समाज

डा. भोलाले भने, ‘श्रमको उचित सम्मान गरेमात्र श्रमिक दिवसले सार्थकता पाउछ’

२०७३ बैशाख १९ आइतबार, काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष एवं स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालले श्रमको उचित सम्मान गरेमात्र श्रमिक दिवसले सार्थकता पाउने बताएका छन् । १२७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर कर्मचारी यूनियनले आयोजना गरेको कार्यक्रममा डाक्टर रिजालले भने, ‘श्रमिक दिवसले  सार्थकता जुनबेला पाउने छ, जब श्रमको उचित सम्मान मात्र हुन थाल्छ ।’   डा.रिजालले सबै नेपाली श्रमिक तथा मजदुरले सबै अधिकारको ... बाँकी अंश»

जिशिअलाई दुव्र्यवहार गर्ने वैद्य कार्यकर्ताविरुद्ध मुद्दा

२०७३ बैशाख १९ आइतबार, भीमदत्तनगर । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीमाथि ६ दिनअघि कार्यालयमै दुव्र्यवहार गर्ने वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीका दुईजना विद्यार्थी पक्राउ परेका छन् ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनसँग आबद्ध २० वर्षीय विष्णु थापा र १७ वर्षीय वीरेन्द्र विष्टलाई शनिबार राति पक्राउ गरी कारबाही थालेको छ । उनीहरुले शिक्षा कार्यालय कञ्चनपुरमा विद्यार्थी सङ्गठन र जिल्ला शिक्षा अधिकारीब ... बाँकी अंश»

कांग्रेस नेता भन्छन्, ‘एमालेको निर्णय हचुवा, प्रदेश ७ को राजधानी दिपायल हुन्छ’

२०७३ बैशाख १९ आइतबार, डोटी । नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा सांसद बिरबहादुर बलायरले उखान टुक्काको भरमा मात्र सरकार नचल्ने बताएका छन् । दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै बलायरले यस्तो बताएका हुन् । उनले भने, ‘सरकारको प्रमुख बोल्नु भनेको मुलुक बोल्नु हो, यस्तै तरीकाले सरकार अगाडी बढेमा मुलुक अत्यन्त जर्जर अवस्थामा जाने छ ।’   वर्तमान सरकार जटिलताका मुद्दा तर्फ नगएर मन्त्रालय बाँडफाँडमा लागेको समेत बलायरको आरोप छ । सं ... बाँकी अंश»

प्रचण्डले भने, ‘हाम्रो पार्टी मात्रै हो मजदुरको राजनैतिक अग्रदस्ता’ (वक्तव्यसहित)

२०७३ बैशाख १९ आइतबार, काठमाडौं । एककिृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नु आज नेपालका मजदुको कार्यभार भएको बताएका छन् ।    १२७औं मे दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै दाहालले भनेका छन्, ‘संघर्ष र वलिदानका किर्तिमानकै कारण आज नेपालमा ठूल्ठूला राजनैतिक परिवर्तनहरु भएका छन् । ती परिवर्तनसँग मजदुरहरुका कयौं हक अधिकार समेतलाई सम्बोधन गर्दै संविधान सभाबाट नयाँ संविधान बनेको छ । प्राप्त भएका य ... बाँकी अंश»

आगलागीले ५० घर जले, एकको मुत्यु

२०७३ बैशाख १९ आइतबार,  गुल्मी । गुल्मीको बडागाँउ गाविसको –१ र २ मा आगोलागीबाट ५० घर गोठ जलेका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।   आगो निभाउने क्रममा बडागाँउ गाविस–१ का ६६ वर्षीय मेहरसिँह राकसकोटी मृत्यु भएको हो भने, २ का केशर बहादुर नेपाली घाइते भएका हुन् । । आगालागीले  गोठमा भएका पशु चौपाया, घरमा भएका धन सम्पत्ति लुगा कपडा जलेका छन् ।   शनिबार बिहान १० बजेबाट जङ्गलबाट फैलिएको आगो हावा हुरीले वस्तीमा पसेको थियो । आग ... बाँकी अंश»

