समाज

नेविसंघ केन्द्रीय सदस्यमा को को भए निर्वाचित?

२०७३ भदौ २ बिहिबार, काठमाडौं। नेपाल विद्यार्थी संघमा पदाधिकारी सहित केन्द्रीय सदस्यमा पनि मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय सदस्य पदमा विभिन्न क्षेत्र, भेग र उमेर समुहका निर्वाचित भएका छन्। आमरण अनशनमा बसेका रत्नहरी ढुङ्गेल प्रदेश नं ३ बाट केन्द्रिय सदस्यमा निर्बाचित भएका छन्। ढुङगेल गगन थापा निकट हुन्।   रुपा पोखरेल   उपत्यकाबाट रुपा पोखरेल र एलिजा ढकाल केन्द्रीय सदस्यमा निर्वाचित भइन। पोखरेल गगन थापा निकट हुन्। ढकाल भने मनोजमणी आचार्य समुहबाट निर् ... बाँकी अंश»

सुनिलको मातृभूमि युवा अभियान बाबुरामको नयाँ शक्तिमा मिल्यो

२०७३ भदौ २ बिहिबार, काठमाडौं । बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पाटीए नेपाल र मातृ भूमिका निम्ति युवा अभियान नेपालबीच पार्टी समायोजन भएको छ ।    विहिबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसंगै ६ बुँदे सहमति गर्दै सो अभियान समायोजन भएको हो । सहमति पत्रमा नयाँ शक्ति पार्टीकातर्फबाट बाबुराम भट्टराई र मातृभूमिका लागि युवा अभियान नेपालकातर्फबाट अध्यक्ष सुनिल खड्काले हस्ताक्षर गरेका छन् ।    दुवै नयाँ शक्ति पार्टी नेपालले अवलम्बन गरी आएको मूल राजनैतिक ... बाँकी अंश»

सुप पृतनामा एक पछि अर्को काण्ड : सेनाका हवल्दारले आफैलाई गोली हाने

२०७३ भदौ २ बिहिबार, डोटी । सुदूरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा फेरी अर्को काण्ड भएको छ ।    पृतना भित्रैबाट एक थान अत्याधुनिक हतियार एसएमजी गोली लगायत हराएको खास तथ्य  खुल्न नपाउँदै फेरी अर्को घटनाको रहस्य बाहिर आएको हो । पृतनामा कार्यरत सेनाका एक हवल्दारले आफैलाई गोली हानेका छन् । गोली प्रहारपछि उनको मृत्यु भएको छ ।    नेपाली सेनाका एक हवल्दारले आफैलाई गोली हानेको खबर बाहिर आएपनि नाम भने सेनाले अझै खोलेको छैन । पृतना हाताभित्रै हवल्दार  ... बाँकी अंश»

नाती मारेको भन्दै हजुरआमा पक्राउ

२०७३ भदौ २ बिहिबार, लिबाङ रोल्पा ।  इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले आफ्नै नाती मारेको शंकामा मामाघरकी हजुरआमालाई पक्राउ गरेको छ ।    प्रहरी निरिक्षक शशिधर अधिकारीका अनुसार जेदबाङ गाविस ८ राङजात रोल्पामा मामाको घरमा बस्दै आएका  १० वर्षे बालक दिनेश बुढा झुण्डिएको भन्ने रिपोर्टिङ भएपछि तत्काल साउन २८ गते गोगन पानी प्रहरी घटना स्थल पुगेको थियो ।    २९ गते इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाबाट प्रहरी निरिक्षक अधिकारीको नेतृत्वमा घटना स्थल पुगेको ... बाँकी अंश»

