समाज

एमाले संविधान संशोधनकाे बाधक बन्छ भने मधेसबाट सिध्याउँछौं : राजेन्द्र महतो

२०७३ असोज १५ शनिबार, विराटनगर । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले दशैं तिहार छैठ अगावै सत्ता पक्षले संविधान संशोधन प्रक्रिया संसद्बाट अगाडि बढाउनुुपर्ने बताएका छन् ।    उनले त्यसो नगरिए पुनःआन्दोलनमा जाने चेतावानी दिएका छन् । सत्ता गठबन्ध दल माओवादी केन्द्र र नेपाली कांग्रेस पार्टीले संविधान संशोधनको प्रस्ताव पेश गर्न आलटाल गरेको महतोको भनाई छ ।   विराटनगरमा शनिबार संचारकर्मीसंगको कुराकानीमा महतोले सरकार गठन भएको यतिका दिन वितिसक्दा पनि संशोध ... बाँकी अंश»

धुलिगडामा बस पुग्यो

२०७३ असोज १५ शनिबार, काठमाडौँ । दार्चुलाको धुलिगडा गाविसमा आज पहिलो पटक बस पुगेको छ ।  यसअघि जीप मात्र सञ्चालनमा रहेको सो गाविसमा महाकाली यातायातको ना ४ ख ५३३६ नम्बरको बस पुगेको स्थानीय बहादुरसिंह ठगुन्नाले बताए । उक्त ठाउँमा आजदेखि नियमितरुपमा बस सेवा सञ्चालन हुने बताइएको छ ।    धुलिगडा गाविसमा बस पुगेपछि धुलिगडा, सिप्टी, खार, इयरकोट, रानीशिखर र देथला गाविसका नागरिकलाई आवतजावतमा सहज हुने बताइएको छ । रासस  ... बाँकी अंश»

प्रधानमन्त्रीले फनफनी घुमाए हेलिकोप्टर !

२०७३ असोज १५ शनिबार, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएको समयअघि आयोजनाको काम सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने बताएका छन् । दशैं शुभारम्भ भएको दिन प्रधानमन्त्री हेलिकोप्टर लिएर देश दौडाहमा निस्किएका हुन् । प्रधानमन्त्री दाहाल एका-एक हेलिकोप्टरमा प्युठान हुँदै, बाँके,बर्दिया अनि कैलाली हानिए ।    सार्वजनिक विदाको सदुपयोग गर्न भन्दै दाहाल निरीक्षणमा निस्किएका निजी सचिवालयले जनाएको छ । विभिन्न स्थान हुँदै कैलालीको रान ... बाँकी अंश»

जब कांग्रेस सांसद जङ्गीए : यी नेताहरुले हामीलाई रैतीको व्यवहार गर्ने छन्

२०७३ असोज १५ शनिबार, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा कांग्रेस सांसद सुरेन्द्र चौधरीले खरो भाषण गरेका छन् ।    शनिबार काठमाडौंमा माइतघरबाट ‘सोलिडारिटी फर डा. गोविन्द केसी अलाइन्स’ले निकालेको जुलुसमा सहभागि कांग्रेस सांसद चौधरीले बानेश्वर चोकमा खरो भाषण गरे । सांसद चौधरीको भाषण सुन्नेहरुले तालीका पर्रा छोडे ।    उनले भने, ‘डा. केसीको आन्दोलनमा मैले सुरु देखिनै साथ दिएको हुँ । यो लडाई माफियातन्त्रविरुद्धको लडा ... बाँकी अंश»

तमलोपा र सद्भावनाबीच एकीकरण हुँदै : सांसद राय

२०७३ असोज १५ शनिबार, काठमाडौं। महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरणका लागि छलफल जारी रहेको सांसद तथा तमलोपाका महामन्त्री जंगीलाल रायले बताएका छन् । शनिबार सर्लाही, सलेमपुर–काठमाडौं सहयोगी समाजले मधेश मिडिया हाउसमा आफ्नो चौथो वार्षिकोत्सव तथा बडादशैं, दीपावली, मोहर्रम तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सो कुरा बताएका छन् ।   सां ... बाँकी अंश»

देशलाई दुर्घटना हुनबाट जोगाउनु पर्छ : मन्त्री केसी

२०७३ असोज १५ शनिबार, पोखरा। सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउनुपर्नेमा जोड दिएका छन् ।    प्रजातन्त्र संवद्र्धन केन्द्रको आयोजनामा शनिबार यहाँ भएको ‘नेपालको पुनःनिर्माणमा प्रजातान्त्रिक समाजवाद दृष्ट्रिकोण’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केसीले संविधान संशोधनवाट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर अहिलेको अप्ठ्यारो स्थितिको अन्त् ... बाँकी अंश»

