समाज

सरसफाई गरेर मनाईयो महानगरपालिकाको वार्षिकाेत्सव

२०७३ मङ्सिर २९ बुधबार, काठमाडौं । बुधबार काठमाडौं महानगरपालिकाले आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । वि सं २०५२ साल मंसिर २८ गते तात्कालीन मेयर पीएल सिंहले स्थापना गरेको महानगरपालिका सो भन्दा पहिले नगरपालिकाको रुपमा रहेको थियो ।    नेपालकै एकमात्र महानगरपालिकाको रुपमा रहेको काठमाडौंका २५ वटै वडामा महानगरले ३ दिनसम्म सरसफाईका विभिन्न कार्यक्रमहरु गरी मनाएको महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए ।    बुधबार बसन्तपुरबाट सुरु ... बाँकी अंश»

विजुलीका पोल कुहिन थालेपछि दुर्घटनाको त्रास

२०७३ मङ्सिर २९ बुधबार, बेनी । म्याग्दीका ग्रामीण भेगमा झन्डै दुई दशकअघि गाडिएका विद्युत्का काठेपोल कुहिन थालेपछि स्थानीयवासी दुर्घटना हुनसक्ने भन्दै त्रसित बनेका छन् । जिल्लाका बेनी नगरपालिकाको बगरफाँट्, रत्नेचौर, गौश्वारा, फापरखेत, अर्जम सिङ्गातातोपानी, पुलाचौर, घतान, तोरीपानी, बरजा, भकिम्ली लगायत गाविसमा रहेका एक हजार दुई सय काठेपोलमध्ये अधिकांश पोल कुहिन थालेका छन् । विसं २०५४ मा काठेपोलबाट बिजुली बालिएको सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका–४ बगरफ ... बाँकी अंश»

तराईमा ज्यान लिने चिसोले समस्या, कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु

२०७३ मङ्सिर २९ बुधबार, वीरगन्ज । विगत केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्सा जिल्लामा कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर बारा जिल्लाका मनहरवा–८ बस्ने ४० वर्षीय सुकेश्वर माझी तथा पर्सा जिल्लाको सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको कठ्याङ्ग्रिएर हालै मृत्यु भएको प्रहरीले जनाएको छ ।    निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने रिक्सा ... बाँकी अंश»

स्रोतव्यक्तिको हिँड्दा हिँड्दै ज्यान गयो

२०७३ मङ्सिर २९ बुधबार, बैतडी । दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्तिको हिँड्दा हिँड्दै अकस्मात मृत्यु भएको छ । मृत्यु हुनेमा शङ्करपुर–३ सातचौरीका ४८ वर्षीय किसनसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।    प्रहरी निरीक्षक चन्दका अनुसार बिहान घरबाट मालिकार्जुन स्रोतकेन्द्र जाने बेलामा एक्कासि मृत्यु भएको हो । उनले भने, “विद्यालय गइरहेका धामी घर नजिकै रहेको पानीको धारा नजिकै मृत भेटिएका हुन् ।”  ... बाँकी अंश»

समस्याको निकासका लागि सबै दल जिम्मेवार बन्नुपर्छ : नेता कोइराला

२०७३ मङ्सिर २८ मंगलबार,     पोखरा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको विद्यमान समस्याको निकासका लागि सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन् ।    नेपाली काँग्रेस कास्कीद्वारा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले भने– “देश समस्यामा रुमल्एिको छ, यसको निकासका लागि सबै दलको एकताबद्ध प्रयास आवश्यक छ ।”    केन्द्रीय सदस्य डा कोइरालाले एक अर्कालाई निषेध गरेर समस्याको समाधान नहुनेमा जोड दिँदै प्र ... बाँकी अंश»

स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत : सभापति देउवा

२०७३ मङ्सिर २८ मंगलबार, ललितपुर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा आधारित भएर स्थानीय निकायको निर्वाचन गराउन तीन ठूला राजनीतिक दलबीच सहमति भएको बताएका छन् ।    नेपाल तरुण दल केन्द्रीय समितिद्वारा मंगलबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित तरुण दलका पदाधिकारीका लागि राखिएको प्रतिज्ञासभालाई सम्बोधन गर्दै देउवाले संविधान कार्यान्वयनको सिलसिलामा पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन गराउन बाध्यता रहेक ... बाँकी अंश»

मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन : प्रधानमन्त्री दाहाल

२०७३ मङ्सिर २८ मंगलबार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै ठूलो जटिलतालाई पार गरेर जारी गरिएको संविधान सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।    तेहैं राष्ट्रिय ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने – संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बनाएको छ ।    प्रधानमन्त्री दाहालले मधेस, पहाड र तराईका जनताको स्वीकार्यलाई बढाएर देशको एकतालाई बलियो बना ... बाँकी अंश»

