समाज

प्रेस युनियनको क्षेत्रीय भेलामा पुग्ने प्रतिनिधिलाई धनगढीमा भव्य स्वागत

२०७३ कार्तिक ४ बिहिबार, काठमाडौं । नेपाल प्रेस युनियनको क्षेत्रीय भेलाको लागि काठमाडौंबाट भएका प्रतिनिधिमण्डललाई धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ । काठमाडौंबाट भएको नेपाली काँग्रेसका भातृसंस्थाका विभिन्न प्रतिनिधिहरूलाई धनगढी विमानस्थलमा स्थानीय नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए ।    नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटी, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर लगायतका प्रतिनिधि मण्डल बिहीबार धनगढी पुगे ... बाँकी अंश»

‘जनताको आवश्यकताका आधारमा संविधान संशोधन’: वामदेव गौतम

२०७३ कार्तिक ४ बिहिबार, पाल्पा । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपाली जनताको आवश्यकताका आधारमा मात्र संविधान संशोधन हुने बताएका छन् ।    एमाले पाल्पाद्वारा बिहिबार तानसेनमा आयोजित आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता गौतमले एक वर्षअघि जारी भएको संविधान अधुरो र अपुरो हुनै नसक्ने जिकिर गरे।    एमाले उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेको सहमतिबिना संविधान संशोधन हुन नसक्ने बताउँदै वर्तमान सरकारले विगतको सरकारले गरेका रा ... बाँकी अंश»

चितामा राख्न लागिएको शव प्रहरी नियन्त्रणमा

२०७३ कार्तिक ४ बिहिबार, धनगढी । मोहना नदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव बिहिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।    जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिई परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्‍याइएको जनाएको छ । धनगढी उपमहानगरपालिका–२ का अन्दाजी ४१ वर्षीय नारायण उपाध्याय बिहान घरको कोठामा मृत फेला परेका थिए । अन्तिम संस्कार गर्न शव मोहना नदी घाटमा पुर्‍याइँदा मृतकको मुख, नाक, कानबाट रगत बगेको दे ... बाँकी अंश»

भारतीय बाधले डुवायो काट्नै लागेको हजार हेक्टरको धान

२०७३ कार्तिक ४ बिहिबार, कपिलवस्तु । भारतीय पक्षले एकपक्षीयरुपमा बनाएका बाधका कारण कपिलवस्तुका दक्षिणी भेगका ५ गासिबसका १ हजार बढी काटने तयारी अवस्थामा रहेका धान खेत डुबानमा परेका छन् । भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाधहरुको फाटक बन्द गर्दा सो धान बाली डुवानमा परेको हो ।    गत असोजमा पटक पटक आएको बर्षा पछि भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको फाटक नखोले पछि दक्षिणी एक दर्जन गाबिसको काटने अवस्था रहेको ... बाँकी अंश»

एमाले अनेक गर्दै : विराटनगरमा जेष्ठ नागरिक महोत्सव

२०७३ कार्तिक ४ बिहिबार, विराटनगर । जेष्ठ नागरिकलाई सम्मानित, मार्यादित एंव सहज जिवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगरमा जेष्ठ नागरिक महोत्सव २०७३ को आयोजना हुने भएको छ ।    मनमोहन स्मिृति प्रतिष्ठानले २६ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको आवसरमा पारेर विराटनगरको जैन भवनमा कार्तिक ६ र ७ गते महोेत्सवका आयोजना गर्न लागेको हो ।    महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा वि ... बाँकी अंश»

छोरी बलात्कार गर्ने बाबुलाई २२ वर्षको जेल

२०७३ कार्तिक ४ बिहिबार, वालिङ । आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई जिल्ला अदालत स्याङ्जाले २२ वर्षको जेल सजाय सुनाएको छ ।    पश्चिम स्याङ्जाको बिर्घा गाविसमा २०७२ फागुन २१ गते दिउँसो १ बजेको समयमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा चैत १४ गते बाबुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।    अदालतले मङ्गलबार अभियुक्त बाबुलाई जबर्जस्ती करणीको अभियोगमा १२ र हाडनाता करणीको अभियोगमा १० वर्ष गरी २२ वर्ष जेल सजाय तोकेको वडा प्रहरी कार्य ... बाँकी अंश»

माओवादी केन्द्रको बैठक : यस्तो निकाल्यो निस्कर्ष ?

