समाज

आईतबारसम्म मन्त्रीको नाम टुँगो लाग्छ : खतिवडा

२०७३ भदौ ३ शुक्रबार, काठमाडौं। नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले आईतबारसम्म पार्टीले मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुँगो लगाउने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खतिवडाले भने,‘हामी आईतबारसम्म मन्त्रीको नाम टुँगो लगाउँछौं ।’ पार्टीको भातृ संगठन नेविसंघको महाधिवेशनका कारण पार्टीबाट मन्त्रीमण्डलमा सहभागी हुने साथीहरुको नाम पठाउन ढिलाई भएपनि अब यो विषय आईतबारसम्म  टुँगो लाग्ने उनको दाबी थियो ... बाँकी अंश»

लोहोरोले हानेर श्रीमान्‌ले गरे श्रीमतीको हत्या

२०७३ भदौ ३ शुक्रबार, लहान। आफ्नै श्रीमान्‌ले मसला पिस्ने सिलौटाको लोहोरोले हानेर आज एक महिलाको हत्या गरेका छन् ।    घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका – ६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले प्रहार गर्दा बबिताको मृत्यु भएको हो ।    लोहोरो प्रहारबाट घाइते भएकी साहलाई उपचारका लागि तत्काल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पुरि्याइएको थियो । उपचारकै क्रममा बबिताको बिहान ८ बजे मृत ... बाँकी अंश»

सरकारी अनुदान लिएपछि हत्या

२०७३ भदौ ३ शुक्रबार, मलेखु (धादिङ) । दक्षिणी धादिङको किरान्चोक–४ ऐँसेलुखर्कका एक वृद्धको अनुदानको रकम लिएपछि बिहिबार हत्या भएको छ।   नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम रु ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको हत्या भएको हो। हर्कबहादुरकी श्रीमती ८० वर्षीया ठूलीमायाँ तामाङ गम्भीर घाइते भएकी छिन्।   उनको उपचारका लागि घटनास्थलबाट बोकेर अस्पतालतर्फ ल्याइएको छ। घटनास्थल पृथ्वीराजमार्गको आदमघाटबाट पाँच घन्टाको पैदल दूरीमा प ... बाँकी अंश»

आइपुग्यो चिनियाँ गाडी नेपाली सीमामा

२०७३ भदौ ३ शुक्रबार, गोरखा । तिब्बतसँग जोडिएको उत्तरी गोरखाको सामागाउँ गाविसको सीमा क्षेत्रसम्म चिनियाँ गाडी चल्न सुरु गरेको छ ।    चीन सरकारले सामागाउँ गाविसको सिमानामा रहेको तिब्बतको रुई गाउँसम्म कच्ची सडक खनेपछि ट्रक, जिप र मोटरसाइकल चल्न थालेको हो । तिब्बतको जोङ्गा जिल्लाको कोङ्दाङ सहर हुँदै गत वैशाखमा खनिएको कच्ची सडकमा हालैदेखि सवारी साधन चल्न थालेका हुन् ।    तिब्बतको रुइढाक्यामा आयोजित पूजामा गएका गोरखा सामागाउँका ३० जना ट्रक चढेर सिमानाको ३५ नम् ... बाँकी अंश»

अज्ञात समुहद्धारा एक ब्यक्तिको गोली हानी हत्या

२०७३ भदौ ३ शुक्रबार, कपिलवस्तु। अज्ञात समुहले गए राति साढे १ बजेतिर कपिलवस्तुको सौराहा गाबिस– ३ बेलभरीयामा एक ब्यक्तिको गोली हानी हत्या गरेको छन्। घरको आगनमा सुतीरहेका २८ बर्षे राजु मल्लाहलाई सो समुहले टोउकोमा गोली हानी फरार भएको गाउलेहरुले बताए।   मृतकका पिता कुमार मल्लाहले सुतीरहेको आफनो छोरालाई अज्ञात ब्यक्तिले गोली हानेर भागेको बताए। मृतकको टाउको गोली लागे पछि घटना स्थल मै मृत्यु भएको थियो। गोलीको आवाज पछि गाउमा होहल्ला मच्चिएको थियो। प्रहरी उपरिक्षक बि ... बाँकी अंश»

