समाज

स्कार्पियो दुर्घटनामा उपप्राध्यापक र निर्माण व्यवसायीको मृत्यु

२०७३ असोज ८ शनिबार, बुटवल  । बुटवल–तानसेन सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चर्चरेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।    मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७ वर्षीय कृष्ण भण्डारी र निर्माण व्यवसायी ५५ वर्षीय रामप्रसाद पन्थ छन् । गम्भीर घाइते भएका गाडी चालक देवी पन्थीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।    तम्घासबाट बुटवल आउँदै गरेको बा १४ च ९३६४ नंको स्कार्पियो गाडी सडकबाट करिब २ ... बाँकी अंश»

सामुदायिक सेवा समिति रोल्पाको नबौं महाधिवेशन सम्पन्न

२०७३ असोज ८ शनिबार, लिबाङ (रोल्पा)। सामुदायिक सेवा समिति रोल्पाको नबौं महाधिवेशनले शुक्रबार निमबहादुर सिंह ठकुरीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।    जसको उपाध्यक्षमा नरबहादुर डाँगी, सचिव धनराज डाँगी, सहसचिव गीता डाँगी, कोषाध्यक्ष ओबीलाल केसी र सदस्यहरुमा हरिबहादुर घर्ती, विष्णु घर्ती, हिमा घर्ती, यामबहादुर गुरुङ, लोकबहादुर केसी, खर्कबहादुर घर्ती र कृष्णकुमार नेपाली रहनु भएको छ।   समितिका अध्यक्ष खटक बहादुर खत्री तोराबोराको अध्यक्षता ... बाँकी अंश»

परराष्ट्रमन्त्री डा महत राष्ट्रसंघीय बैठक र द्विपक्षीय भेटवार्तामा व्यस्त

२०७३ असोज ८ शनिबार, काठमाडौं। संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा नेपाली प्रतिनिधिमण्डको नेताका रुपमा हाल अमेरिकामा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत विभिन्न देशका प्रतिनिधिमण्डलका नेता एवम् समकक्षीहरुसँग द्विपक्षीय भेटवार्तामा व्यस्त छन्।   परराष्ट्रमन्त्री डा महत राष्ट्रसंघीय महासभाअन्तर्गत आयोजना भइरहेका विभिन्न बैठकहरुमा सहभागिताका साथै विभिन्न देशका नेता तथा समकक्षीहरुसँग द्विपक्षीय भेटवार्तामा व्यस्त छन्।    मन्त्री डा महतले गएरा ... बाँकी अंश»

एमाले बैठक : सरकारले दण्डहिनतालाई प्रश्रय दिन खोजेको आरोप

२०७३ असोज ८ शनिबार, काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ जारी बैठकमा शुक्रबार सदस्यले सरकारले दण्डहीनतालाई प्रश्रय दिने, देशमा शान्तिसुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने किसिमले निर्णय गर्न लागेको भन्दै ध्यानाकर्षण गराएका छन् ।    गत वर्ष कैलाली जिल्लाको टीकापुर लगायतका विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जनधनको क्षतिबाट समग्र नेपाली समाज आहात भएको घटना ताजै रहेको जनाउँदै लोकतान्त् ... बाँकी अंश»

बबई नदी पितृ कार्यको तीर्थस्थल

२०७३ असोज ८ शनिबार, गुलरिया (बर्दिया) । एक हप्तादेखि सोह्रश्राद्धको अवसरमा बर्दियाको गुलरियास्थित बबईअर्थात सरयु नदीलाई पितृ तीर्थस्थलको रुपमा घोषणा गरी श्राद्ध गर्न थालिएको छ । सांसद सञ्जय गौतमले सो कार्यको शुभारम्भ गर्दै हिन्दू सभ्यताको दृष्टिकोणले यो मुक्तिनारायण घाटमा पितृकार्य गर्न सकिने र पर्यटकीय धार्मिकस्थलको विकासको सम्भावना रहेको बताए ।    गौतमले बर्दियामा सोह्रश्राद्धको अवसरमा महायज्ञ तथा कलस यात्रा सुरु भएको बताए  । महायज्ञमा मुक्तिनारायण ... बाँकी अंश»

