//

समाज

सप्तरीको प्रजिअमा तिमिल्सिना हटाइए कटवाल पठाइए

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौँ। गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीमा कृष्णबहादुर कटवाललाई पठाएको छ । अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । त्यसैगरी सप्तरीको नेपाल प्रहरीको प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ ।    यसअघि बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलक ... बाँकी अंश»

सप्तरी घटनाप्रति आदिवासी जनजाती महासंघ क्रुद्ध

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौं ।  सप्तरीको राजविराज घट्नाप्रति नेपाल आदिवासी जनजाति महासंघले दुःख व्यक्त गरेको छ । महासंघले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै  सप्तरीको राजविराजमा सुरक्षाकर्मीको गोली लागेर अहिलेसम्म ३ जनाको शहादत्त (सञ्जन मेहता, पिताम्बरलाल मण्डल र आनन्द साह), दर्जन जति गम्भीर घाइते, पाँच दर्जन जति घाइते भएको घट्नाप्रति सम्पूर्ण आदिवासी जनजातिहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ दुःख व्यक्त गर्दछ लेखेको छ ।     विज्ञप्तिमा महा ... बाँकी अंश»

प्रधानसेनापति क्षत्रीले गरे मकवानपुर र चितवनका गण निरीक्षण

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौँ  । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंगलबार मकवानपुरको सुनाचुरीस्थित श्री नं १ जगदल गण र चितवनको शक्तिखोरस्थित श्री सिंहनाथ गणको निरीक्षण गरेका छन् ।    निरीक्षणका क्रममा उनले गणको स्थलगत वस्तुस्थिति विवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।    सो अवसरमा प्रधानसेनापति क्षत्रीले सकल दर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबा ... बाँकी अंश»

बुद्धभूमिबाट सुरु भयो राष्ट्रपति महिला उत्थान कार्यक्रम

२०७३ फाल्गुण २४ मंगलबार, कपिलवस्तु । राष्ट्रपति महिला उत्थान कार्यक्रमको तौलिहवामा समुद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा महिलाहरुले हक अधिकार पाउनुको साथै हरेक क्षेत्रमा सहभागिता जनाउन थालेकोको बताएकी छिन् ।लोकतन्त्रको स्थापना र राजनैतिक विकासक्रम अनुसार स्थानीय निकाय, सरकारी तथा गैर सरकारी क्षेत्रहरुमा समेत महिला सहभागिता वुद्धि हुँदै गएको समेत उनको भनाई छ ।   बुद्ध जन्म स्थान कपिलववस्तु लुम्विनीबाट कार्यक्रम सुरुवात भएको भएको हुँदा ... बाँकी अंश»

राष्ट्रिय सहमतिको सरकार गठन गर्न पौडेलको आह्वान

२०७३ फाल्गुण २४ मंगलबार, दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकभित्र देखिएका विद्यमान समस्या समाधान आवश्यक परे राष्ट्रिय सहमतिको सरकार गठन गरेर भए पनि गर्नुपर्ने नेता पौडलले बताएका छन् ।    रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा मंगलबार दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको जनाउँदै आउँदा दिनमा यस्ता घटना दोहरिन नहुने बताए ।    आगामी वैशाख ३१ गते ह ... बाँकी अंश»

संघीय गठबन्धनको २७ गते नेपाल बन्द घोषणा

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौं। सप्तरी घट्नाको बिरोधमा संघीय गठबन्धनले फागुन २७ गते शूक्रबारका दिन नेपाल बन्दको घोषणा सहित बिभिन्न बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ।    त्यसैगरी गठबन्धनले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा ७ दिनभित्र फिर्ता लिन सरकारसँग माग गरेको छ।    गठबन्धनका तर्फबाट प्रवक्ता डा. ओम गुरुङले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ।    ... बाँकी अंश»

