समाज

‘माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस्’

२०७३ मङ्सिर ३० बिहिबार, काठमाडौँ । संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी संगठनले व्यवस्थापिका–संसद्का सांसदलाई मोबाइल एसएमएसमार्फत सन्देश प्रवाह गरेका छन् । सो प्रस्ताव देश र जनताको हितमा नरहेकाले फिर्ता लिन सो प्रक्रिया अवलम्बन गरिएको हो ।    उनीहरुले ‘माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस्’ भनी मोबाइलमा सन्देश लेखेर प्रवाह गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दल तथा स्वतन्त्र सांसद ... बाँकी अंश»

संशोधन प्रस्ताव स्थगन गरेर भए पनि अन्य प्रस्ताव टुङ्गो लगाइनुपर्ने

२०७३ मङ्सिर २९ बुधबार, काठमाडौँ । प्रमुख दलका सचेतकले संसद्मा दर्ता भएको संशोधन प्रस्तावलाई स्थगन गरेर भए पनि महाअभियोग प्रस्तावलगायतका अन्य विषयलाई टुङ्गो लगाउनुपर्ने बताएका छन् ।    यहाँ बुधबार आयोजित साक्षात्कारमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई केही समय स्थगन गरेर भए पनि महाअभियोग प्रस्ताव, निर्वाचन कानुन बनाउने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बताए  । श्रेष्ठले भने , &ldqu ... बाँकी अंश»

उपप्रधानमन्त्रीले विशिष्ठ अतिथि बन्न नमानेपछि आयोजकलाई तनाव !

२०७३ मङ्सिर २९ बुधबार, काठमाडौं । सरकारको वरियताक्रममा सबैभन्दा श्रेष्ठ प्रधानमन्त्री हुन्छन् त्यसपछि उपप्रधानमन्त्री र त्यसपछि मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको वरिष्ठता क्रममा चल्दै जान्छ । जहिलै पनि सरकारको उपप्रधानमन्त्री प्रधानमन्त्री भन्दा तल नै हुन्छ । चाहे उ जत्ति नै शक्तिशाली किन नहोस् ।    तर, कुनैपनि सरकारको उपप्रधानमन्त्री प्रधानमन्त्री अतिथी बनेको कार्यक्रममा जाने भन्ने कुरन सुन्न पनि सक्दैनन् भन्ने सुन्दा तपाईँलाई पनि पक्कै अचम्म लाग्न ... बाँकी अंश»

जल उपभोक्ता महासंघको प्रदेश १ मा साह सर्वसम्मत

२०७३ मङ्सिर २९ बुधबार, विराटनगर । राष्ट्रिय जल उपभोग्ता महासंघ नेपालको चौथौं महाधिवेशनबाट प्रदेश नम्वर–१ को अध्यक्षमा सन्तोष साह सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी, प्रदेश १ को पुरुषतर्फको केन्द्रीय सदस्यमा सुभाष सिग्देल,  महिलातर्फ ईश्वरवती खाँ चुुनिनु भएको छ । यसैगरी प्रदेश १ कै उपाध्यक्षमा गंगादेवी पोखरेल, सचिवमा हेमनारायण मेहता तथा कोषाध्यक्षमा गणेश राय सर्वसम्मत चुनिएको केन्द्रीय सदस्य  सिग्देलले बताए । सदस्यहरुमा चेतनारायण बस्नेत सहित १७ जना प्रति ... बाँकी अंश»

