समाज

(अपडेट) गुल्मीमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

२०७३ श्रावण ११ मंगलबार, तम्घास । गुल्मीमा बाढी र पहिरोले कम्तीमा सात जनाको मृत्यु भएको छ । दुर्गमका गाविसमा गएको बाढी र पहिरोको यकिन तथ्यांक आउन कठिन भएको पनि बताइएको छ ।     गैंडाकोट गाउँ विकास समिति वडा नम्बर ७ मा घरको गोठ पुरिंदा आमाछोरीको मृत्यु भएपछि मृतकको संख्या सात पुगेको हो ।    यसअघि गुल्मीको हस्तीचौर गाविसको मल्दीमा राति ११ बजे पहिरो जाँदा तीन जनाको मृत्यु भएको थियो। स्थानीय भीमबहादुर दर्जीको घर पहिरोले पुर्दा भीमबहादुरकी श्रीमती, दिदी र बुहारीको घट ... बाँकी अंश»

लोकमानलाई महाअभियोग लगाउन दवाव दिंदै भद्रकालीमा प्रदर्शन

२०७३ श्रावण ११ मंगलबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै राजधानीको भद्रकालीमा दवाव प्रदर्शन भएको छ । व्यवस्थापिका संसदको सुशासन समितिले स्पष्टिकरणका लागि बोलाएपछि दवावका लागि नागरिक समाज, विवेकशील नेपाली, चिकित्सकहरु, विद्यार्थी एवं युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।    आठौं पटक चिकित्सा क्षेत्रको विकृति विरुद्ध आमरण अनसन बसेका प्रा डा गोविन्द केसीले चिकित्सा क्षेत्रमा हस्तक्षेप गरे ... बाँकी अंश»

(अपडेट) गुल्मीमा बाढी र पहिरोले कम्तीमा पाँच जनाको मृत्यु, थुप्रै घर जोखिममा

२०७३ श्रावण ११ मंगलबार, तम्घास । गुल्मीमा बाढी र पहिरोले कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्गमका गाविसमा गएको बाढी र पहिरोको यकिन तथ्यांक आउन कठिन भएको पनि बताइएको छ ।    गुल्मीको हस्तीचौर गाविसको मल्दीमा राति ११ बजे पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। स्थानीय भीमबहादुर दर्जीको घर पहिरोले पुर्दा भीमबहादुरकी श्रीमती, दिदी र बुहारीको घटनास्थलमै मृत्यु भएको गुल्मी जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र पालले जनाएका छन् ।  सो क्षेत्रका १५÷२० घर पहिरोको जोख ... बाँकी अंश»

गुल्मीमा बाढी र पहिरोले कम्तीमा पाँच जनाको मृत्यु, पूर्ण विवरण आउन कठिन

२०७३ श्रावण ११ मंगलबार, तम्घास । गुल्मीमा बाढी र पहिरोले कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्गमका गाविसमा गएको बाढी र पहिरोको यकिन तथ्यांक आउन कठिन भएको पनि बताइएको छ ।    गुल्मीको हस्तीचौर गाविसको माल्वीमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। मृतकहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।   यता, गुल्मीकै विशुखर्क–९ मा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल रानाका ९ वर्षे छोरा र ७ वर्षे छोरी हुन् ।    त्यस्तै अबिरल बर्षासँग ... बाँकी अंश»

रामेछापको भुजीमा भीषण पहिरो

२०७३ श्रावण ११ मंगलबार, काठमाडौं । रामेछापको भुजी गाविस २ रामस्थानबाट झरेको पहिरोले ३ घर पुरेको छ । सोमबार साँझ रामस्थानबाट झरेको पहिरोले दर्जन भन्दा बढी घर जोखिममा परेका छन् । पहिरो जाने क्रम जारी छ ।   झण्डै ५ सय मिटर माथि डाँडाबाट पहिरो झर्न थालेपछि ४० परिवारको बसोवास रहेको सारीगाउँमा कोलाहल छ । राति स्थानीय बासिन्दाहरु घर छाडेर नजिकैको पिपलडाँडा भन्ने स्थानमा गएका थिए ।     गाउँनै थर्काएर ठूल्ठूला ढुंगा झरेकाले स्थानीयमा बढी त्रास भएको हो । सोही बडामा बसोवास ... बाँकी अंश»