राप्रपा पाँचथरको अध्यक्षमा कुरुम्बाङ

२०७३ मङ्सिर २८ मंगलबार, पाँचथर । राप्रपा पाँचथरको कार्यकारी अध्यक्ष घलेन्द्र लिम्वू कुरुम्बाङ चयन भएका छन् । यस्तै पाटीको जिल्ला अध्यक्ष भने मानदेव केरुङलाई चयन गरिएको राप्रपाले जनाएको छ ।    पाटीको केन्द्रिय कार्यसम्पादन समितीको सोमबार वसेको वैठकले दुवै जना अध्यक्षको दावेदार भएपछि जिल्ला अधिवेशन अघि एक एक महिना पालो गर्ने गरी कार्यकारी र जिल्ला अध्यक्ष तोकेको हो । जिल्ला अध्यक्षको विषयमा दुवै पाटीको दावी रहेपछि पाटीको केन्द्रिय समितीले निर्णय गर्ने गरी जिल्ल ... बाँकी अंश»

पूर्वका किराँत समुदायले चासोक तङनाम पर्व भव्यताका साथ मनाउँदै

२०७३ मङ्सिर २८ मंगलबार,   जितेन्द्र भण्डारी पाँचथर । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात न्वागी पुजा पाँचथर जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । विशेषगरी पुर्वका विभिन्न भेगमा वसोवास गर्ने लिम्वू, राई, सुनुवार र याक्खा जातिले मंसिर पुर्णिमा अर्थात् आजैका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पुजा गर्ने चलन छ ।   न्वागी पुजा गर्न मंगलबार विहानैदेखि पाँचथर सदरमुकाम फिदिम स्थित सुम्हालुङ मन्दिर, सिलौती, लव ... बाँकी अंश»

एमाले निकट कर्मचारी निर्वाचन : घिमिरे प्यानलका यी हुन् उम्मेदवारहरु

२०७३ मङ्सिर २८ मंगलबार, काठमाडौं ।  एमाले निकट कर्मचारीहरुमा १० औं महाधिवेशनको सरगर्मी चुलिएको छ । सोमबार देखि बुधबारसम्म बाँकेको नेपालगञ्ज जारी रहेको महाधिवेशनको मंगलबार मात्रै बन्दशत्र हुन लागेको एक प्रतिनिधीले जानकारी दिए ।  सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जको सिद्धार्थ कटेजमा दिउँसो १२ बजे महाधिवेशनको उद्घाटन गरेका थिए ।   संगठनका अधिकारीहरुले दिएको जानकारी अनुसार महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा अध्यक्ष केपी ... बाँकी अंश»

एमाले निकट कर्मचारी निर्वाचन : देवकोटा प्यानलका यी हुन् उम्मेदवारहरु

२०७३ मङ्सिर २८ मंगलबार, काठमाडौं ।  एमाले निकट कर्मचारीहरुमा १० औं महाधिवेशनको सरगर्मी चुलिएको छ । सोमबार देखि बुधबारसम्म बाँकेको नेपालगञ्ज जारी रहेको महाधिवेशनको मंगलबार मात्रै बन्दशत्र हुन लागेको एक प्रतिनिधीले जानकारी दिए ।  सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जको सिद्धार्थ कटेजमा दिउँसो १२ बजे महाधिवेशनको उद्घाटन गरेका थिए ।   संगठनका अधिकारीहरुले दिएको जानकारी अनुसार महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा अध्यक्ष केपी ... बाँकी अंश»

पुरुष नभएपछि छोरीले दिइन् आमालाई दागबत्ती

२०७३ मङ्सिर २८ मंगलबार, रोल्पा । ब्लड क्यान्सर भएर मृत्यु भएकी एक महिलालाई आफ्नै नाबालिका छोरीले दागबत्ती दिएकी छिन् । रोल्पा जिल्लाको रांकोट, भालुकोट घर भई हाल लिवाङमा बस्दै आएकी ३६ वर्षीया यमुना वलीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि विभिन्न निकायमा सहयोगको याचना गर्दागर्दै गत आइतबार मृत्यु भएको थियो ।    श्रीमान् वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका तथा छोरो ३ वर्षको मात्र रहेका कारण १३ वर्षीया छोरी कमला वलीले दागबत्ती दिएकी हुन् ।    धार्मिक संस्कारअनुस ... बाँकी अंश»

पूर्वी तराई मधेसमा जाडोको सकस, विद्यालयहरु बन्द, जनजीवन कष्टकर

२०७३ मङ्सिर २८ मंगलबार, राजविराज । मौसम परिवर्तन भएसँगै तीन÷चार दिनदेखि एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सप्तरीसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ । शीतलहरले चिसो बढेपछि सप्तरी सदरमुकाम राजविराजको बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको राजविराज–४ का मुकेश यादवले बताए ।    अत्यधिक चिसोका कारण जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्च ... बाँकी अंश»