हाँस्यकलाकारहरुको गाईजात्रे व्यँग्य पात्रमा प्रचण्ड, देउवा, ओली

२०७३ भदौ ३ शुक्रबार, काठमाडौं। हाँस्यकलाकारहरुले विगतझै यो वर्षपनि धुमधामका साथ गाईजात्रा मनाउने भएका छन्। उनीहरुले यसपटक पनि गाईजात्रे व्यँग्यमा नेतादेखि विभिन्न पात्रहरु रोजेका छन्। प्रतापमल्लको पालादेखि चल्दै आएको नेपालीहरूको महानपर्व गाईजात्रा यस पालापनि देशैभर चलीरहेको छ । जनैपूणिमादेखि सुरू हुने नेपाली चाँडपर्वहरूले आफ्नै प्रकारको अस्तित्व बोकेका छन्। शुक्रबार गाईजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष कार्याक्रममा देशका चर्चि ... बाँकी अंश»

नेविसंघमा केन्द्रीय उपाध्यक्षसहित दुई सदस्य रुकुमबाट

२०७३ भदौ ३ शुक्रबार, काठमाण्डौं । लामो समय पछि सम्पन्न भएको नेपाल विद्यार्थी सँघको ११ औं महाधिवेशनबाट रुकुमले एक पदाधिकारी सहित दुई सदस्य हात पारेको छ । विभिन्न पदका लागि अपेक्षा भन्दा पनि धेरैको उम्मेद्धारी परेको भएपनि रुकुमले भने अपेक्षा अनुसार नै उपलब्धी हात पारेको हो ।    गत साउन २३ गते उद्धघाटन भएर बिहिबार सम्पन्न भएको निर्वाचबाट रुकुमले उपाध्यक्ष सहित दुई सदस्य हात पारेको छ । विभिन्न खेमा र क्षेत्रबाट निर्वाचन लडेकाहरु मध्ये रुकुमले ६ नं. प्रदेशबाट केन्द् ... बाँकी अंश»

८४ बर्षको उमेरमा नागरिकता

२०७३ भदौ ३ शुक्रबार, पाँचथर। पाँचथर सराङ्डाँडा ६ बतासेकी एक वृद्धाले  ८४ वर्षको उमेरमा नागरिकता लिए की छन् । नागरिकता लिन नमान्ने खड्गमायाँ सेर्माले इलाका प्रशासन कार्यालय रविका कर्मचारीले दसैँमा पैसा दिन्छौँ भनेपछि मात्रै नागरिकता लिएकी हुन् ।   उनिले नागरिकता लिएपछि पैसा दिन्छौ के भनेर प्रश्न पनि गरिन् ।  उनिको श्रीमान खड्गवहादुर सेर्माको यसअघि नै निधन भईसकेको छ ।   आर्थिक अवस्था कमजोर भएकी खड्गवहादुरको कान्छी श्रीमती हुन् । उनको आफ्नो छोराछोरी भने छै ... बाँकी अंश»

आइएनजिओप्रति भूकम्पपीडित रुष्ट, पैसा बाँडेर परनिर्भरता बढाए

२०७३ भदौ ३ शुक्रबार, गोरखा। गरिबलाई बाँड्ने भनिएको पैसा धनीलाई बाँडेको, राहत तथा पुनर्निर्माणमा भूकम्पपीडितको आवश्यकता पहिचान नगरी जथाभावी राहत बाँडिएको र भूकम्पपीडितलाई थोरै राहत दिएर धेरै बजेट गाडी, होटल तथा तलब भत्तामा सिध्याएको भन्दै गोरखावासी अन्तराष्ट्रिय गैरसरकारी संस्था ( आइएनजिओ) प्रति रुष्ट छन् ।    भूकम्पपीडितलाई सहयोग गर्ने बहानामा सदरमुकाममा कार्यालय खोलेर बसेका दशओटा आइएनजिओमध्ये वल्र्डभिजन इन्टरनेसनल र क्याथोलिक रिलिफ सर्भिस (सिआरएस) को पछि ... बाँकी अंश»

गाईजात्रा मनाइदै, आफन्तको स्मृतिमा सम्झना

२०७३ भदौ ३ शुक्रबार, काठमाडौँ ।  भाद्र कृष्ण प्रतिपदाबाट वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको स्मृतिमा गाईको प्रतीक तथा विभिन्न झाँकी प्रदर्शन गरेर शुक्रबार गाईजात्रा मनाइँदैछ ।     विशेषगरी नेवार समुदाय बसोबास गर्ने विभिन्न जिल्लामा गाईजात्रा मनाउने गरिन्छ ।    तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात् निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराजमात्र होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउन यो जात्रा सुर ... बाँकी अंश»