प्रदेश २ मा शीर्ष दलनै पुनःसंरचनाको बाधक, प्रदेश संयोजकले दिए राजीनामा

२०७३ मङ्सिर २९ बुधबार, काठमाडौं । संघीय संरचनामा सहमत दलकै सांसदहरुले असहयोग गरेपछि   पुनःसंरचना आयोगका सदस्य सुनिल रञ्जन सिंहले प्रदेश नम्बर २ को संयोजकको जिम्मेवारीबाटै राजीनामा दिएका छन् । सिंहले भनेका छन्, ‘अब सिंगो आयोगले नै निर्णय गरोस् भनेर प्रदेश नम्बर २ को संयोजक पदबाट राजीनामा दिएको हुँ । कयौं प्रयास गर्दा पनि वातावरण बन्न सकेन ।’ सरकारले दिएको कार्यविधि अनुसार दलीय सहमतिकै आधारमा स्थानीय तहको टुंगो लगाउनु पर्ने भएकाले असहमतिकै कारण पुनःसंरचना हुन न ... बाँकी अंश»

संशोधन प्रस्ताव परिमार्जन गरी संविधान संशोधन गर्न सकिन्छः प्रधानमन्त्री

२०७३ मङ्सिर २९ बुधबार, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दर्ता गराएको संविधान सशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्।    जनकपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले सत्ता साझेदार, प्रतिपक्ष, मधेसी मोर्चा र सम्बद्ध पक्षसँग छलफल गरी संशोधन प्रस्ताव परिमार्जन गरी संविधान संशोधन गर्न सकिने बताए ।    प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावमा प्रतिपक्षले पनि सहयोग गर्नेमा आफू आशावादी ... बाँकी अंश»

संविधान कार्यान्वयन नभए देशमा जे पनि हुन सक्छ : सभापति देउवा

२०७३ मङ्सिर २९ बुधबार, चितवन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुनसक्ने भएकाले पुरानै संरचनामा निर्वाचन गर्ने तयारी थालिएको बताएका छन् ।    नेपाल महिला सङ्घ केन्द्रीय समितिले बुधबार आयोजना गरेको निर्वाचन तथा महिला अधिकारसम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटन गर्दै देउवाले यसबारेमा आफूले नेकपा (एमाले)का अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको बताए ।    सभापति देउवाले विसं. २०७४ मा ... बाँकी अंश»

सत्र दलले मात्र वार्षिक आयव्यय बुझाए

२०७३ मङ्सिर २९ बुधबार, काठमाडौँ। आर्थिक वर्ष २०७२/७३ मा निर्वाचन आयोगमा मुलुकका १७ राजनीतिक दलले वार्षिक आयव्यय विवरण बुझाएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १५९ दल छन् भने संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या ३० वटा रहेको छ । संसद्मा प्रतिनिधित्व गर्नेमध्ये पाँच वटा दलले मात्र आयव्यय विवरण बुझाएका कानुन शाखाका अधिकृत घमचन्द्र तिम्सिनाले जानकारी दिए ।    आयव्यय बुझाउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति ... बाँकी अंश»

नयाँबस्ती घटना : मदिरा र यौन उन्मादले ट्याक्सी चालक लामाको मृत्यु (विवरणसहित)

२०७३ मङ्सिर २९ बुधबार, काठमाडौं । काठमाडौंको नयाँबस्तीमा ट्याक्सी चालकको मृत्युपछि प्रहरी बिट जलेकामा प्रहरीकै अनुसन्धानले चालकको हत्या भएको रिपोर्ट सार्वजनिक गरेको छ । हेलम्बु रेष्टुरेण्ट संचालक संगीता राईसहित पाँच जनालाई पक्राउ गरेको छ । मृत्यु शंकास्पद रहेको भन्दै आइतबार बिहान नयाँबस्तीका स्थानीयले प्रहरी चौकीमा तोडफोड तथा आगजनी गरे । प्रारम्भिक चरणमा प्रहरीले अत्याधिक मदिरा सेवनका ट्याक्सी चालक राजकुमार लामाको मृत्यु भएको भनेको थियो ।   दोलखा भिमेश्वर न ... बाँकी अंश»