सप्तरीमा अनिश्चितकालीन आम हड्ताल, एमालेलाई सामाजिक बहिस्कार

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौं । सप्तरीमा सोमबार भएको हिंशात्मक झडपलाई लिएर संयुक्त मधेशी मोर्चाले अनिश्चितकालीन सप्तरी बन्दको आह्वान गरेको छ । मंगलबार बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।    मोर्चाले एमालेको कारणले सप्तरी घटना घटेको आरोप लगाउँदै एमाले समर्थकहरुलाईलाई सप्तरीमा सामूहिक बहिस्कार गर्ने निर्णय पनि गरेको छ । मोर्चाले मंगलबार जारी गरेको विज्ञप्ती तल प्रस्तुत गरिएको छ ।  ... बाँकी अंश»

एमालेले अभियान नरोक्ने, सिके राउत प्रवृत्तिको अन्त्यका लागि सप्तरी गएको दाबी

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौं । एमालेले मेची महाकाली अभियान नरोक्ने भएको छ । मंगलबार पार्टीकार्यालय धुम्बाराहीमा विशेष पत्रकारसम्मेलन गर्दै एमालेले अभियान ३ दिनपछि फेरि सुरु हुने बताएको हो । उसको अभियान रोक्ने क्रममा मोर्चाका कार्यकर्ताहरुको निधन भएपछि ३ दिनको लागि स्थगित गरेको एमालेको अभियान ३ दिन पछि फेरि पुरानै कार्यतालिका अनुसार सञ्चालन हुने एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।    यस्तो मधेशीहरु आक्रोशित भएको बेलामा किन मधेश जानुपरेको त एमालेहरुला ... बाँकी अंश»

कपिलवस्तुमा मोर्चाका दर्जनौ नेता कार्यकर्ता गिरफ्तार

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौ । कपिलवस्तुमा प्रहरीले मधेशी मोर्चाका दर्जनौ नेता कार्यकर्तालार्इ गिरफ्तार गरेको छ । बन्द गराउँदै हिँडेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दर्जनौ नेता तथा कार्यकर्ताहरु तौलिहवामा पक्राउ परेका हुन् । उनीहरूलाई तौलिहवाको विभिन्न चोकबाट प्रहरीले पक्राउ गरेको हो । सप्तरीमा सोमबार भएको गोली काण्डको विरोधमा मधेशी मोर्चाले दुई दिने मधेस बन्दको आह्वान गरेको थियो ।    पक्राउ पर्नेहरुमा  शहसराम यादव, शैलेन्द्र कुमार यादव, रामनेवास ... बाँकी अंश»

सप्तरी घटनाको छानविन गर्न आयोगको दुर्इवटा टोली

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले सप्तरी घटनाको अनुगमन गरी तथ्याङ्क संकलन गर्न बेग्लाबेग्लै टोली परिचालन गरेको छ । आयोगले मंगलवार प्रेश बिज्ञप्ती जारी गर्दै आयोगको क्षेत्रीय कार्यालय विराटनगरबाट धरान तर्फ एक अनुगमन टोली र सप्तरीमा उपचाररत घाइतेहरुको अवस्था अनुगमनको लागि क्षेत्रीय कार्यालय जनकपुरबाट अर्को टोली खटाइएको  जनाएको छ ।    बिज्ञप्तमिा आयोगको ध्यानाकर्षण भएको भन्देै, नेकपा एमालेद्वारा राजविराजमा फागुन २३ गते आयोजित कार् ... बाँकी अंश»

‘मधेस घटना दुःखद र निन्दनीय’:पौडेल

२०७३ फाल्गुण २४ मंगलबार, दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको बताएका छन् ।    रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा मंगलबार दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको जनाउँदै आउँदा दिनमा यस्ता घटना दोहरिन नहुने बताए ।    मुलुकभित्र देखिएका विद्यमान समस्या समाधान आवश्यक परे राष्ट्रिय सह ... बाँकी अंश»

