समाज

नेविसङ्घका पुरानाले निर्वाचित कार्यसमितिलाई पद बुझाए

२०७३ भदौ ९ बिहिबार, काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११‍औँ महाधिवशेनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा पद हस्तान्तरण गरिएको छ ।    नयाँ कार्यसमितिलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण गर्न विहिबार आयोजित कार्यक्रममा काँग्रेस सभापति देउवाले आफ्नो पुस्ताले पार्टीमा धेरै काम र जिम्मेवारी सम्हालीसकेको बताउँदै अब नयाँ पुस्ताले गर्ने बेला आएको छ भने ।    धेरै चुनौती पार गरेको नेविसङ्घको महाधिवशेन सम्पन्न भएको अवगत गराउँ ... बाँकी अंश»

‘वारि जमुना पारि जमुना’ गाउने गुरुङ रहेनन्

२०७३ भदौ ९ बिहिबार, काठमाडौं । चर्चित गीत‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको ४२ वर्षको अल्पायुमै निधन भएको छ । गुरुङको ‘आलुतामाले’ गीतसमेत निकै लोकप्रिय छ ।   जण्डिस विग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालको सघन उपचार कक्ष (आइसीयु)मा उपचार गराइरहेका गुरुङको विहीबार साँझ निधन भएको हो । उनको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।    चिकित्सकका अनुसार गुरुङको कलेजो विग्रिएको र मृगौलामा समेत समस्या थियो । थप उपचारका ... बाँकी अंश»

‘मेरो जनयुद्धले राज्यका तीन निकायमा महिलाले नेतृत्व गरे’

२०७३ भदौ ९ बिहिबार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका तीन महत्वपूर्ण निकायमा महिलाको नेतृत्व स्थापित हुनु सशस्त्र जनयुद्धको परिणाम भएको बताएका छन् ।    नेकपा(माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को राष्ट्रिय एकता भेलालाई यहाँ विहिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राज्यका पाँच महत्वपूर्ण निकायमध्ये तीन निकायमा महिलाको नेतृत्व पाउनु इतिहासकै महत्वपूर्ण उपलब्धि भएको बताउँदै भने , “अहिले देशको सर्वोच्च ... बाँकी अंश»

संविधान संशोधन गर्न जरुरत छैन : ओली

२०७३ भदौ ९ बिहिबार, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भए पनि कार्यान्वयन नयरी संशोधन मात्र गर्नाको अर्थ नभएको बताएका छन् ।    बैंककस्थित बुमरुमगार्ड अस्पतालमा नियमित स्वास्थ्योपचारका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले बिनाउद्देश्य संविधान संशोधन गर्नाको औचित्य नभएको बताउँदै भने, “संविधान संशोधनका विषयमा पार्टीलाई औपचारिक ढङ्गले कुरा आएको छैन, कसै ... बाँकी अंश»

नव जनवादी क्रान्तिको तयारी भइरहेको छ, फेरि बन्दुक उठाउँछौ : वैद्य

२०७३ भदौ ९ बिहिबार, बुटवल । क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले जनताको हक र अधिकारलाई स्थापित गर्न फेरि बन्दुक उठाउने चेतावनी दिएका छन् ।    वैद्यले पार्टीले नव जनवादी क्रान्तिको तयारी गरिरहेको बताए । राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाका समस्या समाधान गर्न आफूहरू नव जनवादी क्रान्तिको तयारीमा रहेको उनको जिकिर छ ।     जारी संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित, २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापि स्वीकार्न नसकिने बताउँदै वैद्यले संविधा ... बाँकी अंश»

जनयुद्धका घाइतेले मागे पहिचानसहितको परिचयपत्र

२०७३ भदौ ९ बिहिबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धा टोलीले उपचार एवम् पहिचानसहितको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् ।    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा घाइते, अपाङ्ग योद्धाका प्रतिनिधिले जीवन निर्वाह भत्ता अत्यन्तै न्यून भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचान नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।    भेटमा प्रधानमन्त्रीले घाइते योद्धाको निःशुल्क उपचारको व्यवस् ... बाँकी अंश»

निधिले राष्ट्रपतिलाई भेटे

२०७३ भदौ ९ बिहिबार, काठमाडौँ । उप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।    प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणबाट फर्केपछि उपप्रधानमन्त्री निधि विहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका हुन् ।    भेटमा उपप्रधानमन्त्री निधिले भारत भ्रमणका बेला भएका उच्च भेटघाट र भारतीय उच्च अधिकारीहरुले नेपालप्रति देखाएको सदासयताका बारेमा जानकारी गराएको राष्ट्रपति कार्य ... बाँकी अंश»

