागि उल्लेख्य बजेट छुट्याउने गरेको कोइरालाको भनाइ थियो । वीपी कोइरालाले आफ्नो छोट ... बाँकी अंश»

नक्सालमा सडक भत्किँदाको प्रत्यक्ष दृश्य : आँखै अगाडि स्कूटर ठूलो दूर्घटनाबाट बँच्यो

२०७३ पौष २४ आइतबार, काठमाडौं । सधैंको जस्तै विहान काठमाडौंको धापासीमा रहको काठमाडौं इन्स्टिच्यूट अफ टेक्नोलोजी क्याम्पस तर्फ जाँदै गर्दा आईतबारको विहान भने सदाको जस्तो रहेन । विहान साढे ६ बजेतिर काठमाडौंको भगवती बहालमा पुग्ने बेलासम्म पुरानै अवास्थामा रहेको सडककमा कुनै अवरोध रहेको थिएन । तर, कमलपोखरीबाट नक्साल भगवती बहाल मन्दिर नजिक पुगेपछि एक्कासी अचम्मको आवाज कानमा आयो । एकाएक आफू भन्दा एक सय मिटर अगाडि एकाएक सम्म सडकमा देखिएको भयंकरको खाल्डो देख्दा एक पटक त मन ... बाँकी अंश»

एमाले मोरङको आठौँ अधिवेशन सोमबारदेखि

२०७३ पौष २४ आइतबार, विराटनगर । नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशन सोमबारदेखि विराटनगरमा सुरु हुने भएको छ । तीन दिनसम्म चल्ने सो अधिवेशनमा ८८२ जना प्रतिनिधिको सहभागिता रहने सो पार्टीद्वारा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।    यस सम्बन्धमा सो पार्टीका मोरङ जिल्ला अध्यक्ष महेश रेग्मीले अधिवेशनको तयारी पूरा भइसकेको र यसलाई भव्यरुपमा सफल बनाउनका लागि १४ वटा उपसमिति गठन गरिएको जानकारी गराए ।    सो पार्टीका अध्यक्ष केपी शर्मा, ओलीले आठौँ अधिवेशनक ... बाँकी अंश»

अभियुक्त पक्राउ गर्ने क्रममा पर्सामा गोली चल्यो

२०७३ पौष २४ आइतबार, काठमाडौं । पर्सामा अभियुक्त पक्राउ गर्ने क्रममा प्रतिकार गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ । पर्साको वीजवनियाँ स्थित बरैया टोलमा अभियुक्त बृज किशोर गिरी माथि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गोविन्द कुमार शाहले जानकारी दिए ।    केही दिन अघि बाराको एक मन्दिरमा भएको हत्या प्रकरणमा दोषी रहको आरोपमा पक्राउ गर्न खोज्दा उनले प्रतिकार गरेपछि गोली प्रहार गरिएको शाहले जानकारी दिए । उनले यस विषयमा घटनास्थलबाट प्रहरी कार्याल ... बाँकी अंश»

नयाँ