सप्तरी घटनाप्रति बारद्वारा दुःख व्यक्त

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौँ । नेपाल बार एसोसिएसनले शान्तिपूर्ण ढङ्गले संविधान, ऐन, कानुनको दिएको अधिकारको प्रयोग गर्दा कतैबाट पनि उल्लङ्घन हुन नदिन राज्यले ध्यान दिनुपर्ने माग गरेको छ ।    बारका महासचिव खम्मबहादुर खातीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सोमबार सप्तरीको राजविराजमा मानिसहरुको मृत्यु हुने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै सप्तरी जिल्ला बार एकाइका कोषाध्यक्ष अधिवक्ता दिगम्बर यादवलगायत घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र मृत्यु भएका ... बाँकी अंश»

४० वर्ष माथिकालाई ‘युवा’ भन्न पाइदैन : मन्त्रालय

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौँ । सरकारले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा’ बाट सम्बोधन गर्न सरकारी निकायलाई परिपत्र गरेको छ ।    युवा तथा खेलकुद मन्त्रालयले यही फागुन ९ गतेको मन्त्रालयस्तरीय निर्णयानुसार युवाको उक्त उमेर निर्धारण गरेको हो । मन्त्रालयले नेपाली युवाको हकहित संरक्षण गर्दै तिनलाई सक्षम तुल्याई राष्ट्रिय विकासको मूल प्रवाहमा एकीकृत गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न राष्ट्रिय युवा परिषद् ऐन, २७२ बमोजिम युवा परिषद् गठन गरेको ... बाँकी अंश»

सप्तरी घट्नाबारे शिवसेनाले मुख खोल्यो

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौं । राष्ट्रिय शिवसेना पार्टीले  सोमबार सप्तरीमा घटेको घट्नाको जिम्मा प्रमुख तीन दलले लिनुपर्ने बताएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शिवसेना पार्टीले यस्तो माँग गरेको हो। पार्टीका अध्यक्ष बिक्रम बहादुर बमले विज्ञप्ती वाचन गर्दै सप्तरीमा भएको दुःखद् घट्नामा ज्यान गुमाउने सहिदप्रति श्रदाञ्जली व्यक्त गरेका छन्।    जनता भन्दा ठुलो कुनै अमुक राजनीतिक दल नहुने बताउँदै अध्यक्ष बमले भने,‘ जनता भन्दा ठूलो निर ... बाँकी अंश»

राजविराजको अदालत राेडमा २४ घण्टे कर्फ्यु !

२०७३ फाल्गुण २४ मंगलबार, सप्तरीको राजविराजमा कफ्र्यु जारी गरिएको छ । स्थिती तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । सोमबार मधेशी मोर्चाका कार्यकर्ताहरुले नेकपा एमालेको कार्यक्रम विथोल्ने क्रममा पैहरीको गोली लागी ४ जनाको ज्यान गएको थियो ।   सप्तरी एमालेले कार्यक्रम गर्ने भनेपछि झण्डै ३ दिनदेखि  राजविराज तनावग्रस्त बनेको छ । सबै सरकारी कार्यालय रहेको अदालत रोडको वरिपरी कर्फ्ु आदेश जारी गरेको स्थानीय प्रशासनलाई उद्दृत गर्दै राजविराजका स् ... बाँकी अंश»

एमाले कार्यालय फोर्ने १३ मोर्चाका कायकर्ता पक्राउ (नामावली सहित)

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौं । लहानबाट प्रहरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका १३ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ गरिएकाहरुलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको डिएसपी हिरा पाण्डेले बताए । पक्राउ पर्नेहरुमा लहान मोर्चाका संयोजक कृष्णबहादुर यादव, राजु गुप्ता, सत्यनारायण यादव, मो. गुलाब राइन, रोशन यादव, मनोज कुमार यादव, दिनेश यादव, आलोक यादव, विजय यादव, उमेश महतो, बैधनाथ साह, प्रयाग लाल यादव, दिलिप यादव रहेका छन् ।   मधेशी मोर्चा आवद्ध दलका क ... बाँकी अंश»