यो कस्तो विपद्, एक बालिकासहित तीनजनाको मृत्यु

२०७३ श्रावण ११ मंगलबार, राजविराज । सप्तरीका छुट्टाछुट्टै घटनामा परी सोमबार एक बालिकासहित तीनजनाको ज्यान गएको छ । खेतमा हलो जोत्नेक्रममा बेहोस भएर दुईजना कृषकको मृत्यु भएको छ ।    जिल्लाको सिसुवाबेल्ही गाविस–४ मा स्थानीय ३८ वर्षीय चतुरनारायण मण्डल आफ्नै खेतमा हलो जोतिरहेको अवस्थामा अचानक बेहोस भई लडेर मृत्यु भएको उनका परिवारजनले जनाएका छन् ।    यस्तै, मधुपट्टी गाविस–९ मा पनि खेतमा हलो जोतिरहेका ६० वर्षीय कृषक सकुन्तलाल चौधरीकोे बेहोस भएर मृत्यु भएको प्रह ... बाँकी अंश»

पहिरोका कारण सिन्धुलीमा एकको मृत्यु, दुई घाइते

२०७३ श्रावण १० सोमबार, सिन्धुली। सिन्धुलीमा पहिरोले पुर्दा एकजना मृत्यू छ भने दुइजना गम्भीर घाइते भएका छन् । कमलामाई नगरपालीका १० माइस्थानमा आएको पहिरोले स्थानीय मोतीलाल श्रेष्ठको पसल बगाउदा उनकी ५२ बर्षिय श्रीमति बिन्दा कुमारी श्रेष्ठ, क.न.पा. ११ का ६० वर्षिय पुजारी बिष्णु प्रसाद कोईराला क.न.पा. १० कै ५४ बर्षिय रूपमनी  गुर्जामगर गम्भीर घाईते भएका थिए ।   घाइतेहरूको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुई जनालाई काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुली ... बाँकी अंश»

‘ओलीको राजिनापछि मधेशमा दिपावली मनाईयो’

२०७३ श्रावण १० सोमबार, काठमाडौं । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आईतबार राजिनामा दिएको उलपक्ष्यमा मधेशमा दिपावली भएको बताएका छन् । उनले भने ,‘सरकारको विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश भएसँगै मधेशी जनतामा खुशी छाएको थियो, तर हिजो ओलीको राजिनामा आएपछि त मधेशी जनताहरुले दिपावली नै गरे ।’ ओलीको राजिनामासँगै सिँग्गो मधेशले अब देशको अवस्था सुध्रिने विश्वास लिएको धारणा राखे ।  उनले ओलीले मधेशी, आदिवासी र म ... बाँकी अंश»

अपाङ्ग सेवा संघमा ११ वर्ष पछि नयाँ नेतृत्व

२०७३ श्रावण १० सोमबार,  डोटी । अपाङ्ग सेवा संघ डोटीमा ११ वर्ष पछि नयाँ नेतृत्व चयन भएको छ । २०६२ फागुन २ गते स्थापना भएको अपाङ्ग सेवा संघ डोटीले नयाँ नेतृत्व पाउन झण्डै ११ वर्ष कुर्नु परेको हो । नयाँ अध्यक्षमा रोशन बोगटी सर्वसम्मत चयन भएका छन् ।   सिलगढीमा भएको चौथो जिल्ला अधिवेशन तथा आठौं साधारण सभाले ३ वर्षे कार्यकालका लागि निर्वतमान सचिव बोगटीलाई नयाँ अध्यक्ष चुनेको हो । कार्यसमितिको उपाध्यक्षमा गौरीलाल पार्की, सचिवमा प्रकाश बलायर, सह–सचिवमा नवराज जोशी र कोषाध् ... बाँकी अंश»

राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेतालाई शीतल निवास डाकिन्

२०७३ श्रावण १० सोमबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई शीतल निवास डाकेकी छन् । दिउँसो साढे ३ बजे राष्ट्रपतिले परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न बोलाएकी हुन् ।    राष्ट्रपतिले सहमतिय सरकार निर्माणका लागि मिलेर जाने विषयमा छलफल गर्ने शीतल निवास स्रोतले जनाएको छ । आइतबार मात्रै प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि मुलुक नयाँ राजनीतिक वृत्तमा प्रवेश गरेको भन्दै राष्ट्रपतिले चासो राखेकी हुन् ।    राष् ... बाँकी अंश»

