समाज

विश्वका ८० सहरमा एकैपटक प्राणीप्रेमको आवाज काठमाडौँमा

२०७३ असोज ३ सोमबार, काठमाडौँ । दसैँ आउँदै गर्दा जनावर प्रेमका आवाजहरु पनि बढ्दै गएका छन् । जनावर पनि यही संसारका सिर्जना भएको भन्दै जनावरप्रति हुने दुव्र्यवहार रोक्न आग्रह गर्दै आइतबार ललितपुरमा एक कार्यक्रम गरियो ।    भारतबाट सुरु भएको ‘इन्डिया युनाइट्स फर एनिमल’ लाई ऐक्यबद्धता जनाउन कार्यक्रम गरिएको कार्यक्रमकी आयोजक अजिता पाण्डेले बताए । किस्ट अस्पतालको अडिटोरियम हलमा भएको कार्यक्रममा अस्पतालका निर्देशक प्रोफेसर ऋषिकेश नारायण श्रेष्ठले सभ्य समाजमा ... बाँकी अंश»

संविधान दिवसमा एमालेको छुट्टै कार्यक्रम, र्‍यालीमा पार्टीको झण्डा प्रदर्शन

२०७३ असोज ३ सोमबार, काठमाडौं। प्रमुख विपक्षी एमालेले पहिलो संविधान दिवस छुट्टै कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा सोमबार काठमाडौंमा झाँकीसहितको र्‍याली निस्कियो ।    संविधानले जनताको लामो समयदेखिको सपना पूरा गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको भन्दै एमालेले उत्सवका रुपमा कार्यक्रम आयोजना गरेको जनायो । र्‍यालीमा सहभागीले एमालेको झन्डा प्रदर्शन  गरियो । केही सहभागिले राष्ट्रिय झन्डा पनि बोकेका थिए ।    रत्नपार्कबाट सुरु भएको र्‍याली भ ... बाँकी अंश»

संविधानले जनतालाई शासन सत्ताको केन्द्रविन्दुमा राखेको छ : प्रधानमन्त्री दाहाल

२०७३ असोज ३ सोमबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान संशोधनका लागि गम्भीरतापूर्वक लागिरहेको जानकारी दिएका छन् ।    संविधान दिवस २०७३ को अवसरमा सैनिक मञ्चमा सोमबार आयोजित विशेष समारोहमा प्रम दाहालले भने, ‘संशोधनबाट मधेसी, थारू, आदिवासी जनजातिलगायत समुदायका गुनासाको यथोचित सम्बोधन भई संविधानको स्वीकार्यता अझ फराकिलो हुने र यसको पूर्ण कार्यान्वयनले गति लिने विश्वास लिएको छु ।’    ‘विश्वका कुनै पनि संविधान एकैचोटि पूर्ण भएका छ ... बाँकी अंश»

बाग्लुङको रिग्लाङमा पहिरो : एकै परिवारका चारको मृत्यु, ‘गंगाधरको न घर रहयो न परिवार’

२०७३ असोज ३ सोमबार, बाग्लुङ । बाग्लुङको बुङ्गादोभान गाविस –४ रिग्लाङमा पहिरोसंग खसेको ढुंगाले घर च्यापिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । विहान करिब ४ बजेतिर आएको पहिरोमा सो हताहती भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।   रिग्लाङमा हरको गंगाधर रोक्काको घर पहिरोसंग आएको ढुंगाले च्यापिँदा गंगाधरकी श्रीमती ३८ वर्षीया भीमकुमारी रोक्का, १४ वर्षीया छोरी, इन्द्रकुमारी, ९ वर्षीया छोरी, मायादेवी र १२ वर्षीय छोरा इन्द्रजीत रोक्काको मृत्यु भएको हो । &nb ... बाँकी अंश»

अमेरिकी राष्ट्रपति ओबामाको शुभकामना

२०७३ असोज ३ सोमबार, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई एक सन्देश पठाउनु भइ शुभकामना तथा बधाइ ज्ञापन गरेका छन् ।     शुभकामना सन्देशमा उनले संयुक्त राज्य अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।    सन्देशमा उनले भनेका छन्,  “तपाईंको देशमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपत्मा आफ्ना प्रियजन ग ... बाँकी अंश»