मलेसियाका राजदूतलाई नेपाल फिर्ता बोलाई कार्वाहीको माग

२०७३ असोज १५ शनिबार, काठमाडौं । मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्नेतले आफ्नो र राजदुतावासको विरोधमा बोल्ने जो कोही नेपालीहरुलाई पनि विविध आरोप लगाएर नेपाल डिपोर्ट गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् ।    शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित दम्पती टेकबहादुर राना र देवी गुरुङले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा पीडित देवी गुरुङ्ले राजदुत बस्नेतको कार्यशैलीको विरोध गर्दा जबरजस्ती नेपाल पठाईएको गुनासो पोखिन् ।  ... बाँकी अंश»

अधिकार सम्पन्न श्रमजिवी मजदुर आयोग गठन गर्न सरकारसँग माँग

२०७३ असोज १५ शनिबार, काठमाडौं । श्रमजिवी ट्रेड युनियन महासंघ नेपालले यथाशिघ्र अधिकार सम्पन्न श्रमजिवी मजदुर आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा दशैं, दिपावली तथा छठको अवसरमा महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा महासंघका अध्यक्ष राम बहादुर तामाङ्ले जतिसक्दो चाँडो सरकारले अधिकारसम्पन्न श्रमजिवी मजदुर आयोग गठन गर्नुपर्ने माग गरेका हुन् ।    अध्यक्ष तामाङ्ले भने,‘नेपालमा सबै राजनीतिक दलका आ–आफ्नै ... बाँकी अंश»

माझीहरु संकटमा : कम्तिमा प्राथमिक शिक्षा अनिवार्य माझी भाषामै पढाइयोस्

२०७३ असोज १५ शनिबार, सिन्धुली । आफ्नो छुट्टै भाषा, धर्म, सस्कार, संस्कृति र परम्परा भएको नेपालका प्रमुख आदिवासी जनजाती मध्ये माझी जाति पनि एक हो । तर आफ्नै खालका सस्कार संस्कृति भएपनि सो समुदाय संकटमा छ  । माझी समुदाय आफै र उसको पहिचान एवं संस्कृती ओझेलमा पर्दै गएको छ ।    आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानले गरेको वर्गीकरण अनुसार यो जाती अति सिमान्तकृत जनजाती भित्र पर्दछ । खोलाको किनारमा मात्र बसोबास गर्ने यो जातीको पुख्र्यौली पेशा भनेको माछा मार्ने, डुं ... बाँकी अंश»

विना मापदण्डका नाप तौलका सामाग्री वरामद

२०७३ असोज १५ शनिबार, पाँचथर । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पूर्वाञ्चल नापतौल विभाग लगायतको अनुगमन टोलिले शुक्रबार फिदिम वजारमा सुनचाँदी पसलहरुको अनुगमन गरेको छ ।   सो क्रममा विभागको मापदण्ड विपरीत संचालन भएको, स्टिकर र टाँचा नलागेका ढक तराजु र विद्युतिय नाप तौलका मेसिनहरु समेत वरामद गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर वस्नेतले वताए । त्यस्ता पसलहरुलाई ५ दिन भित्र नियम वमोजिमको मापदण्ड पूरा गरी सम्वन्धित निकायमा पेश गर्न निर्देशन समेत दिइए ... बाँकी अंश»

दशैं, तिहार र छठमा सुरक्षा व्यवस्था कडाइ

२०७३ असोज १५ शनिबार, राजविराज। शनिबारबाट सुरु भएको नेपालीको महानचाड बडादशैंको अवसरमा सप्तरी प्रशासलले जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय राजविराजमा आज पत्रकार भेटघाट कार्यक्रममा सप्तरीका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले चाडपर्वमा सप्तरीमा कुनै किसिमको अप्रिय घटना हुन नदिनको लागि सुरक्षा व्यवस्थामा व्यापक प्रहरी परिचालन गरी कडाइ गरिएको बताए ।    दशैँ, तिहारको बेला हुने जुवातास, मादक पदार्थ सेवन, तथा अश्लिल कार्यनियन्त्रण ग ... बाँकी अंश»

ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई समाजको विकासमा उपयोग गर्नुपर्छ : मन्त्री केसी

२०७३ असोज १५ शनिबार, काठमाडौँ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।    ज्येष्ठ नागरिक कोषले २६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले भने — ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई समाजको विकास तथा समृद्धिका लागि उपयोग गर्नुपर्दछ ।    मन्त्री केसीले ज्येष्ठ नागरिकको सम्मानित जीवनका लागि उनीहरुको अधिकार सुनिश्चित गराउनु ... बाँकी अंश»

काँग्रेस सरकारमा मुसो बनेर बस्यो, माओवादी विरालो बन्दै छ –प्रकाशमान

२०७३ असोज १५ शनिबार, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भएको बताएका छन् ।    नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उनले भने, ‘काँग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ ।’ कांग्रेस मुसाे बनिरहेको छ ।    पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले ‘स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा का ... बाँकी अंश»