बाढीका कारण झापामा दुईको मृत्यु, नौ सय परिवार विस्थापित

२०७३ श्रावण १० सोमबार, सुरुङ्गा (झापा)। अविरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु, एक बेपत्ता र ९०० घरपरिवार विस्थापित भएका छन् ।    नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्काको मृत्यु भएको छ भने कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ ।    झापामा आज भने केही मात्रामा वर्षा रोकिएको ... बाँकी अंश»

बन्दमा भड्काउ गतिविधि गर्ने माओवादी कार्यकर्ता धमाधम पक्राउ

२०७३ श्रावण १० सोमबार, काठमाडौं । नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले गरेको बन्दको आंशिक असर परे पनि उश्रृंखल गतिविधि बढी नै भएका छन् । बन्द कर्ताले केही ठाउँमा सवारी साधनमा आगजनी कगरेका छन् भने, केही ठाउँमा तोडफोड गरेका छन् ।    उश्रृंखल नगर्ने जनाएपनि बन्दकर्ताले व्यवहार सुधार गरेनन् । देशका विभिन्न ठाउँबाट बन्दकर्ताहरु पक्राउ परेका छन् । यस्तै, काठमाडौं पत्यका लगायत देशका विभिन्न ठाउँबाट ठूलो संख्यामा माओवादी कार्यकर्ता पक्राउ परेका छन् ।    दाङमा मात ... बाँकी अंश»

नौ दिनदेखि भोजपुरमा हवाई उडान बन्द

२०७३ श्रावण १० सोमबार, भोजपुर। लगातार पानी परेसँगै बाक्लो कुहिरो लागेपछि भोजपुरमा हवाई उडान बन्द भएको बताइएको छ ।    लगातारको वर्षात्सँगै हवाई मैदानमा बाक्लो कुहिरो लाग्नाले नौ दिनयता हवाई उडान हुन नसक्दा सर्वसाधारण निकै समस्यामा परेका छन् ।    खराब मौसमकै कारण गएको असार महिनामा नेपाल वायुसेवा निगमको तालिका अनुसार भोजपुर–काठमाडौँ १९ उडान हुनुपर्नेमा १४ उडान मात्र भएका थिए । त्यसैगरी भोजपुर–विराटनगर १४ उडान हुनुपर्नेमा आठ उडान मात्र भएको भोजपुर विमानस ... बाँकी अंश»

विप्लव माओवादी बन्दको नतिजा : चितवनमा औषधि बोकेको ट्रकमा आगजनी

२०७३ श्रावण १० सोमबार, रत्ननगर । नेकपा माओवादी नेत्र विक्रम चन्द विप्लब समूहको नेपाल बन्द आब्हानले जनजीवनमा असर परेको छ । बन्दको असर सडकमा बढी देखिएको हो । माओवादी कार्यकर्ताले चितवनको रत्ननगरमा राति औषधि बोकेको ट्रकमा आगजनी गरेका छन् ।    करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा आगजनी भएको हो ।    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ ।    चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार व ... बाँकी अंश»

पिकअप भ्यान भिरबाट खस्दा दुईको मृत्यु, आठ गम्भीर

२०७३ श्रावण १० सोमबार, उर्लाबारी । मोरङको पहाडी गाविस रमितेखोलामा गएराति पिकअप भ्यान भिरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।    मोरङकै टाँडीबाट रमितेबजारतर्फ जाँदै गरेको को१ज १७५५ नम्बरको पिकअप रमितेखोला– २ स्थित भिरबाट ध्वासे खोलामा खस्दा सोही ठाउँका वडा नम्बर ७ बस्ने १८ वर्षीय सिद्धि राईको घटनास्थलमा नै र इलाम साक्फारा–१ बस्ने १५ वर्षीय सन्दिप राईको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।  ... बाँकी अंश»