प्रधानमन्त्री नजाने भएपछि महासभामा जान नेपालबाट अलमल

२०७३ असोज ३ सोमबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन नजाने भएपछि भ्रमण टोलीका अन्य जाने कि नजाने भन्ने अलमल भएको छ ।    प्रधानमन्त्री दाहालले देशको पछिल्लो राजनीतिक अवस्थालाई हेरेर भ्रमण स्थगित गरेपछि नेपालबाट जाने अन्य टोलीबारे अन्योल बढेको हो ।    न्युयोर्कमा गत मंगलबार सुरु भएको महासभा १० दिनसम्म चल्नेछ । नेपालबाट सोमबार परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत भने भारतबाट सीधै न्यूयोर्क गएका छन् ।    ... बाँकी अंश»

सप्तकोशीमा डुंगासहित हराएका १० जनाको नाम खुल्यो, न मान्छे भेटिए न डुंगा

२०७३ असोज २ आइतबार, सुनसरी । सुनसरीस्थित सप्तकोशीमा पल्टिएको डुंगासहित हराएका १० जनाको नाम खुलेको छ । यद्यपि, उनीहरुको खोजी शनिबार देखि निरन्तर जारि रहयो । तर, कोही सम्पर्कमा आएनन् ।    उद्धारमा खटिएका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले भने, ‘आइतबार पनि हामीले साँझ अबेर सम्म खोजी गरेका थियौं । हराएकाहरुबारे कुनै पत्तो लागेन । डुंगा समेत भेटिएन ।’ हराइरहेकाहरुबारे गाउँमा गएर घर घरमा सोधेर प्रहरीले नाम पत्ता लगाएको उनले जानकारी दिए ।     बेपत्ता हुनेमा च ... बाँकी अंश»

प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण

२०७३ असोज २ आइतबार, काठमाडौँ। प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री मध्यपृतना मुख्यालय तथा हवाई सुरक्षा निर्देशनालयअन्तर्गत विभिन्न युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न गरी आज काठामाडौँ फिर्ता भएका छन् ।    निरीक्षण भ्रमणकै सिलसिलामा प्रधानसेनापति क्षत्रीले आइतबार गर्ने भनिएको उपत्यका पृतना मुख्यालयअन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण प्रतिुकूल मौसमका कारण स्थगित भएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा ... बाँकी अंश»

हुलाक सूचनाको भण्डार बन्छ : मन्त्री कार्की

२०७३ असोज २ आइतबार, धनकुटा। सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले कामविहीन भएका हुलाक कार्यालयलाई सूचनाको भण्डार बनाउने बताएका छन् ।    धनकुटाको भेडेटारस्थित नाम्जेमा रहेको रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रबाट एफएम रिले स्टेसनको उद्घाटन गर्न आइतबार यहाँ आएका मन्त्री कार्कीले सञ्चारको क्षेत्रमा बढ्दो इन्टरनेटको प्रयोगसँगै अहिले हुलाक कार्यालय कामविहीन भएको अवस्थामा विभिन्न क्षेत्रमा हुने विविध घटना सङ्कलन तथा वितरण केन्द्रको रुपमा आफू ... बाँकी अंश»

नयाँ शक्तिले बुझायो प्रजिअलाई ज्ञापन पत्र

२०७३ असोज २ आइतबार, सिन्धुली। जिल्लाका बिविध समस्याहरुलाई लिएर समाधानको माग गर्दै नयाँ शक्ति पार्टी नेपाल सिन्धुलीले आईतबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ। नाराबाजी सहित जिल्ला प्रशासन कार्यायल पुगेर प्रजिअ तारा बहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका हो।    वर्खाका कारण बन्द भएका ग्रामीण क्षेत्रका सडकहरु तत्काल मर्मत गरी उपभोक्ताहरुलाई सहज सेवा दिने व्यवस्था मिलाउनु पर्ने, जग्गाधनी पुर्जा नभएका भुकम्प पिडितहरुसँग पनि सम्झौता गरी घर बनाउ ... बाँकी अंश»