जन्ती बस दुर्घटना, २९ घाइते

२०७३ भदौ ९ बिहिबार, भक्तपुर। भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलमसीबाट जन्ती लिएर जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।   जन्ती लिएर जाँदै गरेको बा४ख १९०५ नंको ७ नम्बर रुट चल्ने रिजर्भ बस आज बिहान ११ :४५ बजे नगरकोट–५ स्थित सुडालमा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए।   घाइते हुनेहरुमध्ये ११ जनाको मध्यपुर अस्पताल थिमिमा र १८ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेको सङ्ख्या थप ... बाँकी अंश»

ललितपुरमा पचास वर्षपछि पुनः नापी सुरु

२०७३ भदौ ९ बिहिबार, ललितपुर। जग्गाको स्वरुपमा ठूलो परिवर्तन भएका जिल्लाका विभिन्न स्थानमा ५० वर्षपछि पुनः नापी सुरु भएको छ।   विसं २०२१ मा नापी भएपछि ललितपुर जिल्लाका कुनै पनि स्थानमा नापी हुन सकेको थिएन। जग्गाको स्वरुप सयौँ गुणा परिवर्तन हुँदासमेत पुनः नापी हुन नसकेको हो। सामान्यतया जग्गाको स्वरुप ६० प्रतिशत परिवर्तन हुँदा फेरि नापी गर्नुपर्ने मान्यता छ। लामो समयसम्म पुनः नापी हुन नसक्दा जग्गाको कित्ता ५-६ सय प्रतिशतसम्म परिवर्तन भइसकेको छ।   ललितपुरका स ... बाँकी अंश»

सेनाले गोली चलाएपछि सिकारी भागे

२०७३ भदौ ९ बिहिबार, गुलरिया (बर्दिया)। बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको टोलीले गस्ती गर्ने क्रममा बाँसगढी नगरपालिका भास्तालस्थित रहेको पोस्ट नजिकै गएराति नेपाली सेनाले गस्ती गर्ने क्रममा वर्षात्को समयमा चोरी सिकारी गर्ने सिकारी टोलीले एक्कासि सेनामाथि गोली चलाएपछि सेनाले जवाफी फायरिङ गरेको थियो।   सेनाले गोली चलाएपछि चोरीसिकार गर्ने छजनाको समूहले दुई थान भरुवा बन्दुक र ४५ किलो सुकुटी छोडेर फरार भएका छन्।   पैँतालीस किलो सुकुटीमा जरायो, साल ... बाँकी अंश»

अनुगमन र पक्राउको विरोधमा बन्द

२०७३ भदौ ९ बिहिबार, गोरखा । व्यापारीलाई पक्राउ गरी तीन दिनदेखि हिरासतमा राखेको विरोधमा गोरखा उद्योग वाणिज्य सङ्घले बुधबार बिहानैदेखि गोरखा बजार बन्द गराएको छ ।   सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल व्यक्तिगत पसलबाट बिक्री गर्दै आएका अनिता एग्रोभेटका सञ्चालक रामशरण कोइराला, विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठलाई संयुक्त बजार अनुगमन संयन्त्रले मङ्गलबार नियन्त्रणमा लिएको विरोधमा सङ्घले बजार बन्द गराएको हो ।  & ... बाँकी अंश»

एमाले अध्यक्ष ओली बिहीबार बैंकक जाँदै, आधा महिना उतै बसाई

२०७३ भदौ ९ बिहिबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बिहीबार थाइल्याण्डको राजधानी बैंकक जाँदैछन् ।     अध्यक्ष ओली बिहीबार दिउँसो १ बजे थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जाने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहने छन् ।     एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैंककमा ... बाँकी अंश»

सरकारसंग वार्ता गठन मधेसी मोर्चाको वार्ता समिति

२०७३ भदौ ९ बिहिबार, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले राखेका माग पूरा गराउन सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।    सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत संयोजक तोकिएको उक्त समितिमा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय र सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन सदस्य रहेका छन् ।    तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको अध्यक्षतामा बसेको बैठकमा उक्त समितिले मधेस आन्दोलनका ... बाँकी अंश»

वीरगञ्जमा प्रदेशको उच्च अदालत स्थापना गर्न कांग्रेसको माग, नभए आफै सहभागि सरकारविरुद्ध उत्रिने

