समाज

स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

२०७३ पौष ५ मंगलबार, जाजरकोट। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको बताएका छन्  ।    प्रेस सेन्टर नेपाल प्रदेश नं ६ ले मंगलबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री  दाहालले भने – “स्थानीय तहको निर्वाचनपछि मात्र संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने भएकाले सरकार स्थानीय तहकै निर्वाचन गराउने तयारीमा लागेको छ ।”    प्रधानमन्त्री प्रचण्डले मधेसी, थारु, जनजातिलग ... बाँकी अंश»

आदिवासी जनजातिको महाधिवेशन : बराम र भुजेल प्यानल चुनावी मैदानमा

२०७३ पौष ५ मंगलबार, चितवन  । नेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वका लागि काँग्रेस र एमाले नजिकका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । चितवनको नाायणगढमा भइरहेको नयाँ कार्यसमिति चयनको महाधिवेशनमा अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी परेको छ । काँग्रेस निकट कोषाध्यक्ष जगत बराम र एमाले निकट उपाध्यक्ष सूर्य भुजेलको प्यानल चुनावी मैदानमा छ ।   महासचिवमा बरामको प्यानलबाट नित्यानन्द ताजपुरिया र भुजेलको प्यानलबाट तासी हेल्मोबीच प्रतिस्पर्धा हुँदैछ । अध् ... बाँकी अंश»

कञ्चनजङ्घादेखि अपी हिमालसम्मका तस्वीरको प्रर्दशन गरिने

२०७३ पौष ५ मंगलबार, काठमाडौं । कोरियाका बरिष्ठ फोटो पत्रकार छो जिङ सोद्धारा खिचिएका तस्वीरहरूको प्रदर्शनी गरिने भएको छ ।मंगलबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर पूर्वको कञ्चनजङ्गा हिमालदेखि पश्चिमको अपि हिमालसम्मका जिङ सोले विभिन्न समयमा लिएका सुन्दर तस्वीरहरु भक्तपुरको पाटन मन्दिर परिसरमा यहि पौष ६ गतेदेखि प्रदर्शन गर्न लागिएको आयोजकले जानकारी गराएको हो ।   उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्त्य तथा नेपालका लागि कोरीयाली राजदुतको वि ... बाँकी अंश»

७ गते विहान सम्ममा सहमति हुन्छ, संसदको गत्यावरोध हट्छ : मन्त्री पाण्डे

२०७३ पौष ५ मंगलबार, काठमाडौं। संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेगरि तयारी थालेको खुलासा गरेका छन् ।    मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले सरकारले स्थानीय तहकै निर्वाचन पहिले गर्ने तयारी गरिरहेको स्पष्ट पारे । उनले भने,‘सरकारले पहिले स्थानीय तहकै निर्वाचन गर्छ, स्थानीय तह पूर्नसंरचना आयोगले रिपोर्ट दिने बित्तिकै हामी निर्वाचनको तयारीमा ज ... बाँकी अंश»

पुनःनिर्माणमा खटिएका मध्ये ११ जिल्लाका प्राविधिकले दिए सामूहिक राजीनामा

२०७३ पौष ५ मंगलबार, काठमाडौं । पुनःनिर्माणमा खटिएका मध्ये ११ जिल्लाका प्राविधिकले सामूहिक राजीनामा दिएका छन् । काम गर्ने वातावरण नभएको र आफुहरुलाई दिनुपर्ने सुविधा नदिएको भन्दै आन्दोलित ७० प्रतिशत प्राविधिकले सामूहिक राजीनामा दिएका हुन् । जसमा १३ सय इन्जिनियर  छन् । उनीहरुले मंगलबार शहरी विकास मन्त्रालय पुगेर आयोजना प्रमुख शिवहरी शर्मालाई राजीनामा बुझाए । भूकम्पले बढी क्षति गरेका १४ जिल्लामा खटिएका मध्ये ११ जिल्लाका प्राविधिकले राजीनामा दिएको दोलखामा खटिएक ... बाँकी अंश»

