समाज

संविधानको कमजोरी प्रमाणित गर : भट्टराई

२०७३ पौष २ शनिबार, स्याङ्जा। नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले नेपाली जनताले बनाएको संविधानमा कुनै कमजोरी छ भने प्रमाणित गरेर देखाउन चेतावनी दिएका छन् ।    नेकपा एमाले स्याङ्जा क्षेत्र नं. २ ले आयोजना गरेको राष्ट्रिय स्वाधिनता एंव संविधान कार्यन्वयनका लागि जनपरिचान अभियान २०७३ को क्षेत्रिय स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलाको उदघाटन गर्दै सचिव भट्टराईले संयुक्तराष्ट्र संघमा आवद्ध भएका मुलुकले बनाएको संविधान भन्दा कमजोर रहेको छ भने प्रमाण ... बाँकी अंश»

राप्रपा प्रमुख सचेतक गिरी अस्वस्थ

२०७३ पौष २ शनिबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरी अस्वस्थ भएका छन् । गिरी पेट र रक्तचापको समस्याले अस्वस्थ भएका हुन् । उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएकामा चिकित्सकहरुले अवस्था सामान्य हुँदै गएको बताएका छन् । उहाँकी धर्मपत्नीले हाम्राकुरासँग टेलिफोनमा भनिन्, ‘डाक्टरहरुले अवस्था ठिक छ भनेका छन् । शनिबार विहानै अस्पताल ल्याएका थियौं । अब घर पठाउने कुरा छ । आइतबार फेरि आउनु भन्नु भएको छ ।’ म पनि अस्पतालमै छु । डि ... बाँकी अंश»

परिमार्जन सहितको संविधान संसोधन : अध्यक्ष यादव

२०७३ पौष २ शनिबार,  कपिलवस्तु । संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हालको समस्या समाधान र संबिधानको सर्वस्विकार्यताको लागी परिमार्जन सहित संसोधन आवश्यकता रहेको बताएका छन । संघिय प्रेस फोरम कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सो बिचार व्यक्त गरेका हुन‍् ।    सो अवसरमा बोल्दै नेता यादवले संबिधानले मधेसी, आदीबादी जनजाती, दलित, मुस्लिम, थारु लगायतका अल्प संख्यक समुदायको अधिकार सुनिश्चित गरि संघिय प्रणाली र समावेशी ... बाँकी अंश»

गुल्मीमा बन्दको प्रभाव ,जनजीवन थप कष्टकर

२०७३ पौष २ शनिबार, गुल्मी। गुल्मीमा  बन्द र हड्तालले वामीटक्सार बजार लगायत अन्य बजारहरुमा यसको प्रभावले मानिसहरुको जनजीवन थप कष्टकर बन्दै गएको छ ।   सरकारले ५ नम्बर प्रदेशमा रहेका पहाडी जिल्लाहरुलाई तराईबाट टुक्रयाएर  संसदमा दर्ता गरेको संविधान संशोधन बिधेयकको खारेजीको माग गर्दै आज १७औँ दिन आन्दोलन थप शसक्त बन्दै गएको छ ।   जिल्लामा  पौष १,२ र ३ गते सम्म आम हड्ताल र बन्दले गर्दा आज पहिलो दिन वामीटक्सार बजार लगायत अन्य स्थानीय बजारहरु पूर्ण रुपमा बन्द भए ... बाँकी अंश»

गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति : नेता पौडेल

२०७३ पौष २ शनिबार, विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्ने सुझाव दिएका छन् ।   विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका दल र मधेसी मोर्चाबीच स्थानीय निकायको निर्वाचनका साथै संविधान संशोधनको विषयमा सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने आवश्यकतामा जोड दिए ।    तराईका जनताको भावनालाई समे ... बाँकी अंश»

संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा : नेता सिंह

२०७३ पौष २ शनिबार, ललितपुर। नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापित गराउन उल्लेखनीय योगदान पुर्‍याएका चार प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको छ । गणेशमान सिंह केन्द्रद्वारा शनिबार  स्व नेता गणेशमान सिंहको १०१ औँ जन्मदिवसको अवसरमा आयोजित “लोकतन्त्रको संस्थागत विकास र गणेशमान सिंह” विचार गोष्ठी कार्यक्रममा सम्मानित हुनेमा मार्सलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन‍् ।   ती पुराना राजनीतिकर्मीलाई सम्मान गर ... बाँकी अंश»

‘भाइ फुटे गवार लुटे’ झै भयो : अध्यक्ष यादव

२०७३ पौष १ शुक्रबार, भैरहवा । दलको हठका कारण ठूलो योगदानबाट प्राप्त भएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता खतरामा परेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।    शुक्रबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भनेर्, “सबै राजनीतिक शक्ति मिलेर जानुपर्नेमा सबै आ–आफ्नै अडानमा रहेर हठी पारा देखाउँदा ठूलो योगदान र बलिदानबाट प्राप्त भएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता खतरामा परेको छ ।”    यादवले संविधान भने ... बाँकी अंश»