माओवादीको काँधमा ऐतिहासिक कार्यभार

२०७३ असोज ८ शनिबार, रसुवा। नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले माओवादीको नेतृत्वको सरकारको पाँचवटा ऐतिहासिक कार्यभार रहेको बताएका छन् ।    नेकपा (माओवादी केन्द्र) रसुवाको पाँचौँ जिल्ला सम्मेलनलाई शुक्रबार धुन्चेमा सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकारको ती पाँच वटा अभिभारामध्ये शान्ति प्रक्रिया पूर्ण स्थापित गराउने, भूकम्प पछिको पुनःनिर्माण कार्यलाई द्रुत रुपमा अगाडि बढाउने, संविधानको कार्यान्वयन गराई केही समस्याको हल गर्न संविधान संशोधनको ... बाँकी अंश»

विपद् व्यवस्थापनका लागि राष्ट्रिय क्षमता बढाउन आवश्यक

२०७३ असोज ७ शुक्रबार, काठमाडौँ। भूकम्प लगायत प्राकृतिक प्रकोपका घटनापछिको व्यवस्थापनका लागि बनाइएको विधि र प्रक्रियालाई सही रुपले कार्यान्वयन गर्न राष्ट्रिय क्षमता बढाउनुपर्ने निष्कर्ष निकालिएको छ ।    नेपाली र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र कमान्डको सहयोगमा आयोजित चारदिने विपद् व्यवस्थापन अभ्यास र आदानप्रदानबाट हामीमा भएको राष्ट्रिय क्षमतालाई बढाएमा र अन्तर्राष्ट्रिय तहबाट त्यसमा होस्टेमा हैँसा भएमा विपद्को सामना गर्न सकिने निचोड निकालिएको हो ... बाँकी अंश»

करारमा कार्यरत इन्जिनियरहरू आन्दोलनमा

२०७३ असोज ७ शुक्रबार, काठमाडौं । भूकम्पपछिको पुनर्निमाणका लागि गठित पुनर्निर्माण प्राधिकरणको सिफारिसमा करारमा कार्यरत इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गतका प्राविधिक इन्जिनियरहरुले चरणबद्ध आन्दोलन अन्तर्गतका इन्जिनियरहरू आन्दोलनमा उत्रिएका हुन् ।    गत वैशाख १२ गतेबाट ३ महिनाका लागि करार सम्झौता गरी काम सुरु गरेका इन्जिनियरहरू असार १२ गते करार अवधि सकिएपछि पनि आफूहरुको करार नियुक्ति नवीकरण नभएको भन्दै आन्दोलनमा उत्रिएका ... बाँकी अंश»

मेलम्ची खानेपानीको काम आगामी नयाँ वर्षमा सम्पन्न गर्न निर्देशन

२०७३ असोज ७ शुक्रबार, मेलम्ची (सिन्धुपाल्चोक)। प्रधानमन्त्री पुष्पकमल दाहालले निर्धारित समयअघि नै राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।    सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनपछि शुक्रबार आयोजित कार्यक्रममा दाहालले निर्धारित समयअघि नै गुणस्तरीय तरिकाले आगामी वैशाख १ गते काठमाडौँमा खानेपानी पुर्‍याउनु जरुरी रहेको बताए । उनले स्थानीयवासीले माग गरेभन्दा पनि बढी खानेपानीको रोयल्टी दिइने आश्वास ... बाँकी अंश»

नोबेल पुरस्कार विजेता वैज्ञानिक सेक्चमेन चन्द्रागिरिमा

२०७३ असोज ७ शुक्रबार, काठमाडौँ ।  लोवा स्टेट युनिभर्सिटी मटरियल साइन्सका प्राध्यापक एवं सन् २०११ मा रसायन शास्त्रको नोवेल पुरस्कार  विजेता इजरायली वैज्ञानिक डान सेक्चमेन आफ्नो समूह सहित काठमाडौंको चन्द्रागिरिमा निर्माण भएको केबुलकारको  अवलोकन भ्रमण गरेका छन् । सो टोलिलाई चन्द्रागिरि हिल्स लिमिटेडका बोर्ड डाइरेक्टर एवं आईएमई समूहका प्रवन्ध निर्देशक हेम राज ढकालले स्वागत गरेका थिए ।   १३ औं अन्तर्राष्टिय क्वाजिक्रिस्टल सम्मेलनमा भाग लिन आएका सेक्चमेनले च ... बाँकी अंश»