दिवंगत पूर्व गृहमन्त्रीको शालिक निर्माण थालियो

२०७३ असोज १५ शनिबार, पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा पूर्व गृहमन्त्री स्वर्गीय पद्मसून्दर लावतीको शालिक निर्माण गर्न थालिएको छ ।   पटक–पटक मन्त्री तथा २५ पटक पाँचथर जिल्लाबाट सांसद बनेका लावतीको फिदिम बजारस्थित आहालगैरीमा सून्दर पार्कसँगै शालिक निर्माण थालिएको हो ।    शालिक निर्माणको जिम्मा लिएको शालिक निर्माण समितिका संयोजक लोकेन्द्र आले मगरका अनुसार पूर्वमन्त्री लावतीको गृह गाविस यासोकमा समेत बनाईसकिएको र सदरमुकाम फिदिम पनि बनाइन लाएिको हो । &nbs ... बाँकी अंश»

स्याफ्रुबेँसी–मैलुङ राजमार्ग निर्माणमा तीव्रता

२०७३ असोज १५ शनिबार, रसुवा। नेपाली सेनाले कार्यारम्भ गरेको स्याफ्रुबेँसी–मैलुङ राजमार्ग निर्माण तीव्र रुपमा अगाडि बढेको छ । नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने उक्त राजमार्ग निर्माणमा नेपाली सेना अहोरात्र खटिरहेको र हालसम्म तीन हजार ८०० मि बाटो खुलिसकेको बताइएको छ ।    असहज स्थानमा हेलिकोप्टरबाट विस्फोटक पदार्थलगायत सामग्री हेलिकोप्टरले पुर्‍याइने गरेको छ । स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण कार्यदलका अनुसार पहिलो चरणमा कडा चट्टान फुटाली बाट ... बाँकी अंश»

एमाले मुस्ताङको छैटौँ जिल्ला अधिवेशन सुरु

२०७३ असोज १५ शनिबार, मुस्ताङ । नेकपा (एमाले) मुस्ताङको छैटौँ जिल्ला अधिवेशन शुक्रबारदेखि जोमसोममा सुरु भएको छ ।    अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिनाले तत्काल स्थानीय निकायको निर्वाचन गर्न मागका साथ त्यसका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए ।    कार्यक्रममा सांसद श्रीमाया थकाली र महेन्द्र शेरचन, जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन, एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव माधव पौडेल, ... बाँकी अंश»

साझा यातायातले दसैँअघि वीरगन्जसम्म सेवा विस्तार गर्ने

२०७३ असोज १४ शुक्रबार, काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने भएको छ ।    आइतबारदेखि बाग्लुङ र गोरखाका लागि बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको साझा यातायातले वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने तयारी गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए ।    पाण्डेका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परी ... बाँकी अंश»

संविधान कार्यान्वयनमा जुट्न नेता नेम्वाङको आग्रह

२०७३ असोज १४ शुक्रबार, काँकडभिट्टा (झापा) । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।    नेपाल राष्ट्रिय जेसिजको क्षेत्र ‘क’ सम्मेलनलाई शुक्रबार धुलाबारीमा सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले सम्पूर्ण राजनीतिक दलहरुलाई आ–आफ्ना अडान छाडेर संविधान कार्यान्वयनमा जुट्न आग्रह गरेका हुन् ।    नेम्वाङले नेपालको संविधान विश्वकै उत्कृष्ट र जनता मैत्री भएको दाबी गर्दै भने –“२००७ सालदे ... बाँकी अंश»

एकाधिकार तोडिएको विरोधमा बस सञ्चालकले गरे हड्ताल

२०७३ असोज १४ शुक्रबार, त्रिशूली(नुवाकोट)। नुवाकोट र रसुवामा आफ्नो एकाधिकार तोडिएको विरोधमा पासाङल्हामु यातायात सेवा समितिले शुक्रबार नुवाकोट र रसुवामा यातायात ठप्प पारेको छ । समितिले आफू मातहतका सबै सार्वजनिक बस बन्द गरेको छ भने काठमाडौं केरुङ यातायात प्रालिका बस चल्न दिएको छैन ।   पासाङल्हामु राजमार्गको काठमाडौं–त्रिशूली–धुन्चे र नुवाकोट र रसुवामा अन्य ग्रामीण सडकमा पासाङल्हामु यातायात सेवा समितिको एकाधिकार तोड्दै एक महिनादेखि काठमाडौँ–केरुङ यातायात प ... बाँकी अंश»

चरिकोट घटनामा संयमित हुन स्वास्थ्य मन्त्रालयको आग्रह

२०७३ असोज १४ शुक्रबार, काठमाडौँ। स्वास्थ्य मन्त्रालयले दोलखाको चरिकोट अस्पतालमा भएको घटनामामा छानबिन भइरहेको जनाएको छ ।    मन्त्रालयले सो घटनामा बुधबार मध्यमाञ्चल क्षेत्रीय निर्देशक डा रमेशविक्रम सिंहको संयोजकत्वमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद लम्साल र शाखा अधिकृत दीपक रिजाल रहेको छानबिन समिति गठन गरेको र गृहमन्त्रालयका सहचिवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका उपसचिव र नेपाल प्रहरीका प्रहरी निरीक्षक रहेको अर्को छानबिन समिति समेत गठन गरेको छ ।    ... बाँकी अंश»

नयाँ