आफ्नै समूहका दुई बागीबीच प्रदेश ७ को उपाध्यक्ष निर्वाचित भए पुष्प शाही

२०७३ भदौ २ बिहिबार, काठमाडौं । कांग्रेसको भ्रातृ संगठन नेविसंघको ११औं महाधिवेशनबाट प्रदेश नम्बर ७ को उपाध्यक्षमा पुष्पकुमार शाही विजयी भएका छन् । विजयी भएपछि हाम्राकुरासंग कुरा गर्दै शाहीले भने, ‘विजयी भएको कुरा सुने, तर कति मत पाए र कति मत अन्तरले विजयी भन्ने थाहा पाएको छैन ।’ पार्टीकेन्द्रीय कार्यालयमा हतारिँदै आएका शाहीले आफु विजयी भएको सुनेर दौडेर आएको सुनाए ।    शाहीसंगै प्रदेश नम्बर ७ बाट उपाध्यक्षका लागि चार जनाले उम्मेद्वारी दिएका थिए । चार मध्ये ती ... बाँकी अंश»

मन्त्रिपरिषद्का पाँच निर्णय : शहीद घोषणा देखि प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्तिसम्म

२०७३ भदौ २ बिहिबार, काठमाडौं । सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएका ५२ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहिबार सिंहदरबारमा बसेको बैठकले नागरिकतर्फ ४१ र सुरक्षाकर्मीतर्फ ११ जना गरी ५२ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।    प्रधानमन्त्रीका स्वकीय रमेश मल्लका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुझाएको ६८ जनाको सूचीका १ जना भारतीय नागरिक विवादित भएको अन्य आन्दोलनका क्रममा भन्दा अन्य प्रकृतिबाट मृत्यु भएकाले छानविनका ... बाँकी अंश»

त्रिभुवन, काठमाडौं र पोखरा विश्वविद्यालयबाट को को भए निर्वाचित?

२०७३ भदौ २ बिहिबार, काठमाडौं। नेपाल विद्यार्थी संघको मतपरिणाम आउने क्रम जारी छ। मतपरिणाम अनुसार केन्द्रीय सदस्यमा पोखरा विश्वविद्यालय नवराज त्रिपाठी विजयी भएका छन्। काठमाडौं विश्वविद्यालय डा रितेश चिमोरिया विजयी भएका छन्।    त्रिवि आंगिक क्याम्पसबाट शैलेन्द्र गौडेल, प्रकाश सेढाइ र सुनिता पोखरेल निर्वाचित भएका छन्। निर्वाचितहरु सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापाले समर्थन गरेकाहरु हुन्। गौडेल भने गगन थापासँग अत्यन्त निकट मानिन् ... बाँकी अंश»

अब सरकारको प्रवक्ता राम कार्की

२०७३ भदौ २ बिहिबार, काठमाडौं । सरकारको प्रवक्तामा सूचना तथा सञ्चारमन्त्री राम कार्की चयन भएका छन्। सूचना तथा सञ्चारमन्त्री सरकारको प्रवक्ता तोकिने परम्परा छ ।    प्रवक्ताको कार्यभार सम्हालेपछि पहिलो पटक उनले विहिबार बसेको मन्त्रिपरिषद्का निर्णयका बारेमा सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।   यसअघि सरकारको  प्रवक्ताको काम उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले गर्दै आएका थिए । नवनियुक्त प्रवक्ता कार्कीले साउन ३० गते सूचना तथा सञ्चारमन्त्रालयक ... बाँकी अंश»

नेविसंघको प्रदेश १, २ र ४ मा नैनसिंह प्यानलका उपाध्यक्ष विजयी

२०७३ भदौ २ बिहिबार, काठमाडौं। नेपाल विद्यार्थी संघको प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्। प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्। सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन। अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ। निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापाले समर्थन गरेको प्यानलका हुन्।    सञ्जय यादव  अहिलेसम्म प्राप्त मतगणना अनुसार नैनसिंह ... बाँकी अंश»

साझा बसको सेवा प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

२०७३ भदौ २ बिहिबार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले साझा यातायात सेवालाई प्रभावकारी एवम् यात्रुमैत्री बनाउन निर्देशन दिएका छन् ।    प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीलाई आज बोलाएर प्रधानमन्त्रीले उपत्यकामा यात्रुले पाएको सास्तीलाई मध्यनजर गरी साझाको बस सेवालाई विस्तार गर्न आग्रह गरे ।    पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइकाबीच पनि यात्रुलाई पुर्‍याइरहेको सेवाप्रति सराहना गर्दै प्रधानमन्त्री दाहाल ... बाँकी अंश»