धामीझाँक्रीको मेला

२०७३ भदौ ३ शुक्रबार, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल–७ स्थित भालुखोलामा श्रावण शुक्ल पूर्णिमाको अवसरमा बिहीबार धार्मिक तथा पर्यटकीयस्थल भालुखोलामा धामीझाँक्रीको ठूलो मेला लाग्यो ।    ढ्याङ्ग्रोको तालमा ‘सै राजा सै सै, सै रानी सै सै, सै सै’ बोलको गीतमा धामी र उनीहरुका ढोलेको नाचगानका कारण भालुखोला जिल्लामै चर्चित छ ।    साउनको सुरुदेखि धामीका गुरु र देवीदेवता गुप्तबास बसेपछि श्रावण शुक्ल पूर्णिमाको दिनदेखि भालुखोलाको धारामा नुहाइधुवाइ गरेपछि आफ्न ... बाँकी अंश»

देउवाको गृह जिल्ला डडेल्धुराबाटै नेविसङ्घका चार अध्यक्ष

२०७३ भदौ २ बिहिबार, काठमाडौं । काँग्रेसको प्रभावशाली भ्रातृ सङ्गठन नेविसङ्घमा मुुलुकको दुर्गम क्षेत्र भनेर चिनिएको सुदूपश्चिमबाट हालसम्म चार जनाले नेतृत्व लिने अवसर पाएका छन् ।   त्यसमा पनि संयोग–‘चारैजना वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्ला पुख्र्यौली भएकाहरु छन् ।’  विहिबार मात्रै सार्वजनिक भएको ११औं महाधिवेशनबाट नैनसिंह महर नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा निर्वाचित भएका छन् ।    निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यलाई १ ... बाँकी अंश»

नेविसंघ केन्द्रीय सदस्यमा को को भए निर्वाचित?

२०७३ भदौ २ बिहिबार, काठमाडौं। नेपाल विद्यार्थी संघमा पदाधिकारी सहित केन्द्रीय सदस्यमा पनि मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय सदस्य पदमा विभिन्न क्षेत्र, भेग र उमेर समुहका निर्वाचित भएका छन्। आमरण अनशनमा बसेका रत्नहरी ढुङ्गेल प्रदेश नं ३ बाट केन्द्रिय सदस्यमा निर्बाचित भएका छन्। ढुङगेल गगन थापा निकट हुन्।   रुपा पोखरेल   उपत्यकाबाट रुपा पोखरेल र एलिजा ढकाल केन्द्रीय सदस्यमा निर्वाचित भइन। पोखरेल गगन थापा निकट हुन्। ढकाल भने मनोजमणी आचार्य समुहबाट निर् ... बाँकी अंश»

सुनिलको मातृभूमि युवा अभियान बाबुरामको नयाँ शक्तिमा मिल्यो

२०७३ भदौ २ बिहिबार, काठमाडौं । बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पाटीए नेपाल र मातृ भूमिका निम्ति युवा अभियान नेपालबीच पार्टी समायोजन भएको छ ।    विहिबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसंगै ६ बुँदे सहमति गर्दै सो अभियान समायोजन भएको हो । सहमति पत्रमा नयाँ शक्ति पार्टीकातर्फबाट बाबुराम भट्टराई र मातृभूमिका लागि युवा अभियान नेपालकातर्फबाट अध्यक्ष सुनिल खड्काले हस्ताक्षर गरेका छन् ।    दुवै नयाँ शक्ति पार्टी नेपालले अवलम्बन गरी आएको मूल राजनैतिक ... बाँकी अंश»

सुप पृतनामा एक पछि अर्को काण्ड : सेनाका हवल्दारले आफैलाई गोली हाने

२०७३ भदौ २ बिहिबार, डोटी । सुदूरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा फेरी अर्को काण्ड भएको छ ।    पृतना भित्रैबाट एक थान अत्याधुनिक हतियार एसएमजी गोली लगायत हराएको खास तथ्य  खुल्न नपाउँदै फेरी अर्को घटनाको रहस्य बाहिर आएको हो । पृतनामा कार्यरत सेनाका एक हवल्दारले आफैलाई गोली हानेका छन् । गोली प्रहारपछि उनको मृत्यु भएको छ ।    नेपाली सेनाका एक हवल्दारले आफैलाई गोली हानेको खबर बाहिर आएपनि नाम भने सेनाले अझै खोलेको छैन । पृतना हाताभित्रै हवल्दार  ... बाँकी अंश»

