समाज

बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ घाइते

२०७३ असोज १७ सोमबार, पोखरा । काठमार्डौँबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस सोमबार बिहान ५ः३० बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।    मृत्यु हुनेमा गुल्मी जिल्लाको नेटा गाविस– २ का ४७ वर्षीया मनरुपा अर्याल र उनको दुई वर्षीय नाती अतित अर्याल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    घाइते यात्रुको पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ... बाँकी अंश»

खेलकुद मन्त्रीले मैनालीलाई भेटे, गरे गोविन्द केसीका कुरा !

२०७३ असोज १६ आइतबार, काँकडभिट्टा । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले विर्तामोडस्थित बिएन्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्ने माग गर्दै पाँच दिनदेखि आमरण अनशनरत चैतन्यप्रकाश मैनालीलाई भेटेका छन् ।    हस्पिटल परिसरमै अनशनरत मैनालीलाई भेटेपछि पत्रकारसँग मन्त्री श्रीपाइलीले मैनालीको मागलाई मन्त्रिपरिषद्मा लैजाने बताए ।    काठमाडौँका डा. गोविन्द केसी र झापाका मैनालीले अनशनका क्रममा उठाएका मागका विषयमा सरकारले उपयुक्त निर्णय लिने मन ... बाँकी अंश»

ठाकुर निवासबाट चोरी भएको ब्रिफकेस भेटियो

२०७३ असोज १६ आइतबार, भक्तपुर । गत भदौ २४ गते शुक्रबार राति भक्तपुरको सानोठिमीस्थित तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरबाट चोरी भएको ब्रिफकेस प्रहरीले फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थिमिले आइतबार काठमाडौँ महानगरपालिका वडा नं ३५ को काँडाघारीको झालमा फालेको अवस्थामा ब्रिफकेस फेला पारेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।    ब्रिफकेसमा तमलोपाको चिट्ठी र २ वटा कलम मात्र रहेको पाइएको उनले बताए । यसअघि, प्रहरीले लूटमा स ... बाँकी अंश»

पूर्वमहामन्त्री गुरुङको सम्झना

२०७३ असोज १६ आइतबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको प्रथम वार्षिक स्मृतिसभा भएको छ ।    पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आइबार आयोजित सभामा पूर्वमहामन्त्री गुरुङले मुलुकको राजनीतिक विकासक्रममा पु¥याएको योगदानको स्मरण गरियो ।    पार्टी अध्यक्ष कमल थापाले गुरुङ निष्ठावान् तथा आदर्श राजनीतिज्ञ भएको स्मरण गर्दै गुरुङले देश र जनताको सेवालाई केन्द्रमा राखेर कार्य सम्पादन गरेको बताए ।  ... बाँकी अंश»

जिप ब्रेक फेल हुँदा ९ जना घाईते,२ को अवस्थामा गम्भिर

२०७३ असोज १६ आइतबार, पाँचथर।  मेची राजमार्ग अन्तर्गत  पाँचथरको नाँगि ७ मा आइतबार अपराहन्न भएको सवारी दुर्घटनामा परेर ९ जना घाईते भएका छन् । घाईते मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।   गम्भिर घाईते हुनेहरुमा तेल्लोक ६ ताप्लेजुङ वस्ने ४६ वर्षिय धनमाँया भट्टराई,सोही स्थान वस्ने ३१ वर्षिय भिम प्रसाद गौतम रहेका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले झापाको विर्तामोड स्थित बि.एण्ड सी हष्पिटल लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी ना ... बाँकी अंश»

अत्यधिक मदिरा पीउने शिक्षक भिरबाट खसे, दुईको मृत्यु

२०७३ असोज १६ आइतबार, बझाङ । बझाङमा अत्यधिक मदिरा पीउने गर्ने दुई जनाको भिरबाट लडेर मृत्यु भएको छ । स्थानीय पाराकाट्ने भिरबाट लडेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।    भीरको बाटो हुँदै घर फर्कने क्रममा पाराकाट्ने –४ का ७० वर्षीय मन्दिर साउँद र सोही ठाउँका ३३ वर्षीय शिक्षक मदन साउदको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।   अत्यधिक मदिरा पीएका उनीहरुको सडकबाट करिब दुई सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए । शिक ... बाँकी अंश»

बुद्ध र गान्धीको अुनसरणले मात्र देश विकास हुन्छ : सभापति देउवा

२०७३ असोज १६ आइतबार, काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीले देखाएको बाटोमा अगाडि बढेमा मात्र देश विकास हुने बताएका छन् ।    तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महात्मा गान्धीले अहिंसात्मक आन्दोलनबाट अङ्ग्रेजको प्रभावलाई रोक्न सकेको बताए ।    देउवाले भने , “अझैपनि विश्वका कतिपय मुलुकमा हिंसात्मक आन्दोलन चलिरहेको छ । त्यसलाई रोक्नु जरुरी छ ... बाँकी अंश»