आन्दोलन जारी राख्ने ओली - बिजुक्छेबीच सहमति

२०७३ मङ्सिर २९ बुधबार, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच बुधबार भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ । देशको समसामयिक अवस्था, संसद् अवरोध, संविधान कार्यान्वयन एवम् निर्वाचनका सम्बन्धमा दुई दलका नेताबीच छलफल भएको हो ।    भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद्को जारी अवरोध, संविधान कार्यान्वयन र स्थानीय न ... बाँकी अंश»

सरसफाई गरेर मनाईयो महानगरपालिकाको वार्षिकाेत्सव

२०७३ मङ्सिर २९ बुधबार, काठमाडौं । बुधबार काठमाडौं महानगरपालिकाले आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । वि सं २०५२ साल मंसिर २८ गते तात्कालीन मेयर पीएल सिंहले स्थापना गरेको महानगरपालिका सो भन्दा पहिले नगरपालिकाको रुपमा रहेको थियो ।    नेपालकै एकमात्र महानगरपालिकाको रुपमा रहेको काठमाडौंका २५ वटै वडामा महानगरले ३ दिनसम्म सरसफाईका विभिन्न कार्यक्रमहरु गरी मनाएको महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए ।    बुधबार बसन्तपुरबाट सुरु ... बाँकी अंश»

विजुलीका पोल कुहिन थालेपछि दुर्घटनाको त्रास

२०७३ मङ्सिर २९ बुधबार, बेनी । म्याग्दीका ग्रामीण भेगमा झन्डै दुई दशकअघि गाडिएका विद्युत्का काठेपोल कुहिन थालेपछि स्थानीयवासी दुर्घटना हुनसक्ने भन्दै त्रसित बनेका छन् । जिल्लाका बेनी नगरपालिकाको बगरफाँट्, रत्नेचौर, गौश्वारा, फापरखेत, अर्जम सिङ्गातातोपानी, पुलाचौर, घतान, तोरीपानी, बरजा, भकिम्ली लगायत गाविसमा रहेका एक हजार दुई सय काठेपोलमध्ये अधिकांश पोल कुहिन थालेका छन् । विसं २०५४ मा काठेपोलबाट बिजुली बालिएको सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका–४ बगरफ ... बाँकी अंश»

तराईमा ज्यान लिने चिसोले समस्या, कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु

२०७३ मङ्सिर २९ बुधबार, वीरगन्ज । विगत केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्सा जिल्लामा कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर बारा जिल्लाका मनहरवा–८ बस्ने ४० वर्षीय सुकेश्वर माझी तथा पर्सा जिल्लाको सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको कठ्याङ्ग्रिएर हालै मृत्यु भएको प्रहरीले जनाएको छ ।    निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने रिक्सा ... बाँकी अंश»

स्रोतव्यक्तिको हिँड्दा हिँड्दै ज्यान गयो

२०७३ मङ्सिर २९ बुधबार, बैतडी । दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्तिको हिँड्दा हिँड्दै अकस्मात मृत्यु भएको छ । मृत्यु हुनेमा शङ्करपुर–३ सातचौरीका ४८ वर्षीय किसनसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।    प्रहरी निरीक्षक चन्दका अनुसार बिहान घरबाट मालिकार्जुन स्रोतकेन्द्र जाने बेलामा एक्कासि मृत्यु भएको हो । उनले भने, “विद्यालय गइरहेका धामी घर नजिकै रहेको पानीको धारा नजिकै मृत भेटिएका हुन् ।”  ... बाँकी अंश»

समस्याको निकासका लागि सबै दल जिम्मेवार बन्नुपर्छ : नेता कोइराला

२०७३ मङ्सिर २८ मंगलबार,     पोखरा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको विद्यमान समस्याको निकासका लागि सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन् ।    नेपाली काँग्रेस कास्कीद्वारा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले भने– “देश समस्यामा रुमल्एिको छ, यसको निकासका लागि सबै दलको एकताबद्ध प्रयास आवश्यक छ ।”    केन्द्रीय सदस्य डा कोइरालाले एक अर्कालाई निषेध गरेर समस्याको समाधान नहुनेमा जोड दिँदै प्र ... बाँकी अंश»