राणा भन्छन् : गाँठो फुकाउन ‘अलेक्जेन्डरको तरवार’ चाहियाे

२०७३ पौष ५ मंगलबार, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले प्रमुख विपक्षी एमाले वर्तमान राष्ट्रिय संकट निवारणको बाधक भएको बताएका छन् । रफत सञ्चार क्लबको साक्षात्कारमा बोल्दै राणाले स्थानीय निकाय निर्वाचन लामो समयसम्म हुन नसकेको र तोकिएको मिती नजिकिँदै गर्दा एमालेले अवरोध गरेकै कारण निर्वाचन ओझेलमा पर्दै गएको समेत बताए । राणाले भने,  ‘सीमाकङ्कनबारे प्रमुख तीन दलले विगतमा गरेका सहमति भुल्दै एमाले गर्दै आएको सदन र सडक ... बाँकी अंश»

सासूसंगको झगडा, रीसले बुहारीले आफ्नै शरीरमा आगो लगाइन्

२०७३ पौष ५ मंगलबार, लहान । सिरहाको लहान नगरपालिका–४ मा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याई आगो लगाएकी छन् । सासूसँग विवाद भएको निहुँमा लहान –४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान पु-याएका थिए ।    गम्भीर घाइते भएकी कर्णलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ ।    आगो निभा ... बाँकी अंश»

राप्रपाको अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न

२०७३ पौष ५ मंगलबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न गरेको छ । सो पार्टी तथा राप्रपा नेपालका बीचमा गत मङ्सिर ६ गते एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको हो ।    गत मङ्सिर २५ गतेभित्र जिल्ला तहको एकीकरण पूरा गर्ने भनिएको भए पनि प्राविधिक कारणले निर्धारित समयमा एकीकरण प्रक्रिया पूरा गर्न नसकिएको पार्टीका महामन्त्री टङ्क ढकालले जानकारी दिए ।    विभिन्न १२ जिल्लामा दुई पार्टीका बीचमा कसल ... बाँकी अंश»

दुर्गा तिवारीको हत्याको विरोधमा प्रदर्शन, आमा र श्रीमती अझै बेहोस

२०७३ पौष ५ मंगलबार, बुटवल । युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा एमाले निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् । विरोध कार्यक्रमअन्तर्गत मंगलबारदेखि लुम्बिनी अञ्चलका जिल्ला बन्दको आह्वान गरिएको छ ।   तिवारीको हत्याको विरोधमा एमाले निकट युवा, विद्यार्थीले सोमबारदेखि नै सडकमा प्रदर्शन गरेर यातायात अवरुद्ध पार्नुका साथै मंगलबारदेखि बन्द आह्वान ... बाँकी अंश»

युवा संघको लुम्बिनी बन्द आब्हानले जनजीवन अस्तव्यस्त, कार्यकर्ता तोडफोडमा उत्रिए

२०७३ पौष ५ मंगलबार, बुटबल । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार दिउँसो गोली हानी हत्या भएको विरोधमा आह्वान गरिएको लुम्बिनी अञ्चल बन्दले जनजीवन फेरि अस्तव्यस्त भएको छ । संविधान संशोधनको विरोधमा लुम्बिनीमा भइरहेका बन्दले छुटकारा पाउँदै गर्दा भएको यो घटनाले फेरि अर्कै रुप लिएको छ ।    युवा संघले गरेको बन्द आह्वानले लुम्बिनी अञ्चलका ६ वटै जिल्ला प्रभावित भएका छन् । सबैजसो जिल्लाका सदरमुकामका साथै रुपन्देहीका बुटवल र भै ... बाँकी अंश»

हत्याको शङ्कामा दुई सिकारी पक्राउ

२०७३ पौष ४ सोमबार, झापा। दक्षिणी झापाको जलथल–३ बाट दुई सिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलथल–३ का १९ वर्षीय कालू लिम्बू र १६ वर्षीय तिखुरे लिम्बू रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुबाट एक थान भरुवा बन्दुक पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । गत मंसिर २८ गते जलथलको रणकाली सामुदायिक वनमा दाउरा खोज्न गएकी ३१ वर्षीय अनिता मेचेको गोली लागि मृत्यु भएको थियो । चारकोशे जङ्गल भनेर चिनिने उक्त सामुदायिक वनमा सिकार खेल्न गएका कालू र तिखुरेले चलाएको गोली ... बाँकी अंश»