विराटनगरमा प्रहरी सुरक्षामा कडाई, क्वीक रेस्पोन्स टिम परिचालन

२०७३ असोज १६ आइतबार, कुमोद अधिकारी, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले बडा दशैंलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रहरी कार्यालयले विराटनगरमा पत्रकार सम्मेलनगर्दै आइतबार सुरक्षा व्यवस्थाबारे जानकारी गराएको हो ।   दशैं–तिहार तथा छठ पर्वमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको हो । चाडपर्वका क्रममा हुने आपराधिक क्रियाकलाप रोक्नका लागि जिल्ला प्रहरी कार्यालयले बाक्लो रुपमा सुरक्षाकर्म ... बाँकी अंश»

काँग्रेसको चियापान कार्यक्रम स्थगित

२०७३ असोज १६ आइतबार, काठमाडौ । नेपाली काँग्रेसले दशैंको कोजाग्रत पूर्णमाको दिन वर्षेनी आयोजना गर्दे आएको चियापान कार्यक्रम यस वर्ष स्थगित गरिएको जनाएको छ ।    विशेश्वर प्रसाद कोइरालाले भारतबाट फर्किएर राष्ट्रिय मेलमिलापको नीति लिएसँगै २०३३ सालबाट यस दिन चियापानको आयोजना गर्दे आएका थिए ।    यस पटक भने तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधन भएको १ वर्ष नपुगेको बताउँदै चियापान स्थगित गरिएको सचिवालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेकाे विज ... बाँकी अंश»

दसैँमा निजी र कर्मचारीका सवारीले यात्रु बोक्ने

२०७३ असोज १६ आइतबार, काठमाडौँ । दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ ।    विभागका प्रवक्ता वसन्त अधिकारीले सार्वजनिक रुपमा सञ्चालन हुने सवारी साधन सबै दसैँका समयमा चलाउन यातायात व्यवसायीलाई अनुरोध गरेका छौँ, ग्यारेजमा थन्किएका सवारी अझै चलेका छैनन्, उपत्यका बाहिर जाने यात्रुलाई सुविधा दिन व्यवसायीले सवारी ग्यारेजमा राख्न नहुने बताए ।  &nbs ... बाँकी अंश»

दश वर्षपछि उपत्यका बाहिर साझा बस संचालन

२०७३ असोज १६ आइतबार, काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी  आज शनिबार देखि सेवा विस्तार गरेको छ ।    दश वर्षपछि पहिलो पटक आजदेखि साझाले आफ्नो सेवा उपत्यका बाहिर विस्तार गरेको हो । दसैँमा घर जाने यात्रु बोकेर पहिलो पटक साझा बाग्लुङ र गोरखाका लागि छुटिसकेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बताए ।    लामो समयपछि आज पहिलो दिन काठमाडौँदेखि बाग्लुङ र काठमाडौँ—गोरखाका लागि दुई दुई ... बाँकी अंश»

बेलायती अधिराजकुमारीद्वारा आँखा अस्पतालको अवलोकन

२०७३ असोज १६ आइतबार, काठमाडौँ। बेलायती अधिराजकुमारी बिट्रिकाले स्थानीय तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गरेकी छन् ।    बेलायती महारानी एलिजावेथकी नातिनी एवम् योर्ककी राजकुमारी बिट्रिकाले आइतबार बिहान आँखा अस्पतालमा पुगेर आँखा बैंक, लेन्स बनाइने कारखाना, तालिम कक्ष लगायतको चासोपूर्वक अवलोकन गरिन् । सो अवसरमा अधिराजकुमाले आजको २१औँ शताब्दीमा सर्वसाधारणले उपचार नपाएर दृष्टिविहीन हुनुपरेको एवम् अर्थ अभावमा अस्पतालसम्म पुग्न नसकेको समस्याप्रति गम्भीर च ... बाँकी अंश»

मकवानपुर बस दुर्घटनाप्रति कांग्रेस दुःखी

२०७३ असोज १६ आइतबार, काठमाडौं । नेपाली कांग्रेसले मकवानपुर बस दुर्घटनाप्रति दुःख प्रकट गरेको छ । पार्टी केन्द्रीय कार्यालय मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आइतबार विज्ञप्ती प्रकाशन गरी दुःख प्रकट गरेका हुन् ।    उनले जारी गरेको विज्ञप्तिमा मकवानपुरको हेटौडाबाट हाँडीखोलाको लागि छुटेको ना४ख ४३०७ नम्बरको यात्रुवाहक बस हाँडीखोलामा दुर्घटना हुँदा ३ जनाको मृत्यु र ३१ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ–भनिएको छ ।    साथै घाइतेक ... बाँकी अंश»