२०७३ कार्तिक ४ बिहिबार, काठमाडौं ।  माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको तीन दिने गोवा भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको छ ।   विहीबार विहान दाहालको निजी निवास लाजिम्पाटमा बसेको बैठकले भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘आजको बैठकमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गोवा भ्रम ... बाँकी अंश»

आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई एमालेको ‘ह्वीप’

२०७३ कार्तिक ४ बिहिबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आइतबार बस्ने व्यवस्थापिका–संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ‘ह्वीप’ जारी गरेको छ ।   एमाले संसदीय दलको विहीबार बसेको बैठकले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीकाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावबारेको  छलफलमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्वीप जारी गरेको संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।    बैठकले कार्कीकाविरुद्धको महाअभियोग ल ... बाँकी अंश»

भारतीय दुतावासद्धारा इन्द्र कमल प्रतिष्ठानलाई एम्बुलेन्स प्रदान

२०७३ कार्तिक ४ बिहिबार, पथरी । इन्द्र–कमल प्रतिष्ठानलाई भारतीय दुतावासले आफ्नो ७० औ स्वतन्त्रता दिवसको अवसरमा एम्बुलेन्स प्रदान गरेको छ । सो बाहन पथरी सनिश्चरे मोरङमा रहेको प्रतिष्ठानले केही दिनमा सञ्चालनमा ल्याइने तयारी गरेको संस्थाकी अध्यक्ष कमला दाहाल बास्कोटाले बताइन । प्रतिष्ठान अध्यक्ष बास्कोटाका अनुसार संस्थाको नाममा अस्पताल निर्माण गर्ने, यसका लागि छुट्टै जमिन खरिद गरेर भवन निर्माण गर्ने जस्ता कार्यहरु अघि बढाएको बताइन । साथै उनले  स्थानीय रूपमा इन्द ... बाँकी अंश»

महाअभियोगबारे कांग्रेसमा छलफलै भएको छैन : साउद, एमालेले जुनसुकै कसरत गर्छ : ज्ञवाली

२०७३ कार्तिक ४ बिहिबार, सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो पार्टीले अहिलेसम्म कुनै छलफल नै नगरेको स्पष्ट पारेका छन् ।   बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले कार्कीलाई महाअभियोग लगाउनेबारेमा पार्टीभित्र अहिले छलफल पनि नभएको र अहिले दर्ता भएको प्रस्तावमा कुनै संलग्नता नै नरहेको स्पष्ट पारे । उनले अघि थपे,‘महाअभियो ... बाँकी अंश»

चार जना ठेकेदारको मुद्दा फिर्ता लियो भने महाअभियोग प्रस्ताव तुहिन्छ : कर्ण

२०७३ कार्तिक ४ बिहिबार, काठमाडौं । मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले प्रमुख पार्टीका चार ठेकेदारको मुद्दा हट्यो भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई लगाइएको महाअभियोग प्रस्ताव तुहिने ठोकुवा गरेका छन् ।     बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सद्भावना पार्टीका सह–अध्यक्ष कर्णले महाअभियोग समिति गठन गर्दा पनि काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्रले ठेकेदारी देखाएको अरोप लगाउँदै भने,‘अरु दल छै ... बाँकी अंश»

मोहनविक्रम पनि लोकमानविरुद्ध : 'मैले नियुक्तिमै आपत्ति जनाएको थिँए'

२०७३ कार्तिक ४ बिहिबार, काठमाडौं । मोहनविक्रम सिंहको राष्ट्रिय जनमोर्चा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध उभिएको छ ।    नेकपा मसालको खुल्ला सङ्गठन राष्ट्रिय जनमोर्चाले महाभियोग प्रस्तावको स्वागत गर्दै पक्षमा मतदान गर्ने उल्लेख गरेको छ ।    मसालका महामन्त्री मोहनविक्रम सिंहले विहिबार विज्ञप्ति प्रकाशित गरी आफूले कार्कीको नियुक्तिमै असहमति जनाएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ कार्कीको नियुक्तिमै मेर ... बाँकी अंश»

दुई हप्तापछि साझाका तीस बस सञ्चालन हुने

२०७३ कार्तिक ४ बिहिबार, काठमाडौँ । अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् ।    काठमाडौँ महानगरपालिकाको रु १० करोड लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस सञ्चालन गर्ने तयारी गरेको छ ।    तीसवटै बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापनलगायतको काम भइरहेकाले दुई सातापछि काठमाडौँ उपत्यकामा सबै बस सञ्चालन हुने साझा यातायातका कामु प्रमु ... बाँकी अंश»

भारतीय राष्ट्रपतिको भ्रमणमा नगरको सौन्दर्यकरण

२०७३ कार्तिक ४ बिहिबार, जनकपुरधाम । आसन्न भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुरको भ्रमण सन्दर्भमा नगरको सौन्दर्यकरण गर्ने कार्य सुरु भएको छ ।    प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणलाई भव्य र सौहार्दपूर्ण ढङ्गले सफल बनाउन विभिन्न गृहकार्य भइरहेको छ ।    भारतीय राष्ट्रपति मुखर्जीको जानकी मन्दिरमा पूजाअर्चना र सहिद पथ ९जनकपुर–यदुकोहा हुलाकी सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।    सो अवसरमा मुख ... बाँकी अंश»