राष्ट्रघाती कदम भन्नेले राष्ट्रवादसँग जोड्ने दृष्टिकोण घातक र दुःखद् : गगन थापा

२०७३ पौष ४ सोमबार, जनकपुरधाम । स्वास्थ्यमन्त्री गगन थापाले संसद्मा पेस गरिएको संविधान संशोधनको प्रस्ताव पारित हुने विश्वास लिएका छन् । जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री थापाले संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग संवाद जारी रहेको र एमाले पनि संशोधनको पक्षमा अग्रसर हुने सम्भावना प्रबल रहेको छ,–भने । मन्त्री थापाले संविधान संशोधन प्रस्ताव संसद्मा छलफल हुन नदिने गतिविधि अप्रजातान्त्रिक हो भन्दै विगतमा एमालेका अध्यक्ष केपी शर्मा ओली ... बाँकी अंश»

उपप्रधानमन्त्री निधि र बेल्जियमका राजदूत लक्सबीच भेटबार्ता

२०७३ पौष ४ सोमबार, काठमाडौं ।  गृह एवं उपप्रधानमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेल्जियमका राजदूत यन लक्सबीच सोमबार दिउँसो भेटबार्ता भएको छ ।    उपप्रधानमन्त्री निधि र बेल्जियमका राजदूत लक्सबीच गृहमन्त्रालयमा भएको भेटमा समसामयिक राजनीति र आर्थिक लगानी लगायतका बिषयमा कुराकानी भएको थियो ।    भेटमा मन्त्री निधिले नेपालमा पछिल्लो राजनीतिक परिबर्तनपछि लगानीको वातावरण बनेको भन्दै बेल्जियमको लगानी नेपालमा भित्र्याउन आग्रह गर्नुभएको थियो । त्यस अब ... बाँकी अंश»

चिनिया कम्युनिष्ट नेतालाई के भने सभापति देउवाले ?

२०७३ पौष ४ सोमबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चिनिया कम्युनिष्ट पार्टीका उपनेता लिउ छिपाओले भेटेका छन् । छिपाओ  नेतृत्वको टोलिले सोमबार साझ वुढानिलकण्ठ स्थित देउवा  निवासमा शिष्टाचार भेटघाट गरेको हो ।   सो भेटका अवसरमा सभापति र  चिनिया प्रतिनिधिमण्डल बीच दुई देशका आपसी हित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको थियो । नेपालको वर्तमान राजनीतिक घटनाक्रम र संविधान कार्यान्वयन सम्बन्धमा चिनिया प्रतिनिधिमण्डले राखे ... बाँकी अंश»

भारतसँग जोडिएका जिल्लामा ‘सीमा क्षेत्र विकास कार्यक्रम’

२०७३ पौष ४ सोमबार, कुमोद अधिकारी, विराटनगर । भारतीय सीमा जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि मोरङमा ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागु गरिएको छ । भारतीय सिमानसंग जोडिएको मोरङ जिल्लाका दुई नगरपालिका र १० गाविसमा सीमा क्षेत्र विकास कार्य्रकम संचालन भएको हो । भारतीय सीमानासंग जोडिएका विराटनगर उपमहानगरपालिकाको  २०, २१ र २२ रंगेली नगरपालिकाको ३, ४ र ८ वडा तथा  अमहिवरियाटी, वाराडङ्गा, वुधनगर, डाईनिया, मmुक्रिया, महादेवा, मझारे, नेचा, पोखरिया र सोराभाग ... बाँकी अंश»