करणी तथा बेचबिखन मुद्दाः महिला करणीमा महिला नै पक्राउ

२०७३ मङ्सिर २८ मंगलबार, इलाम । दुई महिलालाई जबर्जस्ती करणीपछि बेचबिखन गर्न खोजेको आरोपमा इलामका तीनमध्ये दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँखेजुङ–९ का ३५ वर्षीय निमतेन्जी शेर्पा र साँखेजुङ–४ की ३६ वर्षीया कमला राईलाई प्रहरीले पक्राउ गरेको छ ।   २० वर्षीया र २४ वर्षीया दुई महिलालाई जबर्जस्तीकरणी गरी मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा शेर्पा र राईलाई पक्राउ गरेको हो ।    जबर्जस्तीकरणी गरेको भन्दै मङ्सिर २० गते जिल्ला प्रहरी कार ... बाँकी अंश»

निर्वाचनको विकल्प छैन : नेता नेम्वाङ

२०७३ मङ्सिर २७ सोमबार, काँकडभिट्टा ।एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मुलुकको सङ्कटलाई निकास दिन निर्वाचनको विकल्प नभएको बताएका छन् । संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान तथा लक्ष्मी पाण्डेको २९औं स्मृति दिवसका उपलक्ष्यमा नेकपा एमाले झापा क्षेत्र नं ३ ले पृथ्वीनगरमा गरेको सभामा नेता नेम्वाङले संसद्भित्र प्रवेश गरेको संविधान संशोधनको मुद्दा अनावश्यक भएको टिप्पणी गरे । नेता नेम्वाङले सत्तरी वर्षको लामो आन्दोलनपश्चात जनताले उपलब्धिका रुपमा प्रा ... बाँकी अंश»

संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनतर्फ केन्द्रित हुनुपर्छः बिजुक्छे

२०७३ मङ्सिर २७ सोमबार, भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बिथोलिएको बताएका छन्।    स्थानीय वासु माविको ५४औँ तथा वासु कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बिजुक्छेले सरकारले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गरेर कार्यक्रम अगाडि बढाउनुपर्छ, देशभर एकै पटक निर्वाचन गर्न नसके चरण बद्ध रुपमा निर्वाचन गर्न सकिन्छ, सरकारले चाहे निर्वाचन सम्भव छ भने  ।    कार्यक्रममा व ... बाँकी अंश»

शहरी विकास मन्त्री केसी मंगलवार भारत जाँदै

२०७३ मङ्सिर २७ सोमबार, काठमाडौं । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी मंगलवार मित्र राष्ट्र भारत जाने भएका छन् ।भारतको राजधानी नयाँ दिल्लीमा मंसिर २९ देखि पुस १ गतेसम्म हुने एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुको शहरी विकास तथा आवास सम्बन्धि छैठौं मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री केसी मंगलवार विहान १०:३० वजे  त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।   सम्मेलनमा शहरी विकास मन्त्रालयका सहसचिव एवं प्रबक्ता शिवहरि शर्मा र वरिष्ठ समाजशास्त्री पोस्टराज ढुं ... बाँकी अंश»

सहमति र समाधान तीन ठूला दलकै हातमा : रामचन्द्र

२०७३ मङ्सिर २७ सोमबार, दमौली  । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद मिलाउने जिम्मा तीन ठूला दलकै काँधमा रहेको बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको शिलान्यास गर्दै नेता पौडेलले भने, ‘संविधान संशोधन विधेयक दर्ता भइसकेकाले यसलाई सबै मिलेर टुङ्ग्याउन सक्नुपर्दछ ।’ नेता पौडेलले संविधान संशोधन दर्ता गर्दा ५ नम्बर प्रदेशमा केही तलमाथि परेको विषयलाई लिएर आन्दोलन गारिरहनुभन्दा पनि एमालेले वार ... बाँकी अंश»

मोहम्मद जयन्ती मनाइयो

२०७३ मङ्सिर २७ सोमबार, कपिलवस्तु । नेपाल सरकारले हजरत मोहमद हुजुर साहबको जन्म दिनको अवसरमा सरकारी बिदा नदिएकोमा स्थानिय मुसलिम समुदायले  गुनासो पोखेका छन् । हुजुरको जन्म मक्काको साउदी अरबमा भएको थियो । हुजुरको १४९१ औँ जन्म जयन्ती  बडो ह्रषोउल्लासका साथ मनाईएको मन्सुल अलिले बताए।  राणाकाल देखी नै नेपालमा मुसलिमलाई बिभेदमा परिएका बताएउलै अलिले अब आउने दिनमा सरकारले सरकारी बिदा नदिएमा अनदोलन गरि आरपारको लडाई लड्न तयार रहेको बताए । मन्सुर सहितका स्थानियले  बिदा नप ... बाँकी अंश»

उपप्रधानमन्त्री निधि र अमेरिकी राजदूतबीच भेट

२०७३ मङ्सिर २७ सोमबार, काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले अमेरिका नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको बताएकी छन्  । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग सोमबार गृहमन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिज्ले उक्त कुरा बताएकी हुन् ।    भेटमा गृहमन्त्री निधि र राजदूत टेप्लिसबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा कुराकानी भएको मन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । भेटमा नेपालको समसामयिक राजनीति र सङ्क्रमणकाली ... बाँकी अंश»

नयाँ