स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत : सभापति देउवा

२०७३ मङ्सिर २८ मंगलबार, ललितपुर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा आधारित भएर स्थानीय निकायको निर्वाचन गराउन तीन ठूला राजनीतिक दलबीच सहमति भएको बताएका छन् ।    नेपाल तरुण दल केन्द्रीय समितिद्वारा मंगलबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित तरुण दलका पदाधिकारीका लागि राखिएको प्रतिज्ञासभालाई सम्बोधन गर्दै देउवाले संविधान कार्यान्वयनको सिलसिलामा पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन गराउन बाध्यता रहेक ... बाँकी अंश»

मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन : प्रधानमन्त्री दाहाल

२०७३ मङ्सिर २८ मंगलबार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै ठूलो जटिलतालाई पार गरेर जारी गरिएको संविधान सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।    तेहैं राष्ट्रिय ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने – संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बनाएको छ ।    प्रधानमन्त्री दाहालले मधेस, पहाड र तराईका जनताको स्वीकार्यलाई बढाएर देशको एकतालाई बलियो बना ... बाँकी अंश»

राप्रपा पाँचथरको अध्यक्षमा कुरुम्बाङ

२०७३ मङ्सिर २८ मंगलबार, पाँचथर । राप्रपा पाँचथरको कार्यकारी अध्यक्ष घलेन्द्र लिम्वू कुरुम्बाङ चयन भएका छन् । यस्तै पाटीको जिल्ला अध्यक्ष भने मानदेव केरुङलाई चयन गरिएको राप्रपाले जनाएको छ ।    पाटीको केन्द्रिय कार्यसम्पादन समितीको सोमबार वसेको वैठकले दुवै जना अध्यक्षको दावेदार भएपछि जिल्ला अधिवेशन अघि एक एक महिना पालो गर्ने गरी कार्यकारी र जिल्ला अध्यक्ष तोकेको हो । जिल्ला अध्यक्षको विषयमा दुवै पाटीको दावी रहेपछि पाटीको केन्द्रिय समितीले निर्णय गर्ने गरी जिल्ल ... बाँकी अंश»

पूर्वका किराँत समुदायले चासोक तङनाम पर्व भव्यताका साथ मनाउँदै

२०७३ मङ्सिर २८ मंगलबार,   जितेन्द्र भण्डारी पाँचथर । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात न्वागी पुजा पाँचथर जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । विशेषगरी पुर्वका विभिन्न भेगमा वसोवास गर्ने लिम्वू, राई, सुनुवार र याक्खा जातिले मंसिर पुर्णिमा अर्थात् आजैका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पुजा गर्ने चलन छ ।   न्वागी पुजा गर्न मंगलबार विहानैदेखि पाँचथर सदरमुकाम फिदिम स्थित सुम्हालुङ मन्दिर, सिलौती, लव ... बाँकी अंश»

एमाले निकट कर्मचारी निर्वाचन : घिमिरे प्यानलका यी हुन् उम्मेदवारहरु

२०७३ मङ्सिर २८ मंगलबार, काठमाडौं ।  एमाले निकट कर्मचारीहरुमा १० औं महाधिवेशनको सरगर्मी चुलिएको छ । सोमबार देखि बुधबारसम्म बाँकेको नेपालगञ्ज जारी रहेको महाधिवेशनको मंगलबार मात्रै बन्दशत्र हुन लागेको एक प्रतिनिधीले जानकारी दिए ।  सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जको सिद्धार्थ कटेजमा दिउँसो १२ बजे महाधिवेशनको उद्घाटन गरेका थिए ।   संगठनका अधिकारीहरुले दिएको जानकारी अनुसार महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा अध्यक्ष केपी ... बाँकी अंश»

नयाँ