एमाले संसदीय दलको बैठक : सदनमा थप मोर्चाबन्दी गर्ने निर्णय

२०७३ पौष ४ सोमबार, काठमाडौं । एमालेले सदनको विरोधलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । सोमबार दिउँसो संसद भवन नयाँबानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले सदनको विरोध सशक्त बनाउन माेर्चाबन्दीलाई थप जोड दिने र आउँदो १७ गतेको जनप्रदर्शनलाई भव्य र असरदार बनाउने निर्णय गरेको हो । बैठकपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले हाम्राकुरासँग भने, ‘बैठक धेरै लामो समय बसेन । यी महत्वपूर्ण दुई निर्णय भयो । बैठक सकियो ।’ ढकालका अनुसार १७ गतेको जनप्रर्शन भव्य, सव्य र असरदार ब ... बाँकी अंश»

अज्ञात समूहको गोली लागि घाइते भएका युवा संघ अध्यक्ष तिवारीको मृत्यु

२०७३ पौष ४ सोमबार, बुटवल । अज्ञात समूहले प्रहार गरेको गोली लागेर घाइते भएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको मृत्यु भएको छ । तिवारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो देवदह खैरेनीमा पल्सर मोटरसाइकलमा आएका अपरिचित दुई जनाले तिवारीलाई गोली हानेर भागेका बताइएको छ । छातीमा गोली लागेका तिवारीको देवदहमै रहेको देवदह मेडिकल कलेजमा उपचार गर्दा गर्दै मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । हठी स्वभावका तिवारीको यसअघि पनि ... बाँकी अंश»

सय बालबालिकालाई न्यानो कपडा र खाद्यन्न

२०७३ पौष ४ सोमबार, रुकुम । रुकुमको चार गाविसका  एक सय तीन जना बालबालिकाहरुलाई न्यानो कपडा र खाद्यन्न सामाग्री वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर,संरक्षणको अभाव,अपाङता जस्ता कारणले अति जोखिममा रहेका बालबालिकालाई सो सामाग्री वितरण गरिएको हो ।    जिल्लाका नुवाकोट,खोलागाउँ सिम्ली र गरायला गाविसका यस्ता अति जोखिममा रहेका बालबालिकाहरुलाई तत्काल उद्धार र सहयोग गर्न सेभ द चिल्ड्रेन र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकिकृत परियोजना अन्तर्गत ब ... बाँकी अंश»

उत्कृष्ट खेलाडी सम्मानर्थ १ लाखको अक्षयकोष स्थापना

२०७३ पौष ४ सोमबार, पाँचथर । फिदिमका युवा व्यवसायी आनन्द खत्रीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । गतवर्ष सवारी दुर्घटनामा परी ज्यान गुमाएका खत्रीको स्मृतिमा पाँचथर सेवा समाज र आनन्दका पिता समाजसेवी मेदनीप्रसाद खत्रीले अक्षयकोष स्थापना गरेका छन् ।   आनन्दको प्रथम वार्षिकीमा  १ लाख रुपैँया रकम रहेको अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषमा पाँचथर सेवा समाजले ५० हजार रुपैँया र आनन्दका पिता मेदनीले ५० हजार रुपैँया जम्मा गरेका हुन् ।   अक्षयकोषबाट फिदिम स ... बाँकी अंश»

आइओएम डिन अग्रवाललाई बर्खास्त गर्न माग

२०७३ पौष ४ सोमबार, काठमाडौँ। शिक्षामन्त्री धनीराम पौडेललाई सोमबार ज्ञापनपत्र बुझाउँदै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बचाउ सङ्घर्ष समितिले संस्थानका डिन डा जगदीश अग्रवाललाई बर्खास्त गर्न माग गरेको छ ।    अग्रवाललाई हटाएर प्रक्रियागत रुपमा नयाँ डिन नियुक्ति नगरिए अनशन बस्ने चेतावनी समितिका संयोजक डा सुरेश उप्रेतीसहितको टोलीले दिएको हो ।    समितिले विगत १६ दिनदेखि डिन कार्यालयमा तालाबन्दी गर्दै आएको छ । डा गोविन्द केसीको अनशन तोडाउन सरकारले अग ... बाँकी अंश»

नयाँ