समाज

पाँचथरको इलाका नम्बर ९ लाई तुम्बेवा विशेष क्षेत्र घोषणा गर्न माग

२०७३ कार्तिक १८ बिहिबार, पाँचथर । पाँचथरको इलाका नम्बर ९ अन्र्तगत मौवा, आङना, हाँगुम वलने गाविसलाई समेटेर तुम्बेवा विशेष क्षेत्र घोषणा गरिनुपर्ने माग राख्दै सो क्षेत्रका स्थानीयहरुले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति तथा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएका छन् । विशेष स्वायत्त क्षेत्रका लागि हुनुपर्ने आवश्यक मापदण्डहरु भएको हुँदा ती गाविसलाई समेटेर तुम्बेवा गाउँपालिका निर्माण गरिनुपर्ने फिदिममा विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल ... बाँकी अंश»

एमाले नेता माधव नेपाल मुखर्जी भेट्न पुगे हायात

२०७३ कार्तिक १८ बिहिबार, काठमाडाैं भारतीय राष्ट्रपति प्रवण मुखर्जीसँग पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले शिष्टाचार भेट गरेका छन् । पार्टीको वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र राष्ट्रपति मुखर्जीबीच विहिबार हायात रिजेन्सी होटेलमा शिष्टाचार भेट भएको हो । एमाले वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भेटका अवसरमा दुवैबीच दुई मुलुकको आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको जनाइएको छ । भार ... बाँकी अंश»

मुखर्जीले पशुपतिनाथको आगन्तुक पुस्तिकामा हिन्दीमा के लेखे ?

२०७३ कार्तिक १८ बिहिबार, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरको दर्शन गरेपछि आगन्तुक पुस्तिकामा हिन्दी भाषामा दर्शनले आफु निकै प्रशन्न भएको लेखेका छन् । मुखर्जीले पुनः पशुपतिनाथ मन्दिरको दर्शन पाएकामा निकै आनन्द महसुस भएको उल्लेख गरेका छन् । यस्तै, मुखर्जीले पशुपति क्षेत्रका संरचनाको पुनःनिर्माणमा भारतले फेरि पनि सहयोग गर्ने जाहेर गर्दै पशुपति क्षेत्रको घाट पुनःनिर्माणमा सहयोग गर्ने चाहना राखेका छन् । पशुपतिनाथको विशेष पूजापछि पशुपति क् ... बाँकी अंश»

अमेरिकी राजदूत टेप्लिज रामचन्द्रलाई भेट्न पुगिन् बोहोराटार

२०७३ कार्तिक १८ बिहिबार, काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको छ । नेता पौडेललाई भेट्न राजदूत टेप्लिज बोहोराटार पुगेकी हुन् । नेपाल अमेरिकाबीचको द्विपक्षीय हित र आपसी चासोका विषयमा उनीहरुबीच कुराकानी भएको थियो । कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलले राजनीतिक दलको सहमतिमा संविधान कार्यान्वयन भइरहेको र संशोधनको प्रक्रिया समेत अगाडि बढेको राजदूत टेप्लिजलाई जानकारी थ ... बाँकी अंश»

असाय वालवालिकाको लागि देउसीबाट २ लाख संकलन

२०७३ कार्तिक १८ बिहिबार, असाय वालवालिकाको लागि देउसीबाट २ लाख संकलन  काठमाडौ । बाग्लुङ्गको संस्कृति संरक्षण मञ्च बाग्लुङ्ग काडेबासद्धारा  दिपावलीको अबसरमा संयुक्त अपाङ्ग एकता आवाज केन्द्र काठमाण्डौँमा रहेका अनाथ तथा अपाङ्ग अबालवालिकाहरुको सहयोगका लागि देउसी भेलो सञ्चालन गरेको छ । मञ्चले काठमाण्डौका विभिन्न स्थानहरुमा खेलिएको देउसी भैलोबाट नगद रु. २ लाख  सहयोग संकलन जुटेको संस्कृति संरक्षण मञ्च बाग्लुङ्ग काडेबासका अध्यक्ष डिल बहादुर बुढाथोकीले जानकारी दिनु ... बाँकी अंश»

मुलुक हाँक्ने जिम्मा महिलाको काँधमा – धना खतिवडा

२०७३ कार्तिक १८ बिहिबार, पाँचथर । नेपाली काँग्रेसकी नेत्री तथा नेपाल महिला सङ्घकी महासचिव धना खतिवडाले अब महिला मुलक हाँक्न सक्ने क्षमतामा पुगिसकेको बताएकी छिन् ।    महिलालाई काम गर्ने अवसर दिए हरेक क्षेत्रमा सक्षम, सबल र क्षमता प्रदर्शन गर्न सक्ने महिला आउँदै जाने उनले बताइन् ।     पाँचथरको फिदिममा उनले अब महिला थपनाका लागि मात्रै नभएर नेतृत्व प्रदर्शन गर्ने किसिमका आउने बताइन् ।  महिलाको चौतर्फी क्षमता विकासका लागि महिला सङ्घले जनचेतनामूलक कार्यक्रमसमेत ... बाँकी अंश»