२०७३ भदौ ८ बुधबार, वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ ले प्रदेश नम्बर २ को उच्च अदालत वीरगञ्जमा स्थापना गरिनु पर्ने माग गरेको छ । यदी त्यसो हुन नसके कडा आन्दोलनमा उत्रिने पर्सा कांग्रेसको चेतावनी छ ।   पर्साका प्रमुख जिल्ला अधिकारी केवशराज घिमिरे मार्फत कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बुझाएको ज्ञापन पत्रमा २ नम्बर प्रदेशको उच्च अदालत जनकपुर र इजलास राजविराजमा प्रस्ताव गरिएको समाचार सार्वजनिक भएकोप्रति गम्भीर आपत्ति प्रकट गर्दै मुलुकक ... बाँकी अंश»

सुस्ताका १९ जनाविरुद्ध भारतीय अदालतमा मुद्दा

२०७३ भदौ ८ बुधबार, कावासोती । विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको छ ।    मुद्दा चलाइएको थाहा पाएपछि सुस्तावासी त्रसित भएका छन् । नेपालीहरूलाई डर त्रास देखाइराख्न उनीहरूले मुद्दा चलाएको आरोप सुस्तावासीको छ ।    सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको एक महिनाअघि बगाहाको नौरगिया कटाहाको खेतामा शव फेला परेको थियो । सीमापारि भएको घटनामा सी ... बाँकी अंश»

अहिलेको सत्ता गठबन्धनले राजनीतिक र सामाजिक द्वन्द्व निम्त्याउने खेल रच्यो : एमाले

२०७३ भदौ ८ बुधबार, काठमाडौं । प्रमुख विपक्षी एमालेले नयाँ सरकारले संविधान संशोधन जस्तो आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रुटिपूर्ण कार्य गरेको आरोप लगाउँदै पाँच गम्भीर विषय औंल्याएको छ ।   एमाललेले स्वार्थमा सरकार परिवर्तन गरेको, द्वन्द्व निम्त्याउन खोजेको, निर्वाचन नगर्ने नियत राखेको, स्वाधीनतामा आँच आउने काम गरेको र राजनीतिक पूर्वाग्रह राखेको भन्दै गम्भीर आलोचना गरेको हो । साथै एमालेले राजनीतिक र सामाजिक द्वन्द्व निम्त्याउने खेल रचेको उ ... बाँकी अंश»

सर्वोच्चद्वारा अयोग्य लडाकुलाई रकम नदिन अन्तरिम आदेश

२०७३ भदौ ८ बुधबार, काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन माओवादी सेनाका अयोग्य लडाकूलाई रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।    न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज अयोग्य लडाकूलाई रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।    आदेशमा भनिएको छ, “आर्थिक वर्ष २०७३/०७४ बजेटको बुँदा नम्बर १९ हाललाई कार्यान्वयन नगर्न ... बाँकी अंश»

भारतद्वारा नेपाललाई १७ दमकल दान

२०७३ भदौ ८ बुधबार, काठमाडौँ । आगलागी नियन्त्रणमा सहयोग पुर्‍याउन भारतले आज नेपाललाई १७ वटा दमकल उपहारस्वरुप प्रदान गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई भारतीय राजदूत रणजीत रायले यहाँ आयोजित कार्यक्रममा ती दमकलको साँचो हस्तान्तरण गरे ।    त्यस अवसरमा मन्त्री पाण्डेले एउटा दमकलको साँचो काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई सुम्पिए । मन्त्री पाण्डेले आगलागी नियन्त्रण गर्न भारत सरकारबाट प्र ... बाँकी अंश»

लाखौं अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

२०७३ भदौ ८ बुधबार, पाँचथर। जिल्लाको नवमीडाँडा गाविसमा वषौंदेखि लाखौं रुपैंयाँ बजेट अनियमिता हुँदै आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नवमीडाँडा गाविसका सचेत युवाहरुको नाममा बुधबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । प्राप्त जानकारी अनुसार गाविस मार्फत बिनियोजन हुने विभिन्न शीर्षकको रकममा चरम अनियमितता हुँदै आएको हो ।   आर्थिक वर्ष २०६९/७० मा प्रजनन नश्ल सुधार कार्यक्रम अन्तर्गतको ६० हजार, सोही आर्थिक वर्ष ... बाँकी अंश»

प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीको निर्देशन–दलित युवाको हत्या छानविन तुरुन्त गर्नुस्

२०७३ भदौ ८ बुधबार, काठमाडौं । काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्या भएको भन्दै दलित अगुवाहरुले ज्ञापनपत्र बुझाएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाको निष्पक्ष छानविनका लागि छानविन समिति बनाउन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई निर्देशन दिएका छन् ।    बुधबार सिंहदरबारमा दलित अगुवाहरुले मिजारको हत्या भएको भन्दै छानविन समिति बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।    ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले गृहसचिव नार ... बाँकी अंश»

नयाँ