समाज

अंगिकृत नागरिक राष्ट्रप्रमुख बन्न पाउने प्रचार गलत : कानुनमन्त्री

२०७३ कार्तिक २२ सोमबार, काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले सरकारले आधिकारिक रुपमा अंगीकृत नागरिकता लिएकालाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउनेगरि संविधान संशोधनको प्रस्ताव ल्याउन लागेको भनेर गलत प्रचार गरेको बताउँदै भने,‘सरकारले आधिकारिक रुपमा यसबारेमा केही बोलेको छैन, यो त अन्तरिम संविधानमा पनि उल्लेख गरिएको छैन, धारा १५५ मा यो बारेमा प्रष्ट व्यवस्था गरिएको छ ।’     मन्त्री नायकले चार विवादित विषयहरु प्रदेशको सिमांकन, नागरिकता ... बाँकी अंश»

रामचन्द्र भन्छन्– विधान संशोधन हुनै सक्दैन भन्नु एमालेको अतिवादी सोच

२०७३ कार्तिक २२ सोमबार, कास्की। नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन हुनै सक्दैन भन्ने एमालेको अतिवादी सोच र आफुले भनेका सबै माग पूरा हुनैपर्छ भन्ने मधेसवादी दलको हठ अन्त्य हुनै पर्ने बाएका छन् । नेपाली काँग्रेस कास्कीले गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले यी विरोधाभास त्यागेर सबै लचक भई एक ठाउँमा आउनुपर्नेमा जोड दिए । संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताउँदै नेता पौडेलले भने, ‘मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान ... बाँकी अंश»

अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख बनाउन सकिन्न : महासचिव पोखरेल

२०७३ कार्तिक २२ सोमबार, खोटाङ । एमाले महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउन नहुने बताएका छन् । प्रेस चौतारी नेपाल खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अङ्गीकृत नागरिकलाई १० वर्षपछि राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउँदा राष्ट्र हितविपरीत हुने जिकिर गरे । अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुने बताए । ... बाँकी अंश»

सुदूरपश्चिमका छ नगरपालिकालाई दमकल उपलब्ध

२०७३ कार्तिक २२ सोमबार, बैतडी । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैतडीका पाटन नगरपालिकालगायत सुदूरपश्चिमका जिल्लाका छ वटा नगरपालिकालार्ई दमकल उपलब्ध गराउने भएको छ ।    स्थानीयवासीको मागअनुसार र सरकारले नगरपालिकाको पूर्वाधार विकासका लागि भन्दै दमकल खरिदका लागि मन्त्रालयले प्रत्येक नगरपालिकालाई रु ६० लाखका दरले रकम उपलब्ध गराएको हो ।    मन्त्रालयले बैतडीको पाटन नगरपालिकालगायत डडेल्धुराको परशुराम, कैलालीको अत्तरिया र घोडाघोडी, कञ्चनपुरको दोधा ... बाँकी अंश»

बाँदर र दुम्सीको आङ्तक सहन नसकेर गाउँबाटै विस्थापित

२०७३ कार्तिक २२ सोमबार, बेनी । म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घर परिवार बाँदर र दुम्सीको आतङ्कका कारण गाउँ छोडेर हिँड्न बाध्य भएका छन् ।    जङ्गलको बीचमा रहेको गाउँ लरेनीका सूर्य किसान, हरि किसानको परिवार गाउँबाट विस्थापित भइसकेका छन् ।    सूर्य किसानले वर्षभरि दुःख गरेर खेतबारीमा लगाएको अन्नबाली बाँदर र दुम्सीले सखाप पार्ने गरेपछि गाउँ छोड्न बाध्य भएको बताए ।    बाली जोगाउन लरेनीवासीले रातको समयमा लौरो, टर्चलाइट, आगोसहित घरेलु हतियार लिएर खेतबारीको ... बाँकी अंश»

नेपालको संविधान लचिलो र गतिशील छः शेरबहादुर देउवा

२०७३ कार्तिक २२ सोमबार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान धेरै लचिलो र गतिशील भएको बताएका छन् ।     भारतको जवाहरलाल नेहरु विश्वविद्यालयले सभापति देउवालाई मानार्थ विद्यावारिधीको उपाधिबाट सम्मान गर्न नयाँदिल्लीमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले महिला, मधेसी, आदिवासी÷जनजाति, दलित, पिछडिएको क्षेत्रलगायत अल्पसङ्ख्यकलाई विशेष अधिकार प्रदान गरेको उल्लेख गरे ।    ... बाँकी अंश»

काँग्रेस सभापति देउवालाई मानार्थ विद्यावारिधि

२०७३ कार्तिक २२ सोमबार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गरेको छ । नेहरु विश्वविद्यालयमा आज आयोजित विशेष समारोहमा उपकुलपति प्रा जगदेशकुमारले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।      यो उपाधिबाट सम्मानित हुने सभापति देउवा पहिलो नेपाली हुन् । यसअघ ... बाँकी अंश»