स्थानीय निकायको निर्वाचन अपरिहार्य :सभापति देउवा

२०७३ असोज ७ शुक्रबार, काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको बताएका छन्।   तरुण प्रकाशन प्रालिले प्रकाशन गरेको नेपाली काँग्रेस महाधिवेशन विशेष पुस्तकको राजधानीमा आज लोकापर्ण गर्दै सभापति देउवाले स्थानीय निकाय पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदनलाई सबै दलले आत्मासात् गरी अगाडि बढ्नुपर्ने धारणा राखे।   संविधानमा स्थानीय निकायको संरचना गाउँपालिका, नगरपालिका, विशेष स्वायत्त र संरक्षित क्षेत्र, स ... बाँकी अंश»

बहुलवादी समाजको महत्व छ : भट्टराई

२०७३ असोज ७ शुक्रबार, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले राष्ट्रको विकास तथा समृद्धिका लागि मुलुकमा बसोबास गर्ने सबै जातजाति र समुदायको समानुपातिक समावेशी सहभागिता गराउनुपर्ने बताएका छन् ।    तामाङ राष्ट्रिय परिषद्को प्रथम राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै भट्टराईले नेपालमा धेरै जातजाति तथा समुदाय बसोबास गर्ने भएकाले यहाँ बहुलवादी समाजको महत्व रहेको बताए ।    संयोजक भट्टराईले सम्पूर्ण जातजातिको संस्कृतिको संरक्ष ... बाँकी अंश»

सडकमै सुतेर प्रदूषणको विरोध

२०७३ असोज ७ शुक्रबार, पर्सा । पर्यावरण संरक्षणको माग गर्दै प्रकृतिप्रेमी र विद्यालयका छात्रछात्राले सडकमै सुतेर विरोध जनाएका छन् ।  प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा आज बिहान पर्यावरण संरक्षणको माग गर्दै वीरगन्जको इनर्वास्थित भन्सार कार्यालय अगाडिको मूल सडकमै सुतेर विद्यार्थी तथा प्रकृतिप्रेमीले विरोध जनाएका हुन् ।    प्रतिष्ठानको अगुवाइमा भन्सार कार्यालय क्षेत्रमा भेला भएका सर्वसाधारण तथा प्रतिष्ठानका सदस्य र विद्यार्थीले मूल सडकमा बिहान ११:१५ ... बाँकी अंश»

रक्त सञ्चारमा खराबी देखिएका मन्त्री गिरीको स्वास्थ्यमा क्रमिक सुधार

२०७३ असोज ६ बिहिबार, काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएका सिँचाइमन्त्री दीपक गिरीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि मन्त्री गिरीलाई वुधबार राति नै नर्भिक इन्टरनेशनल हस्पिटल थापाथली लगिएको मन्त्री गिरीका स्वकीय सचिव युवराज जिसीले जानकारी दिए ।    डा.यादव भट्ट नेतृत्वको टोलीले मन्त्री गिरीको उपचार गरिरहेको छ । चिकित्सकका अनुसार स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र मन्त्री गिरी दुई दिनपछि घर फर्कन सक्ने छन् ।    गिर ... बाँकी अंश»

लामो विवादपछि धनकुटामा स्थानीय तहको संख्या टुंगो लाग्यो

२०७३ असोज ६ बिहिबार, धनकुटा । लामो विवादपछि धनकुटामा स्थानीय तहको संख्या टुंगो लागेको छ । दलहरुले सीमाङ्कन आयोगले जिल्लाको लागि प्रस्ताव गरेको स्थानीय तहको संख्याप्रति असन्तुष्टि जनाएसँगै प्राविधिक सहयोग समितिले आयोगमा खाका पेश गर्न नसकेकामा ढिलाे गरी खाका तयार भएकाे समितिका संयोजक एवं स्थानीय विकास अधिकारी गणेश प्रसाद दाहालले बताए ।   पाँचौ पटक बसेको छलफलमा राजनीतिक दलहरु ७ वटा स्थानीय तहको संख्या बनाउने कुरामा सहमत भएसँगै स्थानीय तहको संख्या टुंगिएको हो । य ... बाँकी अंश»