लहानमा एमाले पार्टी कार्यालयको सामान जलाईयो

२०७३ फाल्गुण २४ मंगलबार, लहान । संयुक्त लोकतान्त्रिक  मधेशी मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहानमा रहेको एमाले क्षेत्र नं १ को क्षेत्रीय कार्यालयको समान बाहिर निकालेर जलाईको छ । बिहान ११ बजेतिर मोर्चाका कार्यकर्ताहरुले पार्टी कार्यालयमा रहेका कुर्सी, टेबुललगायत कागजातहरु जलाइएको प्रहरीले बताएको छ ।    मोर्चाले आव्हान गरेको बन्दका कारण मंगलबार सिरहामा यातायात, बजार, पसल, कलकारखाना, शैक्षिक संस्था बन्द छन् भने लाहानकाे स्थिती बिग्रँदै भएकाे छ ।  ... बाँकी अंश»

इलाममा ३३० सौर्य सडकबत्ती जडान गरिने

२०७३ फाल्गुण २४ मंगलबार, इलाम। इलाम नगरपालिका कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले सदरमुकाममा ३३० वटा सौर्य सडकबत्ती जडान गर्ने भएको छ ।    इलाम नगरपालिका कार्यालयले स्थानीयको साझेदारीमा १३० वटा सडकबत्ती जडान गर्ने भएको छ । यसमा उपभोक्ताको ३५ प्रतिशत र स्थानीय विकास मन्त्रालयको बाँकी लगानीमा सडकबत्ती जडान गरिने नगरपालिकाका प्राविधिक मेघनाथ ढुङ्गानाले बताए ।    सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले १२० सौर्य सडकबत्ती जडान ... बाँकी अंश»

मोर्चाको बन्दले महोत्तरी, रौतहट र धनुषामा असर, कतै तोडफोड

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौं । सोमबारको घटनापछि मधेशी मेर्चाले आह्वान गरेको बन्दले महोत्तरीको सदरमुकाम जलेस्वर, रौतहट सदरमुकाम गौर र धनुषा सदरमुकाम जनकपुरमा जनजीवन प्रभावित भएको छ। छिटफुट मात्रामा बन्दका कार्यकर्ता बिहानैदेखि सडकमा आएपनि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा ब्यवस्थालार्इ चुस्त बनाएको प्रहरीले जनाएको छ।    एमालेको मेची महाकाली अभियान नसकुन्जेल तराइका जिल्लामा उच्च सुरक्षा ब्यवस्था मिलार्इएको छ। सोमबार सप्तरीमा प्रहरीको गो ... बाँकी अंश»

काभ्रेकै सदरमुकामबाट १६ किमिमा मोटर पुग्दा अबीरजात्रा गरेर खुसियाली

२०७३ फाल्गुण २४ मंगलबार, धुलिखेल । गाउँमा पहिलो पटक यात्रुबाहक गाडी पुग्दा स्थानीयवासीले खुुसी साटासाट गरी रमाइलो मनाएका छन् । जिल्ला सदरमुकामबाट १६ किलोमिटर मात्रै टाढाको दूरीमा रहेको बल्थली गाविस र महाँकालचौर गाविसको सिमानामा पर्ने टोड्केमा अहिलेसम्म ठूलो गाडी पुगेको थिएन । आइतबार मात्रै सो ठाउँसम्म पहिलो पटक बिहेको जन्तीसहित गाडी पुग्दा स्थानीयवासीले चालकलाई खादा र अबीर लगाई स्वागत गरेका छन् ।    त्यससँगै आपसमा नाचगान गरेर स्थानीयले खुसियाली मनाए । उक्त गाउ ... बाँकी अंश»

नयाँ