'राणा, शाह तथा कम्युनिष्ट अतिवादविरुद्ध जुधेर काँग्रेसले काम गरेको हो'

२०७३ कार्तिक २१ आइतबार, काठमाडौँ । नेपाली काँग्रेसका नेता महेश आचार्यले राजनीतिक दलका नेता संवेदनशील नहुँदा प्रजातन्त्र नै जोखिममा परेको बताएका छन् । प्रजातान्त्रिक विचार समाज काभ्रेको साधारणसभा तथा विचार गोष्ठीमा बोल्दै नेता आचार्यले भने, ‘राणा, शाह तथा कम्युनिष्ट अतिवादविरुद्ध जुधेर काँग्रेसले प्रजातन्त्रको पक्षमा काम गरेको हो तर अहिले पनि प्रजातन्त्र जोखिममा छ ।’ प्रजातन्त्र जनतासँग जोडिने र जनतालाई निर्भय बनाउने प्रणाली र जीवन पद्धति भएको र समाजवाद उत्प ... बाँकी अंश»

छठ पर्वमा प्रधानमन्त्रीको पोज यस्तो

२०७३ कार्तिक २१ आइतबार, काठमाडौं। छठ पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौंको गौरीघाट, रानीपोखरी र कमलपोखरीको कार्यक्रममा सहभागी भए । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ मनाइएको छ। साेमबार विहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ। ... बाँकी अंश»

माग सम्बोधन नभए आन्दोलनमा उत्रिन्छौ : अध्यक्ष यादव

२०७३ कार्तिक २१ आइतबार, इनरुवा। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग सम्बोधन नभए आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।    सुनसरीको लौकही गाविसमा समाजवादी विद्यार्थी फोरम नेपाल, सुनसरीले आइतबार आयोजना गरेको म्याराथन दौड तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन्।    सरकारले देखावटी प्रक्रियास्वरुप संविधान संशोधनको प्रक्रिया अघि बढाउने सङ्केत गरेकोतर्फ इङ्गित गर्दै अध्यक्ष ... बाँकी अंश»

जनदवाव पछि थबाङ स्वायत्त गाउँपालिका सिफारिस

२०७३ कार्तिक २१ आइतबार, लिबाङ (रोल्पा)। ब्यापक जनदवाव पछि थबाङ स्वायत्त गाउँपालिका सिफारिस हुने भएको छ । विगत तीन दिनदेखि थबाङबासीहरुले गरेको आन्दोलनका कारण थबाङलाई स्वायत्त गाउँपालिका सिफारिस गरिने भएको हो ।    आइतबार बिहान ७ बजेदेखि बसेको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको बैठक  साँझ करीव ६ बजेमात्र टुंगिएको थियो । आयोगले ९ वटा संख्या निर्धारण गरेको भएता पनि बैठकले रोल्पाका लागि १० वटा स्थानीय तहको सिफारिस गरी पठाउने निर्णय गरेको स्थानीय विकास अधि ... बाँकी अंश»

बाजुरामा नौ स्थानिय तह हस्ताक्षर विना नै पठाइयो

२०७३ कार्तिक २१ आइतबार, बाजुरा । बाजुरामा स्थानिय तह नौ वटा प्रस्तावित गरिएको छ । गाउँ पालिका , नगरपालिका  र विशेष संरक्षित क्षेत्र,सिमा निर्धारण जिल्ला प्राविधिक समितिले चार नगरपालिका र तिन गाउपालिका र  दुई वटा विशेष  संरक्षित प्रस्ताव गरेको हो ।   भौगोलिक अध्ययन सर्वपक्षिय सहमतीका आधरमा नौ स्थानिय तह  बनाउने निर्णय गरिएको समितिले जनाएको छ । सर्वपक्षीय सर्वसहमतीका आधारमा स्थानिय तहको निर्धारण भएको निमित्त स्थानिय विकास अधिकारी प्रेम बहादुर सिंहले बताए । जसम ... बाँकी अंश»

कांग्रेस महाअभियोगको पक्षमा नउभिए जनतावाटै बढारिनेछ : नेता ज्ञवाली

२०७३ कार्तिक २१ आइतबार, अर्घाखाँची। नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले एक बर्ष भित्रमा तिन तहको निवार्चन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्ने बताएका छन् । अहिलेको परिस्थीतीमा चैतमा स्थानिय निकाएको निर्वाचन नहुने संकेत आएकोले मुलुकमा संविधान कार्यान्वयन हुनेमा ठुलो संकट देखिएको बताएका छन, पछिल्लो समय ३ ठुला राजनीतिक दलहरुमा बढदै गएको तिक्ताले गर्दा राजावादी शक्तीहरु सलवलाउन थालेकोले सचेत हुनुपर्नेमा जोड दिए ।    पछिल्लो समयमा देखिएको अख्तियार दुर ... बाँकी अंश»