अदृश्य शक्तिले ढुङ्गा बर्साउँदा तीनजना घाइते

२०७३ भदौ २ बिहिबार, गाईघाट (उदयपुर)। वर्तमान वैज्ञानिक युगलाई चुनौती दिने गरेर उदयपुर जिल्लाको पहाडी गाविस लाफागाउँ–१ पाकाना, तुम्चीमा अनौठो घटना घट्न थालेको छ।   वरपर केही छैन, कोही पनि मानिस छैनन्, गाउँको उच्चस्थानको टारमा तीनवटा मात्र घर रहेको स्थानीयवासी बताउँछन्। तर मध्यदिनमा र रात्रिको समयमा अदृश्य शक्तिले ढुङ्गा बर्साउन थालेपछि एक हप्ताभित्र तीनजना स्थानीयवासी घाइते भइसकेको लाफागाउँ गाविस स्वास्थ्य चौकीका अहेब योगेन्द्रकुमार श्रेष्ठ बताउँछन्।   ... बाँकी अंश»

विर्तामोड आगलागीमा एक करोड भन्दा बढीको धनसम्पत्ति जलेर खरानी

२०७३ भदौ २ बिहिबार, भद्रपुर। झापाको विर्तामोड नगरपालिकाको भवन भाडामा लिई व्यापार सञ्चालन गर्ने घनश्याम अधिकारीको पसलबाट बुधबार बिहान ४: ३० मा सुरु भएको आगलागीमा करिब रु एक करोड ५१ लाख बराबरको धनसम्पत्ति जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।   आगलागीमा घनश्याम अधिकारीको रु सात लाख, मोहम्मद अली हुसेनको कस्मेटिक पसलमा रु आठ लाख, अवुल अन्सारीको कस्मेटिक पसलमा रु सात लाख, कृष्ण राईको कपडा पसलमा रु आठ लाख, बिनु राजवंशीको कपडा पसलमा रु २५ लाख, अशोक राजवंशीको ... बाँकी अंश»

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

२०७३ भदौ २ बिहिबार, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।    यसैकारण रक्षाबन्धन गर्ने ... बाँकी अंश»

महाभूकम्पमा भागेका २१६ मध्य १०५ कैदी मात्र पक्राउ

२०७३ भदौ २ बिहिबार, मेलम्ची। गत वैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये हालसम्म १०५ जना मात्र प्रहरीले पक्राउ गरेको छ ।    भूकम्पअघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी भएका ५६ थुनुवा हालसम्म पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ महिला छन् भने ९६ जना पुरुष रहेका छन् ।    जिल्लाबाट पछिल्लो समय पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका अभियुक्त, भूकम्पपश्चात् कारगारबाट फरार भएका सिन्धुपा ... बाँकी अंश»

डा. केसीले सडकबाट सङ्घर्ष थाल्ने

२०७३ भदौ १ बुधबार, काठमाडौँ। सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा गोविन्द केसीले यही भदौ ४ गते सडकबाट दबाब दिने कार्यक्रमको घोषणा गरेका छन् ।    आज शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी भदौ ४ गते शनिबार डा केसीले प्रधानमन्त्रीलाई सम्झौता कार्यान्वयनमा दबाब दिन बालुवाटार प्रधानमन्त्री निवास अगाडि ‘उभिएर दबाब’ दिने बताए ।    डा केसीले भने , “सरकारले पटक–पटक सम्झौता गर्ने तर त्यसको कार्यान्वयन नगर्ने गरेकाले सडकबाट सङ्र्घष सु ... बाँकी अंश»

महिलालाई नेतृत्व तहमा पुग्न कसैले रोक्न सक्दैन: सभामुख घर्ती

२०७३ भदौ १ बुधबार, काठमाडौँ । सभामुख ओनसरी घर्तीले नेपालका महिलालाई नीति निर्माणको नेतृत्व तहमा पुग्न अब कसैले रोक्न नसक्ने बताएकी छन् ।    नेपाल प्रहरी श्रीमती सङ्घको ३२औँ वार्षिकोत्सवका अवसरमा  आज आयोजित कार्यक्रममा सभामुख घर्तीले नयाँ बनेको संविधानले महिलालाई सामाजिक र राजनीतिक विभेदबाट मुक्त गरेको बताउँदै संविधान कार्यान्वयनमा सहयोग गर्न सबैसँग आग्रह गरिन् ।    अहिले कायम रहेको राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा महिलाको नेतृत्वको फेरि अव ... बाँकी अंश»