दलित र ब्राह्मणक्षत्रीका जमरा एकै ठाउँमा

२०७३ असोज १६ आइतबार, त्रिशूली (नुवाकोट) ।बेलकोट–३ स्थित निरञ्जना भगवती मन्दिरमा परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि दलित र ब्राह्मणक्षत्रीले सामूहिक रुपमा जमरा राखेका छन् । उपल्लो जानका भनिएकाको सँगै बेलकोट–१, २ र ३ मा बसोबास गर्ने दलित गरी पनि एक सय १० परिवारले मन्दिरमा सामूहिक जमरा राखेका हुन् । मन्दिरमा सामूहिक जमरा राख्ने परम्परा पृथ्वीनारायण शाहको पालादेखि चल्दै आएको स्थानीयवासी बताउँछन् । मन्दिरमा पुस्तौँदेखि चलिआएको सामूहिक जमरा राख्ने परम्पराले आजस ... बाँकी अंश»

एमबीबीएस उत्तीर्ण गराइदिने भन्दै रकम असुल्ने पक्राउ

२०७३ असोज १६ आइतबार, काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबीबीएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भन्दै रकम लिने  परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।    महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक दीपककुमार साह र सिन्धुली आम्बोटे गाविस घर भई सो संस्थामा कार्यरत गणेश अधिकारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । अधिकारीले काठमाडौं, नागार्जुन नगरपालिका बस्ने विमला पन्तकी छोरी ... बाँकी अंश»

देशभरका गिद्ध संरक्षणकर्मी बर्दियामा भेला

२०७३ असोज १६ आइतबार, गुलरिया (बर्दिया)। गिद्ध संरक्षणमा सक्रिय देशभरका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरु गिद्ध संरक्षणमा भएका कार्यहरुको समीक्षा तथा आगामी कार्य योजनाको तय गर्न र  स्थानीय संरक्षण समुदायको सशक्तिकरणका लागि बर्दियामा भेला भएका छन्।   नेपाल पक्षी संरक्षण सङ्घको आयोजनामा बर्दियाको ठाकुरद्वारामा आयोजित दुईदिने स्थानीय संरक्षण समूह तथा संस्थाका लागि गिद्ध सुरक्षित क्षेत्र व्यवस्थापन तालिमको उद्घाटन ग ... बाँकी अंश»

पहिरो गएपछि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने सडक अवरुद्ध

२०७३ असोज १६ आइतबार, हेटौँडा। मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ।   आज बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।   हेटौँडालगायत चन्द्रनिगाहपुर, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८५० दैनिक काठमाडौँमा आवतजावत गर्ने गरेको जिल् ... बाँकी अंश»

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा नेम्वाङ

२०७३ असोज १६ आइतबार, पाँचथर । निर्माण व्यवसायी सङ्घ पाँचथरको दशौँ अधिवेशनले वीरेन्द्र नेम्वाङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।    आइतबारको अधिवेशनको बन्दसत्रले नेम्वाङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।    समितिको प्रथम उपाध्यक्षमा बल थापा, द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल र तृतीय उपाध्यक्षमा शशिराज आङ्देम्बे निर्वाचित भए ।   त्यस्तै महासचिवमा सूर्यप्रकाश बाँस्कोटा, नीतिगत उपमहासचिवमा दीपेन योक्पाङ्देन, आन्तर ... बाँकी अंश»

गाडीले किचेर मृत्यु, राजमार्ग अवरुद्ध

२०७३ असोज १६ आइतबार, बैतडी । गाडीले किचेर बैतडीमा शनिबार साँझ एक जनाको ज्यान गएको छ ।    ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।    विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहेका बेला गाडीले किचेर ज्यान गएको हो ।    गाडी भने फरार रहेको छ र खोजी कार्य जारी रहेको बताइएको छ । मृतकका आफन्तले आक्रोशित भएर राजमार्ग बन्द गरा ... बाँकी अंश»

भारतीय पर्यटकलाई आकर्षित गर्न दमाैलीमा व्यास एकीकृत योजना आवश्यक: पौडेल

२०७३ असोज १५ शनिबार, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक र भारतबाट आउने पर्यटकलाई लक्षित गरी व्यासको जन्मभूमि तनहुँको दमौली क्षेत्रमा व्यास परासर एकीकृत योजना अघि बढाउनुपर्ने बताएका छन् ।    तनहुँ–काठमाडौँ बौद्धिक लोकतान्त्रिक समाज नेपालको साधारणसभा एवं विजया दशमीको शुभकामना आदानप्रदान गर्न राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले दमौलीलाई केन्द्र बनाएर विकासका कार्यक्रम जिल्लाका सबै क्षेत्रमा विस्तार गर्नुपर् ... बाँकी अंश»

नयाँ