रामपुर र हेक्लाङका ५ सयले निभाए स्याउलाले आगो

२०७३ बैशाख १९ आइतबार, पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं. १५ र हेक्लाङ गाविसको केही भागमा लागेको आगो आज निभाईएको छ । हेक्लाङको वडा नं. ६, ७ र ८ वडामा पर्ने पनेर्दीबाट सुरु भई रामपुर १५को ठुलो बन हुदै बस्ती नजिक पुगेको आगलागी स्थानीयबासन्दाले आफै निभाएका हुन् । रामपुर र हेक्लाङका गरी झण्डै साढे चार सय स्थानीय बासिन्दाले मिलेर आगो नियन्त्रणमा लिईएको ठुलो बन उपभोक्ता समितिका अध्यक्ष हरेराम भण्डारीले जानकारी दिए । झण्डै पाँच हेक्टर क्षेत्रफलमा आगलागी भएको उनले बताए । ... बाँकी अंश»

तत्कालै सरकार परिवर्तन हुँदैन : गच्छदार

२०७३ बैशाख १८ शनिबार, उर्लाबारी (मोरङ) । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बेलायती संसद्मा कुरो उठ्दैमा सरकार परिवर्तन नहुने बताए । मोरङको विराटनगर विमानस्थलमा आज साँझ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारको कार्यसञ्चालन सन्तोषजनक हुन नसके पनि तत्कालै अर्को सरकार बन्ने अवस्था भने नरहेको बताए ।    उनले संविधान कार्यान्वयनमा अहिले पनि समस्या रहेको र राजनीतिक सङ्क्रमणकाल जारी रहेकाले संविधान कार्यान्वयनक ... बाँकी अंश»

इपिएस कोरियाको कोटा घट्यो, आवेदक बढे

२०७३ बैशाख १८ शनिबार, काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षामार्फत यस वर्ष नेपाली कामदार लैजाने कोटा घटाए पनि दरखास्त दिनको सङ्ख्या भने उल्लेखनीय रुपमा बढेको छ । सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका तय गरिएको अवधि बुधबारदेखि शनिबारसम्मको अवधिमा ६० हजार ६७८ जनाले दरखास्त दिएको इपएिस कोरिया शाखाले जनाएको छ । तीमध्ये उपत्यकाभित्रबाट ३१ हजार ४८८ र उपत्यका बाहिरबाट २९ हजार १९० जनाले आवेदन दिएका हुन् ।    यो वर्ष दरखास्त सङ्कलनका लागि उप ... बाँकी अंश»

शीर्ष नेता आए हामी थापा नेतृत्वको समितिमा जान्छौः कर्ण

२०७३ बैशाख १८ शनिबार, काठमाडौ। सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागि भए आफूहरु पनि उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समितिमा सहभागि हुने बताएका छन।    शनिवार आयोजीत साक्षात्कारमा उनले भने,‘ कमल थापा संघीयता विरोधी भएपनि आफू मधेसमा दुई प्रदेश दिन तयार रहेको तर मैले यो कुरा गर्न सक् ... बाँकी अंश»

बझाङ केन्द्रबिन्दु भएर गयो ४.२ रेक्टर स्केलको भुकम्प

२०७३ बैशाख १८ शनिबार, बझाङ । बझाङ  केन्द्रबिन्दु भएर शनिबार दिउसो १२ बजेर २८ मिनेटमा  भुकम्प गएको छ ।   भुकम्प  पछि स्थानिय क्षेत्रमा त्रास फैलिएको छ । शनिबार दिउसो ४ दसमलब २ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प बाट कुनै किसमको क्षति भने भएको छैन् । प्रहरी नायब उपरिक्षक लक्ष्मीराज अधिकारीले भुकम्प बाट क्षति नभएको बताउदै यसका लागी सुरक्षाकर्मीहरुलाई तयार राखेको बताए  । अधिकारीले हाल सम्म जिल्ला कारागारको अबस्था कमजोर भएका कारण क्षति ... बाँकी अंश»