पाँचथरमा पहिरोका कारण ८ परिवार विस्थापित

२०७३ असोज २ आइतबार, पाँचथर। वर्षासँगै गएको पहिरोका कारण गएराती पाँचथरको लुङरुपा २ का छेउटारका ८ घर परिवार विस्थापित भएका छन्। घरमुनि बाट बग्ने फेमे खोलाले कटान गरेपछि झरेको पहिरोका कारण स्थानिय कमल तामाङ,नर्बु तामाङ,सुकमान तामाङ,निशान तामाङ,रणध्वज तामाङ,आमखोले तामाङ,पाख्रिन तामाङको परिवार विस्थापित बनेका हुन्।   ती परिवारलाई अहिले छिमेकीको घरमा स्थानान्तरण गरिएको स्थानिय डिल्लीराम दुलालले जानकारी दिए। पहिरोका कारण विस्थापित वन्न लाग्दा समेत खवर गर्दा पनि प ... बाँकी अंश»

यसरी गर्‍यो सेनाले “आतंक प्रतिकार” अभ्यास

२०७३ असोज २ आइतबार, काठमाडौं । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले “आतंक प्रतिकार–१” अभ्यासको निरीक्षण गरेका छन्। उपत्यका पृतना हेडक्वार्टरको नेतृत्व एवं समन्वयमा विशेष फौज बाहिनी, युद्धभैरब गण तथा नेपाली सेनाका विभिन्न युनिटहरुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रति आतंककारी कार्वाही हेर्ने युनिटका सकलदर्जाको सहभागितामा होस्टेज रेस्क्यु सम्बन्धि कथाबस्तुमा आधारित भई भक्तपुरमा “आतंक प्रतिकार–१” अभ्यास भएको हो।  ... बाँकी अंश»

हामी निर्णायक शक्ति भएनौं, अरुले नै यो देश चलाएको छ : दिलनाथ गिरी

२०७३ असोज २ आइतबार, काठमाडौं । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्न देशी विदेशी शक्तिहरु लागिपरेको आरोप लगाएका छन् ।   आइतबार राजधानीमा आयोजित साक्षात्कारमा गिरीले भने,‘आगामी ०७४ माघ ७ भित्र तीन वटै निकायको चुनाव गराउनुपर्छ, तर चुनाव नगर्ने षडयन्त्र भैरहेको छ, यसले मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्ने खतरा छ ।’ उनले नेपालको शासन प्रणालीलाई नै अस्थिर बनाउन विदेशी शक्ति लागेको आरोप लगाए । गिरीले अघि थपे,‘हामी निर्णाय ... बाँकी अंश»

संविधान संशोधन नभएसम्म कुनैपनि चुनाव हुन दिन्नौं : लक्ष्मण कर्ण

२०७३ असोज २ आइतबार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसी जनताको रगतसँग गाँसिएर जबरजस्ती लादिएको संविधान संशोधन नभएसम्म मोर्चाले विरोध गरिरहने बताए ।    राजधानीमा आयोजित साक्षात्कारमा उनले सरकार र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख रहेको बताए ।   उनले अघि थपे,‘तीन बुँदा मध्ये दुईवटा बुँदा करिब करिब लागु भएको छ, अब संविधान संशोधन प्रक्रिया पनि चाँडै अघि बढ्छ ।’ उनले संव ... बाँकी अंश»

संविधान संशोधनबारे नेताहरुबीच जुहारी, कांग्रेस राष्ट्रिय सहमति बन्नेमा आशावादी

२०७३ असोज २ आइतबार, काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउदले असन्तुष्टहरुको आवजालाई पनि सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने आवश्यकता आंैल्याएका छन् ।    आईतबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा नेता साउदले भने,‘संविधान संशोधनको लागि सबै पक्षबीच सघन छलफल तथा वार्ताह भैरहेका छन्, छिट्टै राष्ट्रिय सहमति बन्छ ।’   उनले प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा नेपाललाई नजरअन्दाज गरेर संविधान संशोधन प्रक्रिया अघि नबढाईने समेत स्पष्ट पारे । ... बाँकी अंश»

संवैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भइरहेको छ : उपाध्यक्ष रावल

२०७३ असोज २ आइतबार, धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले संविधान कार्यान्वयन प्रक्रिया जटिल बनाएर संवैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।    आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले मधेसको माग स्पष्ट नभएको जिकिर गर्दै संविधान संशोधनको अनावश्यक हल्ला चलाएर देशमा अन्योल सिर्जना गर्न खोजिएको बताए ।    रावलले टीकापुर घटना राजनीतिक नभई जघन्य अपराध र विभत्स हत्याकाण्ड भएको बताउँदै मधेस आन्दोलनका नाममा घटनाका मुद्दा फि ... बाँकी अंश»

एमालेको परामर्शबिना संविधान संशोधन हुनै सक्दैन : माधव नेपाल

२०७३ असोज २ आइतबार, बनेपा । एमाले नेता माधवकुमार नेपालले एमालेको परामर्शबिना संविधान संशोधन हुनै नसक्ने बताएका छन् । एमाले काभ्रेपलाञ्चोकले बनेपामा गरेको पत्रकार भेटघाटमा नेता नेपालले हचुवा शैलीले संविधान संशोधन गर्नुहुँदैन–भने ।    नेता नेपालले भनेका छन्, ‘राजनीतिक संरचना र कानुनको निर्माण तथा स्थानीय निर्वाचन भए संविधानको कार्यान्वयनतर्फ मुुलुक अगाडि बढ्छ ।’   यसअघि बनेपास्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको दसौँ वार्षिकोत्सव कार ... बाँकी अंश»

हिन्दूराज्य घोषणा गर्न माग गर्दै प्रधानन्यायाधीशलाई ज्ञापनपत्र

२०७३ असोज २ आइतबार, काठमाडौं । राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्नुपर्ने माग राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।    सर्वोच्च अदालतस्थित कार्कीको कार्यकक्षमा पुगी आइतबार मञ्चका अध्यक्ष अर्जुनसिंह विष्टले नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य घोषणा गर्नुपर्ने, पाँच विकास क्षेत्र यथावत् कायम गर्नुपर्ने लगायत माग राखी ज्ञापनपत्र बुझाएका हुन् ।    मञ्चले यसअघि राष्ट्रपति, प्रधान ... बाँकी अंश»

सरूवामा मनपरी गरेको भन्दै एमाले निकट कर्मचारीहरूको सामान्यमा डेलिगेशन

२०७३ असोज २ आइतबार, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले कर्मचारी सरूवामा ऐन कानूनको समेत ख्याल नगरी मनपरी गरेको भन्दै विरोध जनाएको छ । आईतबार यस विषयमा सामान्य प्रशासन मन्त्री केशब बहादुर बुढाथोकीलाई भेटेर संगठनले विरोध जनाएको संगठनका वरिष्ठ नेता केदारप्रसाद देवकोटाले जानकारी दिए ।    देवकोटाले दिएको जानकारी अनुसार सामान्यले निजामती सेवा ऐनले तोकेको र ऐनमा सरूवा नगर्न तोकिएको मापदण्डको समेत वास्ता नगरी कर्मचारी सरूवा गरिएको आरोप संगठनले लगाएको छ । द ... बाँकी अंश»

‘गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ’

२०७३ असोज २ आइतबार, काठमाडौँ। शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नाको विकल्प नभएको बताएकी छन् ।    विकेन्द्रीकरण सहयोग समाज नेपालले आइतबार आयोजना गरेको ‘सङ्घीयतामा स्थानीय तहको पुनःसंरचना’ विषयको कार्यक्रममा यादवले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिइन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गाउँपालिकाको सभापति बलियो ... बाँकी अंश»

नयाँ