प्रदेश विखण्डनको विरोधमा उत्रिएका गुल्मेलीमाथि प्रहरीको दमन, नेताहरु क्रुद्ध

२०७३ पौष १ शुक्रबार, तम्घास (गुल्मी) । आन्दोलनकर्ता र सुरक्षाकर्मीबीच झडप हुँदा दिनभर सदरमुकाम तम्घास शुक्रबार तनावग्रस्त बनेको छ । आन्दोदनकर्ताले जिल्ला प्रशासन कार्यालयमा ताला लगाइदिएपछि प्रहरीले जबर्जस्ती उक्त ताला खोल्ने क्रममा प्रहरी र आन्दोलनकर्ताबीच झडप भएको हो ।    पाँच नं प्रदेश टुक्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग गर्दै गुल्मी जिल्ला सत्र दिनदेखि बन्द छ । झडपमा आन्दोलनकर्ताका तर्फबाट ३५ भन्दा बढ ... बाँकी अंश»

मदिरा सेवनले लैङ्गिक हिंसा बढ्यो

२०७३ पौष १ शुक्रबार,  कपिलवस्तु । कपिलवस्तु जिल्लामा मदिरा सेवनका कारण लैङ्गिक हिंसा बढदो अवस्थामा रहेको एक सर्बेक्षणले देखाएको छ । साथी संस्था सञ्चालन गरेको आस्था परियोजना अन्तर्गत  जिल्लाको सौराहा, सिहोखोर र हर्दौना गाबिसमा गरिएको सर्बेक्षणले मदिरा सेवनका कारण ५९ दशमलब शुन्य २ प्रतिशत हिंसा हुने देखाएको छ ।    परियोजना अन्तर्गत तौलिहवामा आयोजित मदिरा सेवनका कारण हुने लैङ्गीक हिंसा न्युनिकरणका लागी अन्तरक्रियामा परियोजनाद्वारा सो तथ्य प्रस्तुत गरिएको ... बाँकी अंश»

तरकारी बजारमा हिँडिरहेकालाई समात्दा चरेश फेला पर्‍याे

२०७३ पौष १ शुक्रबार, काठमाडौं । शुक्रबार प्रहरीले काठमाडौंको कालिमाटी तरकारी बजारमा हिँडिरहेका एक युवालाई पक्राउ गर्दा ठूलो परिमाणमा चरेश भेटिएको छ । तरकारी बजारमा शंकास्पद ढङ्गले हिँडिरहेका मकवानपुर टिस्टुङका सुजन तामाङलाई प्रहरीले पक्राउ गरी खानतलासी गरेको थियो ।    उनको साथबाट ४ सय ७० ग्राम गाँजालाई शुद्धीकरण गरी चरेश बनाउन लागेको पोलेण्ड बरामद गरेको छ । पछि उनको डेरामा गएर खानतलासी गर्दा कूल ८ केजी २ सय १० ग्राम पोलेण्ड बरामद गरिएको महानगरीय प्रहरी बृत्त ... बाँकी अंश»

संविधानमा सूचना प्रवाहको हक थप्नुपर्छ : प्रमुख आयुुक्त बाँस्कोटा

२०७३ पौष १ शुक्रबार, धुलिखेल। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले संविधानको मौलिक हकमा सूचना प्रवाहको हक पनि व्यवस्था हुनुपर्ने बताएका छन्  ।    आयोगले शुक्रबारबाट सुरु गरेको सञ्चारकर्मीका लागि सूचनाको हकसम्बन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै बाँस्कोटाले “नेपालको संविधानको धारा २७ मा सूचना माग्ने र पाउने अधिकार मात्र व्यवस्था रहेको तर त्यो पर्याप्त नभएकाले संविधान संशोधनका क्रममा सूचना प्रवाह गर्ने अधिक ... बाँकी अंश»

निर्वाचन गर्न मधेसी दलका माग सम्बोधन गर्नुपर्छ : अध्यक्ष थापा

२०७३ पौष १ शुक्रबार, पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तिनै तहको निर्वाचन सम्पन्न गर्न मधेसी दलका माग सम्बोधन गरिनुपर्ने बताएका छन् । मिडिया नेपाल कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले  भने — ‘मधेसी दल र अन्य जनजातिले राखेका माग पूरा नगरी निर्वाचन गर्दा अपेक्षित सफलता प्राप्त गर्न सकिदैन् ।’    अध्यक्ष थापाले सरकारले पेस गरेको संविधान संशोधन प्रस्तावले मधेसवादी दललाई सन्तुष्ट पार्न नसकेको, प्रदेश नं ५ का जनता आ ... बाँकी अंश»

तेह्रथुमको संक्रान्ति बजारमा आगलागी , २० घर जलेर नष्ट

२०७३ पौष १ शुक्रबार, पाँचथर। तेह्रथुमको संक्रान्ति बजारमा लागेको आगलागी बाट २० वटा घर जलेर नष्ट भएका छन् । बद्री सेडाइँ, दिपेश सिटौला र रत्न तामाङसहित २० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । क्षतिको विवरण भने आउन वाँकी रहेको प्रहरीको भनाई छ ।    अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरबाट दमकल,तथा भैरवी दल गण फिदिमबाट ३ वटा गाडी,जिल्ला प्रहरी कार्यालय पाँचथर, हिमशिखर गुल्म फिदिम बाट पनि सुरक्षा निकाय तथा स्थानियको प्रयासमा आगो निभाउने प्रयास ... बाँकी अंश»