मारुती भ्यानको ठक्करबाट दुई जनाको मृत्यु, एक गम्भीर

२०७३ कार्तिक १८ बिहिबार, उर्लाबारी । मोरङको इटहरामा मारुती भ्यानको ठक्करबाट बुधबार राति मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् ।    उर्लाबारी–बरडङ्गा सडकखण्डमा साँझ इटहरा–४ स्थित इटहराबजारमा विराटनगरतिर जाँदै गरेको को १ च ५५६९ नंको भ्यानले आमबारीबाट उर्लाबारीतिर आउँदै गरेको को ७ प ५७०८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।    भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार चालक इटहरा–२ का १८ वर्षीय किलिन्द विष्ट र प ... बाँकी अंश»

आगोमा जलेर एक बालिकाको मृत्यु

२०७३ कार्तिक १८ बिहिबार, राजविराज । सप्तरीको बेल्हीचपेना–६ मा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ ।    स्थानीयवासी शिवनारायण मण्डलको घरमा टुकीबाट अचानक सल्केको आगोले निजको टिनको छानो भएको एकतले कच्चीघर जल्नुका साथै सोही आगलागीमा परी उनकी १२ वर्षीया छोरी सङ्गीता मण्डलको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।    घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरी न ... बाँकी अंश»

उपप्रधानमन्त्री निधि नयाँ दिल्लीमा, बिहिवार फर्कने

२०७३ कार्तिक १७ बुधबार, काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसियाली मन्त्रीहरुको सम्मेलनमा माग लिन भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।    उपप्रधानमन्त्री निधिले नेपालका तर्फबाट भोलि बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । उपप्रधानमन्त्री निधिले विपद् जोखिममा नेपालले गरेका प्रयास एवम् भूकम्प र त्यसपछिको पुनःनिर्माणमा सरकारले गरेका कार्यका बारेमा जान ... बाँकी अंश»

पत्रकार बास्तोलामाथि भएको प्रहरी ज्यादतीको सर्वत्र विरोध

२०७३ कार्तिक १७ बुधबार, काठमाडौं । पत्रकार मोहन बास्तोला माथि भएको प्रहरी ज्यादतीको सर्वत्र विरोध भएको छ । भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको विषयलाई लिएर हिँडिरहेको अवस्थामा प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरी आक्रमण समेत गरिएको भन्दै विरोध सुरू भएको हो ।    उनी पहिलो न्यूज डट कमका कार्यकारी सम्पादक तथा प्रेस चौतारी नेपाल अनलाईन प्रतिष्ठानका अध्यक्ष समेत हुन् । उनको आक्रमणले सम्पूर्ण पत्रकारिता माथिकै आक्रमण भएको भन्दै दोषी माथि कारबाहीको माग पनि गरिएको छ। उन ... बाँकी अंश»

धना खतिवडा भन्छिन्, –अब मुलुक हाक्ने जिम्मा महिलाकै काँधमा

२०७३ कार्तिक १७ बुधबार, पाँचथर । कांग्रेस भ्रातृ संगठन नेपाल महिला संघकी महासचिव धना खतिवडाले अव महिलाहरु मुलक हाक्न सक्ने क्षमतामा पुगिसकेको बताएकी छन् । महिलाहरुलाई काम गर्ने अवसर दिए हरेक क्षेत्रमा सक्षम, सबल र क्षमता प्रर्दशन गर्न सक्ने किसिमका महिलाहरु आउँदै जाने बताइन् ।    पाँचथरका फिदिममा वुधबार साँझ हामी सित कुराकानी गर्दै महिलाहरु थप्नका लागि मात्रै नभएर नेतृत्व प्रर्दशन गर्ने किसिमको आउने बताए । महिलाहरुको चौतर्फी क्षमता विकासका लागि महिला संघले जनचेत ... बाँकी अंश»

बिहीबार यी रुटमा हिड्नु छ भने अपनाउनूस् बैकल्पिक मार्ग

२०७३ कार्तिक १७ बुधबार, काठमाडौ । राष्ट्रपति मुखर्जीको भ्रमणको दोस्रो दिन कात्तिक १८ गते बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रको सट्टा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।    बिहीबार नै बिहान १० देखि अपराह्न २ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमू ... बाँकी अंश»

चौकीमा आक्रमण गरी लुटिएका हतियार प्रहरी नियन्त्रणमा

२०७३ कार्तिक १७ बुधबार, नेपालगन्ज । सुर्खेतको आग्री गाँउस्थित देउली प्रहरी चौकीबाट स्थानीय युवाले लुटेका हतियार प्रहरीले बरामद गरेको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव नेपालका अनुसार, करिब ३० जनाको संख्यामा रहेका स्थानीयले घरेलु हतियारसहित प्रहरी चौकीमा आक्रमण गरी प्रहरीको हतियार खोसेका थिए । उनका अनुसार, स्थानीयले चौकीमा रहेको दुई थान राइफल, चाइनिज पेस्तोल एक थान, हतकडी एक थान र करिब १५८ राउण्ड गोली लुटेकोमा प्रहरीले सो हतियार अह ... बाँकी अंश»

राष्ट्रपति मुखर्जीले राष्ट्रकविसँग भन्नुभयो ‘कविजी, हाउ आर यु ?’