विराटनगरको राधाकृष्ण रथ यात्रामा राष्ट्रपतिले हेलिकोप्टरबाट पुष्पवृष्टी गर्ने

२०७३ भदौ १ बुधबार, विराटनगर । विगतका वर्षहरु झै यस वर्ष पनि श्री कृष्ण जन्माष्ठमीको भोलीपल्ट निकालिने  राधाकृष्ण रथ यात्राको विराटनगरमा तयारी तीब्र बनाइएको छ । श्री राधाकृष्ण रथ यात्रा समारोह समितिले वुधबार विराटनगरमा पत्रकार सम्मेलनगरी यही भाद्र–१० गते आयोजना गर्न लागिएको रथ यात्राका लागी तयारी तीब्र बनाएको जनाएको छ ।   त्यसका लागि वावुुराजको अध्यक्षतमा रथ यात्रा मूल समारोह समिति तथा १९ वटा उप समितिहरु गठन गरिएको छ । विराटनगर–१ पानीटंकीस्थित राधाकृष्ण ... बाँकी अंश»

२७ सय कर्मचारीद्वारा सरुवा माग

२०७३ भदौ १ बुधबार, काठमाडौँ। यस आर्थिक वर्षका लागि दुई हजार ७६४ जना निजामती कर्मचारीले सरुवा माग गरेका छन् । अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन् ।    मन्त्रालयका उपसचिव मुकेश किशोरले सरुवाका लागि दुई हजार ७६४ कर्मचारीले आवेदन दिएको जानकारी दिए ।    मन्त्रालयले यही साउन ३ गतेदेखि मसान्तसम्म श्रेणीविहीनदेखि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीलाई अन्तरमन्त्रालय र निकाय सरुवाका लागि आ ... बाँकी अंश»

६० वर्षे वृद्धाको पहिले सुन चोरी- त्यसपछि जबर्जस्ती करणी

२०७३ भदौ १ बुधबार, स्याङजा । साउन २१ गते आफ्नै बारमिा घास काट्दै गरेकी ६० बर्षिय बृद्धाले लगाएको सुन चोरी गरि फरार भएका अभियुक्तले करणी गरेको खुलासा भएको छ । साझपख बारीमा घास काट्न गएको मौका छोपेर पर्वत जिल्लाको त्रिवेणी गाविस वडा नं. ७ का ३५ बर्षिय युवक झकबहादुर रानाले बृद्धाले लगाएको गरगहना लुटपाट गरी जवरजस्ती करणी पछि फरार रहेका थिए । घट्नाको विवरण थाहा पाउन साथ वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्वतबाट पक्राउ गरेको थियो । युवकलाई नियन्त्रणमा लिएर अनुस ... बाँकी अंश»

नेपाल–भारत सम्बन्धलाई एकै दुरीमा राखेर हेर्नु हुँदैन : नेताहरु

२०७३ भदौ १ बुधबार, काठमाडौं । दलका नेताहरुले नेपाल र भारतको सम्बन्धलाई एकै दुरीमा राखेर हेर्न नहुने बताएका छन् । रिपोटर्स क्लबको साक्षात्कारमा वुधबार नेताहरुले यस्तो बताएका हुन् ।    नेपाली काँग्रेसका नेता नारायण खड्काले नेपाल–भारत सम्बन्ध कसैले बिगार्न नसक्ने प्रस्ट्याए । खड्काले भने,‘नेपाल र भारतवीच अत्यन्तै मैत्रिपुर्ण र ऐतिहासिक छ, यो सम्बन्ध अहिलेदेखि होईन, प्राचिनकालदेखि नै घनिष्ठ छ ।’  खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ७० ... बाँकी अंश»

नयाँ