प्रदीपको निधनले एमाले मर्माहित

२०७३ बैशाख १८ शनिबार, काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीले प्रगतिशील साहित्यकार, जनसांस्कृतिक अभियानकर्मी एवम् नेपाली कम्युनिस्ट आन्दोलनका परिपक्व योद्धा रामप्रसाद प्रदीप’को शुक्रबार साँझ हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गरेको छ ।    उनको निधनबाट नेपाली समाजले प्रतिबद्ध सांस्कृतिक योद्धा र एमालेले असल कार्यकर्ता गुमाउनुपरेको पार्टी केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले आज शोक वक्तव्य जारी गरी जनाएका छन् । विसं २००४ साउन १ गते पिता होम ... बाँकी अंश»

चितुवाको छाला र हड्डीसहित भारतमा नेपाली पक्राउ

२०७३ बैशाख १८ शनिबार, कञ्चनपुर। चितुवाको छाला र हड्डीसहित भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा एकजना नेपाली पक्राउ परेका छन् । तीन थान चितुवाको छाला र नौ किलो हड्डीसहित बैतडीका ३२ वर्षीय काशीराम भुललाई शुक्रबार पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।    भारतीय प्रहरीका अनुसार पक्राउ परेका भुलले पिथौरागढमा रहेका व्यापारीलाई बुझाउन नेपालबाट चितुवाको छाला र हड्डी ल्याएको बयान दिएका छन् । पक्राउ परेका भुलको भारतीय प्रहरीले पूरा ठेगाना भने खुलाएको छैन । रासस  ... बाँकी अंश»

संसदीय मानवअधिकार समितिको अनुगमन टोली कर्णालीमा

२०७३ बैशाख १८ शनिबार, काठमाडौ।द्धन्द्धकालमा ध्वस्त भएका भौतिक संरचनाहरुको स्थिति र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम कार्वाहिको विषयमा अनुगमन गर्नका लागी  संसदको सामाजीक न्याय तथा मानवअधिकार समितिका सभापति शुसिल श्रेष्ठ नेतृत्वको टोलीले कर्णालिमा पुगेको छ । श्रेष्ठ सहित पाँच जनाको टोलीले कर्णालिको हुम्ला, जुम्ला र कालिकोटमा ध्वस्त भएका भौतिक संरचना पुननिरमार्णको स्थिति त्यहा रहेका कारागारहरुको स्थिति र सत्य निरुपण तथा मेलमिलाप आयोगले आवहान गरेको उजुरीको सन ... बाँकी अंश»

दलहरुबीच समझदारी र सहकार्य आवश्यक : माधवकुमार नेपाल

२०७३ बैशाख १८ शनिबार, धनकुटा । पूर्व प्रधानमन्त्री एवम् नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयन गरेर मुलुकको विकास गर्नका लागि दलहरूबीच आपसी समझदारी र सहकार्य आवश्यक रहेको बताएका छन् ।    पूर्वी पहाडी जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएर धनकुटा आइपुगेका नेता नेपालले शनिबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउए । संविधान कार्यान्वयन गरेर सङ्क्रमणकाल पार गर्दै मुलुकको समृद्धिका लागि कम्तीमा पनि प्रमुख तीन दलको सहकार्य आव ... बाँकी अंश»

स्याङ्जामा नयाँ शक्ति उदायो

२०७३ बैशाख १८ शनिबार, स्याङ्जा । नेपालमा प्रजातन्त्र देखि लोकतन्त्र हुदै गणतन्त्र सम्म आईपुग्दा अनगिन्ति पाटीहरु स्थापना भइरहेका छन् । पार्टी खोल्ने स्वतन्त्रा पनि हाल जारी भएको संविधानले समेत दिएको छ । यही स्वतन्त्रा अनुरुप डाक्टर भट्टराईले जन्माएको नयाँ शक्ति पनि एक हो । देशभरी आफ्नो संञ्जाल फैलाउने उदेश्यका साथ नयाँ शक्ति नेपाल नामक पार्टी स्याङ्जामा पनि गठन गरिएको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर स्याङ्जामा नयाँ पार्टी नेपाल गठन भएको जानकारी दिइएको हो ।    ... बाँकी अंश»