२०७३ कार्तिक १७ बुधबार, काठमाडौँ  ।‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली... जय जय जय नेपाल, सुन्दर र शान्त विशाल ...।’ हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु सङ््गीतमा तरङ्गित भइरहेको थियो । खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो ।    कालजयी यस राष्ट्रिय गीतका स्रष्टा राष्ट्रकवि माधव घिमिरे मुस्कुराउँदै मञ्चतर्फ लम्किए। नब्बे वर्ष पार गरिसके ... बाँकी अंश»

भारतले गरेको सहयोगप्रति आभार : प्रधानमन्त्री दाहाल

२०७३ कार्तिक १७ बुधबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपतिको भ्रमणले आपसी सम्बन्ध अझ बलियो हुने बताएका छन् । इन्डियन फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल, नेपाल सेन्टर फर कन्टेम्प्रोररी स्टडिज्ले संयुक्तरुपमा वुधबार गरेको ‘नेपाल–भारतबीच पहिलो बहुपक्षीय सम्वादः नयाँ अनुसन्धान’ विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै दाहालले दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको चर्चा गरे । “नेपाल भारतबीच औपचारिक सम्बन्ध मात्र छैन, जनता–जनताबी ... बाँकी अंश»

सुर्खेतमा प्रहरी चौकीमा आक्रमण, लुटिएका हतियार र आक्रमणकारी खोज्दै प्रहरी

२०७३ कार्तिक १७ बुधबार, सुर्खेत । एक प्रहरी जवानसँग भएको विवादमा पूर्ववर्ती सुर्खेतको काफलकोटका युवाले स्थानीय आग्रीगाउँ प्रहरीचौकीमा आक्रमण गरी हतियार लुटेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकोे सुर्खेत प्रहरीले जनाएको छ । काफलकोट–५, तिमिलसिनीका दीलिप सिंह, रविन्द्र सिंह, कुवेर सिंहलगायत ११ जनाको समूहले आक्रमण गरेको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा तिलक सिंह, केशव सिंह, प्रेम खत्री र तीर्थबहादुर खत्रीलगायत छन् । स्थानीयका अनुसार मंगलब ... बाँकी अंश»

भारतीय राष्ट्रपति भेट्न काे–काे पुगे दूतावास (फोटाे सहित‌‌)

२०७३ कार्तिक १७ बुधबार, काठमाडौँ, १७ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले बुधबार अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरे। उक्त कार्यक्रममा विभिन्न राजनीितक दलमा नेता तथा उच्च राजनीतिक व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे ।     त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, वि ... बाँकी अंश»

मुखर्जीलाई नेपाली, अङ्ग्रेजी र मैथिली भाषामा अभिनन्दन पत्र, हिन्दी राखिएन

२०७३ कार्तिक १७ बुधबार, जकपुरधाम  । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गरिने भएको छ । जनकपुरधामवासीले राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ । हिन्दी भने राखिएन । नेपाली, अङ्ग्रेजी र मैथिली भाषामा अभिनन्दन पत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवम् जनकपुर उपमहानगरपालिकाका प्रमुख पुन्यप्रसाद लुइँटेलले बताए । अभिनन्दन पत्रमा जनकपुर र अयोध्याको सम ... बाँकी अंश»

मुखर्जीको नेपाल भ्रमणलाई भारतीय संचारमाध्यमले गरे बेवास्ता

२०७३ कार्तिक १७ बुधबार, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई भारतीय संचारमाध्यमले बेवास्ता गरेका छन् । नाम चलेका कुनै पनि संचारमाध्यमले मुखर्जी नेपाल आएको समाचार सम्प्रेसण गरेनन् । भारतीय राष्ट्रपतिसँगमात्रै दुई गाडी पत्रकार नेपाल आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालली संचारमाध्यम अघि प्रत्यक्ष प्रशारण गरेका भारतीय संचारमाध्यमले राष्ट्रपतिको भ्रमणको समाचारलाई कम महत्व दिएका छन् । केही संचारमाध्यमले राष्ट्र ... बाँकी अंश»

महानगरले भारतीय राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन गर्ने

२०७३ कार्तिक १७ बुधबार, काठमाडौ‌ । काठमाडौँ महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार नागरिक अभिनन्दन गर्ने भएको छ । भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौँ महानगरपालिकाले बिहीबार अपरान्ह पछि राष्ट्रसभागृहमा नगरको साँचो हस्तान्तरण गरी नागरिक अभिनन्दन पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि नेपाल आइसकेका छन् । महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले काठमाडौँ महानगरमा विशिष ... बाँकी अंश»

नयाँ