रहेनन् पुर्व मुस्ताङी राजा जिग्मे

२०७३ पौष १ शुक्रबार, काठमाडौँ । तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ ।    दुईवर्षदेखि विष्ट उच्च रक्तचापबाट पीडित थिए । उनका श्रीमती र एक छोरा छन् ।    विष्टको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते सोमबारसम्म बौद्धमा रहेको मुस्ताङ गुम्बामा राखिने उनका नातेदार राजु विष्टले जानकारी दिए । रासस ... बाँकी अंश»

ओलीले अस्वीकार गरे देउवाको नेतृत्वमा नयाँ सरकार : बिजुक्छें

२०७३ पौष १ शुक्रबार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले छिट्टै भारतको इशारामा सरकारको समीकरण बद्लिने बताएकना छन् ।   रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छें भारतको इशारामा केपी ओलीको नेतृत्वमा सरकारको प्रस्ताव आउने र ओलीले अस्वीकार गरे शेर बहादुर देउवाको नेतृत्वमा सरकारको समीकरण देखिने बताएका हुन् ।   नेपालका नेताहरुलाई जति बेला चाह्यो त्यति बेला भारतले  हत्या गर्न सक्ने भन्दै बिजुक्छें ... बाँकी अंश»

संशोधन प्रस्तावलाई थाँती राखेर संसदको गतिरोध हटाउनुपर्छ : रामशरण महत

२०७३ पौष १ शुक्रबार, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् ।   शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता डा. महतले भने,‘संविधान संशोधन प्रस्तावलाई लजिकल ईण्डमा पुर्याउनुपर्छ, प्रस्तावलाई संवैधानिक प्रक्रियामा लैजानुपर्छ, यसको विरोधमा संसद नै अवरुद्ध गर्नु गलत हो, एमालेले गल्ती गरिरहेक ... बाँकी अंश»

सहाराविन वालकलाई सहयोग गर्न आग्रह

२०७३ पौष १ शुक्रबार, पाँचथर।  तेह्रथुम आठराई सक्रान्ति स्थित सिरुपानी भन्ने दलित वस्तीका एक नावालक साहाराविन भएपछि आफन्तले सहयोगको याचना गरेका छन् ।   वुवा खगेन्द्र लोहार वच्चा जन्मेको ४ महिनामा नै भारत गएर परिवार सित सम्पर्क विहिन भएको र आमा जण्डिसका कारण मृत्यु भएपछि नावालक (सन्दिप) लोहार अहिले सहाराविन बनेका हुन् ।   उनलाई अहिले पाँचथर फिदिम १ मा वस्दै आएकी सानीआमा पवित्रा लोहारले हेर्दे आएकी छिन् । उनको अक्षयकोष स्थापना गरी सहयोग गर्ने उदेश्यले सवैसित स ... बाँकी अंश»

शिशु हत्या गर्ने देवर भाउजू थुनामा

२०७३ पौष १ शुक्रबार, फलेवास । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन् ।    पर्वतको लिमिठाना–८ की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।    ३१ वर्षीया मीना क्षेत्री र विजयराज क्षेत्री एकाघरका देवरभाउजू हुन् । मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चाला ... बाँकी अंश»

जनसरोकारका समाचारलाई प्राथमिकता दिन सञ्चारमन्त्रीको आग्रह

२०७३ मङ्सिर ३० बिहिबार, काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारी सञ्चारमाध्यमले सनसनीपूर्ण समाचारको पछि लाग्नुभन्दा सरकारका योजना र प्राथमिकतालाई जनता सामुन्ने लगेर सघाउनुपर्ने विचार व्यक्त गरे ।    सरकारी सञ्चारमाध्यमका कार्यकारी प्रमुख तथा समाचार प्रमुखलाई बिहिबार सूचना तथा सञ्चार मन्त्रालयमा निर्देशन दिँदै सञ्चारमन्त्री कार्कीले निजी क्षेत्रले नसमेटेका र चर्चामा नआएका कृषि, ग्रामीण महिलाका कष्ट, निरक्षरता जस्ता जनसरोकारका वि ... बाँकी अंश»

नारायणगढ–मुग्लिन सडकखण्ड ११ देखि ३ बजेसम्म बन्द

२०७३ मङ्सिर ३० बिहिबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिने भएको छ ।    बाँकी सडक चौडा बनाउनुपर्ने भएपछि पुस ७ गतेदेखि चार घन्टा आवागमन रोकेर काम गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।    प्रजिअ नारायणप्रसाद भट्टले सडक आयोजनाले दैनिक ८ घन्टा सवारी आवागमन रोक्न माग गरे पनि यात्रुको समस्यालाई ध्यानमा राखी चार घन्टा मात्र सवारी साधन रोक्ने अनुमति द ... बाँकी अंश»

नयाँ