कर्मचारी संगठनको निर्वाचन : सर्वसम्मत गराउन शिक्षा मन्त्रालयमा कसरत

२०७३ कार्तिक २१ आइतबार, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनमा चुनावी माहोल तातेको छ । सोमबारदेखि हुने संगठनको अधिवेशनको पहिलो दिन शिक्षा मन्त्रालय विभागीय कार्य समितिले नयाँ नेतृत्व पाउँदैछ ।   अहिलेसम्म प्राप्त जानकारीका अनुसार संगठनमा अध्यक्षको रूपमा शिवराज पोखरेललाई निर्वाचित गर्न लगभग सबै सहमत रहेका छन् । तर, मोटामोटी छलफलमा अध्यक्षकोलागि कोहीपनि अन्य आकांक्षी रहेकोले सर्वसम्मत नेतृत्वको सम्भावना देखिएको कर्मचारी स्रोतको भनाई रहेको छ ।   यसकोलागि ... बाँकी अंश»

कमल थापा र प्रधानमन्त्री प्रचण्डबीच भेट, के भो कुराकानी ?

२०७३ कार्तिक २१ आइतबार, काठमाडौं । संविधान संशोधनको विषयमा भएको छलफल र पछिल्लो गतिविधिलाई लिएर राजनीतिक वृत्तमा हंगामा भइरहेका बेला राप्रपा नेपालका अध्यक्ष कमला थापा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधनकै विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार प्रधानमन्त्री दाहालले राप्रपा नेपालका अध्यक्ष थापालाई संविधान संशोधनमा सघाउन आग्रह गरे ... बाँकी अंश»

छट पूजामा सहभागी हुन राष्ट्रपति भण्डारी कमलपोखरीमा

२०७३ कार्तिक २१ आइतबार, काठमाडौं । छट पूजामा सहभागी हुनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी कमलपोखरी पुगेकी छिन् । आइतबार छठ पर्वको मुख्य दिन  साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।    कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।    ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरा ... बाँकी अंश»

निर्धारित मितिमै महाधिवेशन हुुनुपर्ने कृष्ण सिटौला पक्षधर तरुण दल नेताहरुको माग

२०७३ कार्तिक २१ आइतबार, काठमाडौं। काँग्रेस नेता कृष्ण प्रसाद सिटौला पक्षधर नेपाल तरुण दलका नेताहरुले निर्धारित मितिमै विधिसम्मत् महाधिवेशन हुनुपर्ने माग गरेका छन्। आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अब कुनैपनि बहानावाजी, छलछाम र षडयन्त्रका तानाबुना नबुनी स्वतन्त्र र पारदर्शी ढंगले निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न जोडदार माग गरेका छन्।    पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य नारायणप्रसाद भट्टराईले निर्धारित मितिमै विधिसम्मत ... बाँकी अंश»

छब्बिस जिल्लाको स्थानीय तह पुनःसंरचना प्रतिवेदन

२०७३ कार्तिक २१ आइतबार, काठमाडौँ, २१ कात्तिक । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा दुई दर्जनभन्दा बढी जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको छ ।    आयोगले कात्तिक पहिलो साता जिल्लामा नयाँ कार्यविधि पठाउँदै इलाकालाई आधार मानेर स्थानीय तहको पुनःसंरचना गर्न पत्राचार गरेको थियो । आयोगले पठाएको पछिल्लो कार्यविधिअनुसार २६ जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको र बाँकी जिल्लाको आउने क्रम जारी रह ... बाँकी अंश»

संविधान सशोधन चाँडै– मन्त्री डा महत

२०७३ कार्तिक २० शनिबार, नुवाकोट। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान जारी गर्न नेपाली काँग्रेसले धेरै ठूलो सङ्घर्ष गरेकाले यसको सफल कार्यान्वयनका लागि पनि काँग्रेसले अहम भूमिका लिएको बताएका छन् ।    नेपाल तरुण दल गाउँ कार्यसमिति थानसिङ नुवाकोटद्वारा पार्टी कार्यालय भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतले संविधानमा केही असन्तुष्टि जनाइरहेका पक्षको मागलाई पनि सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रक्रिया सुरु भएको जानकारी दिए ।    ... बाँकी अंश»

बूढीगण्डकी प्रभावितलाई उचित मुआब्जा दिनुपर्छ : भट्टराई

२०७३ कार्तिक २० शनिबार, गोरखा। नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी प्रभावित गोरखा र धादिङका स्थानीयवासीलाई उचित मुआब्जा दिएर आयोजनाको काम तीव्ररुपमा अघि बढाउनुपर्ने बताएका छन् ।    गोरखाको दर्बुङ गाविसस्थित दर्बुङफाँटमा शनिबार आयोजित कार्यक्रममा भट्टराईले मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जामा केही बढाएर प्रभावित गाविसवासीलाई खुसी बनाउँदै आयोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिए ।    बूढीगण्डकी ... बाँकी अंश»

नयाँ