संसदमा महाभियोग दर्ता, लोकमानसिंह कार्की पनि काठमाडौंमा

२०७३ कार्तिक ३ बुधबार, काठमाडौं । प्रमुख विपक्षी एमाललेले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा महाभियोग दर्ता गरेको केही समयमै कार्की काठमाडौं आइपुगेका छन् ।   एमालेको वुधबार संसद सचिवालयमा महाभियोग दर्ता गरेको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।    महाभियोग दर्ता भएको केही समयमै कार्की साँझ करिब ८ बजे अबुधावीबाट इत्तिहाद एयरको ईवाई २९२ विमानबाट त्रिभुवन विमास्थलमा ओर्लिए । यद्यपि उनका सहयोगिले थाहा नभए जस्तो गर्दै हतार–हतार फोन राखे ... बाँकी अंश»

ओखलढुंको पलापुमा आगलागी, दुई घरगोठ सहित चार लाखको क्षति

२०७३ कार्तिक ३ बुधबार, ओखलढुंगा।  जिल्लाको पलापु २ मा वुधबार दिउँसो आगोलागी हुँदा दुई घरगोठ लजेर नष्ट भएका छन् । आगोलागीका कारण स्थानिय सनसरीमाया माझीको घर र सोहि स्थानका पञ्चबिर माझीको गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।   आगोलागीबाट ४ लाख भन्दा बढी क्षति भएको प्रहरीको अनुमान छ । आज दिउसो साढे तिन बजेको समयमा अचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक दिपक शाहाले बताए । आगोलागी बाट कुनै मानविय क्षेती नभएको भएपनि घ ... बाँकी अंश»

नयाँ शक्तिको केन्द्रीय कार्यालयमा कार्यविभाजन हेरफेर

२०७३ कार्तिक ३ बुधबार, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालयको कार्यविभाजन हेरफेर भएको छ । वुधबार बसेको विशेष राजनीतिक समितिले नयाँ कार्यविभाजन गरेको हो । बैठकले प्रशान्त सिंहलाई संयोजक बाबुराम भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त गरेको छ ।    त्यसैगरी बैठकले केन्द्रीय कार्यालयको संयोजकमा केशवमान शाक्य र सह–संयोजकमा प्रह्लाद लामिछानेलाई जिम्मेवारी दिएको छ । त्यस्तै विद्यार्थी संगठनको उत्प्रेरकको जिम्मेवारी राजु नेपाललाई दिइएक ... बाँकी अंश»

वन मन्त्री शंकर भण्डारीले जारी गरे २९ बुँदे प्रतिवद्धता

२०७३ कार्तिक ३ बुधबार, काठमाडौ । वन तथ भू–संरक्षण मन्त्रालयले मन्त्रालय र मातहत निकायका कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन २९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।    मन्त्रालयले वुधबार पत्रकार सम्मेलनमार्फत भूकम्पपछिको पुनःनिर्माणका लागि सहज रुपमा काठ वितरण गर्ने, विदेशी काठको आयात विस्थापन गर्ने, वन तथा वन्यजन्तु संरक्षणका कार्यलाई प्रभावकारी रुपमा अघि बढाउने, वन अतिक्रमण हटाई वृक्षरोपण गर्नेलगायतका कार्यलाई प्राथमिकतामा राखी उक्त प्रतिबद्धता पत ... बाँकी अंश»

गृहमन्त्रीको प्रेस सल्लाहकारमा रामजी दाहाल नियुक्त

२०७३ कार्तिक ३ बुधबार, काठमाडौ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको प्रेस सल्लाहकारमा रामजी दाहाल नियुक्त भएका छन् । लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत रहदै आएका दाहाल पद्मकन्या क्यापसमा पत्रकारिता अध्यापन समेत गर्दै आएका छन । दाहाललाई बुधवार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रेस सल्लाहकारमा नियुक्त गरेका  हुन्।  २०५१ सालबाट राष्ट्र पुकारमा आवद्ध भएर पत्रकारिता सुरु गरेका उनले नेपालवाणी साप्ताहिकको सम्पादक, राजधानी दैनिकको मुख्य सम्वाद ... बाँकी अंश»

तमलोपाले सरकारको नियतमाथि प्रश्न उठायो

२०७३ कार्तिक ३ बुधबार, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको महत्वपूर्ण घटक तराई–मधेस लोकतान्त्रिक पार्टी तमलोपाले संविधान संशोधनबारे सरकारको आधिकारिक धारणा मागेको छ ।     सरकार गठनताका भएको तीन बुँदे सहमतिको मुख्य बुँदा संविधान संशोधनप्रति सरकारले देखाएको उदासिनताले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै तमलोपाले हालसम्म सरकारमा सामेल मुख्य दलले कुनै औपचारिक निर्णय नगर्नुले सरकारको नियतमाथि नै शङ्का उब्जेको जनाएको छ ।    तमलोपाको केन्द्रीय पदाधि ... बाँकी अंश»

नयाँ