नाती मारेको भन्दै हजुरआमा पक्राउ

२०७३ भदौ २ बिहिबार, लिबाङ रोल्पा ।  इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले आफ्नै नाती मारेको शंकामा मामाघरकी हजुरआमालाई पक्राउ गरेको छ ।    प्रहरी निरिक्षक शशिधर अधिकारीका अनुसार जेदबाङ गाविस ८ राङजात रोल्पामा मामाको घरमा बस्दै आएका  १० वर्षे बालक दिनेश बुढा झुण्डिएको भन्ने रिपोर्टिङ भएपछि तत्काल साउन २८ गते गोगन पानी प्रहरी घटना स्थल पुगेको थियो ।    २९ गते इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाबाट प्रहरी निरिक्षक अधिकारीको नेतृत्वमा घटना स्थल पुगेको ... बाँकी अंश»

आफ्नै समूहका दुई बागीबीच प्रदेश ७ को उपाध्यक्ष निर्वाचित भए पुष्प शाही

२०७३ भदौ २ बिहिबार, काठमाडौं । कांग्रेसको भ्रातृ संगठन नेविसंघको ११औं महाधिवेशनबाट प्रदेश नम्बर ७ को उपाध्यक्षमा पुष्पकुमार शाही विजयी भएका छन् । विजयी भएपछि हाम्राकुरासंग कुरा गर्दै शाहीले भने, ‘विजयी भएको कुरा सुने, तर कति मत पाए र कति मत अन्तरले विजयी भन्ने थाहा पाएको छैन ।’ पार्टीकेन्द्रीय कार्यालयमा हतारिँदै आएका शाहीले आफु विजयी भएको सुनेर दौडेर आएको सुनाए ।    शाहीसंगै प्रदेश नम्बर ७ बाट उपाध्यक्षका लागि चार जनाले उम्मेद्वारी दिएका थिए । चार मध्ये ती ... बाँकी अंश»

मन्त्रिपरिषद्का पाँच निर्णय : शहीद घोषणा देखि प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्तिसम्म

२०७३ भदौ २ बिहिबार, काठमाडौं । सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएका ५२ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहिबार सिंहदरबारमा बसेको बैठकले नागरिकतर्फ ४१ र सुरक्षाकर्मीतर्फ ११ जना गरी ५२ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।    प्रधानमन्त्रीका स्वकीय रमेश मल्लका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुझाएको ६८ जनाको सूचीका १ जना भारतीय नागरिक विवादित भएको अन्य आन्दोलनका क्रममा भन्दा अन्य प्रकृतिबाट मृत्यु भएकाले छानविनका ... बाँकी अंश»

त्रिभुवन, काठमाडौं र पोखरा विश्वविद्यालयबाट को को भए निर्वाचित?

२०७३ भदौ २ बिहिबार, काठमाडौं। नेपाल विद्यार्थी संघको मतपरिणाम आउने क्रम जारी छ। मतपरिणाम अनुसार केन्द्रीय सदस्यमा पोखरा विश्वविद्यालय नवराज त्रिपाठी विजयी भएका छन्। काठमाडौं विश्वविद्यालय डा रितेश चिमोरिया विजयी भएका छन्।    त्रिवि आंगिक क्याम्पसबाट शैलेन्द्र गौडेल, प्रकाश सेढाइ र सुनिता पोखरेल निर्वाचित भएका छन्। निर्वाचितहरु सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापाले समर्थन गरेकाहरु हुन्। गौडेल भने गगन थापासँग अत्यन्त निकट मानिन् ... बाँकी अंश»

अब सरकारको प्रवक्ता राम कार्की

२०७३ भदौ २ बिहिबार, काठमाडौं । सरकारको प्रवक्तामा सूचना तथा सञ्चारमन्त्री राम कार्की चयन भएका छन्। सूचना तथा सञ्चारमन्त्री सरकारको प्रवक्ता तोकिने परम्परा छ ।    प्रवक्ताको कार्यभार सम्हालेपछि पहिलो पटक उनले विहिबार बसेको मन्त्रिपरिषद्का निर्णयका बारेमा सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।   यसअघि सरकारको  प्रवक्ताको काम उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले गर्दै आएका थिए । नवनियुक्त प्रवक्ता कार्कीले साउन ३० गते सूचना तथा सञ्चारमन्त्रालयक ... बाँकी अंश»

नयाँ