नेकपा माओवादीको बन्दले जनजीवन प्रभावित

२०७३ श्रावण १० सोमबार, काठमाडौं । नेकपा माओवादी नेत्र विक्रम चन्द विप्लब समूहको नेपाल बन्द आब्हानले जनजीवनमा आंशिक असर परेको छ । बन्दको असर सडकमा बढी देखिएको छ । सार्वजनिक सवारी साधन न्यूनमात्रामा चलेका छन् । वर्षा पनि भइरहँदा काठमाडौं उपत्यकामा बन्दको अझ बढी प्रभाव परेको छ ।    निजी सवारी साधन बढी चलेका छन् भने ट्याक्सीको मात्रा पनि देखिन्छ ।    कञ्चनपुरमा सुकुम्वासीमाथि सरकारले गरेको ज्यादतीको विरोध गर्दै विप्लब समूहले नेपाल बन्दको आब्हान गरेको हो । आजको ब ... बाँकी अंश»

‘दुई राप्रपाको एकिकरण र सरकार चर्चा’

२०७३ श्रावण ९ आइतबार, काठमाडौं । प्रधानमन्त्री ओलीलाई अन्तिम समय सम्म साथ दिने बाचा गरेको सत्ता सहयात्री राप्रपा नेपाल सरकारमा जाने नजाने पनि टुंगो पार्टी एकिकरणपछि मात्रै टुंगो लाग्ने बताएको छ ।    प्रधानमन्त्रीको राजीनामा पछि राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले ट्वीट गर्दै , ‘देशलाई माया गर्ने असल प्रधानमन्त्रीको रुपमा केपी ओलीको सम्झना सँधै रहने छ । तपाइसंग काम गर्न पाएकोमा खुसी छु ।’ मलाई कुनै चिन्ता छैन–भने ।    यद्यपि, अब बन्न ... बाँकी अंश»

राष्ट्रपतिबाट राजीनामा स्वीकृत, ओली काम चलाउ प्रधानमन्त्री

२०७३ श्रावण ९ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् । राजीनामा स्वीकृत भएसंगै प्रधानमन्त्री ओली काम चलाउ प्रधानमन्त्री भएका छन् ।    प्रधानमन्त्री ओलीले आइतबार साँझ संसदमा सम्बोधन गर्नु अघि मात्रै राष्ट्रपति समक्ष राजीनामा दिई आगामी नयाँ सरकार गठनका लागि बाटो खुला गरेका हुन् । ओलीले सम्बोधनका क्रममा आफुले राजीनामा दिइसकेको सदनलाई सुनाएका थिए ।    यस्तै, ओलीले आगामी सरकारका लागि शुभ ... बाँकी अंश»

९ महिना अघि आइतबार ६४ किलोको माला लगाएका प्रधामन्त्रीबाट आइतबारै राजीनामा

२०७३ श्रावण ९ आइतबार, काठमाडौं । प्रधानमन्त्री ओली गएको असोज २४ गते भएको निर्वाचनमा दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई हराउँदै प्रधानमन्त्री निर्वाचित भए । प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओली ३ सय ३८ मत ल्याई मुलुकको ३८औं प्रधानमन्त्रीका रुपमा  निर्वाचित भए ।   प्रधानमन्त्री ओलीको कार्यकाल ९ महिना १५ दिन रहयो । आइतबार संसदमा आफुविरुद्धको अविश्वास प्रस्तावबारे उठेका प्रश्नको जवाफ दिनु केही अघि मात्रै प्रधानमन्त्रीले राजीनामा दिए ।     ... बाँकी अंश»

राजीनामापछि प्रधानमन्त्रीले भने, ‘एउटा च्याप्टर सकियो’(अपडेट)

२०७३ श्रावण ९ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा राजीनामाको घोषणा गर्दै एउटा च्याप्टर सकिएको बताएका छन् ।    संसदमा अविश्वास प्रस्तावमा उठेका सवालबारे जवाफ दिनु अघि राष्ट्रपति निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरेका प्रधानमन्त्री ओलीले सम्बोधनकै त्रममा राजीनामा दिएको घोषणा गरे । उनले भने, ‘सरकार निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद । नेपाली जनतालई सलाम ।’ सम्बोधन पछि प्रधानमन्त्रीले माओवादी अध्य पुष्प कमल दाहा ... बाँकी अंश»

नयाँ