रामेछापमा दलहरुबिच कुरा नमिलेपछि, पुर्नसंरचनाको अधिकार प्राविधिक समितिलाई

२०७३ असोज ६ बिहिबार, रामेछाप। रामेछापका राजनितिक दलहरुबिच स्थानिय तह पुर्नसंरचना गर्ने बारेमा कुरा नमिलेपछि त्यसको निर्णय गर्ने अधिकार स्थानिय तह पुर्नसंरचना प्रनविधिक सहयोग समितिले पाएको छ। बिहिबार निर्णायक तहमा पुर्‍याईने अपेक्षा सहित बसेको सर्वदलिय बैठकमा सहभागी राजनितिक दलहरुबाट एउटै खाका आउन नसकेपछि बैठकले त्यसको जिम्मा सहयोग समितिलाई दिएको हो।    प्राविधिक समितिका संयोजक एवं स्थानिय विकास अधिकारी दिनेशराज पन्तको अध्यक्षतामा बसेको सर्वदलिय बैठकम ... बाँकी अंश»

महायज्ञबाट उठेको रकम सार्वजनिक नगरे मुद्दा

२०७३ असोज ६ बिहिबार, रोल्पा । जलजला बहुमुखी क्याम्पस, रोल्पाले महायज्ञबाट उठेको डेढ करोड रकम सार्वजनिक नगर्दा दानकर्ताहरुले मुद्दा दर्ता गर्ने चेतावनी दिएका छन् । क्याम्पसले एक वर्षसम्म पनि रकम सार्वजनिक नगर्दा दाताले यस्तो चेतावनी दिएका हुन् ।    गत वर्ष असोज ३ देखि १० गतेसम्म जलजला बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तथा अक्षयकोष स्थापना गर्ने भन्दै धार्मिक महोत्सव सञ्चालन गरिएको थियो । धार्मिक महोत्सवमा नगद, जिन्सी गरी दुई करोड बढी रकम उठेक ... बाँकी अंश»

संयुक्त वक्तव्य त्रुटिपूर्ण छ : माले

२०७३ असोज ६ बिहिबार, काठमाडौँ । नेकपा (माले) ले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका सन्दर्भमा जारी गरिएको संयुक्त वक्तव्यमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाको संयुक्त अनुगमन तथा सुपरीवेक्षण गर्ने विषय राखिनु त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको छ ।    पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा विहिबार सम्पन्न स्थायी कमिटीको बैठकले भारतलाई संयुक्त राष्ट्र सङ्घ, सुरक्षा परिषद्को स्थायी सदस्यमा समर्थन गर्ने जस्तो प ... बाँकी अंश»

राष्ट्रपतिबाट हाम्राकुरा सहकर्मी चम्लागाईंसहित ३३ पत्रकार पुरस्कृत

२०७३ असोज ६ बिहिबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्राकुरा सहकर्मी माधवप्रसाद चम्लागाईंसहित ३३ पत्रकारलाई विभिन्न विधाको पुरस्कार प्रदान गरेकी छन् ।    प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा विहिबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले हाम्राकुरा सहकर्मी चम्लागाईंलाई 'प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ प्रदान गरिन् ।    सोही पुरस्कारबाट राष्ट्रिय समाचार समिति राससका कार्य ... बाँकी अंश»

एमाले बैठक : अध्यक्ष ओलीले पेश गरेको आगामी कार्ययोजनमा समूहगत छलफल सुरु

२०७३ असोज ६ बिहिबार, काठमाडौँ । प्रमुख विपक्षी एमालेको केन्द्रीय कमिटीको सातौँ बैठकमा विहिबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सुरु भएको छ ।    प्रतिवेदनमा छलफल गर्न विभिन्न नौ वटा समूह विभाजन भई समूहका नेता र उपनेता चयन भएका छन् । उनीहरुले २० मिनेटमा प्रस्तुति सक्नुपर्ने व्यवस्था गरिएको एमाले केन्द्रीय प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए । वुधबारदेखि सुरु भएको ... बाँकी अंश»

नयाँ