डडेल्धुरामा पुनः आगलागी

२०७३ बैशाख १७ शुक्रबार, डडेल्धुरा  । डडेल्धुरा सदरमुकाममा चौथो पटक भिषण आगलागि भएको छ । सँगै रहेका मदनप्रकाश किराना पसल र बैजनाथ सिरखगद्दा पसलबाट शुरु भएको भनिएको आगोले डडेल्धुरा सदरमुकामको मुख्य बजारमा २ पसल जलेर पुर्ण नष्ट भएका छन् । सुदूरपश्चिम मुख्यद्धारका रुपमा रहेको डडेल्धुरा सदरमुकामको बिच भागमा आज बिहान करिब ७ बजे लागेको आगो निभाउन तिन वटै सुरक्षा निकायका सुरक्षाकर्मी , स्थानीयबासी व्यापारी तथा सर्बसाधारण  जुटेका थिए ।   अढाई घण्टाको अथक प्रयास पछि नेपा ... बाँकी अंश»

प्रहरीले महानगरमा कालो झण्डा गाड्न दिएन, गठबन्धन नेता पक्राउ

२०७३ बैशाख १७ शुक्रबार, काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले विरोध स्वरुप शुक्रबार देशभरका सरकारी कार्यालयमा कालो झण्डा गाड्ने कार्यक्रम गरेको छ । सोही क्रममा काठमाडौं महानगरपालिकामा कालोझण्डा गाड्न गएका नेपाल सद्भावना पार्टी काठमाडौं अध्यक्ष र जिल्ला सदस्य पक्राउ परेका छन् । प्रहरीले जिल्लाअध्यक्ष दिपक कोइराला र जिल्ला सदस्य प्रेमप्रसाद बराम थापालाई पक्राउ गरेको हो ।    आफ्ना कार्यकर्ता पक्राउको विरोध गर्दै नेपाल सद्भावनाले तत्काल रिहाईको माग गरेको छ । महा ... बाँकी अंश»

ओलीले फेरि हँसाए, ‘म प्रधानमन्त्री रहुन्जेल कोही नेपाली भोकै मर्दैनन्’

२०७३ बैशाख १७ शुक्रबार, इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपालको प्रधानमन्त्री रहुन्जेल कोही पनि नेपाली भोकै मर्दैनन् भन्ने बताउनुुभएको छ ।  नेकपा ९एमाले०का अध्यक्ष ओलीले आज धरान नगरको सातौँ नगर अधिवेशन उद्घाटन गर्दै कोही नेपालीले त्यस्तो समस्या भोग्नुपरेको छ भने तत्काल सरकारलाई सूचना दिन आग्रह गर्नुभएको छ ।    प्रधानमन्त्री ओलीले भूकम्पमा नेपालका विभिन्न जिल्लामा आठ लाख घर तथा नौ हजार सरकारी कार्यालय तथा विद्यालय र ऐतिहासिक धरोहर लगायतको भौतिक संर ... बाँकी अंश»

राजदुत नियुक्तिमा महिलाको आपत्ति, निर्णय सच्याउन माग

२०७३ बैशाख १७ शुक्रबार, काठमाडौ । अन्तर पार्टी महिला सञ्जालले संविधानको मर्म र भावन विपरित सरकारले राजदुत नियूक्तीकालागि सिफारिस गरेको भन्दै त्यसलाई तत्काल सच्याउन चेतावनी दिएको छ । सञ्जालले शुक्रवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर भर्खरै जारी भएको संविधानको मौलिक हकको धारा ३८ को उपधार ४ मा रहेको राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागि हुने हक हुने छ, भन्ने व्यवस्थाको विपरित २१ जनामा १४.२१ प्रतिशतमात्रै हुने गरी ३ जना महिलाल ... बाँकी अंश»

बलात्कारको प्रयास गर्ने प्रहरी निलम्बन

२०७३ बैशाख १७ शुक्रबार, जाजरकोट। वैशाख २४ गते बिहान ६ बजे गस्तीमा खटिएका बेला बालिकालाई बलात्कारको प्रयास गर्ने एक प्रहरी निलम्बनमा परेका छन्।   जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान हरिबहादुर खड्कालाई गस्तीमा रहेका बेला खलङ्गा राना गाउँकी १४ वर्षीया राधिका बुढालाई बलात्कारको प्रयास गरेका थिए।   पीडित बालिकाका आफन्तले प्रहरीमा खबर गरेलगत्तै दैलेख घर भएका खड्काको जागिरबाट नै अवकाश गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए। रासस  ... बाँकी अंश»

नयाँ